Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १२
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

लैंगिक हिंसाले मानसिक समस्याको जोखिम #GBV

HNN Staff by HNN Staff
November 29, 2020
in Articles, Health
Reading Time: 1 min read
A A
0
Mental health illustration

Mental health illustration

621
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा न्युनिकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरु गर्दै प्रत्येक बर्ष बिश्व भरि नै यो अभियान संचालन हुँदै आएकोछ।

✍ गोपाल ढकाल, मनोविद्
✍ गोपाल ढकाल, मनोविद्

नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ यस बर्ष यो अभियान मनाईदैछ ।

यस बर्ष कोरोनाको कहर तथा लकडाउनका बिचमा पनि लैङ्गिक तथा घरेलु हिंसाका घटनाहरु बढेर गएको समचारहरु आईरहेका छन ।

महिलालाई महिला भएकै कारणले तथा पुरूषलाई पुरूष भएकै कारणले अथवा लिंगका आधारमा महिला वा पुरूषमाथि हुने कुनै पनि प्रकारको विभेद, दुर्ब्यबहार वा हिंसालाई लैंगिक हिंसा भनिन्छ । लैंगिक हिंसाले मानव अधिकारको उपहार गरिरहेको हुन्छ । बिशेष गरि पितृसतात्मक समाजमा पुरूषभन्दा महिलाहरूनै वढी लैंगिक हिंसाको शिकार भइरहेका हुन्छन् । धेरैजस्तो अवस्थामा महिलामाथी पुरूषले हिंसात्मक व्यवहार गरिरहेको हुन्छ भने कतिपय अबस्थामा महिलामाथी महिलाले नै हिंसा गरिरहेका उदाहरणहरू पनि भेटिन्छन् ।

विभिन्न ठाउँ तथा परिस्थितिमा महिलाहरू माथि हिंसा भइरहेको हुन्छ । आफूले काम गर्ने ठाउँ एवं कार्यालयहरूमा आफ्नै सहकर्मी एवं हाकिमबाट हुने हिंसा, बजार, सडक, यातायातका साधन, विद्यालय लगायत आफ्नै घर परिवार भित्र पनि श्रीमान, सासु, ससुरा, नन्द, भाउजु, दाजुभाईबाट महिलाहरू लैंगिक हिंसाको सिकार हुने गरेकाछन् । महिला र पुरूषबीचको लैंगिक भेदभाव र असमानता घटाउने, महिलाहरूमाथि हुने सबै प्रकारका लैंगिक हिंसाहरूले अन्त्य गर्ने जस्ता विषयमा चर्को बहस र छलफल हुने गरेता पनि व्यवहारमा यी कुरा लागू हुन सकिरहेका छैनन् ।

महिला हिंसाका कारणहरु

पितृसतात्मक सोच र मानसिकताले लैङ्गिक हिंसा बढाउन ठूलो प्रभाव पारिरहेको हुन्छ । त्यसै गरि परम्परा, धर्म, संस्कृति र रितिरिवाजका आडमा समेत महिलामाथि हिंसा भईरहेको हामी पाउछौ ।

जाँड रक्सी तथा लागु पदार्थको सेवनले समेत नेपाली समाजमा महिला माथिको हिंसा बढाएको देखिन्छ। महिला हिंसाको अन्य कारणहरुमा शिक्षा , चेतनाको कमी , महिलाहरु आफैमा सवल र सक्षम हुन नसक्नु , सधै अरुमाथी आत्म निर्भर भई रहनु पनि हुन । कतिपय अबस्थामा मानसिक रोगका कारणले पनि घरेलु तथा लैङ्गिक हिंसाका घटनाहरु हुन सक्छन् ।

घरपरिवार तथा समाजमा हुने गरेका लैङ्गिक हिंसा वा शोषणहरूका घटनाहरु बाहिर नल्याई भित्रभित्रै सुल्झाउने , ढाकछोप गर्ने वा उल्टै पिडितलाई दोषि देखाउने गरेको घटनाहरु समेत पाईन्छ । यस्तो कार्यले महिलाहरू भित्रभित्रै मानसिक रूपमा विक्षिप्त हुने , सधै अन्यायमा परेको महसुस गर्ने , आत्मबिस्बास गुम्ने , नैरस्यताको सिकार भई आत्महत्याको प्रयास वा आत्महत्या समेत गर्ने गरेका घटनाहरु छन ।

Nothing says quality like gender equality
Nothing says quality like gender equality

महिलामाथि हुने हिंसाका स्वरूपहरू

महिला माथी लैङ्गिक हिंसाका विभिन्न रुपहरु रहेका छन ।
बोक्सीको आरोप, यौन दुर्व्यवहार तथा छेडछाड, दाईजो प्रथा , जबर्जस्ती गर्भ पतन, छाउ प्रथा, दाईजो प्रथा , आर्थिक अधिकारबाट बन्चित गरिनु, विभिन्न किसिमका लान्छना लगाउनु, काम तथा तलबमा विभेद गर्नु । महिलाहरु माथी हुने लैङ्गिक हिंसालाइ यसरी बर्गिकरण गर्न पनि सकिन्छ ।

शरीरिक हिंसा
कुटपिट गर्ने , एसिड छ्याप्ने , घोक्र्याउने, लछारपछार गर्ने कामको बोझ थोपरेर दुःख दिने जस्ता कार्यहरु महिलाहरूमाथि हुने शारीरिक हिंसाका रुप हुन् ।

