नेपालभरी थपिए ४२६ नयाँ सन्क्रमित ,कुल संख्या ८२७४ पुग्यो #Covid19

काठमाडौं , ५ असार

नेपालमा पछिल्लो चौविस घण्टामा विभिन्न जिल्लाका थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ४२६ जनामा संक्रमण देखिएको बताए । जसमा ८८ जना महिला र ३३८ जना पुरुष हरेका छन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । जसमा ७०७ जना महिला र ७ हजार ५६७ जना पुरुष छन् ।

मन्त्रालयका अनुसार संक्रमित हुने जिल्लाहरु ७४ रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २१६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। जसमा २०७ जना पुरुष र ९ जना महिला छन् ।

यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार ४०२ पुगेको छ।

यसअघि बिहीवार ९हिजो० ६७१ जनामा कोरोना संक्रमण देखिएको थियो ।

त्यसैगरी मृत्यु हुनेको संख्या भने २२ पुगेको छ ।

Next Post

Discussion about this post

ADVERTISEMENT