Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्पाइनल कर्ड इन्जुरीको समयमा उपचार गर्दा प्यारालाइसिसको कम जोखिम #SpinalCordInjury

HNN Staff by HNN Staff
December 29, 2022
in Articles
Reading Time: 2 mins read
A A
0
Dr Prakash Paudel Spinal Cord Injury Paralysis
602
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. प्रकाश पौडेल

के हो टाइम इज स्पाइन (Time is Spine)?

मेरुदण्डमा चोट लागि स्पाइनल कर्डमा इन्जुरी हुँदा बिरामीको हात खुट्टा नचल्ने हुनुका साथै कतिपय अवस्थामा सासफेर्न गार्हो भई तत्काल ज्यान समेत जान सक्छ।‌ स्पाइनल कर्ड ब्रेन बाट निस्कने र शरीरको विभिन्न भागहरुबाट ब्रेनमा सिग्नल पठाउने नशाहरुको highway हो।

स्पाइनल कर्ड इन्जुरी पछि छोएको थाहा पाउने र मांसपेशी चलाउने नशाहरुले काम नगर्दा चोटको गम्भीरताका आधारमा पूर्ण रुपमा वा आंशिक रुपमा प्यारालाइसिस हुनसक्छ। स्पाइनल कर्डमा लागेको चोट शरीरको अरु भागको चोट भन्दा विशेष फरक प्रकृतिको हुन्छ। चोट लागि सकेपछि नशाहरु पुन पलाएर एक आपसमा जोडिन सक्दैनन् जसका कारण बिरामीले जिन्दगिभर अपाङ्ग भएर जिबन जिउनुपर्ने हुन्छ।

मेरुदण्डमा चोट लागेको चौबिस घण्टा भित्रै अपरेसन गर्दा नशामा हुने क्षतीलाई कम गर्न सकिन्छ। जसबाट प्यारालाइसिसको जोखिम कम हुन्छ भने बिरामीले हात खुट्टा चलाउने सम्भावना बढेर जान्छ, यसैलाई Early Decompressive Surgery in spinal cord injury भानिन्छ।

Early Decompressive Surgery ले कसरी प्यारालासिसको जोखिमलाई कम गर्छ?

मेरुदण्डमा चोटलाग्दा भाँचिएको हड्डीले नशालाइ (spinal cord) च्यापेर सिधै क्षति गराउँदछ, जसलाई प्राइमरी इन्जुरी भनिन्छ। लामो समय सम्म नशा च्याँपिदा रगतको संचार कम हुनुका साथै नाशाका कोशीकाहरुबाट फ्री रदिकल केमिकल्स निस्कन्छ। यी केमिकल्सहरुले नशालाई सुन्निनुका साथै रगतको संचारलाइ झनै कम गराइदिञ्छ र जीवित रहेका नशाहरु पनि बिस्तारै मर्न थाल्छन यसलाई सेकेण्डरी इन्जुरी भनिन्छ।

Decompressive Surgery मा नशालाई च्यापिरहेको हड्डीका टुक्राहरु र रगत को चोक्टालाइ बिस्तारै नशाहरुबाट छुटाएर बाहिर निकालिन्छ र हल्लिरहेका मेरुदण्डका हड्डीहरुलाइ जोडेर स्थिर बनाइञ्छ। Decompressive Surgery चौबिस घण्टा भित्रै गर्न सकेको खण्डमा च्यापिने, सुन्निने, रान्गिने प्रक्रियालाइ कन्ट्रोल गरि नशालाइ मर्न बाट बचाउन सकिन्छ।

Surgical Timing in Acute spinal Cord injury study ले यो तथ्यलाइ पुष्टि गरिसकेको छ जसअनुसार चोट लागेको चौविस घण्टा पछि अपरेसन गरेकामा भन्दा चौबिस घण्टा भित्र अपरेसनगरेका बिरामीको हात खुट्टा चलाउन सक्ने क्षमतामा उल्लेखानिया रुपमा सुधार भएको देखियो। सहि समयमा सहि उपचार गर्न सके स्पाइनल कार्ड इन्जुरीपछि हुने अपांगतालाइ धेरै हद सम्म कम गर्न सकिन्छ। त्यसैले यसलाई टाइम इज स्पाइन भनिन्छ ।

