स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् ।
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेल निमित्त महानिर्देशकको जिम्मेवारी पाएका हुन ।
डा. पौडेल वरिष्ठ बाल रोग विशेषज्ञ हुन । डा. पौडेल यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा कार्यरत थिए । यस अघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारीमा डा. अनुज भट्टचनले सम्हालेका थिए।






