Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

के हो त SPECTICT ? कस्ता बिरामीले लाभ लिन सक्छन् !

HNN Staff by HNN Staff
August 10, 2020
in Disease
Reading Time: 2 mins read
A A
3
के हो त SPECTICT ? कस्ता बिरामीले लाभ लिन सक्छन् !
754
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा . जीवन पौडेल

१)  SPECTICT स्क्यान के हो ?

– SPECTICT स्क्यान नुकलियर मेडिसिन स्क्यान हो । जसमा रेडियोधर्मी दबाइ प्रयोग गरेर शरीरका विभिन्न अंगहरुको जाँच गरिन्छ जस्तै थाइराइड, मस्तिष्क , मुटु, फोक्सो मिर्गौला आदि । यो गामा क्यामेराको अत्याधुनिक प्रविधि हो।

२) नेपालमा SPECTICT स्क्यानको सुविधा छ?

– नेपालमा पहिलोपटक SPECTICT स्क्यान सुविधा चितवन मेडिकल कलेजले अब चाडै नै सुरु गर्ने तयारीमा छ । अन्य कुनै पनि अस्पतालमा अहिलेसम्म छैन।

३) SPECTICT स्क्यान कसरी गरिन्छ?

– पहिले रेडियोधर्मी दबाइ सानो मात्रामा नशाबाट दिइन्छ । त्यो दबाइ सम्बन्धित अङ्गमा जानको लागि केही समय (१०-२० मिनेट) पर्खनुपर्छ। यस दवाइबाट विकिरण (गामा कण ) निस्किन्छ। जुन अंगको जाँच गर्नुपर्ने हो त्यही अङ्गमा मात्र यो दवाइ जान्छ र त्यसरी निस्केको गामा कणलाई गामा क्यामेराले फोटो खिचेर त्यस अंगको इमेज ( छवि )बनाउँछ। सम्बन्धित अगंको ३६० डिग्रीमा क्यामेरा गुमाएर 3D इमेज बनाइन्छ। आवश्यकता अनुसार त्यो इमेजलाई सिटि स्क्यानको इमेजसित समिश्रण गरेर हाइब्रिड इमेज बनाइन्छ । त्यस इमेजलाई बिरामीको रोगसँग दाँजेर नुकलियर मेडिसिन विशेषज्ञ डाक्टरले रिपोर्ट बनाउँछन्।

४) SPECTICT बाट कस्ता कस्ता बिरामीले लाभ लिन सक्छन्?

– SPECTICT बाट प्राय शरीरका सबै अंगको गहन जाँच सम्भव हुन्छ। बिशेषतः निम्न प्रकारका बिरामीले SPECTICT को लाभ लिन सक्छन् ।

क) थाइराइडका बिरामीहरु

ख) मिर्गौलाका बिरामीहरु

– मिर्गौला सुन्निएका, पत्थरी भएका , संक्रमण भएका, मिर्गौलाका अप्रेसन भएका,प्रत्यारोपण गर्ने (लिने र दिने) दुबै विरामीहरु

ग) मुटुका बिरामीहरु

घ) मस्तिष्कका बिरामीहरू

ङ) क्यान्सरका विरामीहरु:

जस्तै थाइराइड , प्रोस्टेट, स्तन, फोक्सो, हड्डी ईत्यादि।

च) हड्डीमा संक्रमण भएका वा अन्य समस्या भएका विरामीहरु

छ) कलेजो पित्त नली र पित्तथैलीमा समस्या भएका विरामीहरु

ज) आन्द्राबाट रगत बग्ने विरामीहरु

झ) पिसाब थैलीमा समस्या भएका विरामीहरु

ञ) प्यारा थाइराइडका विरामीहरु

५ ) SPECTICT बाट रोगको के उपचारमा फरक पार्छ ?