यौन हिंसा
जबरजस्ती यौन व्यवसायमा लगाउने, यौन कार्यमा लाउन किनबेच गर्ने , बलात्कार वा अन्य यौन दुव्यवहार महिलाहरूमाथि हुने यौन हिंसाका रुप हुन् ।

मानसिक हिंसा
अपशब्दको प्रयोग गर्नु, लान्छना लगाउनु, छोरी जन्माई भनेर हेला गर्नु, अर्को विवाह गर्न धम्की दिनु, बाँझो विधवाजस्ता शब्दको प्रयोग गर्नु, अरूका अगाडि होच्याउनु, इच्छा र आकाक्षा दबाउनु, दुव्र्यवहार गर्नु, चिठ्ठी टेलिफोन, इमेल इन्टरनेटबाट धम्की दिनु, ब्लाकमेलिङ्ग गर्नु, अश्लिल तस्वीर , भिडियो सार्वजनिक गर्नु मानसिक हिंसाका उदाहरण हुन् ।

परम्परागत हिंसा
बालबिवाह, बहुविवाह, दाइजो, बोक्सीको आरोप, बादी प्रथा, छाउपडी, देउकी, झुमा आदी जस्ता सामाजिक परम्परा तथा विश्वासले समेत महिलाहरू माथि हिंसा भइरहेको छ ।

http://4.188.83.218/static/3592.jpgdisease/depresion-mental/

आर्थिक हिंसा
महिलालाई आर्थिक आय आर्जनको काम गर्न रोक लगाउनु, घर धन्दामा नै सीमित गर्नु, आर्थिक रूपमा आश्रित पार्नु, सम्पत्तिको हकमा अबरोध पुर्‍याउनु , समान काममा असमान ज्याला , श्रम शोषण जस्ता कुराले महिलाहरू आर्थिक रूपमा हिंसाको शिकार भइरहेका हुन्छन् ।

सामाजिक तथा राजनीतिक हिंसा
महिलाहरूलाई राजनीति वा समाजसेवामा लाग्नबाट बञ्चित गराउनु, समाजमा कार्य गर्ने अवसरहरू नदिनु, राजनीतिमा वा सामाजिक कार्यमा लागेका महिलाहरूको चरित्रहत्या गर्नु, उच्च पदमा पुग्न नदिने गरेर छेकबार लगाउनु गरेर समेत महिलाहरू माथि हिंसा भइरहेका छन् ।

लैंगिक हिंसाको परिणामका रूपमा महिलाहरूमा विभिन्न किसिमको मनोसामाजिक समस्याहरू देखापर्ने गरेकाछन् ।

लैङ्गिक हिंसाले मनोसामाजिक समस्याको जोखिम

लैङ्गिक हिंसाले मानसिक एवं मनोसामाजिक समस्याको जोखिम बढाउने गरेको बिश्व भरि गरपएका विभिन्न अध्यानहरुले देखाएको छ । नेपालमा पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सन् २०१२ मा देशका ६ जिल्लाहरुमा गरेको अध्ययन प्रतिवेदन अनुसार नौसय नमुना उत्तरदाता महिलाहरु मध्ये ४ सय ३२ जनाले लैंगिक हिंसाको अनुभव गरेको उल्लेख गरेका छन।

लैंगिक हिंसा व्यहोर्ने ४ सय ३२ जना मध्ये ६९ प्रतिशतलाई मानसिक समस्या भएको र २९ प्रतिशतमा आत्महत्या गर्ने सोंच आएको साथै ७ प्रतिशले आत्महत्याको प्रयास गरेको पाइएकोछ ।

लैङ्गिक हिंसामा परेका ब्यक्तिहरुमा विभिन्न किसिमका मानसिक तथा मनोसामाजिक समस्याका लक्षणहरु देखिने गर्दछन । मन उदास हुने, अनावश्यक डर लाग्ने, चाडो रिस उठ्ने, ज्यादै चिन्ता गर्ने, द्विविधामा पर्ने, निर्णय गर्न नसक्ने, साथी भाईहरूसँग घुलमिल, कुराकानी गर्न मन नलाग्ने,कसैलाई बिस्बास गर्न नसक्ने, विभिन्न शारिरीक समस्याहरू देखापर्ने, कमजोर हुने हुन्छन ।

http://4.188.83.218/static/3592.jpghealth/depression-symptoms/

http://4.188.83.218/static/3592.jpghealth/binisha-panthee/

Tags: Dr Gopal DhakalPsychologyPsychosocial
SummarizeShare267ScanTweet148

Related articles

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
September 24, 2026
0

✍️ भानु पौडेल जनस्वास्थ्य विद् नेपालको जनस्वास्थ्य इतिहासमा मातृ-शिशु स्वास्थ्य, खोप कार्यक्रम र संक्रामक रोग नियन्त्रणमा हासिल भएका उपलब्धिहरू अनुकरणीय छन्। तर, पछिल्ला केही दशकमा हाम्रो स्वास्थ्य चुनौतीको...

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

Please login to join discussion
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    881 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    700 shares
    Share 301 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    700 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न
  • ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम
  • नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण
  • बोटुलिनम टक्सिनको प्रयोगबाट दुखाइ तथा न्युरोलोजिकल रोगको उपचारमा नयाँ सम्भावना

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.