Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्व-हेरचाह (Self Care): आजको आवश्यकता

HNN Staff by HNN Staff
December 5, 2023
in Health, Research & Study
Reading Time: 2 mins read
A A
0
Self care for personal health is important

Self care for personal health is important

603
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

आज संसारमा सरुवा रोगको जोखिम कम हुदैं गएपनि नसर्ने रोगको प्रभावले विश्व जगत तर्सिरहेको छ। क्यान्सर, उच्च रक्तचाप, मधुमेह जस्ता दिर्घ रोगहरु नै मृत्युको मुख्य कारण बनिरहेको परिप्रेक्ष्यमा स्व- हेरचाह आजको आवश्यकता बन्न पुगेको छ।

हामी एउटा जुत्ता किन्न जादा कुन शहरमा किन्ने, कुन पसलमा राम्रो पाइन्छ, कस्तो कलरमा, कुन ब्राण्डको किन्ने, टिकाउ कतिको छ, खुट्टामा कतिको सुहाएको छ, कतिको सहज भएको छ, कुन कामको लागि किन्न थालेको जस्तै: स्पोर्टस वा पार्टी, आफु सँग कति पैसा छ इत्यादि कुराहरुको बिचार गरेर किन्ने निर्णय गर्छौँ तर आफुले एक चोटि मात्र पाएको यो शरीरको बारेमा खासै ध्यान दिएको देखिदैन। मेरो शरीरमा कति अंग छन, कुन अंगमा के खाना ले फाइदा हुन्छ के खानाले नोक्सानी व्यहोर्नु पर्छ, पानी कति खाने कुन कुन बेला खाने, ब्यायाम कति गर्ने, बिमारी के हो, कुन अंगमा कस्तो रोग हुनसक्छ यस्तो कुराको खासै चासो राखेको देखिदैन।

Self care important for self health
Self care important for self health

प्राय हामी रोग लागेर डाक्टरले यो रोगले यो अंगमा असर गरेको छ भनेपछि मात्र हाम्रै शरीरका अङ्गहरु को नाम थाहा पाउछौ। तर रोग लागिसकेपछि कति रोगहरू निको पार्न जीवनभरी कमाएको पैसाले पनि पुग्दैन्। त्यहि भएर समयमै आफ्नो हेरचाह अति आवस्यक छ।

दिर्घ रोगहरु बढ्नुको मुख्य कारण बालि संरक्षण, प्रसोधन र भण्डारणमा रसायन को बढि भन्दा बढी प्रयोग हुनु, कम शारीरिक परिश्रम वा ब्यायाम गर्ने जीवनशैली अपनाउनु, रातो र प्रसोधित मासुको उपभोग बढाउनु, प्लास्टिक को प्रयोग बढाउनु, मदिरा तथा सुर्तीजन्य बस्तुको सेवनमा बृद्धि हुनुलाई लिन सकिन्छ। सबैलाई मिठो खाना खान मन लाग्नु स्वाभाविक नै हो तर गुलियो, चखिलो, चिल्लो खानाले स्वस्थ्यमा परिरहेको असर बारे पोषण चेतना को कमिले यस्तो अवस्था आइरहेको पाइन्छ।

विकसित देशहरूले पोषण शिक्षामा चेतनास्तर बढाइदिएर सरदर आयु बढाउन खोजे पनि नेपाल जस्तो देशमा भने अझै स्व-हेरचाहको चेतना स्तरमा बृद्धि हुन सकेको छैन। एउटा अध्ययनले निकालेको आँकडा अनुसार सबैभन्दा बढि सरदर आयु हङकङ को देखिएको छ जहाँ महिलाको सरदर आयु ८७.९ वर्ष र पुरुषको ८३.२ वर्ष रहेको छ। त्यसपछि ८० वर्ष भन्दा माथी सरदर आयु भएका देशहरू क्रमश: मकाउ, स्विजरल्याण्ड, आइसल्यान्ड, नर्वे, जापान, स्विडेन, अष्ट्रेलिया, सिङ्गापुर, लक्जेम्बर्ग, क्यानडा, ईटली, दक्षिण कोरिया, न्युजिल्यान्ड, आइसल्यान्ड, स्पेन, आइल्याण्ड छन भने सबै भन्दा कम औसत आयु भएका नाइजेरिया, सोमालिया, जिम्बाब्वे, कङ्गो लगायतका देशहरू को औसत आयु ५०-५५ वर्ष रहेको देखिन्छ। जहाँ नेपालको औसत आयु महिलाको ७०.४ वर्ष र पुरुषको ६६.८ वर्ष देखिन्छ।

