• Login
Health News Nepal
Star Hospital Sanepa Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Health

लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ : #Covid19

HNN Staff by HNN Staff
May 27, 2020
in Health
A A
1
कोरोना संक्रमणसंग लड्न रोग प्रतिरोधातक क्षमता कसरी बढाउने ? #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

कुरो धेरै बर्ष अघिंको हो, मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय ‘ एब्स्टिनेन्स ‘ हो । अर्थात दम्पतीबीच कहिल्यै पनि शारीरिक सम्पर्क नगर्ने । यो बिधि मेरो कलिलो दिमागले पनि एकदम प्रभावकारी उपाय ठानेको थियो । अहिले हेर्दा लाग्छ, लकडाउन भनेको परिवार नियोजनको ‘एब्स्टिनेन्स ‘ हो । यो प्रभावकारी छ तर लामो समयको लागि सम्भव छैन । जसरी परिवार नियिजनका प्राकृतिक बिधि तथा अस्थायी साधन अनेक छन् त्यसै गरि कोरोना संक्रमण नियोजन गर्न थुप्रै उपाय छन् । कोरोना बिरुद्धको खोपलाई संक्रमण नियोजनको स्थायी उपाय अर्थात भ्यासेक्टोमी, ल्यापेरेस्कोपी ( ट्युबल लिगेसन ) को रुपमा बिम्ब दिन सकिन्छ ।

विश्वब्यापी महामारीको रुपमा बिगत ५ महिनादेखि संसारलाई ठप्प पारेको कोरोना संक्रमणबाट नेपाल अछुतो रहने सबाल थिएन । विश्वग्रामको यो युगमा अन्य देशको अवस्था देखेर हामी यति भयातुर भयौं कि दोस्रो केस देखिने बित्तिकै हामीले लकडाउन गर्यौं ।  निश्चय नै त्यो लकडाउनको कारण कोरोना भाइरस हवाइजहाज चढेर नेपाल आउन पाएन, आएको भएपनि घरभित्र थुनिंदा निसास्सिएर मर्यो, त्यो निर्जीव भाइरस । लकडाउनको कारण प्रचार भयो, प्रसार हुन पाएन ।

भारतसंग खुला सिमानाको कारण सुरुमा भारतीय नागरिकमा देखिएको कोरोना संक्रमण पछि गएर सिमानामा प्रेसर बढेपछि ह्वारह्वार्ती भित्रिन थाल्यो । यो क्रम बढिरहेको छ, अझै बढ्नेछ ।

संसारका जल, थल तथा नभमा रहेका पृथ्वी ध्वस्त गर्ने क्षमता रहेका हतियार एबम कमाण्डोहरू अहिले आँखाले देख्न नसक्ने नाथे भाइरससंग माघको जाडोमा जस्तै थुरथुर कामिरहेका छन् ।लाखौँ व्यक्तिको निधन भएको छ भने विश्व अर्थतन्त्र धरासायी भएको छ, बीसौं करोड नागरिकको रोजगारी गुमेको छ ।

– नेपालमा लकडाउन भएको २ महिना नाघिसकेको छ।लकडाउनको उपलक्ष्यमा सुरुसुरुमा देखिएका भोज र मोज अहिले चिन्ता र सोंचमा परिवर्तन भएकाछन् । सम्भ्रान्त बर्गको ब्यबसाय चौपट भएर हात उठाउने स्थितिमा पुगेका छन्, मध्यम बर्गका व्यक्तिहरु न मागेर खान सकेका छन्, न कमाएको बाँकी रहेको छ भने निम्न आय भएका व्यक्तिहरु रोगले भन्दा भोकले मर्ने चिन्तामा आधा पेट खाएर प्राण धानेका छन् ।
बिकसित तथा सामाजिक सुरक्षाको राम्रो प्रबन्ध भएका देशहरुले सबै बर्गलाई आआफ्नो क्षति न्यून गर्न ठोस राहतको ब्यबस्था गरेका छन् । तर हामीकहाँ राहतको नाममा कतै दाल / चामल वितरण गरिएको छ भने कतै एउटा चाउचाउ र २ वटा मास्क । मुखमा मास्क लगाएपछि खान नपर्ने भए लकडाउनलाई लम्ब्याउन कसैलाई आपत्ति हुने थिएन । तर मास्कले भोक रोक्न सक्दो रहेनछ ।

