• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Health

डोटीमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै

N Bhatta by N Bhatta
September 11, 2020
in Health
A A
0
डोटीमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै
Share on FacebookShare on TwitterShare on LinkedIn

डोटी , २६ भाद्र २०७७

डोटी जिल्लामा पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्न थालेको छ। सुरक्षित गर्भपतन सेवालाई नेपाल सरकारले २०५९ सालमा कानूनी मान्यता दिएसँगै अहिले जिल्लामा सुरक्षित रुपमा गर्भपतन सेवा लिने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा निःशुल्क सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या एक हजार १२७ जना रहेको छ। चालु आवको साउन महिनामा मात्र जिल्लाभरिका स्वास्थ्य संस्थाबाट कुल १७२ जना महिलाले निःशुल्क रुपमा सुरक्षित गर्भपतन सेवा लिएका छन्।

पछिल्लो समयमा मेडिकल तथा औषधि पसलहरुमा बिक्री हुने गर्भपतन गराउने औषधिको प्रयोग गर्नेहरु पनि धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। डोटीमा सुरक्षित गर्भपतन सेवा कार्यक्रम सञ्चालन गर्दै आएको संस्था सामुदायिक विकास मञ्च डोटीकी कार्यक्रम अधिकृत दीपा सिंहले गर्भपतनलाई परिवार नियोजनको साधनको विकल्पको रुपमा हेर्न नहुने बताए।  उनले भने, “दम्पतीको पहिलोे प्राथमिकता परिवार नियोजनको साधनमा नै हुनुपर्छ, सकेसम्म महिलाले सुरक्षित गर्भपतन सेवा लिनै परे सुरक्षित र विश्वासका साथ सेवा लिनसक्ने वातावरण हुनुपर्छ, गर्भपतन सेवा अस्थायी साधनका रुपमा लिनु हुँदैन।”

कोभिड–१९ को सङ्क्रमणको महामारीको त्रासका कारण कामका लागि भारत गएका धेरैजसो स्थानीय अहिले घर फर्किएका छन्। घर फर्किएका स्थानीयवासीले आफ्ना श्रीमतीसँग शारीरिक सम्पर्क राख्दा अस्थायी साधन प्रयोग नगर्ने गरेका कारण यहाँका महिलाले अनिच्छित रुपमा रहेको गर्भलाई पछि गर्भपतन गर्न थालेको स्वास्थ्यकर्मीहरु बताउँछन्। गर्भपतन सेवाले महिलाको स्वास्थ्यमा दीर्घकालीन असर गर्ने भएपनि बाध्यता तथा विभिन्न समस्याका कारण पनि गर्भपतन गर्न बाध्य हुने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताए।

जिल्ला स्वास्थ्य कार्यालयमा मात्रै नभएर यहाँको आदर्श गाउँपालिकामा रहेको मौवानगरदह स्वास्थ्य चौकीमा पनि सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या निकै बढेको पाइएको छ। सो स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी यशोदा ओझाका अनुसार यस आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि भदौ २३ सम्म ५३ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। सुरक्षित गर्भपतन सेवाको लागि सो स्वास्थ्य चौकी सूचीकृत भएसँगै गर्भपतन सेवा लिन आउनेको सङ्ख्या बढेको हो।

Tags: Corona Virus #Covid19Doti district HospitalPregnancy
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

कोरोना जाँचमा साइकल थ्रेशहोल्ड (सी.टी.)को मापनको उपयोगिता र बिरामीको उपचारमा यसको प्रयोग

Next Post

धादिङमा स्थानीय स्तरमै कोरोना सक्रमण तिब्र रुपमा फैलिदै

Related articles

Impact of Covid 19 on Dental Health Dr Purna
Articles

कोभिड–१९ महामारीको चपेटामा दन्तचिकित्सा #COVID19 #DentalMedicine

2 months ago
447
लैंगिक हिंसाले मानसिक समस्याको जोखिम #GBV
Articles

लैंगिक हिंसाले मानसिक समस्याको जोखिम #GBV

2 months ago
402
Amla importance
Health

अमलाको पौराणिक एवं आयुर्वेदिक महत्व #Amla

2 months ago
415
Tulasi importance
Health

तुलसीको पौराणिक एवं आयुर्वेदिक महत्व #Tulasi

2 months ago
402
Diabetes must know 15 facts by Health News Nepal
Disease

मधुमेह सम्बन्धि जान्नैपर्ने १५ कुरा – डा भोज राज अधिकारी #diabetes

2 months ago
419
Heart attack symptoms and good habits
Health

हृदयघातको जोखिमबाट कसरी बच्ने ? #HeartAttack

3 months ago
409
Next Post
धादिङमा स्थानीय स्तरमै कोरोना सक्रमण तिब्र रुपमा फैलिदै

धादिङमा स्थानीय स्तरमै कोरोना सक्रमण तिब्र रुपमा फैलिदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

कुवेतबाट आएकी यूवतीमा कोरोना पोजेटिभ #Covid19

कुवेतबाट आएकी यूवतीमा कोरोना पोजेटिभ #Covid19

7 months ago
400
Covid-19 update, कोरोना भाइरस अपडेट

भाईटिकाको दिन ११९७ जनामा कोरोनाको संक्रमण, २९४३ कोरोनामुक्त #Covid19

2 months ago
402
वीर अस्पतालका कर्मचारीको धर्ना कायमै

वीर अस्पतालका कर्मचारीको धर्ना कायमै

3 months ago
401

Don't Miss

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

January 23, 2021
453
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि टिकट लिन सकिने #TeachingHospital

January 22, 2021
544
कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

January 22, 2021
425
Covishield-vaccine

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

January 21, 2021
1k
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

January 21, 2021
461
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

January 19, 2021
534
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

January 19, 2021
787
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

January 17, 2021
816
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

January 16, 2021
781
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

January 16, 2021
508
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (875)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In