SPECTICT बाट बिरामीको कुनैपनि अङ्गमा समस्या छ कि   छैन , यदि छ भने त्यस अंगले काम गरेको छ कि छैन भन्ने कुराको विस्तृत जानकारी दिन्छ । नुकलियर मिडिसिनबाट गरिने रोगको उपचारको निम्ति रोग कताकता फैलिएको छ भन्ने जानकारी हुनुपर्छ किनभने त्यसअनुरुप दबाइको मात्रा पर्योग गरिन्छ । दबाइले काम गर्छ कि गर्दैन भन्ने कुरा पनि यस स्क्यानले उपचार गर्नु अगाडी नै जानकारी गराउँछ।

६) SPECTICT स्क्यान गर्नु अगाडि बिरामीले कस्ता तयारी तथा सावधानी अपनाउनुपर्छ?

– गर्भवती महिला र स्तनपान गराउने महिलाले स्क्यान गर्दा नुकलियर मिडिसिन डाक्टरलाई जानकारी गराउनुपर्छ। किनभने स्तनपान गराउने र गर्भवती महिलामा सबै किसिमको स्क्यान र उपचार गर्न मिल्दैन।

– आफूले अन्य कुनै दबाई लिइरहेको भए त्यो जानकारी गराउनुपर्छ।

– आरामदायी र खुल्ला कपडा लगाएर आउनुपर्छ।

-स्क्यान गर्दा गरगहना र धातुका समानहरु जस्तै पेटी निकाल्नुपर्छ।

७) SPECTICT भइसकेपछि कस्ता रोगको नुकलियर मेडिसिनबाट उपचार हुनसक्छ?

– थाइराइड क्यान्सर पूर्णरूपमा निर्मुल गर्न सम्भव हुन्छ। वर्षौसम्म दबाइ खाएर पनि ठीक नभएका Hyperthyroidism ( Graves Disease) बिरामीहरू जहाँ अनियन्त्रित रुममा हर्मोनको वृद्धि भएको छ।

– Toxic Multinodular Goitre को बिना अप्रेसन पूर्ण रुममा निर्मूल गर्न सकिन्छ ( थाइराइडमा गाँठो आएको )

-Toxic Multinodular Goitre ( थुप्रै गिर्खा गिर्खी देखिएको)

८) SPECTICT बाट गरिने स्क्यान र तत्पश्चात थाइराइडमा गरिने नुकलियर मेडिसिन उपचारको कुनै दुष्प्रभाव (side effects) हुन्छ?

SPECTICT मा रोगको निदानको लागि प्रयोग गरिने दबाइको मात्रा यति न्यून हुन्छ कि त्यसको शरीरमा कुनै दुष्प्रभाव हुँदैन । उपचारको लागि प्रयोग गरिने दबाइको मात्रा धेरै भएतापनि त्यसको पनि दुष्प्रभाव शुन्य प्राय नै छ। SPECTICT बाट गरिने scan र त्यसपछिको उपचार दर्दरहित र निकै सुरक्षित छ। त्यसकारण बिरामीले ढुक्क सित लाभ लिन सक्छन्।

९) नेपालमै पहिलो पटक आएको SPECTICTर अन्य कुनै पनि अस्पतालमा नभएको अत्याधुनिक उपकरणबाट जाँच र उपचार गर्दा नेपालका गरिब बिरामीले यसको जाँच र उपचार गर्ने आर्थिक भार बेहोर्न सक्छन त?

नुकलियर मेडिसिनको उपचार जीवनमा एकचोटि मात्र गरिने र रोग पूर्ण रुपमा निर्मूल पार्ने उपचार हो। उदाहरण दिएर भन्नुपर्दा थाइराइड क्यान्सरको उपचार गर्दा एकपटक लिने उपचार हो र क्यान्सर पूर्णरुपमा निर्मुल गर्ने र बिरामीलाई क्यान्सरमुक्त गराउने उपचार हो । तसर्थ अन्य क्यान्सर जसमा पटक-पटक किमो थेरापी दिनुपर्छ। त्यसभन्दा निकै सस्तोमा बिरामी पूर्णरूपमा उपचार पाएर क्यान्सर मुक्त हुन सक्छ ।

