Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

अझै सेतो कोट लगाउने सपना देख्ने ???

Nam Raj Bhatta by Nam Raj Bhatta
May 31, 2021
in Articles
Reading Time: 1 min read
A A
1
White Coat Dream
626
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

धेरै अभिभावक र प्राय बालबालिकालाई बाबू ,नानू पछि गएर के बन्ने भनेर सोध्दा धेरैको लक्ष्य सेतो कोट लगाएर भिरी बिरामीको उपचार गर्ने हुन्छ । हुन त कुनै पेसा ठुलो/सानो , राम्रो/नराम्रो हुँदैन, तरपनि एक मानवले अर्को मानवको जीवन बचाउनुभन्दा ठुलो कुरा के होला र ? त्यही बाल मस्तिष्कको लक्ष्य पछ्याउँदै विभिन्न वाधा , अवरोध , आर्थिक विपन्नता ,प्रणालीमा खोट ,सीमित कोटा ,पारिवारिक जिम्मेवारी ,जस्ता विविध कारणले सेतो एप्रोन लगाउने सपना तुहिएर जान्छ ।

Gaurav Upadhyay MBBS डा. गौरब उपाध्याय KUSMS , MBBS एमबिबिएस
✍️ गौरब उपाध्याय

अथक प्रयास र संघर्षले ती वाधा, व्यवधान र समस्यालाई चिर्दै फराकिलो बाटोबाट साँघुरो पुल तरी यहीँ जननी समानको जन्मभूमिमा पसिना चुहाई मानव सेवामा समर्पित हुन्छु भन्ने अठोट गरिरहँदा भेरी अस्पतालको जस्तो घटनाले कुन नेपाल आमाका सन्ततिले यो मार्ग अवलम्बन गर्न प्रेरणा पाउलान् त ? उनीहरू आफू मात्र नभई आफ्नो परिवार समेतलाई जोखिममा राखेर सुख ,सुविधा त्यागेर सेवामा समर्पित हुनुको प्रतिफल यही हो त ?

हालै भेरी अस्पतालमा भएको दुर्व्यवहार हामी नेपालीको लागि नौलो घटना भएन । स्वास्थ्यकर्मी कुटिनु अहिले सामान्य घटना भइसक्यो। जब आफ्नैबाट अपहेलित र तिरस्कृत भई रोगले च्यापिरहँदा दुवै हात खोली निस्वार्थ उपचारका निम्ति स्वागत गर्नेलाई आज हामीले देखाउने व्यवहार यही हो ? स्वास्थ्य कर्मीका पनि आफ्नो परिवार हुन्छन् । उनीहरूलाई पनि हामीजस्तै लकडाउनमा आफ्नो परिवारसँग रमाउन मन हुँदो हो । चालीस डीग्रीको गर्मीमा १२ घण्टा पी.पी.ई र डाएपर लगाई भोक प्यास नभनी दिन रात समान ठानी कसैलाई काम गर्ने रहर हुँदैन होला तर यो महामारीमा हाम्रै निम्ति खटिरहेका यस्ता महामानवलाई रिस पोख्ने भाँडो बनआउनु उचित होला त ? सम्यक दृष्टिले मनन गरौँ । डाक्टर , नर्स भन्दैमा कोरोना नलाग्ने त हुँदैन । सेता वर्दीधारीहरूको निस्वार्थ सेवाकै कारण कोरोनाले मानवलाई जितेपनि मानवता जीवितै छ भन्ने प्रमाणित भएको छ ।

एकचोटी मनन गरौँ त यस्तो महामारीमा एक दिन मात्र उनीहरू हात बाँधेर बसिदिने हो भने यहाँ सबै ठाउँ मसान घाट बन्ने छ । उनीहरूले आफ्नो प्राणलाई हत्केलामा राखेकाले आज हामी र हाम्रो परिवार मृत्युसङ्ग जम्का भेट गरेर मृत्युको मुखबाट फर्किएका छौं।

आज हामी भौतिक रूपमा पढाई हुने कुरा अनलाइनमार्फत पढेका छौँ । घरै बसी कारोबार गरिरहेका छौं । रेस्टुरेन्टमा गएर खाने कुरा बनाएर घरै खाई रहेका छौं । तर यदि सेता वर्दीधारी पनि हामी जस्तै घरमै बसेर टुलुटुलु हेरेको भए अहिलेको अवस्था कस्तो हुन्थ्यो होला त ? यस्तै अमानवीय घटनाले आगामी पुस्ताले अब सेतो कोट लगाउने सपना देखेपनि यही भूमिमा सेवा गर्ने सपनाबाट विमुख हुनेछन् ।

यस्ता एकाध घटनाले एक दुई जनालाई मात्र नभई सिंगो देशलाई नै रोगी बनाउने छ । अबका भावी स्वास्थ्यकर्मीको सपना यही भूमिमा सेवा गर्नेभन्दा पनि कसरी USMLE , PLAB , AIIMS, गरी आफ्नो श्रम, त्याग र बलिदानको कदर र सम्मान हुने ठाउँमा पुग्ने भन्ने हुनेछ र त्यहीं ती प्रतिभा पलायन हुनेछन् । कसैको रिस पोख्ने भाँडो बन्न ,आफ्नो ज्यान बचाउनका निम्ति शौचालयमा लुकेर बस्न ,दुई तलाबाट ज्यान जोगाई भाग्न कुनै मेडिकल कलेजमा सिकाइएको हुँदैन । सेतो कोट लगाएर निस्वार्थ सेवामा समर्पित हुँदापनि कुटिनुपर्ने अवस्था हुँदा कोही अभिभावकले धिक्कार छ ! “मेरो सन्ततिले सेतो कोट लगाउन कहिल्यै नपरोस्” भन्ने अवस्था सिर्जना नहोस् ।

Tags: #DoctorPolitics
SummarizeShare273ScanTweet147

Related articles

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
September 24, 2026
0

✍️ भानु पौडेल जनस्वास्थ्य विद् नेपालको जनस्वास्थ्य इतिहासमा मातृ-शिशु स्वास्थ्य, खोप कार्यक्रम र संक्रामक रोग नियन्त्रणमा हासिल भएका उपलब्धिहरू अनुकरणीय छन्। तर, पछिल्ला केही दशकमा हाम्रो स्वास्थ्य चुनौतीको...

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    710 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    703 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
  • नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा
  • मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.