नेपालमा आफ्नो हेरचाह र पोषणको महत्व र विधि को विषयमा सचेतना फैलाउन सकियो भने पक्कै पनि सरदर आयु र स्वस्थ तन्दुरुस्त अबधि लम्ब्याउन सकिन्छ।

जुनसुकै प्राणी जन्मेपछि बुढो हुनु, रोग लाग्नु, मृत्यु हुनु स्वाभाविकै हो। प्राणीहरु मध्ये मानिस बुद्धिमान सर्वश्रेष्ठ प्राणी भएकोले दिर्घायु हुन प्रारम्भिक कालदेखि नैं चाहन्छ। १०० वर्ष पहिले ५० वर्ष बाच्ने लाइ दिर्घायु भनिन्थ्यो भने आज चिकित्सा जगतले १५० वर्ष बाच्ने बनाउन हर कोसिस गरिरहेको छ। अझ कतिले मृत्यु लाइ अनन्तकाल सम्म पनि टार्न सकिने कल्पना गर्न थालेका छन। वास्तवमा मानिसको आयु कति हो ? किन कोही धेरै र कोही कम बाच्छन? किन कुनै देशमा धेरै र कुनै देशमा कम बाँच्छन्? यस्ता प्रश्नको उत्तर खोज्न जरूरी छ।

मानिसको आयुको निर्धारण उसको बंशाणुगत गुण, हुर्किरहेको वातावरण, आहार विहार र व्यायाम र स्वास्थ्य उपचारमा निर्भर रहने देखिन्छ। पहिलो, वंशाणुगत गुण जुन मानिस जन्मजात लिएर आएको हुन्छ त्यो हाम्रो नियन्त्रण मा हुदैन। दोस्रो, बातावरण परिवर्तन गर्न त सकिन्छ तर एक्लो प्रयासले सम्भव कम हुन्छ। तेस्रो हो आहार विहार र योग जो हाम्रो पुर्ण नियन्त्रणमा रहन्छ। यसैमा टेकेर स्वस्थ रहन सकिन्छ र सरदर आयु लम्ब्याउने सकिन्छ। अन्तिम हो उपचार यसबाट पनि हाम्रो आयु लाइ लम्ब्याउन सकिन्छ। अन्तिम तीन ओटा कारणले उब्जाउने समस्याको समुचित हल गरेर बिकसित देशहरूले आफ्नो जनताको आयु लम्ब्याउने सफल भएका छन। ती देशहरुको जीवनशैली समेतलाई अध्ययन गर्दा यि निम्न सात कुराहरु लाई अनुसरण गर्न सकियो भने दिर्घ र स्वस्थ जीवन जिउन सकिन्छ।

१. प्राकृतिक खाना:
खानाका वस्तुहरू सबै अप्रसोधित र रसायन रहित हुनु दिर्घ जीवनको लागि महत्वपूर्ण छ। रसायन रहित तरकारी र फलफूल, खैरो चामल, आटा, फापर, जौं , भटमास,टुसाएका गेडागुडी, आलस, तील , ओखर, बदाम, सखरखण्ड, तरुल पिडालु जस्ता प्राकृतिक खाने कुरा स्वास्थ्य को दृष्टिले एकदमै फाइदाजनक हुन्छ। यस्तो खाना खाने मान्छेको आयु लामो हुन्छ ।

२. शाकाहारी भोजन शैली:
शाकाहारी वनस्पतिजन्य खाद्य बस्तुमा भिटामिन, खनिज, रेसा युक्त, असंतृप्त , चिल्लो, फाइटोकेमिकल र एन्टिअक्सिडेन्ट जस्ता पदार्थ बढि पाइने भएकोले साकाहारी भोजनशैली अपनाउने मानिसहरूमा रोग र बुढोपनाको हुनबाट रोक्ने क्षमता धेरै हुन्छ। शाकाहारी लाइ भिटामिन १२ कम हुन सक्ने भएकोले भिटामिन बि १२ युक्त खाना खाने वा बि १२ को चक्कि पनि खान सकिन्छ। साथै शाकाहारी मान्छेको शरीर मा उर्जा, चमक, बालापन पछिसम्म रहिरहन्छ।

