कोरोनाका बारेमा जनस्वास्थ्य विज्ञ तथा साहित्यकार डा. रवीन्द्र पाण्डे

जनस्वास्थ्य विज्ञ तथा साहित्यकार डा. रवीन्द्र पाण्डे (Rabindra Sameer) लेख्नुहुन्छ:

? कस्तो अवस्थामा कोरोनाको परीक्षण गर्ने ?

– अचानक १०२ डिग्रीभन्दा धरै ज्वरो आएमा ।
– सुख्खा लहरे खोकी लागेमा ।
– सास फेर्न निकै गाह्रो भएमा ।
– छातीको एक्स रे गर्दा निमोनियाको लक्षण देखिएमा ।
– एकदम थकाइ लागेमा ।

? कुन अवस्था मौसमी फ्लु हो ?

– रुघा लागेमा ।
– नाक बन्द हुने वा नाकबाट पानी आइरहेमा ।
– मन्द ज्वरो आएमा ।
– सामान्य खोकी लागेमा ।
– हाच्छ्युँ आइरहेमा ।
– हल्का शरीर दुखेमा ।

आत्तिने नगरौं, कोरोना कमजोर भाइरस हो । ८५ % व्यक्तिलाई सामान्य लक्षण देखिएर निको हुन्छ । घरमै बसेर, झोलिलो खाना खाएर तथा सिटामोल खाएर निको हुन्छ ।

बाँकी १० प्रतिशतलाई अस्पतालमा केही दिन बस्नुपर्ने हुन्छ । केहीलाई गम्भीर अवस्था हुन्छ तर निको हुन्छ । २-३ प्रतिशतको मात्र मृत्यु हुन्छ । यो २-३ प्रतिशत मृत्यु हुने धेरै रोगहरु छन् ।

Next Post
ADVERTISEMENT