Early Decompressive Surgery का चुनौती र अवसरहरु:

स्पाइनल सर्जरी को विशेषज्ञता टेक्नोलोजीको विकास र मेडिकल सयीन्सको समग्र बिकासका कारण यो अपरेसन सुरक्षित र सम्भव छ। प्यारालाइसिस हुनसक्ने अवस्थाबाट बचाँउन सक्दा वा प्यारालाइसिस भइसकेको अवस्था बाट केहि हद सम्म सुधार हुँदा बिरामीको कवालिटी अफ लाइफ धेरै राम्रो हुन्छ । साथै उपचार खर्च पनि निकै कम भएर आउँछ।

यद्यपि यसका केहि चुनौतिहरु

* समयमै सुरक्षित तरिकाबाट बिरामीको ट्रान्सपोर्ट गर्ने लजिस्नटिक हुनु।

* सबै अस्पतालमा तुरुन्तै अपरेशन गर्नसक्ने फसिलिती, मानब श्रोत र infrastructure नहुनु

* कतिपय सेन्टरहरुमा डाइग्न्नोसिस को लागि CT, MRI को उपलब्धता नहुनु।

Early Decompressive Surgery का लागि चुनौतीहरु यस्ता छन्।

बिकसित मुलुकहरुमा मेरुदण्डको चोट लागेको शंका लाग्ने बित्तिकै बिरामीलाई specialized spine सेन्टरमा लगिन्छ, जहाँ चौबिसै घण्टा spine सर्जरीको सेवा उपलब्ध हुन्छ। नेपालमा पनि अबका दिनहरुमा स्पाइनल सर्जरीलाई subspecialty को रुपमा विकास गर्दै specialized स्पाइन सेन्टरको विकास गर्नु जरुरी छ।

यसो गर्दा बिरामीलाई एक बाट अर्को अस्पतालमा दगुरिरहनु नपर्ने र आवश्यकता अनुसार तुरुन्तै (चौबिश घण्टा भित्र) अपरेसन गरि सहि समयमा नै पुनर्स्थापना (rehabilitation) शुरु गर्दा स्पाइनल कार्ड इन्जुरीबाट हुने disability धेरै हद सम्म कम गर्न सकिन्छ।

[मेडिसिटी अस्पतालमा कार्यरत डा. पौडेल हाल क्यानडामा वेस्टर्न युनिभर्सिटीबाट लन्डन स्पाइनल सेन्टरमा क्लिनिकल स्पाइनल सर्जरी Fellowship गर्दै हुनुहुन्छ। ]

http://4.188.83.218/static/3592.jpgnews/brain-stroke-symptoms/

Tags: Neuro HealthNeuro InterventionNeuro SurgeryParalySpinal Cord
SummarizeShare246ScanTweet149

Related articles

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

by Nam Raj Bhatta
August 26, 2026
0

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मान बहादुर केसीले उच्च रक्तचाप (प्रेसर) का बिरामीहरुले चिकित्सकको सल्लाहबिना औषधि बीचमै छोड्न नहुने बताएका छन्। डा. केसीका अनुसार, प्रेसरको औषधि मनलाग्दी रूपमा बीचमै...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

by Nam Raj Bhatta
August 12, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर काठमाडौं उपत्यकाको सडकमा हरेक दिन सयौं सवारी साधन गुड्छन् । तर, यी सडकहरू दैनिकजसो दुर्घटनाको दृश्य बन्न पुगेका छन् । पछिल्लो तथ्यांक...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    871 shares
    Share 348 Tweet 218
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    703 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    691 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीर अस्पतालबाट भोटेकोशी बाढीका २० घाइतेमध्ये १७ जना डिस्चार्ज #Birhospital
  • रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजद्वारा ७५ लाख रुपैयाँ सहयोग
  • फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म
  • रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
  • बझाङ जिल्ला अस्पतालमा पहिलोपटक दूरबिन प्रविधिबाट सफल श’ल्यक्रिया #Hospital

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.