Ghorahi sub metro tb awareness message
Health Office Lalitpur Immunization for year 5 and below
Baitadi swasthya karyalaya awareness
आज मिति : २०८० जेष्ठ १६
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

डेन्टल एसोसिएसनद्वारा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण

Nam Raj Bhatta by Nam Raj Bhatta
July 22, 2022
in News
A A
0
डेन्टल एसोसिएसनद्वारा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ६ साउन २०७९

नेपाल डेन्टल एसोसिएसन संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य मन्त्री, राज्यमन्त्री, सचिव लगायत उच्च तहका पदाधिकारीहरुलाई बुधबार भेटेर ५/१०/१५ बेडका आधारभूत अस्पतालमा दन्त स्वास्थ्य सेवा प्रदान गर्ने जनशक्ति राख्ने कुरामा गंभीर त्रुटि भएको औंल्याउँदै ध्यानाकर्षण गराएको छ।

मन्त्रालयले आधारभूत अस्पतालको दरबन्दी तेरिज स्वीकृत गरी सार्वजनिक गरेको थियो। स्वास्थ्य मन्त्रालयमा मात्र नभई विभिन्न मन्त्रालयमा भेटघाट भइरहेको एसोसिएसन संघका केन्द्रिय सदस्य डा. लोकेश वर्माले बताए । डा. वर्माका अनुसार केही दिनदेखि हामी भेटघाट तथा आन्तरिक छलफलमा छौं, यो निर्णय जनताको हितमा पनि छैन, अनि हाम्रो हितमा पनि छैन ।

स्वास्थ्य मन्त्रालयका उच्च तहका पदाधिकारीहरुले नै झुटो आश्वासन बाँडेर गुमराह पारेको आरोप डा. हरि प्रसाद ओलीले लगाए । टेबल ठटाउनेका कुरा सुनेर डर, त्रास, धम्की, प्रलोभनमा पारेर जथाभावी दरबन्दी राखिदिने, अनि हामीले नम्र, शिष्ट व्यवहारमा कुरा राख्दा चाहिँ हामीलाई आश्वासन मात्र दिने काम स्वास्थ्य मन्त्रालयको उच्च कर्मचारीबाट भएको डा. ओलीले बताए।

Truederma 1

उनले भने, स्वास्थ्य मन्त्रीलाई हामीले त्यही ध्यानाकर्षण गराएका हौं, कर्मचारीतन्त्रले त गरेन, जनप्रतिनिधिले त जनताको बारेमा पक्कै सोच्नेछन् भन्ने हाम्रो विश्वास अझै कायम छ।
तर यो विश्वास धेरै दिन सम्म नरहने सम्भावना देख्छिन्। एसोसिएसन संघकी केन्द्रिय सदस्य डा. खिलासा पोखरेलले हामीलाई साथीहरुबाट ठूलो दवाव आइसकेको छ, अझै पनि डेन्टल डाक्टरहरुको समुह सानो छ भन्ने सोच्ने धेरै छन्, तर अहिले एनडीए कै शाखा कार्यालय १६ जिल्लामा विस्तार भइसक्यो, हाम्रा विभिन्न १२ वटा विशेषज्ञ सोसाइटीहरु पनि छन्‌ र चार हजार भन्दा बढी दन्त चिकित्सक अब मन्त्रालय घेर्न आउँदै छन्।

केही दिन अझै सम्बादमा नै ध्यान दिने र त्यसले नभए संघर्षमा उत्रिने संघका सचिव डा. विश्व प्रकाश ठाकुर बताउँछन्, ” राज्यले वार्षिक ५०० दन्त चिकित्सक उत्पादन गर्छ, तर दक्षता अनुरूपको सेवा गर्ने स्थान भने दिंदैन, यो निर्णयले त अब भविष्यमा पनि राज्यको र जनताको आवश्यकता अनुसार दन्त चिकित्सक सरकारी सेवा प्रणालीमा नपर्ने निश्चित नै भयो, यसलाई हामी मान्दैनौं।”

एसोसिएसनका १५ शाखा कार्यालय, १० वटा दन्त चिकित्सक संबद्ध सोसाइटी, बिडिएस अध्ययनरत विद्यार्थी र देशभरी रहेका करीब ४५ सय दन्त चिकित्सक यो निर्णय सुधार गरेर ५ ,१०,१५ बेडको आधारभूत अस्पतालमा ओरल हेल्थ युनिट स्थापना गरी दन्त चिकित्सकको दरबन्दी स्थापित गर्नुपर्ने माग सहित आन्दोलनमै उत्रिने अवस्थामा पुगेको संघका अध्यक्ष डा. सुभित मास्केले बताए।‌‌ डा. मास्केका अनुसार उच्च तहको सम्वाद गरिरहेका छौं, दन्त स्वास्थ्य सेवा राज्यले कुन तहबाट कसले दिने भन्ने नै विवादको विषय हो, जनताले अबको दिनमा कसको हातबाट सेवा पाउनुपर्ने हो भन्ने पनि कुरा हो, जहाँ दन्त सेवाको परिकल्पना गरिन्छ, त्यहाँ दन्त चिकित्सक हुनैपर्छ भन्ने हाम्रो माग हो।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Hari OliDr. Suvit maskeyNepal Dental association
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीको माग

Next Post

वीर अस्पतालले गर्यो वार्षिकोत्सवका अवसरमा दुवाकोटमा निशुल्क स्वास्थ्य शिविर

Related articles

Teku hospital
News

शुक्रराज सरुवारोग अस्पताललाई ३०० शैयामा बिस्तार गर्न ४६ करोड बिनियोजन

21 hours ago
775
‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम संचालनका लागि २४ करोड बिनियोजन
News

‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम संचालनका लागि २४ करोड बिनियोजन

22 hours ago
775
Health ministry
News

स्वास्थ्यमा ८३ अर्ब ८९ करोड बजेट विनियोजन

23 hours ago
775
जुम्लाका अति बिपन्न स्थानीयहरूलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु
News

स्वास्थ्य बीमा कार्यक्रम ७४७ स्थानीय तहमा विस्तार

1 day ago
775
घरबाटै महिनावारी विभेदको अन्त्य हुनुपर्छ : उपसभामुख राना
News

घरबाटै महिनावारी विभेदको अन्त्य हुनुपर्छ : उपसभामुख राना

1 day ago
775
महिनावारी के हो? यसलाई मर्यादित रुपमा व्यवस्थित गर्न कस्ता चुनौती छन् त? #mensuration
News

महिनावारी के हो ? यसलाई मर्यादित रुपमा व्यवस्थित गर्न कस्ता चुनौती छन् त ? #Mensuration

1 day ago
775
Next Post
वीर अस्पतालले गर्यो वार्षिकोत्सवका अवसरमा दुवाकोटमा निशुल्क स्वास्थ्य शिविर

वीर अस्पतालले गर्यो वार्षिकोत्सवका अवसरमा दुवाकोटमा निशुल्क स्वास्थ्य शिविर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Baglung Health Office TB Awareness
Chitwan health office immunization awareness message
Dhading health office immunization awareness message
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In