–  कोरोना संक्रमणको आयु लामो समय भएको बिभिन्न अध्ययनले बताएका छन् । संसारमा फैलिएका भाइरल रोगहरु जस्तै एचाइभी / एड्स, स्वाइन फ्लु, बर्ड फ्लु आदिको ठोस औषधि वा खोप अहिलेसम्म आएको छैन । एचाइभी / एड्सको उमेर ४० बर्ष पुगेको हामीलाई अवगत नै छ, अन्य भाइरल रोग पनि कम उमेरका छैनन् । अहिले कोरोना भाइरसमा चलाइएक औषधि ‘ घ्युको अड्को तेलको धुप ‘ मात्र हुन् ।  बिज्ञान रन्थनिएर कहिले मलेरियाको औषधिको शरणमा पुगेको छ त कहिले इबोलाको औषधिको शरणमा ।  कहिले जापानी इन्फ्लुएन्जाको शरणमा पुगेको छ त कहिले सार्स/ मर्स रोगका दवाइको शरणमा । त्यति मात्र हैन गाँजा, तितेपाती, गुर्जो, बेसार, मुलेठीदेखि जुम्राको औषधि आइभरमेक्टिनसम्म बिज्ञान दौडिरहेको छ । खोप निर्माणको लागि संसारका १०० भन्दा धेरै प्रयोगशालामा तालु खुइलेहरु ‘ ट्रयाल एण्ड इरर ‘ मा पसिना निकालिरहेका छन् । कोरोना संक्रमण बिरुद्धको खोप कहिले आउँछ ? हामीले कहिले पाउँछौ ? यी प्रश्नको उत्तर पाउन १-२ बर्ष वा अझै बढी लाग्न सक्छ ।

रोग वा खोप ७० % भन्दा धेरै जनसंख्यामा फैलिएर बाँकी ३० % जनसंख्यालाई हर्ड इम्युनिटी हुने परिकल्पनामा पुग्न हामीले लामो र खतरनाक बाटो हिंड्नुपर्ने हुनसक्छ | तसर्थ अबको हाम्रो बाटो भनेको यो भाइरसलाई छल्दै हाम्रो जनजीवन सहज बनाउने हो ।

कसैले कोरोना संक्रमणलाई फ्लु अर्थात रुघाखोकीसंग तुलना गरेका छन् भने हाम्रो समाजमा कोरोना संक्रमण भयो भने मरिहालिन्छ भन्ने भ्रम रहेको छ । यी दुवै अतिबादी सोंचाई हुन् ।सामान्य रुघाखोकी लागेको १ जना व्यक्तिले औसत १.३ जनालाई फ्लु सार्न सक्छ भने कोरोना संक्रमित १ जनाले औसत ३ जनालाई रोग सर्न सक्छ । १ जनाले १.३ जनालाई, १.३ जनाले अर्को १.३ जनालाई गर्दै १० पटक यो चक्र पुग्दा १४ जनामा फ्लु सर्छ भने कोरोना संक्रमण १ जनाले ३ जना, ३ जनाले ९ जना, ९ जनाले २७ जना हुँदै १० पटक यो चक्र घुम्दा ५९ हजार ४९ जनालाई कोरोना संक्रमण सर्न सक्छ । तसर्थ हामी सबै गम्भीर भएर यो भाइरसको गुणन तोड्न सजग हुनु जरुरी छ ।

नेपालको परिप्रेक्ष्यमा संक्रमितको संख्या बढिरहेको, छिमेकी भारतमा जुन – जुलाईमा दशौँ लाख संक्रमित हुनसक्ने अनुमान गरिएको, सिमानामा बैज्ञानिक ढंगले परीक्षण तथा क्वारेन्टाइनको ब्यबस्था नगरिएको तथा लाखौँ नेपालीहरु असुरक्षित तरिकाले आफ्नो थातथलोमा जाने क्रम बढिरहेको हुनाले आगामी ३ महिनामा नेपालमा संक्रमितको संख्या ३० हजारसम्म पुग्ने अनुमान गर्न सकिन्छ ।

