Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई डाक्टरको खुला पत्र

HNN Staff by HNN Staff
February 23, 2021
in Articles
Reading Time: 8 mins read
A A
13
स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई‌ डाक्टरको खुला‌ पत्र‌, An open letter to MoHP Spokesperson

स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई‌ डाक्टरको खुला‌ पत्र‌, An open letter to MoHP Spokesperson

595
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

आदरणीय सरलाई नमस्कार ।

यो पत्र सरलाई गाली गर्न , व्यक्तिगत प्रहार गर्न वा कुनै प्रकारको प्रतिशोध सोध्न लेखिएको हैन। कृपया अन्यथा नलिइदिनु होला । स्वास्थ्य मन्त्रालयको प्रवक्ता, स्वास्थ्य क्षेत्रमा अहिलेको समयमा अलिकति प्रभाव राख्न सक्ने व्यक्ति र समग्र स्वास्थ्य मन्त्रालयकै प्रतिनिधि र एक कुशल सिनियर डाक्टरको रूपमा तपाईलाई यस पत्रमा ” व्याख्या “गरिएको छ । कृपया त्यही अनुसार बुझिदिनु होला ।

प्रवक्ता भए देखिनै तपाई माथी ” सस्ता सस्ता गाली गलौज “हुदैं आएको कुराले कहिलेकाहीं दुख लाग्छ, कहिलेकाँही  दया लाग्छ कहिलेकाहीँ भने “छुच्चो बोल्नेले “गाली नखाए कसले खान्छ त भने झैं पनि लाग्छ । हालका दिनमा परामर्श शुल्क वृद्वि गर्ने नेपाल मेडिकल एसोसिएसनको निर्णय विपरित आएका तपाईका बोलिहरूको / विज्ञप्तिहरूको  प्रतिकृयाहरू आइरहेका छन् । जनतामा भ्रम पर्छ , जनतामा नराम्रो सन्देश  जान्छ भन्नुभएछ एकदम खुसी लाग्यो ।

सरकारमा बस्ने उच्च कर्मचारीहरूले जनताको पक्षमा यसरी बोल्नु भनेको एकदम राम्रो हो । आज म यही ” जनता ” लाई नै केन्द्र विन्दुमा राखेर तपाईलाई केही प्रश्नहरू गर्छु । डाक्टरको तलव बढ्नुपर्छ भन्ने कुरा यर्थाथ भए पनि त्यो कुरा गर्दिन ।

कुरा सुरु गरौं काठमाडौंको नजिकको जिल्ला धादिङ वा चितवन नजिकको जिल्ला गोरखा वा पोखरा नजिकको जिल्ला पाल्पाबाट । ति जिल्लाका जिल्ला अस्पतालमा दुर्गम गाँउ गाँउबाट विरामी आँउछन ।  कोही कम उमेरमै  प्रेसर बढेर आए । एमबिबएस डाक्टरले आफ्नो क्षमताले भ्याए सम्म हेरेपछी मुटुरोग विशेषज्ञ  र  मृगौला रोग विशेषज्ञसँग परामर्श लिनुहोस भनेर ‘ रिफर ‘ गरेर पठायो ।

कोही मृगौला रोगका विरामी  आए , एमविविएस डाक्टरले आफ्नो क्षमताले भ्याए सम्म हेरेपछी मुटु शल्यचिकित्सकसँग ” डाइलाइसिस गर्ने नसा बनाउन “परामर्श लिनुहोस  भनेर पठायो । अत्याधिक टाउको दुखेर विरामी आयो फेरी एमबिबएस डाक्टरले आफ्नो क्षमताले भ्याए सम्म हेरेपछी  न्यूरो विशेषज्ञसँग परामर्श लिनुहोस भनेर पठायो । अत्यधिक पेट दुखेर आयो ऐन्डिसाइटिस संखा गरेर पेटको अप्रेसन गर्ने डाक्टरसँग परामर्श लिनुहोस भनेर पठायो । यस्तो खालको विशेषज्ञ परामर्श चाहिने विरामी त गाँउ गाँउमा कति छन् कति ।

