न्यूक्लियर मेडिसिन (नाभिकीय चिकित्सा) मा रेडियोधर्मी अर्थात् रेडिएसन (Nuclear medicine imaging) निस्किने औषधिको प्रयोग गरेर बिरामीको विभिन्न रोगको जाँच तथा उपचार गरिन्छ । यसमा दुई वटा मेसिनको प्रयोग भएको हुन्छ – पेटस्क्यान र स्प्याक्टसिटी हो ।
१) न्यूक्लियर मेडिसिन सेवा कस्तो सेवा हो ?
न्यूक्लियर मेडिसिन चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवा हो जसमा रोडियोधर्मी दवाइको प्रयोग गरेर शरीरका विभिन्न अंगहरुको गहन जाँच हुन्छ ।
२) न्यूक्लियर मेडिसिनबाट गरिने मुगौलाको स्क्यान कस्तो स्क्यान हो ?
यो मृगौलाको अवस्था हेर्नको निम्ति गरिने जाँच हो जसमा सानो मात्रामा एक किसिमको रेडियोधर्मी दवाइ नशाबाट दिइन्छ । त्यो दवाइ मृगौलामा मात्र जान्छ । रेडियोधर्मी भएको कारण मृगौलामा गईसकेपछि त्यसबाट गामा कण निस्कन्छ जसलाई गामा क्यामरा, SPECT वा SPECT/CT को माध्यमबाट छवि बनाइन्छ । त्यसरी बनेको इमेजलाई आवश्यक परेको खण्डमा सि.टी. स्क्यानको इमेजसित सम्मिश्रण गरेर हाइब्रिड इमेज बनाइन्छ जसको रिपोर्टिङ्ग न्यूक्लियर मेडिसिन विज्ञ डाक्टरले गर्छन ।
यो पनि पढ्नुहोस्: के हो त SPECTICT ? कस्ता बिरामीले लाभ लिन सक्छन् !
३) मैले कस्ता रोगहरुको लागि न्यूक्लियर मेडिसिनबाट गरिने मृगौलाको जाँच गर्नुपर्छ ?
क) मृगौला सुन्निएको ।
ख) मृगौलामा पत्थरी भएको ।
ग) पिसाबमा ब्लक भएको ।
घ) जन्मजात भिन्न किसिमको मृगौला भएको ।
ङ) मृगौलाको अपरेशन गर्नुपर्ने अवस्था भएको ।
च) मृगौलामा पिप जम्मा भएको ।
छ) मृगौला प्रत्यारोपण गर्नु अगाडि र गरिसकेपछि (दिने र लिने दुवैमा)
ज) पटक पटक पिसावमा संक्रमण भएमा
ञ) कुनै एक मृगौला नदेखिएको र त्यो खोज्नुपरेमा ।
ट) मृगौलाको आकार सानो भएमा वा जन्मजात अन्यत्र ठाउँमा रहेमा ।
ठ) कुनै एक मृगौला निकै खराव भएको कारण फाल्ने वा बचाउने निर्णय गर्नको निम्ति
४) न्यूक्लियर मेडिसिन जाँचबाट मृगौलाको के कस्तो जानकारी पाउन सकिन्छ ?
क) मृगौलाले कति प्रतिशत काम गरेको छ, अथवा काम गरेको वा नगरेको अवस्था ।
ख) अपरेशन गर्नाले मृगौलको काममा कति प्रतिशत सुधार भएको ।
ग) मृगौलामा रक्तसञ्चारको अवस्था
घ) छुट्टाछुट्टै मृगौलाले कति रगत फिल्टर गरेको ।
ङ) प्रत्यारोपण गरेको मृगौलाले काम गरेको वा नगरेको, गरेको अवस्थामा कति प्रतिशत काम गरेको ।
च) पिसाबको संक्रमणले मृगौलामा असर गरेको वा नगरेको ।
Relation of heart and kidney for a healthy life – Dr Sumit Acharya
५) न्यूक्लियर मेडिसिनबाट गरिने मृगौलाको जाँच गर्दा कत्तिको जोखिमयुक्त हुन्छ ?
न्यूक्लियर मेडिसिनबाट गरिने मृगौलाको जाँच अमेरिका, वेलायत, क्यानडा र युरोपमा दैनिक गरिने जाँच हो, यो निकै सुरक्षित र स्थापित जाँच हो । मेरो अनुभवमा हजारौं बिरामीको जाँच गर्दा एकजनामा पनि दवाइको दुष्प्रभाव भेटिएको छैन, त्यसकारण यो निकै सुरक्षित जाँच हो ।
६) रेडियोधर्मी दवाइ प्रयोग गर्दा बिरामीले के सावधानी अपनाउन पर्छ ?