यी अवस्थाको बाबजुद हामीले लकडाउन गरेर घरमा बस्ने क्षमता हामीसंग छैन । अबको बिकल्प भनेको सुरक्षा र रोकथामका उपाय अपनाएर आफ्नो काम गर्ने नै हो । ६ फिटको व्यक्तिगत दुरी, मास्क / चस्मा / पंजा / आउटर ड्रेसको प्रयोग, साबुनपानीले हात धोइरहने तथा भीडभाडमा नजाने नै हो | जनजीवन सुरक्षित र सहज बनाउन तलका उपाय अबलम्बन गर्नु जरुरी छ ।
– बिना काम घर बाहिर नजाने ।
– घरबाहिर जाँदा सहि तरिकाले मास्कको प्रयोग गर्ने, चस्मा लगाउने, सकभर पंजा पनि लगाउने । विन्ड चिटर, पातलो ट्राउजर र साबुनपानीले धुन मिल्ने सेन्थेटिकको जुत्ता लगाउने ।
– बाटोमा, कार्यस्थलमा वा पसलमा ६ फिटको दुरी कायम गर्ने । यो प्रमुख उपाय हो ।
– नाक, मुख, आँखा तथा अनुहारमा नछुने । छुन परेमा साबुनपानीले मिचिमिची हात धुने । झोलामा ह्याण्ड स्यानिटाइजर राख्ने । बाटोमा वा साबुनपानी नभएको ठाउँमा ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने ।
– सकभर रेलिंग, टेबल वा अन्य ठाउँ नछुने ।
– भीडभाडमा नजाने ।
– तरकारी बजार तथा डिपार्टमेन्टल स्टोरमा भीडभाड हुने भएकोले स्थानीय किराना पसल / तरकारी पसलबाट किन्ने बानी गर्ने ।
– कार्यस्थल जाँदा खाजा तथा पानी आफैले लिएर जाने ।
– रुघाखोकी तथा ज्वरो आएका व्यक्ति घरमै बस्ने । घरका सदस्यसंग पनि दुरी कायम गरेर बस्ने । गाह्रो भएमा मात्र स्वास्थ्य संस्थामा जाने ।
– सिनेमा हल, स्विमिंग पुल, जिम, नाइट क्लब, रंगशाला लगायतका भीडभाड हुने ठाउँ केहि महिना बन्द गर्ने ।
– रेस्टुरेन्टलाई पटकपटक संक्रमणरहित बनाएर, सामाजिक दुरी कायम गरेर तथा स्टाफलाई होटेलमा लगाउने PPE को ब्यबस्था गरेर संचालन गर्ने ।
– निर्माण कार्यमा धेरै कामदारको रोजगारी गाँसिएकोले भौतिक दुरी कायम गरेर सुचारु गर्ने ।
– खाली भएका पार्टी प्यालेस, सार्वजनिक भवन तथा खेलकुद स्थानलाई भाडामा लिएर त्यहाँ मजदुर बस्ने ब्यबस्था मिलाउने ।उनीहरुलाई बसमार्फत कलकारखानामा पुर्याएर उद्योग संचालन गर्ने | सम्भव भए उद्योगमा आबासीय ब्यबस्था मिलाउने । भौतिक दुरी कायम गर्ने । मास्क अनिबार्य गर्ने ।
– बैंक, मालपोत, कर कार्यालय, बिद्युत कार्यालय, दुर संचार लगायत धेरै आवतजावत हुने कार्यालय बिहान र अपरान्ह गरेर २ सिफ्टमा चलाउने । फोन वा अनलाइनबाट पालो नम्बर र समय लिएर त्यहि समयमा जाने ब्यबस्था मिलाउने ।
– यातायातका साधनलाई जोर / बिजोर प्रणाली लागु गर्ने ।
– सार्वजनिक यातायातलाई हरेक पटक धोएर संक्रमणरहित बनाउने, बस स्टाफ तथा यात्रुले मास्क,चस्मा तथा पंजा लगाउने, बसमा कम्तीमा १ मिटरको दुरी कायम हुनेगरि प्यासेन्जर राख्ने ।