३. खानाको मात्रा:
खानाको मात्रा शरीरले मागेको भन्दा जहिले पनि २०% कम खानु लाभदायक मानिन्छ। बुद्धले ले भन्नु भएको छ, “भोजन कम पोषण बढि खाना खानु पर्छ”! खाना बाच्नको लागि हो। कम खानाले शरीर लाइ दबावमा राख्दैन। अङ्गहरु सजिलै आफ्नो कार्य गर्न सक्छन्।

४. पेय पदार्थ:
हाम्रो शरीरमा पानीको महत्व धेरै छ। पेय पदार्थमा जमिन बाट निस्केको शुद्ध ताजा पानी सर्वस्रेष्ठ मानिन्छ। प्राय शरीर लाइ दैनिक २-३ लिटर पानी आवश्यक पर्दछ। सकभर चिया कफी, वाइन जस्ता पेयपदार्थ बाट टाढा रहनु नै स्वास्थ्य को दृष्टिले उत्तम मानिन्छ। चिया पिउनै पर्ने भए ग्रिन टि, हर्बल टि, अम्बाको टि, जडिबुटी जन्य चिया खानु पर्छ। शरीर मा पानी जम्मा गरि राख्ने विशेष अङ्ग नभएकोले एकै चोटि धेरै पानी पिउनुको सट्टा थोरै थोरै गरि पिउनु लाभदायक मानिन्छ। पानी को कमि भइ तिर्खा लागे पछि पिउनु को सट्टा शरीर मा तिर्खा लाग्न नदिइ अलि अलि गरि दिनभरी पिउनु राम्रो मानिन्छ। हाम्रो मस्तिष्कको ८०% , रगतको ९०% र कलेजोको ९७% हिस्सा पानीले ओगटेको हुन्छ। दिसा पिसाब, स्वास प्रश्वास, पसिना, छाला, आदिबाट हाम्रो शरीरको पानी कम हुँदै गइरहेको हुन्छ। कम हुदा नै थपिरहनु पर्दछ। तिर्खा लाग्नु भनेको शरिरमा संकट उत्पन्न हुनु हो।

५. विहार तथा योग
दिर्घ जीवनको लागि नियमित योग र व्यायाम आवश्यक छ। योगले बैजानिकमा आधारित उच्च स्तरीय जीवनशैल सिकाउँछ। नियमित रूपले योग ब्यायाम गर्ने हो भने रोग, शोक, चिन्ता, दरिद्रता, तनाव, आत्महिनता बाट बाहिर निस्कन सकिन्छ। नेपालमा मात्र वार्षिक ८ हजार जनाले आत्महत्या गरिरहेको मा यसमा पनि कम गर्न सकिन्छ। योगबाट पुर्ण रुपमा फाइदा लिनको लागि भने केही नियममा बस्नु पार्ने चाहि हुन्छ। जस्तो कि योग खाली पेटमा गर्ने, वातावरण स्वच्छ सफा भएको ठाउँमा गर्ने, योग गर्ने ठाउ खुल्ला हुनुपर्ने र प्रयाप्त अक्सिजन हुनुपर्ने हुन्छ। सजिलो लुगा मा कम्तिमा आधा घण्टा र त्यो भन्दा बढी समय अनुकुल नियमित गर्नु पर्दछ। सामान्य मानिसहरूलाइ रोगीहुन बाट बचाउन र रोगी भएकालाइ रोग विशेष योग गरि रोगप्रतिरोधी क्षमता को विकास गरि रोग निको बनाउन सहयोग मिल्छ।

