Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्य निर्देशनालय राजपुर डोटीको स्वास्थ्य सम्बन्धि जनहितमा जारि संदेश

HNN Staff by HNN Staff
January 17, 2021
in Articles
Reading Time: 1 min read
A A
0
PHD Rajpur Doti PSA

PHD Rajpur Doti PSA

630
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

“स्वच्छ, सबल, भेदभाव रहित समाज , गुणस्तरीय स्वास्थ्य सेवा सुदूरपश्चिम प्रदेशको आवाज” जस्तो मूल नारा अन्तर्गत सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवा निर्देशित रहेको छ । यस प्रदेशमा बसोबास गर्ने आम जनसमुदायलाई आ- आफ्नो स्वास्थ्य स्तर उच्च , तन्दुरुस्त , स्वस्थ,सुदृढ ,बनाइ राख्न स्वास्थ्यका केहि आधारभूत नियम , व्यवहार , अभ्यास तथा बानि अनुसरण गर्नु पर्दछ । तपशिलमा उल्लेखित कुराहरुमा ध्यान दिऔं र आफ्नो, परिवारको र समुदायको स्वास्थ्य स्तर स्वस्थ बनाउनमा मद्दत गरौँ ।

तपशिल

  • छोरीको उमेर २० वर्ष पुगे पछी मात्र विवाहको तयारी गरौँ । विवाह भई सकेपछी कम्तिमा दुइ वर्षको फरकमा बढीमा दुइ वटा सम्म बच्चा जन्माउने गरि योजना बनाऔ ।
  • गर्भवती महिलाहरुको स्वास्थ्य र गर्भको शिशुको स्वास्थ्य अवस्था राम्रो बनाइ राख्न गर्भ अवधि भरिमा कम्तिमा चार पटक स्वास्थ्य संस्थामा लगेर स्वास्थ्य जाँच गराऔ ।
  • सुदूरपश्चिम प्रदेशका सबै ८८ वटै स्थानीय तहमा ग्रामिण अल्ट्रासाउन्ड सेवा उपलब्ध भएको हुनाले सबै गर्भवती महिलाहरुले आ-आफ्नो पायक पर्ने स्थानमा गइ आफ्नो गर्भको शिशुको अवस्था थाहा पाउन उक्त ग्रामिण अल्ट्रासाउन्डको सेवा लिएर गर्भको भ्रुणको अवस्था थाहा पाएर आवश्यक ब्यबस्थापन गरौँ ।
  • गर्भवती महिला र बच्चा जन्मेको १५ महिना भित्र सरकारले उपलब्ध गराएको सबै खोपहरु नियमित र निर्धारित तालिका अनुसार लिने गरौ र बिभिन्न संक्रामक सरुवा रोगहरुबाट सुरक्षित बनौं ।
  • आयोडिन नुनको मात्र प्रयोग गरौ , घरमा पालेका जनावरहरुलाई समेत आयोडिन नुन खुवाउने गरौ ।
  • गर्भवती महिलाहरुलाई गर्भको चार महिना देखि बच्चा जन्मेको ४५ दिन सम्म नियमित दैनिक आइरन चक्की खुवाउने गरौ ।
  • लगातार दुई हप्ता भन्दा लामो समय देखि खोकी लागेको छ भने क्षयरोग हुन् सक्छ त्यसकारण लामो समय देखिको खोकी लागेको छ भने नजिकको स्वास्थ्य संस्था गइ खकार जांच गरौ । क्षयरोग लागेको प्रमाणित भयो भने नियमित औषधि सेवन गरेमा क्षयरोग निको हुने गर्दछ ।
  • छालामा लाटो, फुस्रो र नचिलाउने दाग आउन सक्छ , त्यस्तो दाग कुष्ठरोग हुन् सक्छ यस्तो दाग आयो भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गइ कुष्ठरोगको जांच गराऔं , स्वास्थ्यकर्मीको सल्लाह बमोजिम नियमित औषधि सेवन गरि कुष्ठरोग निको हुन् सक्छ र अपांग हुनबाट समेत बच्न सकिन्छ ।
  • औलो प्रभावित क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा कुनै कारण बिना ज्वरो आयो भने औलो ज्वरो हुन् सक्छ । त्यस कारण ज्वरो आउने बितिक्कै औलोको संका गरि नजिकको स्वास्थ्य संस्थामा गइ रगत जांच गरि औल हो होइन जांच गराऔं , अनि औलो प्रमाणित भयो भने सरकारी स्वास्थ्य संस्थाबाट निशुल्क प्राप्त हुने औषधि सेवन गरि औलो रोग निको हुने गर्दछ ।
  • दुइ हप्ता भन्दा लामो समय देखि ज्वरो आउने गरेको छ भने कालाजार लागेको हुन् सक्छ । अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र हरुमा कालाजार जांच गर्ने प्रबिधि उपलब्ध रहेको छ । कालाजारको जांच गरौ समयमै उपचार गरि स्वास्थ्य लाभ गरौ ।
  • विश्व ब्यापी रुपमा फैलिएको महामारी कोरोना बाट बाट बच्न मास्कको प्रयोग गरौ , समय समयमा हात धुने गरौ , भिडभाड हुने ठाउमा नजाउ र सरकारले उपलब्ध गराएको खोप लगाउ ।
  • औलो , कालाजार , डेंगु , चिकंगुनिया , हात्तीपाइले, जापानिज इन्सेफ्लाईटिस जस्ता रोगहरु लामखुट्टे लगायतका भुसुनाबाट सर्ने भएको हुनाले उक्त किट हरुको टोकाई बाट बच्न सुत्ने बेला झुल को प्रयोग गरौ ।
  • घर वरिपरिको बाताबरण सफा राखौ बिभिन्न सरुवा रोग बाट बचौ ।
  • मुटु रोग , क्यान्सर , मधुमेह तथा उच्च रक्त चाप सम्बन्धि समस्या बढ्दो क्रममा रहेको छ यसलाई न्यूनीकरण गर्न उचित आहार बिहार , व्यायाम , समय समय मा स्वास्थ्य जांच, योग , प्राणायामको आवश्यकता पर्दछ ।
  • तराई क्षेत्रमा बसोबास गर्ने केहि समुदायमा सिकलसेल एनेमियाको समस्या रहेको देखिन्छ । रोग समयमै पत्ता लगाउ अनि आफु र आफ्ना सन्तान लाइ उक्त समस्या बाट छुटकारा दिलाउन स्वास्थ्यकर्मी सल्लाह अनुसार गरौ ।
  • घरेलु हिंशाबाट प्रभावित हरुको समस्या सम्बोधनको लागि अस्पतालहरुमा एक द्वार संकट ब्यबस्थापन केन्द्रको ब्यबस्था गरिएको छ त्यस कारण यस्ता व्यक्तिहरुले उक्त स्थानमा गइ सेवा लिन सकिन्छ ।

स्वास्थ्य निर्देशनालय

राजपुर डोटी

०९४४४०१२०

Tags: Sudurpashchim Province
SummarizeShare273ScanTweet149

Related articles

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    880 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    707 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    648 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त
  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.