– संक्रमित क्षेत्र शिल गर्ने | ग्रीन जोनबाट लामो दुरीका बस सुरु गर्ने । यसो गर्दा माथि भनेका तरिका अपनाउने । बाटोमा खानको लागि खाना आफैले लिएर जाने वा खानाको प्याकेट किनेर भौतिक दुरी कायम गरेर खाने ।
– आन्तरिक हवाइजहाज ग्रिन जोनबाट चलाउने | प्लेनलाई प्रत्येक पटक संक्रमण रहित बनाउने । यात्रुलाई मास्क, पंजा, भाइजर तथा स्यनिटाइजरको ब्यबस्था गर्ने | लगेजलाई बाहिरबाट संक्रमणरहित बनाउने ।
– स्कुल भर्ना पैदल दुरीमा गर्ने ब्यबस्था मिलाउने । यो सम्भव नभए स्कुल बसलाई संक्रमणरहित बनाउने, भौतिक दुरी कायम गराउने, मास्क / चस्मा / पंजा / स्यानिटाइजर अनिबार्य गर्ने ।एउटा सेसनमा ३० जना बिद्यार्थी हुन्छन् भने १५ जनालाई १ दिन र १५ जनालाई अर्को दिन छुट्टी दिएर भौतिक दुरी कायम गर्ने ।कुनै बिध्यार्थिलाई रुघाखोकी लागेमा, ज्वरो आएमा घरमै बस्न लगाउने । बिद्यालयमा सौचालय थप्ने । सफा गरिरहने । साबुनपानी तथा स्प्रिट कपासको ब्यबस्था गर्ने । सामुहिक प्रार्थना नगर्ने । ५० % बिद्यार्थी आउँदा स्कुलको कोरिडोर, सौचालय तथा प्रांगणमा भिडभाड हुँदैन । स्कुलमा धेरै स्पेस भए अस्थायी संरचना बनाएर कक्षा कोठा थप्ने । कलेज पनि यसै गरि संचालन गर्ने ।
– क्वारेन्टाइनमा एकैपटक एउटा समुह राख्ने । त्यसमा नयाँ १ जना पनि नथप्ने । बीचमा नयाँ व्यक्ति थपेमा नयाँको संक्रमण अरुलाई सर्न सक्छ । क्वारेन्टाइनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मिको ब्यबस्था गर्ने ।
– सामान्य समस्यामा अस्पताल नजाने । अस्पतालबाट संक्रमण सर्ने सम्भावना धेरै हुन्छ । ठूला केहि अस्पताललाई रुघाखोकी, ज्वरो तथा कोरोना अस्पतालको रुपमा बिकास गर्ने । त्यहाँ कोरोना संक्रमणको परिक्षण, उपचार, भर्ना, आइसीयु तथा भेन्टिलेटर लगायत सबै सुबिधाको ब्यबस्था गर्ने । अरु अस्पताललाई संक्रमित नबनाउन उच्च सतर्कता कायम गर्ने ।
– कोरोना संक्रमण पोजिटिभ देखिदैमा अस्पताल भर्ना नगर्ने ।होम आइसोलेसन तथा होटेल आइसोलेसनको ब्यबस्था गर्ने ।घरमा बाताबरण नभएमा सामुदायिक भवनमा आइसोलेसन केन्द्र बनाउने । संक्रमित मध्ये ९० % लाई सामान्य लक्षण देखिन्छ, नदेखिन पनि सक्छ । संक्रमितलाई ज्वरो, खोकी, पखाला आदि भएमा आफैले कुन कुन औषधि कति मात्रा र समयमा खाने भनेर सुचित गर्ने । संक्रमित मध्ये ९० % अस्पताल नजाने परिस्थिति निर्माण गर्न सकेमा अस्पतालमा भीडभाड हुँदैन । १० % गम्भीर बिरामीलाई कोरोना अस्पतालमा उपचार गर्ने ।