६. तनावरहित जीवनशैली:
तनाव मान्छे को आयु घटाउने एउटा प्रमुख अबस्था हो। तनाब सबैका जीवनमा आउन सक्दछ तर समयमा नै व्यवस्थित ढङ्गले यसको व्यबस्थापन गर्नु पर्ने हुन्छ। तनाव घटाउने एउटा अचुक उपाय योग हो। प्रसस्त निद्रा ले पानि तनाव कम गर्न सहयोग गर्दछ। तनाव गराउने वा नगराउने भन्ने मनमा निर्भर हुन्छ। मन सधैं सन्तुलित रहदैन। कहिलेकाहीं बाटो विराउछ, भड्किन्छ र मन विचलित हुन्छ। विचलित मनलाइ सम्हालेर राख्नु नै जीवन हो, ध्यान हो, एकाग्रता हो, साधना हो, अन्ततोगत्वा खुसी हो। त्यसैले हाम्रो शारीरिक स्वास्थ्य जत्तिकै मानसिक स्वास्थ्य पनि स्वस्थ राख्नु पर्छ।

७. तीन सेतोमा नियन्त्रण
तीन सेतो भन्नाले नुन, चिनी र बोसो युक्त मासुहरु हो। मान्छे को खाने कुरामा यि तीन सेतो लाइ प्रमुख सत्रुको रुपमा लिने गरिन्छ। शरीर मा धेरै रोग भित्रिने यि तीन सेतो को कारणले पनि हो। नुनको शरीर मा महत्व रहे पनि सन्तुलित मात्रामा लिनु पर्दछ भने चिनी र बोसो हाम्रो अरु खाने कुरा बाट प्राप्त भइरहने भएकोले शरीर ले यिनीहरू लाई बर्जित गर्नु नै उत्तम मानिन्छ।

यसरी समग्रमा हेर्दा हाम्रो शरीरमा कुनै पनि खाद्य बस्तु जसले शरीरलाइ चाहिने सबै पोषकतत्वहरु उपलब्ध गराउन सकोस। त्यसैले पनि हामीले खाने कुरा खादा कुन स्वास्थ्य वर्धक हो? कुन घातक हो?भनी छुट्याएर मात्र खाने गर्नु पर्दछ।

लक्ष्मण कार्की
योग प्रशिक्षक तथा मनोविमर्श कर्ता

Tags: Laxman KarkiSelf Care
SummarizeShare248ScanTweet148

Related articles

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

by Nam Raj Bhatta
June 26, 2026
0

नेपालमा शहरीकरण तीव्र गतिमा बढ्दै जाँदा प्राथमिक स्वास्थ्य सेवा (Primary Health Care) को आवश्यकता पनि उत्तिकै बढेको छ। विशेषगरी General Practitioner (GP) Clinic हरूले बिरामीलाई प्रारम्भिक मूल्याङ्कन, उचित...

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

by Nam Raj Bhatta
June 26, 2026
0

सरकारले लागूऔषध नियन्त्रणको लागि नयाँ रणनीति अघि सारेको छ । साथै यस वर्ष लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रण र ओसारपसार...

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

by Nam Raj Bhatta
June 25, 2026
0

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठका अनुसार क्यान्सरको कुनै एउटै निश्चित लक्षण हुँदैन। शरीरको जुन अंगमा क्यान्सर हुन्छ, त्यसैअनुसार लक्षण देखिने भएकाले क्यान्सरलाई एउटै लक्षणबाट चिन्न सकिँदैन।...

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

by Nam Raj Bhatta
June 24, 2026
0

ठूलो हृदयघात (हार्ट अट्याक) पछि मुटुको कार्यक्षमता केवल २० प्रतिशत सम्म झरेका बिरामीहरूको समेत सफलतापूर्वक बाइपास शल्यक्रिया नेपालमै भइरहेको वरिष्ठ कार्डियाक सर्जन डा. विश्व पोखरेलले बताएका छन्। उनका...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    828 shares
    Share 331 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    692 shares
    Share 277 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    688 shares
    Share 306 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    636 shares
    Share 254 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बरिष्ठ गायक यम बराललाई ‘रक्त क्यान्सर’- डेढ महिनादेखि शिक्षण अस्पतालमा, थप उप चारका लागि दिल्ली लगिँदै
  • कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय, प्रकोप अझै तीव्र
  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. देवेन्द्र खत्री नियुक्त
  • सरकारका १०० दिन: स्वास्थ्य क्षेत्रका २२ उपलब्धि
  • जनस्वास्थ्य क्षेत्रका पहिलो विज्ञ प्रा. डा. सुजन बाबु मरहठ्ठा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.