अब ति विरामी जाने भनेको कि काठमाडौं , कि चितवन , कि धरान कि पोखरा , यत्ति होइन । त्यहाँ गए पनि सरकारीमा वेड पाउने त्यस्तै हो भनेर निजि मै जाने हुन । कति त घरखेत नै बेचेर  “परामर्श ” गराउन हिडेका हुन्छन । त्यो विरामीले आफ्नो लागी कुरुवा बोकेर ” विशेषज्ञ चिकित्सक ” सम्म पुग्नु भन्दा अगाडी  नै गाडि भाडा , खाना , होटल गरेर कम्तिमा ५ – १० हजार गुमाइ सकेको हुन्छ ।

त्यस्तो अवस्थामा मानौं तपाईले / स्वास्थ्य मन्त्रालयले रु ८०० को परामर्श शुल्कलाई घटाएर  ५०० बनाउनु भयो रे । तर त्यस्ता अधिकांश विरामीलाई के फरक पर्‍यो त ? जबकि एमबिबएस  मात्र दरबन्दि भएका नेपालका अधिकांस गाँउ र जिल्लामा एउटा विरामीले “विशेषज्ञ परामर्श “गराउन कम्तिमा १० – १५ हजार खर्च गर्नु पर्ने  स्थिति छ भने तपाईहरुले ” २०० रुपिँया बढायो भने जनतालाई मर्का पर्छ ”  भनेर ठूलो कुरा गर्न सुहाउँछ ?

प्रश्न : यस्तो किन भयो होला प्रवक्ता ज्यू  ?

– यस्तो हुनुको मूल कारण भनेको मन्त्रालयका ठूला कर्मचारी चाँही मन्त्रालयमा बसेर ठूलो / लोकप्रिय  कुरा गर्ने ,  डाक्टरलाई जेल हाल्छु भन्ने , समाजको अगाडी डाक्टरनै गलत हुन भन्ने कुरा गरेर आफू लोकप्रिय हुन खोज्ने ,  लाइसेन्स खारेज गर्छु भन्ने तर आफू चाहीं “१००० “रुपियाँमा हुन सक्ने “विशेषज्ञ परामर्शलाई ” १५ – २० हजार पर्ने वातावरण बनाइदिने । कर्मचारीहरूको  यस्तै नालायकिपनको कारणले नेपाली जनता अकालमा मरेका छन् ।

प्रश्न : मन्त्रालयले कसरी जनताको ढाड भाँचेको छ । कसरी नेपाली जनतालाई धोका दिएको छ । आँखामा छारो कसरी  हालेको छ ? राजधानी बाहेकका नेपालको अन्य ठाउँमा कस्तो छ  स्वास्थ्य सेवा ?

मानौं , ५० वर्षको एक मानिसलाई रक्तअल्पत्ता ( एनेमिया ) भयो । ( ५० बर्ष माथिका मानिसलाई एनेमिया भएमा आन्द्राको क्यान्सर छ कि छैन भनेर हेर्नु पर्ने हुन्छ । धेरैमा देखिने सम्भावना हुन्छ । यसमा कोलोनोस्कोपी भन्ने दुरिविनको साहाराले विशेषज्ञ चिकित्सकले क्यान्सर छ कि छैन सजिलै हेर्न सक्छन ।  )   तर गाँउ त के जिल्ला अस्पतालमा पनि एउटा न कोलोनोस्कोपी छ न त कोलोनोस्कोपी गर्न सक्ने ” विशेषज्ञ चिकित्सकको”  दरबन्दी नै ।

त्यसैले उक्त रक्तअल्पत्ता भएको मानिसलाई सामान्य आइरन  चक्कि दिएर पठाइयो ( अस्पतालमा सरकारी स्वास्थ्य सेवाको नाममा त्यही आइरन चक्कि छ )  केही महिनापछी ति व्यक्ति  आन्द्राको क्यान्सरले मरे  ।  त्यस्तै एक अधबैसे मानिसलाई पेट दुख्यो ( हृदयघातमा पनि पेट दुख्छ ) । एन्जियोग्राम गरेर वा इको गरेर मुटुको अवस्था पत्ता लगाउनु पर्नेमा समान्य ग्यास्ट्रिकको औषधी ( किनभने अस्पतालमा सरकारी स्वास्थ्य सेवाको नाममा त्यही ग्यास्टिकको औषधी छ )  दिएर पठाइयो भोलिपल्ट ती विरामी  हृदयघातले  मरे । किन मरे भन्दा त्यहाँ मुटुको परामर्श दिन मुटुरोग विशेषज्ञ नै छैन ।