अस्पताल तथा स्वास्थ्यकर्मी संक्रमित हुने सम्भावना कम हुन्छ ।अन्य रोगका बिरामीले सजिलोसंग उपचार पाउँछन् । अस्पतालमा भीड नहोस भन्नको लागि टेलिफोन वा इन्टरनेटबाट नाम लेखाउने, पालो र समय लिने अनि त्यहि समयमा अस्पताल जाने ब्यबस्था गर्ने ।
– यस्तो महामारीको बेलामा अस्पताल तथा स्वास्थ्यकर्मीलाई बचाएर राख्नु सरकार एबम नागरिकको दायित्व हो । तसर्थ अस्पतालमा भीड कम गर्ने, चिकित्सक / नर्स / अन्य स्वास्थ्यकर्मी तथा सफाइकर्मीलाई ७ दिन काम गर्ने, १४ दिन आफ्नो घरमा वा नजिकको होटेलमा बस्ने प्रबन्ध मिलाउने । यसो गर्दा धेरै स्वास्थ्यकर्मीलाई एकैपटक संक्रमण भएर अस्पताल बन्द गर्ने अवस्था आउंदैन ।
– एम्बुलेन्सलाई हरेक बिरामी बोक्नुपूर्व संक्रमणरहित बनाउने ।
– क्लिनिकको साटो टेलिमेडिसिनलाई प्रबर्धन गर्ने ।
– नीजि अस्पताललाई सरकारी अस्पताल सरह सेवाप्रभाव गर्ने अनिबार्य ब्यबस्था मिलाउने ।
– नीजि क्लिनिक, पोलिक्लिनिक तथा स्वास्थ्य संस्थामा भेन्टिलेसन, भौतिक दुरी, PPE, सरसफाई आदिको मापदण्ड बनाएर रिफर्म गर्ने ।
– फ्यान तथा एसिको कम प्रयोग गर्ने । अस्पताल, कार्यालय, रेस्टुरेन्ट तथा होटेलमा फ्यान तथा एसिको हावा मानिसको बिपरित दिशामा फ्याँक्ने ब्यबस्था मिलाउने ।
– समुहमा बस्ने, संगै खाना खाने, सहकार्य गर्ने समुह जस्तै सेना, प्रहरी, स्वास्थ्यकर्मीलाई संक्रमण नहोस भनेर रणनीति बनाउने ।
– अन्य व्यापारिक पसल सुचारु गर्ने । ठूला स्टोरमा भौतिक दुरी र भित्र रहने अधिकतम छोंटो समय लागु गर्ने ।
– मन्दिर, गुम्बा, मस्जिद, चर्च तथा अन्य धार्मिक तथा सांस्कृतिक स्थानमा कडा रुपमा भौतिक दुरी लागु गराउने ।
– भोजभतेर बन्द गर्ने ।
– हिमाली जिल्लाको लकडाउन पूर्ण हटाउने ।
– अध्ययनको लागि सुरक्षित देशमा जान पाउने अवसरबाट बिद्यार्थीलाई बन्चित नगर्न राज्यले सहजीकरण गर्ने ।
– रेडियो, टेलिभिजन, पत्रिका आदि संचार माध्यमबाट सुरक्षा तथा रोकथामका प्रभावकारी कार्यक्रम, बिज्ञापन प्रचार / प्रसार गर्ने ।
– भोकमरी र भिखमरीबाट बच्नको लागि किसानलाई तुरुन्तै बिउ, मल, प्रबिधि, राहत, कृषिबिमा, बजारीकरण आदिको ब्यबस्था गर्ने । खेतीपाती गर्दा सामाजिक दुरी अपनाउन त्यति गाह्रो छैन ।
– हजारौं भ्यान, ट्रक आदिलाई कृषि एम्बुलेन्सको अनुमति दिएर गाउँगाउँमा उत्पादित अन्न, दल्हन, तरकारी, फलफुल, दुग्ध पदार्थ, अण्डा तथा पशुपंक्षीलाई बजारीकरण गर्ने ।
– विदेशमा रहेका नेपालीलाई परामर्श प्रदान गर्न जन स्वास्थ्य सहचारीको ब्यबस्था गर्ने । रोजगारी गुमेका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्ने । संक्रमणरहित भएपछि आफ्नो थातथलोमा बिउ, मल तथा सहुलियत ऋण दिएर पुनर्स्थापित    गर्ने ।
– यो २ बर्षको लागि अन्तराष्ट्रिय पर्यटन प्रबर्धन नगर्ने । आन्तरिक पर्यटनको लागि सुरक्षित रुपमा प्रबर्धन गर्ने ।
– राष्ट्रिय गौरबका आयोजना, हाइड्रोपावर निर्माण आदिलाई भौतिक दुरी सहित संचालन गर्ने ।
– स्वच्छ बाताबरणको लागि बायु प्रदुषण, धुलो आदि नियन्त्रण गर्ने । ब्यापक बृक्षारोपण गर्ने ।
– र्यापिड किट तथा रेमडेजेभिर लगायतका औषधि नेपालमा निर्माण / उत्पादन गर्न प्रोत्साहित गर्ने ।
– भारतबाट सामान सिमानासम्म ल्याउने तथा सिमानाबाट नेपालकै ट्रकमा भित्र्याउने, एकजना चालक र एक जना हेल्पर बाहेक अरु आउन नपाउने नियम कडाइका साथ लागु गर्ने ।
– संक्रमित भारतीयहरु नेपाल आउन पूर्णतया बन्देज लगाउनको लागि सिमा गस्ती थप प्रभावकारी बनाउने ।
– संक्रमितलाई घृणा गर्ने परिपाटी अन्त्य गर्न प्रभावकारी कार्यक्रम बनाएर प्रकाशन / प्रसारण गर्ने ।
यी उपायलाई ब्यापक प्रचार गर्ने, अनुगमन गर्ने, दण्ड तथा प्रोत्साहनको ब्यबस्था गर्ने र चरणबद्ध लागु गर्ने हो भने कोरोना संक्रमणलाई छल्दै हाम्रो जनजीवन सुचारु गर्न सकिन्छ ।