क) गर्भवती महिलामा यो जाँच गरिंदैन ।
ख) स्नतपान गराउने महिलाले यो जाँचपछि २४ घण्टासम्म स्तनपान गराउनु हुंदैन ।
७) न्यूक्लियर मेडिसिनबाट गरिने मृगौलाको जाँच गर्ने सुविधा नेपालमा कहाँ कहाँ छन्?
न्यूक्लियर मेडिसिनबाट गरिने जाँचको निम्ति सबैभन्दा अत्याधुनिक उपकरण SPECT/CT (सिंगल फोटोन एमिशन कम्प्युटेड टोमोग्राफी) नेपालमा चितवन मेडिकल कलेजमा मात्र उपलब्ध छ । गामा क्यामरा मेशिन भने भरतपुर क्यान्सर हस्पिटल र वीर अस्पतालमा पनि छन् ।
रोग अनुसारको खाना ब्यबस्थापन; के खाने के नखाने #healthyhabits #food
८) के साना बालबालिकामा न्यूक्लियर मेडिसिन जाँच गर्न मिल्छ ?
यो जाँच निकै सुरक्षित भएकाले साना बालबालिका र नवजात शिशुहरुमा समेत न्यूक्लियर मेडिसिनबाट गरिने जाँच् पटक पटक गर्न सकिन्छ ।
९) भिडियो एक्स-रे, सि.टी. स्क्यान र न्यूक्लियर मेडिसिनबाट गरिने जाँच्मा के फरक छ ?
भिडियो एक्स-रे र सिटी स्क्यानले अंगको बनावटको बारेमा बताउँछन् भने न्यूक्लियर मेडिसिन जाँचले अंगले काम गरेको वा नगरेको, गरेको भएमा कति प्रतिशत गरेको, प्रत्येक मृगौलाले कति रगत फिल्टर गरेको र अपरेशन गरेको भए अपरेशन गरेको मृगौलामा कति प्रतिशत सुधार भएको गहन जाँच हुन्छ ।
१०) रेडियोधर्मी दवाइ प्रयोग गर्दा शरीरमा रेडिएसनको दुष्प्रभाव हुने कति सम्भावना हुन्छ?
न्यूक्लियर मेडिसिन जाँचको निम्ति प्रयोग गरिने दवाइको मात्रा यति न्यून हुन्छ कि त्यसको शरीरमा कुनै दुष्प्रभाव हुँदैन ।
११) न्यूक्लियर मेडिसिनबाट गरिने मृगौलाको जाँचको निम्ति मैले के-के तयारी गरेर आउनुपर्छ? जाँचको प्रक्रिया कस्तो हुन्छ ?
क) घरमा सामान्य नास्ता गरेर आउन सकिन्छ । जाँच सकिन ६ घण्टासम्म लाग्न सक्छ तसर्थ खाना/ नास्ता साथमा लिएर आउनुहोला ।
ख) प्रशस्त पानी पिएर आउनुपर्नेछ ।
ग) महिला भए महिनावारी भएको मिति जानकारी गराउनुपर्नेछ ।
घ) हातको नशामा एकपटक सुई लगाउनुपर्नेछ । जाँच गर्दा त्यसबाट दवाइ दिनुपर्ने हुन्छ ।
ङ) बिरामी मेशिनको बेडमा सुतेर बस्नुपर्नेछ र यो जाँच पटक पटक गर्नुपर्छ । मेशिनको क्यामरा मृगौलाको माथि वा तल राखेर मृगौलाको जाँच गरिन्छ ।
च) आवश्यकता अनुसार पिसाब लगाउने औषधी (Frusemide) को प्रयोग गरिन्छ ।
छ) यो जाँच दर्दरहित सुरक्षित जाँच हो । एकपटक सुइ लगाउँदा सामान्य दुखाइ हुन सक्छ ।
ज) स्क्यान सकिएपछि नशामा लगाएको सुई निकालेपछि बिरामीलाई घर पठाइनेछ ।
डा. पौडेल चितवन मेडिकल कलेजमा न्यूक्लियर मेडिसिन विभागीय प्रमुखको रुपमा कार्यरत छन् ।
Comments 1