त्यस्तै एकदम  टाउको दुखेको मानिसलाई सिटि स्क्यानको सट्टा सिटामोल दिएर पठाइयो भोलिपल्ट मस्तिष्क घातले मर्‍यो । किन भने त्यहाँ न्यूरोलोजिष्ट नै छैन । सरसरती हेर्दा त “सोझा साझा जनताले ”  गाँउ गाउमा के के न उपचार पाएको जस्तो देखियो तर वास्तबमा त्यो उपचार नभई राज्यले गरेको  जनताको हत्या हो । यस्तो किन हुन्छ भने राजधानी र केही सहरमा बाहेक गाँउ गाँउमा विशेषज्ञ चिकित्सहरू नै छैनन त ” विशेषज्ञ सेवा ” कसरी हुन्छ ?  एमडी , डिएम  सिध्याएर काठमाडौंमा महिनाको ४० हजारमा काम गरेर बसेका  ” विशेषज्ञहरू ” अत्याधिक संख्यमा हुँदा पनि गाँउमा एउटा सामान्य कोलोनोस्कोपी , इको , भिडियो एक्सरे , इन्डोस्कोपी गर्न सक्ने विशेषज्ञहरू , क्रिटिकल केयर विशेषज्ञहरु पनि किन छैनन त ?

यसको मुख्य जिम्मेवार स्वास्थ्य मन्त्रालय हो । गाँउ गाँउमा २०५० साल तिर  जति दरबन्दि थियो अहिले पनि त्यही छ । लोकसेवामा नवौं ( अलिकति छ त्यो पनि वर्षों देखी बन्द छ ) , दशौं र एघारौं  तह खुला तर्फका विशेषज्ञहरुलाई पूर्ण तया निशेध गरिएको छ । हो पूर्ण तया निशेध । गाँउ गाउमा डाक्टर पुर्‍याउनु पर्ने स्वास्थ्य मन्त्रालय नै विशेषज्ञ चिकित्सकलाई गाँउ जानबाट निषेध गरिरहेको छ ।

आदरणीय स्वास्थ्य मन्त्रालयको प्रवक्ता ज्यू ,
काठमाडौंमा विशेषज्ञ डाक्टरहरू थुपारेर लोकसेवामा विशेषज्ञहरुलाई निषेध गरेर गाँउ गाँउमा उपचार त परै जाओस सामान्य स्कृनिङ  पनि  हुन नसक्ने अवस्था बनाएर दिन दाहाडै “उपचार भए बाच्न सक्ने जनतालाई ” सही उपचारबाट बन्चित गराई मार्ने ” निति ” बनाउने तपाईहरूलाई कुन उपनामले बोलाउँदा ठीक होला ?

अझ तपाईहरू नै “जनतालाई ” भ्रम हुन्छ भन्दै प्रेस विज्ञप्ति निकाल्दै हिँड्नु हुन्छ ? कुन जनताको निम्ति ? त्यही सामान्य विशेषज्ञ सेवा  नपाएर आन्द्राको क्यान्सर सुरुमै पत्ता लागेको भए निको हुन  सक्ने विरामी विशेषज्ञ चिकित्सक अभावकै कारण मर्नु पर्ने जनताको निम्ति हो ?

प्रश्न : बजारमा देश विदेशबाट आएका अब्बल अब्बल विशेषज्ञ हजारौंको संख्यामा  हुँदाहुदै लोकसेवामा प्रवेश किन नदिएको ?