कोरोना भाइरसको घातक प्रभाव कम छ । एकजना व्यक्तिले धेरै व्यक्तिलाई सार्न सक्दैन । संक्रमितसंग छुंदैमा, छोंटो कुराकानी गर्दैमा, संक्रमित बसेको ठाउँमा बस्दैमा कोरोना संक्रमण सर्छ भन्ने छैन । सर्नको लागि भाइरसको संख्या र एक्सपोजर समय धेरै भएमा मात्र सर्न सक्छ । त्यस्तै सिंगापुरको नेसनल सेन्टर अफ इन्फेक्सियस डिजिज एण्ड एकेडेमी अफ मेडिसिनको संयुक्त अध्ययनले बताएको छ कि संक्रमण भएको ११ दिनसम्म रोग सार्न सक्ने क्षमता हुन्छ । १२ दिनपछि परिक्षणमा पोजिटिभ देखिए पनि रोग सार्न नसक्ने सो अनुसन्धानले बताएको छ ।अनुहारतिर फर्केर खोकेमा, हाच्छ्युं गरेमा वा चिच्याएमा सर्ने सम्भावना धेरै हुन्छ । अन्यथा सर्ने सम्भावना कम हुन्छ । त्यस्तै वासिंगटन पोस्टले जनाए अनुसार खाध्य पदार्थ तथा सतहबाट रोग सर्ने सम्भावना निकै कम हुन्छ । वासिंगटन पोस्टले लेखेको छ, कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्ने भएकोले भौतिक दुरी कायम गर्दा धेरै सुरक्षित भइन्छ । बिभिन्न निकायका अलग अलग उद्देश्य हुनसक्छ । तसर्थ भयानक र नकारात्मक सूचना आउंदैमा भयातुर हुनु जरुरी छैन । त्यस्तै संक्रमित र मृतकको संख्या बढ्दै जाँदा हामी डराउनु हुँदैन । विश्वभर यो संख्या बढिरहेको परिप्रेक्ष्यमा हामी पनि मानसिक रुपमा तयार हुनुपर्दछ । हामीले उच्च स्तरको सुरक्षा अभ्यास गर्यौं भने कोरोना भाइरससंगै आफ्नो जीवनचर्या संचालन गर्न सक्छौं । रोगप्रतिरोधात्मक क्षमता बढाउनको लागि हाम्रो आहार, बिहार, आचार र ब्यबहार स्वस्थ हुनु जरुरी छ । सरकारले PCR परीक्षणको दायरा बढाएर संक्रमितलाई चामलमा बियाँ खोजेझैँ खोज्ने, आइसोलेसनमा राख्ने र गुणस्तरीय उपचार गर्ने काम निरन्तर अघिं बढाउनुपर्दछ।

