Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मृगौला रोगको निदान र उपचारमा न्यूक्लियर मेडिसिन सेवाको भूमिका

सन्दर्भ: विश्व मृगौला दिन, World Kidney Day themed Living Well with Kidney Disease

HNN Staff by HNN Staff
March 11, 2021
in Disease
Reading Time: 3 mins read
A A
1
The role of nuclear medicine services in the diagnosis and treatment of kidney disease Dr Ziban Paudel

The role of nuclear medicine services in the diagnosis and treatment of kidney disease Dr Ziban Paudel

636
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

न्यूक्लियर मेडिसिन (नाभिकीय चिकित्सा) मा रेडियोधर्मी अर्थात् रेडिएसन (Nuclear medicine imaging) निस्किने औषधिको प्रयोग गरेर बिरामीको विभिन्न रोगको जाँच तथा उपचार गरिन्छ । यसमा दुई वटा मेसिनको प्रयोग भएको हुन्छ –  पेटस्क्यान र स्प्याक्टसिटी हो ।

१) न्यूक्लियर मेडिसिन सेवा कस्तो सेवा हो ?

न्यूक्लियर मेडिसिन चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवा हो जसमा रोडियोधर्मी दवाइको प्रयोग गरेर शरीरका विभिन्न अंगहरुको गहन जाँच हुन्छ ।

२) न्यूक्लियर मेडिसिनबाट गरिने मुगौलाको स्क्यान कस्तो स्क्यान हो ?

यो मृगौलाको अवस्था हेर्नको निम्ति गरिने जाँच हो जसमा सानो मात्रामा एक किसिमको रेडियोधर्मी दवाइ नशाबाट दिइन्छ । त्यो दवाइ मृगौलामा मात्र जान्छ । रेडियोधर्मी भएको कारण मृगौलामा गईसकेपछि त्यसबाट गामा कण निस्कन्छ जसलाई गामा क्यामरा, SPECT वा SPECT/CT को माध्यमबाट छवि बनाइन्छ । त्यसरी बनेको इमेजलाई आवश्यक परेको खण्डमा सि.टी. स्क्यानको इमेजसित सम्मिश्रण गरेर हाइब्रिड इमेज बनाइन्छ जसको रिपोर्टिङ्ग न्यूक्लियर मेडिसिन विज्ञ डाक्टरले गर्छन ।

यो पनि पढ्नुहोस्: के हो त SPECTICT ? कस्ता बिरामीले लाभ लिन सक्छन् !

३) मैले कस्ता रोगहरुको लागि न्यूक्लियर मेडिसिनबाट गरिने मृगौलाको जाँच गर्नुपर्छ ?

क) मृगौला सुन्निएको ।
ख) मृगौलामा पत्थरी भएको ।
ग) पिसाबमा ब्लक भएको ।
घ) जन्मजात भिन्न किसिमको मृगौला भएको ।
ङ) मृगौलाको अपरेशन गर्नुपर्ने अवस्था भएको ।
च) मृगौलामा पिप जम्मा भएको ।
छ) मृगौला प्रत्यारोपण गर्नु अगाडि र गरिसकेपछि (दिने र लिने दुवैमा)
ज) पटक पटक पिसावमा संक्रमण भएमा
ञ) कुनै एक मृगौला नदेखिएको र त्यो खोज्नुपरेमा ।
ट) मृगौलाको आकार सानो भएमा वा जन्मजात अन्यत्र ठाउँमा रहेमा ।
ठ) कुनै एक मृगौला निकै खराव भएको कारण फाल्ने वा बचाउने निर्णय गर्नको निम्ति

४) न्यूक्लियर मेडिसिन जाँचबाट मृगौलाको के कस्तो जानकारी पाउन सकिन्छ ?

क) मृगौलाले कति प्रतिशत काम गरेको छ, अथवा काम गरेको वा नगरेको अवस्था ।
ख) अपरेशन गर्नाले मृगौलको काममा कति प्रतिशत सुधार भएको ।
ग) मृगौलामा रक्तसञ्चारको अवस्था
घ) छुट्टाछुट्टै मृगौलाले कति रगत फिल्टर गरेको ।
ङ) प्रत्यारोपण गरेको मृगौलाले काम गरेको वा नगरेको, गरेको अवस्थामा कति प्रतिशत काम गरेको ।
च) पिसाबको संक्रमणले मृगौलामा असर गरेको वा नगरेको ।

http://4.188.83.218/static/3592.jpgarticles/relation-heart-kidney/

५) न्यूक्लियर मेडिसिनबाट गरिने मृगौलाको जाँच गर्दा कत्तिको जोखिमयुक्त हुन्छ ?

न्यूक्लियर मेडिसिनबाट गरिने मृगौलाको जाँच अमेरिका, वेलायत, क्यानडा र युरोपमा दैनिक गरिने जाँच हो, यो निकै सुरक्षित र स्थापित जाँच हो । मेरो अनुभवमा हजारौं बिरामीको जाँच गर्दा एकजनामा पनि दवाइको दुष्प्रभाव भेटिएको छैन, त्यसकारण यो निकै सुरक्षित जाँच हो ।

६) रेडियोधर्मी दवाइ प्रयोग गर्दा बिरामीले के सावधानी अपनाउन पर्छ ?

क) गर्भवती महिलामा यो जाँच गरिंदैन ।
ख) स्नतपान गराउने महिलाले यो जाँचपछि २४ घण्टासम्म स्तनपान गराउनु हुंदैन ।

७) न्यूक्लियर मेडिसिनबाट गरिने मृगौलाको जाँच गर्ने सुविधा नेपालमा कहाँ कहाँ छन्?