– किनभने निति निर्माण तहमा मन्त्रालयका केही  कर्मचारीहरुको सोच नै कुहिएको छ । आफू हाकिम हुन पाईदैन , पछि आफू भन्दा अब्बल आयो भने आफू धेरै तल परिन्छ , आफूले र आफ्नाले मात्र खान पाउनु पर्छ , विभिन्न ठाँउमा मे.सु.  हुन पाइदैन भन्ने तपाईहरुको सोचले नेपाली जनताहरू अकालमा मरिरहेका छन् ।

दरबन्दी छैन, अर्थले स्वीकृति दिएन , बजेट छैन , राज्यले धान्न सक्दैन भन्ने खालको तपाईहरू रटान नाटकै हो नौटङ्की नै हो । ५० – ६० अर्बको स्वास्थ्यको बजेटमा कम्तिमा आधी भन्दा बढीको  वार्षिक भ्रष्टाचार र घोटाला राज्यले दशौं बर्ष देखि धान्न सक्छ भने  नऔं र दशौं तहमा लोकसेवा खोलेर श्रोत साधन सहित विशेषज्ञ चिकित्सकहरूलाई  गाँउ गाँउ पठाउन राज्यले सजिलै धान्छ । यो त सब मन्त्रालयमा बसेका निकृष्ट सोच भएका “जनतामारा”  कर्मचारीका कारण नभएको मात्र हो ।

प्रश्न : नेपालको स्वास्थ्य क्षेत्र तहसनहस बनाउन प्रमुख भूमिका कसको छ राजनितितन्त्र कि कर्मचारीतन्त्र ?

– स्वास्थ्य मन्त्रालयमा प्रायजसो मन्त्रिहरू स्वास्थ्य क्षेत्र नबुझेकै हुने गरेका छन् । उनिहरूलाई न समस्याको बारेमा थाह छ न समाधान नै । १ / २ वर्ष बस्यो सरुवा बढुवा गर्‍यो, नियुक्तिहरु गर्‍यो बस मन्त्रिको काम पूरा भयो । धेरै जसो  प्राविधिक कुराहरू हुने भएकाले स्वास्थ्य मन्त्रालयमा नितिगत कुराहरू कर्मचारीकै अधिनमा घुमिरहन्छन । राजनितिक नेत्रित्वलाई उनीहरूले जस्तो स्वरूपले बुझायो त्यस्तै स्वरूपले बुझ्ने भए ।
– नेताले सोध्छन : के देशभर स्वास्थ्य सेवा पुगेको छ त ?
– कर्मचारीले जवाफ दिन्छन : छ मन्त्रीज्यू सबै जिल्ला जिल्लामा स्वास्थ्य सेवा पुगेको छ ।

तर वास्तवमा कस्तो स्वास्थ्य सेवा पुगेको छ त :
हार्ट एट्याक भएको विरामीलाई ग्यास्ट्रिकको औषधी खान बाध्य पारी मर्नुको विकल्प नदिने  स्वास्थ्य संस्था छ भने आन्द्राको क्यान्सर हुन लागेको विरामीलाई आइरन चक्कि बाढ्ने क्षमता भएका स्वास्थ्य चौकिहरू , जिल्ला अस्पतालहरू छन् ।

कर्मचारीबाट झुटा विवरण प्राप्त गरेका मन्त्री प्रधानमन्त्रीहरू नेपालको स्वास्थ्य सेवा एसियाकै नमुना हो भन्न पछी पर्दैनन । तर आफू विरामी भए लाजै पचाएर भारत , सिङ्गापुर , थाइल्याण्ड जान छाड्दैनन ।

अब नेपाल चिकित्सक संघले चिकित्सकको परामर्श शुल्क २०० रुपिँयाले बढाउदा स्वास्थ्य मन्त्रालयले विरोध स्वरूप निकालेको प्रेश विज्ञाप्तिको कुरा ।

– जनताले अस्पताल आए पछी ओपिडि सुल्क  , रगत जाँचको शुल्क , बेड चार्ज  , अपरेसन शुल्क ,  प्रोसिडियर शुल्क , औषधी पसलको शुल्क  लगायत आफूलाई गर्नुपर्ने कुराहरुको पैसा  तिर्छ ।  तपाईहरुले / स्वास्थ्य मन्त्रालयले  अस्पतालको ” साहुजिले ” निर्धारण गर्ने रगत जाँचको शुल्क , बेड चार्ज , अपरेसन शुल्क ,  प्रोसिडियर शुल्क , औषधी पसलको शुल्क दिन दुई गुना रात चौगुना बढाउदा पनि चुइक्क बोलेको सुनिदैन ।