– थाइराइडमा गाठागुठी आएका विरामीहरुलाई पनि‌ आजसम्म अप्रेसनबाट उपचार गरिएको भएतापनि अब बिना अप्रेसन र त्यसभन्दा कम आर्थिक भारमा रोग निर्मुल गर्न सकिन्छ। Toxic Nodule जस्ताको लागि यो Treatment of Choice (रोजाइको उपचार ) पनि हो।

– दबाईबाट ठीक नभएका बिरामीको पनि एउटै क्याप्सुलबाट रोग निर्मुल गर्न सकिन्छ, यसमा पनि वर्षौंसम्म दबाइ खाँदाको आर्थिक भार भन्दा हामीले गर्ने उपचारको खर्च कम हुनु आँउछ। तसर्थ नेपालका गरिब बिरामी जो दूरदराजका छन् र पटक पटक फलोअप को लागि अस्पताल आउन कठिन छ, उनिहरुलाई SPECTICT को प्रयोगबाट गरिने जाँच तथा उपचार त झन उपयुक्त हुन्छ किनभने हामीले एकैपटकमा रोग निर्मुल पार्ने उपचार गर्छौ र बिरामी पटक पटक छोटो समयमा अस्पताल धाइराख्नु पर्दैन।

हाल: डा.पौडेल चितवन मेडिकल कलेजमा नुकलियर मेडिसिन विभागीय प्रमुख हुनुहुन्छ।

Tags: Chitwan Medical collegeCorona Virus #Covid19Side effectsSPECTICTToxic Multinodular Goitre
SummarizeShare403ScanTweet146

Related articles

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

by Nam Raj Bhatta
February 12, 2026
0

धनकुटा, २९ माघ २०८२ धनकुटाको दुर्गम क्षेत्रकी करिब ४० वर्षीया गर्भवती महिलामा नियमित गर्भ जाँच (अल्ट्रासाउन्ड) का क्रममा डाउन सिन्ड्रोमको शंका गरिएको एक महत्वपूर्ण घटना उच्चस्तरीय अस्पतालमा पुष्टि...

Hypertension awareness by Dr Satish Niraula

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

by HNN Staff
May 12, 2025
0

✍️ डा. सतिश निरौला छोरोल्पा अस्पताल दोलखा , निमित्त निर्देशक जनरल प्र्याक्टिशनर र इमर्जेन्सी फिजिसियन डायबेटिज तथा इन्डोक्राइन एसोसिएसनको आजीवन सदस्य हाइपरटेन्सन वा उच्च रक्तचाप एक यस्तो अवस्था...

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

by Nam Raj Bhatta
April 26, 2024
0

काठमाडौँ, १४ बैशाख २०८१ सरकारले यही वैशाख १६ गते देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र...

World Alzheimer Day Illustration HealthNewsNepal

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

by HNN Staff
September 21, 2023
0

काठमाडौं, ४ असोज २०८० आज विश्व अल्जाइमर्स दिवस २०२३, "अल्जाइमर रोगको जोखिम कम गर्न आजैबाट पहल गरौं र रोग लागि सकेको अवस्थामा पनि लक्षणहरुलाई न्यूनीकरण गर्न सम्भव भएकोले...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    691 shares
    Share 276 Tweet 173
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    629 shares
    Share 252 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    678 shares
    Share 302 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    618 shares
    Share 248 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाली चिकित्सक डा. सुभाष फुयाँल प्रतिष्ठित ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ सम्मानबाट सम्मानित
  • नेपालको अप्टिकल रिटेल छिट्टै बजारमा आउदै
  • नेपाल मेडिकल सो- २०२६ शुरु तीन दिन सम्म चल्ने
  • नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग
  • किष्ट मेडिकल कलेजमा उपसभामुख ठाकुरको उपचार हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.