Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ ४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

राज्यले जनताको स्वास्थ्य उपचार गर्दिन भन्न मिल्छ? #HealthCare

HNN Staff by HNN Staff
October 25, 2020
in Articles, Health
Reading Time: 1 min read
A A
0
Government healthcare

Government healthcare

614
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

नेपालको संबिधान २०७२ को धारा ३५ मा व्यक्त भावनाले देशका जनताको स्वास्थ्य उपचारको अधिकारलाई सुरक्षित गरेकोछ र प्रत्येक नागरिकले /व्यक्तिले समान रुपमा स्वास्थ्य सेवाको हक पहुँच हुनेछ भनेर स्पस्ट गरेकोछ र संबिधान देशको मूल कानुन हो र राज्यले नै यसलाई पालन गर्ने र गराउने जिम्मेवारी बोकेको हुन्छ I अनि सरकारलाई कोरोना महामारीको समयमा यसको उपचार अब म गर्न सक्दिन भनेर सानदार निर्णय गर्ने अधिकार कसले दिएकोछ ? राज्यले अब मेरा नागरिक मारुन् म त जिवितै हुनेछु भनेर कसरी भन्न सकेको होला ? आफ्ना जनताको स्वास्थ्य आज सरकारले गरेको निर्णय बारे सर्वत्र विरोध र निन्दा पनि भई सकेकोछ I

देशमा दुई तिहाईको सरकारले संबिधान मान्नु पर्दैन कि ? जतिखेर जे निर्णय गरे पनि हुने ? जनताको उपचारका लागि जस्तो सुकै आर्थिक संकट भोग्नु परे पनि बरु दशौँ वर्षका योजनाहरुलाई थाती राखेर, अनावश्यक भत्ता लिने निकाय भंग गरेर , संघ संस्था ,प्रतिस्ठान , दातृ निकायहरु गुहारेर भए पनि , बरु नागरिकलाई जनही दश रुपियाँ सरकारलाई दाङ गर्नुहोस् – नागरिकको उपचार गर्नेछु भनी देशमा जनस्वास्थ्य संकटकाल घोषणा गरेर पनि कदम चलाउन सकिने अवस्थामा हतारमा दश जना अदुरदर्शी मन्त्रीहरु बसेर जनताको उपचार हामी गर्दैनौं भन्ने साहस आज कसले दियो ? सर्वोच्च अदालतले समेत जनताको स्वास्थ्य उपचार जसरी पनि गर्नु भन्ने सरकारलाई आदेश पनि भई सकेको अवस्थामा किन यसरी राज्यको नालायिकपन देखा पर्यो ?

सरकारले नागरिकलाई गुणात्मक शिक्षा दिन नसके तापनि नागरिकहरु विदेशमा गएर पढ्ने गरेका छन्, सरकारले देशमा रोजगार दिन नसकेकोले लाखौं नेपालीहरु बिदेशमा जना बाध्य छन् अनि मस्तिष्क पलायन पनि भई रहेकोछ I तर स्वस्थ्य जस्तो सम्बेदनशील विषयमा समेत राज्य आफ्नो कर्तव्यबाट विमुख भएकोले आज सरकार स्वयम् अपांग बनेको आभास भएकोछ I निरिह जनताले अब यस्तो महामारीमा आफ्नो उपचार गर्न कसलाई गुहार्नु पर्ने हो ? राज्यले आफ्नो दायित्व बाट पन्छिएर अब कसले त्यो निभाउनु पर्ने हो ? जनताले मेरो उपचार गर्नु, सुरक्षा गर्नु, विकास गर्नु भनेर सिंग दरबारमा, शितल निवासमा, बालुवाटारमा अनि अरु यस्तै टारहरुमा आफ्ना नेताहरुलाई जनताले पठाए तर आज …?

यो सरकारले देशमा शासन गरेको सुरुआत देखि नै यस्ता धेरै निर्णयहरु गर्दै गएको तर जनताको विरोध उत्कर्षमा रहेका कारण निर्णय उल्टाउनु परेका थुप्रै घटनाहरु हाम्रा सामुन्ने बाहेकले नागरिकको उपचार गर्दिन भन्ने यो निर्णय पनि केहि घन्टामै फिर्ता गर्नु बाहेक अरु विकल्प सरकारका सामु छैन र ठोस विकल्प सहित यो निर्णय तुरुन्त फिर्ता गर्ने तीन करोड जनताको आदेश छ I

देशमा जनता संकटमा पर्दा ठोस रणनीति लिएर दिन दिने जनताको घर दैलोमा जानुपर्ने हो तर यहाँ त सरकार बालुवाटार, खुमलटार, कौशलटार मा मात्र सिमित बनेको देखिएकोछ अब जनताको घरमा जान पनि ढिलो भई सकेको हो कि !

Wear facemask
Wear facemask

विगत सात महिनादेखि कोरोना कहरका कारण नेपालीहरु आफ्नो दैनिकीलाई अत्यन्त सिमित पारेर बसेको र धैर्य साथ राज्यले गरेका आदेशहरुलाई पालना गरेर चिन्तित बनेर रहेका छन् I करोनाको समस्यालाई सम्बोधन गरेर विश्वमा थुप्रै रास्ट्रहरुले आफ्नो जनताको रक्षाका उपायहरु बारे रणनीति तयार गरि सफल पनि भई रहेका छन् र जनताबाट स्यावासी पनि पाएका छन् सरकारहरुले I तर हाम्रो देशमा सरकार पुरै राजनीतिक खिचडी पकाएर शक्तिको चरम दुरुपयोग गरिरहेको छ, जनताका लागि भए गरेका विगतका

असल जनमुखी कार्यक्रम हरुलाई पनि विस्थापित गर्दै गईरहेको छ, गरीब र विपन्न जनताका लागि यो महामारीको बेलामा आँसु पुछ्ने कार्यक्रम घोषणा गरी लागु गर्नुको सट्टा उल्टो दिशातिर गुमिरहेको छ, नाचिरहेकोछ ,रमिता हेरिरहेकोछ अनि आफै मोजमस्तीमा व्यस्त भईरहेकोछ जसलाई निरिह जनताले टुलुटुलु हेर्दै मृत्युको कालो बादललाई नियालिरहेका छन् अब हाम्रो राष्ट्रमा राज्य चुकिसक्यो भनेर I

यस अवस्थामा राज्य कसका लागि, केका लागि, किन आवश्यक छ ? भन्ने गहन प्रश्नहरु उब्जेका छन् समग्र नागरिकको मनमा अनि जवाफ दिने यहाँ कोहि छैन, सम्बोधन गर्ने र जनता जोगाउने पवित्र कार्यमा जुट्ने राज्य आज हराएको छ, जनता रुँदै रुँदै खोजिरहेको छ, कहिले भेटाउने हो थाहा छैन I


✍केपी अधिकारी , भैसेपाटी ,ललितपुर

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Public Health
SummarizeShare262ScanTweet147

Related articles

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    730 shares
    Share 292 Tweet 183
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    650 shares
    Share 260 Tweet 163
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    631 shares
    Share 252 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    681 shares
    Share 304 Tweet 157

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • टिचिङ अस्पतालमा १० शैयाको ‘फेमिली मेडिसिन वार्ड’ थपियो
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा ऐतिहासिक रेकर्ड: एकैदिन मुटुको सातवटा एन्जियोप्लाष्टी
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. बासुदेव उपाध्याय
  • प्राडा. पौडेललाई मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.