अस्पतालको मनलाग्दी मुल्यसूचि भएकाले जनताले डिस्चार्ज  हुने बेलामा घरखेत नै बेच्नु पर्ने वाध्यता हुदां जनतालाई ‘भ्रम भयो , मर्का पर्‍यो ‘ , जनता लुटिए भन्ने कहिल्यै पनि लागेन प्रवक्ता ज्यू ? खालि डाक्टरले २ सय बढाउदाँ जनतामा भ्रम पर्छ जस्तो लाग्नेले १०० रुपियाँमा हुने आरएफटी (मृगौलाको रगत जाँच )  को १६०० रुपिया लिने , १५० रुपियाँमा हुने सिविसि ( रगतको सामान्य जाँच ) को १२००  लिने कतिवटा अस्पताललाई कारवाही गर्नु भयो ? यसबाट तपाईहरूको नियत व्यापारीलाई पोस्ने र आफ्नै डाक्टरी समुदायका डाक्टरलाई शोस्ने / डस्ने  निति प्रष्ट हुदैन र ? तपाई मन्त्रालयको प्रवक्ता कि व्यापारीको प्रवक्ता ?

त्यसैले जनतालाई झुक्याउन बन्द गर्नुहोस / गराउनुहोस । अहोरात्र खटिएका आफ्ना डाक्टरहरूलाई गालि गर्न छाडी देशको सेवा गर्ने मौका प्रदान गर्न सहजिकरण गर्नुहोस । प्रशस्त मात्रामा लोकसेवाको दरबन्दि खाल्नु होस । जनशक्ति र उपकरण सहितको टोलिलाई गाँउ गाँउ पठाउनुहोस ।  यी साना तिना “परामर्श शुल्क ” जस्ता कुराहरुको जुंगाको लडाँइ लडेर बस्ने हो कि केही महान योगदान पनि दिने हो प्रवक्त ज्यू ? डा उपेन्द्र देवकोटाहरुले, डा अन्जनि कुमार शर्माहरूले के लिएर गए त , तपाईले पनि के नै लिएर जानु हुन्छ र । जानु त आखिर छ्दैं छ बाटो त सबको एउटै हो।  यस्तो पदमा भएको बेलामा नेपाली जनतालाई , डाक्टर फ्याटरनिटिलाई  केही दिएर जानुहोस । भविष्यमा भावि पिडिले तपाईलाई प्रा डा जागेश्वर गौतमको नामले चिनिरहने छन नकि विभिन्न उपनामले ।

केही तिता केही मिठा कुराहरू राखे , आवेश आक्रोशलाई नकारात्मक रूपमा नलिइदिनुहोला । उही तपाईभन्दा असाध्यै सानो, भर्खरको फुच्चे डाक्टर ।

धन्यवाद ।
डा. अच्युत खनाल 
काठमाडौं

Tags: #Health and population ministryPublic Health
SummarizeShare243ScanTweet147

Related articles

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

by Nam Raj Bhatta
August 26, 2026
0

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मान बहादुर केसीले उच्च रक्तचाप (प्रेसर) का बिरामीहरुले चिकित्सकको सल्लाहबिना औषधि बीचमै छोड्न नहुने बताएका छन्। डा. केसीका अनुसार, प्रेसरको औषधि मनलाग्दी रूपमा बीचमै...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

by Nam Raj Bhatta
August 12, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर काठमाडौं उपत्यकाको सडकमा हरेक दिन सयौं सवारी साधन गुड्छन् । तर, यी सडकहरू दैनिकजसो दुर्घटनाको दृश्य बन्न पुगेका छन् । पछिल्लो तथ्यांक...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    871 shares
    Share 348 Tweet 218
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    703 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    691 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित
  • फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न
  • बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण
  • वीर अस्पतालबाट भोटेकोशी बाढीका २० घाइतेमध्ये १७ जना डिस्चार्ज #Birhospital
  • रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजद्वारा ७५ लाख रुपैयाँ सहयोग

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.