Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

आन्दोलनरत आदरणीय मित्रहरुलाई हार्दिक अनुरोध : डा. रवीन्द्र पाण्डे

HNN Staff by HNN Staff
June 12, 2020
in Health
Reading Time: 1 min read
A A
0
कोरोनाले स्वरूप फेर्‍यो – कुनै लक्षण नदेखिए पनि कोरोना संक्रमण देखिन सक्छ। #Covid19
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

डा . रवीन्द्र पाण्डे , जनस्वास्थ्य विज्ञ 

केहि दिन यता देशका बिभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ ।कोरोनाको नाममा १० अरब खर्च भएको, स्वास्थ्य मन्त्रालयले बिज्ञको सुझाब बिपरित रोग पत्ता लगाउन उपयोगी नहुने RDT Kit को ब्यापक दुरुपयोग गरेको तथा केहि मन्त्रीको कारण कोरोना नियन्त्रण एबम आर्थिक शुशाशन कायम नभएको, क्वारेन्टाइन रोग सार्ने केन्द्र बनेको, स्वास्थ्यमन्त्रीले एकपटक पनि सिमाबर्ती क्षेत्रका क्वारेन्टाइन अवलोकन एबम अनुगमन नगरेको, जनतालाई ठोस राहत एबम सामाजिक सुरक्षाको योजना नल्याएको लगायत धेरै बिषयमा हामी सबै असन्तुष्ट छौं ।महामारीको बेलामा नेपालजस्तो गरिब देशले आर्थिक मितव्ययिता गर्ने, खर्च ब्यापक कटौती गर्ने तथा भोलेन्टियर भएर देशको लागि योगदान गर्ने बेलामा केहि व्यक्तिको आर्थिक हालीमुहाली अक्षम्य छ ।

अहिले कोरोना संक्रमणको महामारी चलेको छ । यो समयमा निम्न लिखित कुरामा हामीले ध्यान दिएनौं भने महामारी झनै बढ्ने खतरा रहन्छ ।

– भारतको महाराष्ट्रमा डेढ महिना पहिले हजारौं मजदुरले प्रदर्शन गरेका थिए । अहिलेको अवस्था हेर्दा महाराष्ट्रमा संक्रमितको संख्या ९७६४८ पुगेको छ भने ३५९० जनाको मृत्यु भएको छ ।जबकी चीनमा संक्रमितको संख्या ८३०५७ छ । महाराष्ट्रमा हिंजोमात्र ३२५४ जना संक्रमित भए भने १४९ जनाको मृत्यु भयो । त्यस्तै दिल्लीमा जुलाईको अन्त्यसम्म ५ लाख संक्रमित पुग्न सक्ने त्यहाँका मुख्यमन्त्रीले भनेका छन् ।
– स्पेनमा भएको प्रदर्शनमा सहभागी धेरै संक्रमित भएको र त्यसको केहि हप्तापछि आफन्तले शब हेर्न समेत नपाएको अवस्था आएको थियो ।
– ब्राजिलमा भएको प्रदर्शनको कारण हजारौं संक्रमित भएको बताइएको छ। ब्राजिलले संक्रमितको संख्यामा अहिले अमेरिकालाई पछ्याइरहेको छ ।
– जुलुसमा सामाजिक दुरी कायम नहुने, मास्कको प्रयोग सहि तरिकाले नहुने, अपरिचितको भीड हुने, हात धुने / स्यानिटाइजर प्रयोग नहुने भएकोले रोग सर्ने सम्भावना बढी हुन्छ ।
– अध्ययनले देखाएको छ कि बिरोध प्रदर्शनमा चिच्याउने, नारा लगाउने, सिठी फुक्ने, खोक्ने आदि गर्दा संक्रमितको मुखबाट कोरोना भाइरसको लोड धेरै निस्किने र धेरैजना एकैपटक संक्रमित हुने सम्भावना धेरै हुन्छ ।
– त्यहाँ हामी युवा संक्रमित भएमा हाम्रो घरमा रहनुभएका जेष्ठ नागरिक, दीर्घरोगी, गर्भवती, सुत्केरी लगायतलाई संक्रमण सरेर जोखिम धेरै बढ्छ ।
– सहरी क्षेत्रमा लाखौँ जनाको बसाइ हुने तथा ठूलो समुहमा संक्रमण सर्यो भने संक्रमण अनियन्त्रित भएर हाम्रा अस्पतालले धान्न नसक्ने अवस्था आउन सक्छ ।
– यो महामारीको समयमा गर्ने बिरोधको स्वरूप परिवर्तन गरेमा हामी सुरक्षित हुनेछौं । सामाजिक संजाल, पत्रपत्रिका, रेडियो, टेलिभिजन आदिको माध्यमबाट सामुहिक बिरोध हुँदा बिगतमा धेरै मन्त्रीले राजिनामा दिन बाध्य भएको हामीलाई अवगत नै छ ।

– सरकारले आर्थिक अनुशाशन, पारदर्शिता, मितब्यब्यिता तथा जवाफदेहितालाई आफ्नो कर्तब्य ठानेर जनताका हरेक सरोकारलाइ इमान्दरपूर्वक ब्यबहारमा देखाउन सक्नु पर्दछ ।कमीकमजोरी, अनियमितता तथा ढिलासुस्ती गर्ने जो कोहिलाई पनि पदमुक्त गर्ने, सक्षम व्यक्तिलाई काम गर्ने अवसर दिने, हरेक आर्थिक गतिविधिलाई नियामक निकायबाट अनुगमन गर्ने तथा जनतालाई रोग, भोक र आर्थिक समस्याबाट बचाउन सरकार क्रियाशील हुनु जरुरी छ ।

– यो विषम परिस्थितिमा सरकार, आम जनता तथा मेडिया एकताबद्ध भएर महामारीसंग जुध्नुको बिकल्प छैन ।
देशव्यापी भएको यो प्रदर्शन सरकारले समयमै सुनेर जनता विश्वस्त हुने गरि सम्बोधन गरोस । सरकारले सबै नागरिकको अभिभावक भएको कर्तब्य पालना गरोस । त्यसो भएमा आम नागरिकको असन्तुष्टि निराकरण हुनेछ ।
संयमित बनौं, सुरक्षित बनौं, जीवन अमुल्य छ ।

Via: Rabindra pandey
Tags: Corona Virus #Covid19
SummarizeShare234ScanTweet147

Related articles

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

by Nam Raj Bhatta
June 26, 2026
0

सरकारले लागूऔषध नियन्त्रणको लागि नयाँ रणनीति अघि सारेको छ । साथै यस वर्ष लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रण र ओसारपसार...

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    827 shares
    Share 331 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    692 shares
    Share 277 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    636 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    688 shares
    Share 306 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. देवेन्द्र खत्री नियुक्त
  • सरकारका १०० दिन: स्वास्थ्य क्षेत्रका २२ उपलब्धि
  • जनस्वास्थ्य क्षेत्रका पहिलो विज्ञ प्रा. डा. सुजन बाबु मरहठ्ठा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त
  • बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त
  • बयालपाटा प्रादेशिक अस्पतालमा एकैदिन ६ जनाको सफल शल्यक्रिया

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.