न्यूक्लियर मेडिसिनबाट गरिने जाँचको निम्ति सबैभन्दा अत्याधुनिक उपकरण SPECT/CT (सिंगल फोटोन एमिशन कम्प्युटेड टोमोग्राफी) नेपालमा चितवन मेडिकल कलेजमा मात्र उपलब्ध छ । गामा क्यामरा मेशिन भने भरतपुर क्यान्सर हस्पिटल र वीर अस्पतालमा पनि छन् ।

http://4.188.83.218/static/3592.jpgnutrition/diet-per-diseases/

८) के साना बालबालिकामा न्यूक्लियर मेडिसिन जाँच गर्न मिल्छ ?

यो जाँच निकै सुरक्षित भएकाले साना बालबालिका र नवजात शिशुहरुमा समेत न्यूक्लियर मेडिसिनबाट गरिने जाँच् पटक पटक गर्न सकिन्छ ।

९) भिडियो एक्स-रे, सि.टी. स्क्यान र न्यूक्लियर मेडिसिनबाट गरिने जाँच्मा के फरक छ ?

भिडियो एक्स-रे र सिटी स्क्यानले अंगको बनावटको बारेमा बताउँछन् भने न्यूक्लियर मेडिसिन जाँचले अंगले काम गरेको वा नगरेको, गरेको भएमा कति प्रतिशत गरेको, प्रत्येक मृगौलाले कति रगत फिल्टर गरेको र अपरेशन गरेको भए अपरेशन गरेको मृगौलामा कति प्रतिशत सुधार भएको गहन जाँच हुन्छ ।

१०) रेडियोधर्मी दवाइ प्रयोग गर्दा शरीरमा रेडिएसनको दुष्प्रभाव हुने कति सम्भावना हुन्छ?

न्यूक्लियर मेडिसिन जाँचको निम्ति प्रयोग गरिने दवाइको मात्रा यति न्यून हुन्छ कि त्यसको शरीरमा कुनै दुष्प्रभाव हुँदैन ।

११) न्यूक्लियर मेडिसिनबाट गरिने मृगौलाको जाँचको निम्ति मैले के-के तयारी गरेर आउनुपर्छ? जाँचको प्रक्रिया कस्तो हुन्छ ?

क) घरमा सामान्य नास्ता गरेर आउन सकिन्छ । जाँच सकिन ६ घण्टासम्म लाग्न सक्छ तसर्थ खाना/ नास्ता साथमा लिएर आउनुहोला ।
ख) प्रशस्त पानी पिएर आउनुपर्नेछ ।
ग) महिला भए महिनावारी भएको मिति जानकारी गराउनुपर्नेछ ।
घ) हातको नशामा एकपटक सुई लगाउनुपर्नेछ । जाँच गर्दा त्यसबाट दवाइ दिनुपर्ने हुन्छ ।
ङ) बिरामी मेशिनको बेडमा सुतेर बस्नुपर्नेछ र यो जाँच पटक पटक गर्नुपर्छ । मेशिनको क्यामरा मृगौलाको माथि वा तल राखेर मृगौलाको जाँच गरिन्छ ।
च) आवश्यकता अनुसार पिसाब लगाउने औषधी (Frusemide) को प्रयोग गरिन्छ ।
छ) यो जाँच दर्दरहित सुरक्षित जाँच हो । एकपटक सुइ लगाउँदा सामान्य दुखाइ हुन सक्छ ।
ज) स्क्यान सकिएपछि नशामा लगाएको सुई निकालेपछि बिरामीलाई घर पठाइनेछ ।

डा. पौडेल चितवन मेडिकल कलेजमा न्यूक्लियर मेडिसिन विभागीय प्रमुखको रुपमा कार्यरत छन् ।

http://4.188.83.218/static/3592.jpgarticles/diabetes-disease/

Tags: Bharatpur cancer hospitalCancerImagingKidney HealthNuclear MedicineSPECTICT
SummarizeShare284ScanTweet147

Related articles

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

by Nam Raj Bhatta
February 12, 2026
0

धनकुटा, २९ माघ २०८२ धनकुटाको दुर्गम क्षेत्रकी करिब ४० वर्षीया गर्भवती महिलामा नियमित गर्भ जाँच (अल्ट्रासाउन्ड) का क्रममा डाउन सिन्ड्रोमको शंका गरिएको एक महत्वपूर्ण घटना उच्चस्तरीय अस्पतालमा पुष्टि...

Hypertension awareness by Dr Satish Niraula

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

by HNN Staff
May 12, 2025
0

✍️ डा. सतिश निरौला छोरोल्पा अस्पताल दोलखा , निमित्त निर्देशक जनरल प्र्याक्टिशनर र इमर्जेन्सी फिजिसियन डायबेटिज तथा इन्डोक्राइन एसोसिएसनको आजीवन सदस्य हाइपरटेन्सन वा उच्च रक्तचाप एक यस्तो अवस्था...

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

by Nam Raj Bhatta
April 26, 2024
0

काठमाडौँ, १४ बैशाख २०८१ सरकारले यही वैशाख १६ गते देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र...

World Alzheimer Day Illustration HealthNewsNepal

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

by HNN Staff
September 21, 2023
0

काठमाडौं, ४ असोज २०८० आज विश्व अल्जाइमर्स दिवस २०२३, "अल्जाइमर रोगको जोखिम कम गर्न आजैबाट पहल गरौं र रोग लागि सकेको अवस्थामा पनि लक्षणहरुलाई न्यूनीकरण गर्न सम्भव भएकोले...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    833 shares
    Share 333 Tweet 208
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    695 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    676 shares
    Share 291 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    691 shares
    Share 308 Tweet 160
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    639 shares
    Share 256 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा
  • बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही
  • निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त
  • ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.