अब आफै भन्नुहोस् खोप नआउने बेलासम्म परिवार नियोजनको ‘एब्स्टिनेन्स ‘ बिधि अपनाउने कि अस्थायी साधन तथा उपाय अबलम्बन गर्ने ? 

#public Health #corona-virus # family planning

Tags: Corona Virus #Covid19Public Health
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

सेती अस्पतालको आइसोलेशनमा रहेका एक जनाको मृत्यु #Covid19

Next Post

पछिल्लो चौबीस घण्टामा ११४ जनामा पिसिआर पोजेटिभ , कुल संख्या ८८६ पुग्यो #Covid19

Related articles

Menstrual pain remedies
Health

महिनावारी हुँदा हुने दुखाई- कारण, लक्षण चिन्ह तथा उपचार विधि #Dysmenorrhoea #PeriodPain

2 months ago
481
बिहान उठ्ने बित्तिकै चिया पिउनु कतिको फाइदा ? #Tea
Health

बिहान उठ्ने बित्तिकै चिया पिउनु कतिको फाइदा ? #Tea

2 months ago
514
Impact of Covid 19 on Dental Health Dr Purna
Articles

कोभिड–१९ महामारीको चपेटामा दन्तचिकित्सा #COVID19 #DentalMedicine

5 months ago
476
लैंगिक हिंसाले मानसिक समस्याको जोखिम #GBV
Articles

लैंगिक हिंसाले मानसिक समस्याको जोखिम #GBV

5 months ago
474
Amla importance
Health

अमलाको पौराणिक एवं आयुर्वेदिक महत्व #Amla

5 months ago
471
Tulasi importance
Health

तुलसीको पौराणिक एवं आयुर्वेदिक महत्व #Tulasi

5 months ago
472
Next Post
काठमाडौं लगायत अन्य जिल्ला गरि २७ जना कोरोना  सन्क्रमित थपिए, कुल ४०२ पुग्यो #Covid19

पछिल्लो चौबीस घण्टामा ११४ जनामा पिसिआर पोजेटिभ , कुल संख्या ८८६ पुग्यो #Covid19

Comments 1

  1. Pingback: बर्ड फ्लूबाट जोगिने उपायहरु #BirdFlu • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Free HIV Testing by AIDS Healthcare Foundation NepalFree HIV Testing by AIDS Healthcare Foundation Nepal
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

किटजन्य रोगका भेक्टर हरुको सर्भिलेन्स तथा खोजपड्ताल शुरु

किटजन्य रोगका भेक्टर हरुको सर्भिलेन्स तथा खोजपड्ताल शुरु

6 months ago
471
बहराइनमा  नेपालीको कोरोना भाइरसबाट सन्क्रमित हुनेको संख्या ४९ पुग्यो#Covid19

बिश्वभर कोरोनाको संक्रमणबाट ९६ नेपालीको मृत्यु , सात हजार भन्दा बढी सन्क्रमित #Covid19

11 months ago
471
नेपालका ४ वटा जिल्ला कोरोना मुक्त #Covid19

लापरबाही नगरौं , जति बेला पनि कोरोनाले रुप फेर्न सक्छ डा.पाण्डे

10 months ago
476

Don't Miss

Bir Hospital

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

April 20, 2021
579
लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

April 20, 2021
631
Nepal Airlines flight

विदेशबाट आउनेले अब १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

April 19, 2021
812
कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

April 19, 2021
542
चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

April 18, 2021
1.2k
युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

April 18, 2021
684
विवाह प्रथा वा कुप्रथा ?

विवाह प्रथा वा कुप्रथा ?

April 17, 2021
770
Fighting Covid19 Together with HealthNewsNepal.com

१० वर्ष उमेर सम्मका ६ हजार ४सय ९४ मा कोरोना संक्रमण #CoronaVirus

April 17, 2021
502
दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

April 16, 2021
561
नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

April 16, 2021
812
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (41)
  • Disease (84)
  • English (26)
  • Fitness (23)
  • Health (138)
  • Lifestyle (50)
  • News (1,018)
  • Nutrition (30)
  • Research & Study (39)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In