Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डोटीमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै

Nam Raj Bhatta by Nam Raj Bhatta
September 11, 2020
in Health
Reading Time: 1 min read
A A
0
डोटीमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै
649
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

डोटी , २६ भाद्र २०७७

डोटी जिल्लामा पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्न थालेको छ। सुरक्षित गर्भपतन सेवालाई नेपाल सरकारले २०५९ सालमा कानूनी मान्यता दिएसँगै अहिले जिल्लामा सुरक्षित रुपमा गर्भपतन सेवा लिने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा निःशुल्क सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या एक हजार १२७ जना रहेको छ। चालु आवको साउन महिनामा मात्र जिल्लाभरिका स्वास्थ्य संस्थाबाट कुल १७२ जना महिलाले निःशुल्क रुपमा सुरक्षित गर्भपतन सेवा लिएका छन्।

पछिल्लो समयमा मेडिकल तथा औषधि पसलहरुमा बिक्री हुने गर्भपतन गराउने औषधिको प्रयोग गर्नेहरु पनि धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। डोटीमा सुरक्षित गर्भपतन सेवा कार्यक्रम सञ्चालन गर्दै आएको संस्था सामुदायिक विकास मञ्च डोटीकी कार्यक्रम अधिकृत दीपा सिंहले गर्भपतनलाई परिवार नियोजनको साधनको विकल्पको रुपमा हेर्न नहुने बताए।  उनले भने, “दम्पतीको पहिलोे प्राथमिकता परिवार नियोजनको साधनमा नै हुनुपर्छ, सकेसम्म महिलाले सुरक्षित गर्भपतन सेवा लिनै परे सुरक्षित र विश्वासका साथ सेवा लिनसक्ने वातावरण हुनुपर्छ, गर्भपतन सेवा अस्थायी साधनका रुपमा लिनु हुँदैन।”

कोभिड–१९ को सङ्क्रमणको महामारीको त्रासका कारण कामका लागि भारत गएका धेरैजसो स्थानीय अहिले घर फर्किएका छन्। घर फर्किएका स्थानीयवासीले आफ्ना श्रीमतीसँग शारीरिक सम्पर्क राख्दा अस्थायी साधन प्रयोग नगर्ने गरेका कारण यहाँका महिलाले अनिच्छित रुपमा रहेको गर्भलाई पछि गर्भपतन गर्न थालेको स्वास्थ्यकर्मीहरु बताउँछन्। गर्भपतन सेवाले महिलाको स्वास्थ्यमा दीर्घकालीन असर गर्ने भएपनि बाध्यता तथा विभिन्न समस्याका कारण पनि गर्भपतन गर्न बाध्य हुने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताए।

जिल्ला स्वास्थ्य कार्यालयमा मात्रै नभएर यहाँको आदर्श गाउँपालिकामा रहेको मौवानगरदह स्वास्थ्य चौकीमा पनि सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या निकै बढेको पाइएको छ। सो स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी यशोदा ओझाका अनुसार यस आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि भदौ २३ सम्म ५३ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। सुरक्षित गर्भपतन सेवाको लागि सो स्वास्थ्य चौकी सूचीकृत भएसँगै गर्भपतन सेवा लिन आउनेको सङ्ख्या बढेको हो।

Tags: Corona Virus #Covid19Doti district HospitalPregnancy (गर्भावस्था)
SummarizeShare297ScanTweet147

Related articles

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    691 shares
    Share 276 Tweet 173
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    629 shares
    Share 252 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    678 shares
    Share 302 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    618 shares
    Share 248 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाली चिकित्सक डा. सुभाष फुयाँल प्रतिष्ठित ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ सम्मानबाट सम्मानित
  • नेपालको अप्टिकल रिटेल छिट्टै बजारमा आउदै
  • नेपाल मेडिकल सो- २०२६ शुरु तीन दिन सम्म चल्ने
  • नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग
  • किष्ट मेडिकल कलेजमा उपसभामुख ठाकुरको उपचार हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.