• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Articles

अपाङ्गता र जनस्वास्थ्य

N Bhatta by N Bhatta
December 30, 2020
in Articles
A A
6
अपाङ्गता र जनस्वास्थ्य
Share on FacebookShare on TwitterShare on LinkedIn

✍️ सुनिल पोखरेल

स्वास्थ्य पुनर्स्थापना विशेषज्ञ

स्वास्थ्यमा सर्वव्यापी पहुँचको अवधारणा अनुरूप पबर्धनात्मक, प्रतिकारात्मक , उपचारात्मक , पुनर्स्थापनात्मक तथा प्रशासक सेवाहरु स्वास्थ्य सेवा अन्तर्गत पर्दछन। यी सबै सेवाहरु अपाङ्गता भएका व्यक्तिहरुलाई पनि उत्तिकै आवश्यक छन्। अपाङ्गताकै कारणले पनि व्यक्तिहरू अन्य स्वास्थ्य सम्बन्धी समस्याहरूको जोखिममा हुन्छन्। जस्तै कि अपाङ्गता भएको व्यक्तिलाई तीन गुणा बढी मधुमेह हुने सम्भावना हुन्छ र अपाङ्गता भएको बच्चा कुपोषित हुने सम्भावना दुई गुणा बढी हुन्छ। २०११ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १.९४ प्रतिशत व्यक्ति हरुमा अपाङ्गता भएको तथ्य छ तर यो तथ्य अन्तराष्ट्रिय मान्यता भन्दा कम छ। ‌

अन्तर्राष्ट्रिय मान्यताअनुसार सामान्यतया जनसंख्याको १५ प्रतिशत जतिलाई अल्पकालीन तथा दीर्घकालीनअपाङ्गता हुनसक्छ । नेपालमा पनि यो मान्यता अनुसार जनगणना गरियो भने अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्याको वास्तविक तथ्य उजागर हुनेछ। भखरै मात्र केन्द्रीय तथ्यांक विभागले गरेको Multiple Indicator Cluster Survey अनुसार नेपालमा २ देखि १७ बर्ष सम्मका बालबालिकाहरुलाई १०.६ प्रतिशत अल्पकालीन वा दीर्घकालीन अपाङ्गता छ भन्ने देखाएको छ। यो सर्भे अन्तर्राष्ट्रिय मान्यता अनुसारको Washington group of question प्रयोग गरी गरिएको हो। स्वास्थ्य सेवाको पहुँच अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न कारणले नहुनसक्छ, जस्तै भौतिक अवरोधहरु, त्यस्तैगरी उपचारको खर्च धान्न नसक्ने अवस्था, सहयोगीको उपलब्धता नहुनु र उपयुक्त स्वास्थ्य सेवाको उपलब्धता नहुनु। यस्ता वातावरणीय पक्षले पनि अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी जोखिम अझै बढाइरहेको हुन्छ। ‌

जनसङ्ख्याको उल्लेखनीय वर्गमा अपाङ्गता हुनु र अपांगताकै कारणले स्वास्थ्यका जोखिमहरु‌ बढ्नुले अपाङ्गतालाई जनस्वास्थ्य सँग जोड्छ। अपाङ्गता भएका व्यक्तिहरूले आफुले चाहेको स्वास्थ्य सेवा उपयुक्त स्थानमा प्राप्त गर्न नसक्नु भनेको स्वास्थ्यको सर्वव्यापी पहुँच अर्थात् Universal Health Coverage प्राप्त गर्ने उद्देश्य माथिको ठाडो चुनौति हो।‌

अपाङ्गता समावेशी स्वास्थ्य सेवा नहुनु भनेको दिगो विकासको स्वास्थ्य सम्बन्धी लक्ष्य प्राप्त गर्न नसक्नु हो र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिको स्वास्थ्य सम्बन्धी धाराको प्रतिबद्धतालाई पुरा गर्न नसक्नु हो। त्यसैले स्वास्थ्यको हरेक कार्यक्रमहरु जस्तै पोषण, खोप, जोखिम सञ्चार, आमा सुरक्षा, रोग नियन्त्रण जस्ता कार्यक्रमहरुले अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकतालाई समेट्न अत्यन्त जरुरी छ।

त्यस्तैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट जारी हुने नीति नियम, निर्देशिका, protocol र मापदण्ड हरुमा पनि अपाङ्गताको विषयवस्तुहरु समेटिनु पर्दछ। यसका लागि अपाङ्गता भएका व्यक्तिहरूको संघसंस्था र यो विषयवस्तुसँग सम्बन्धित विज्ञहरुको‌ सल्लाह सुझाव लिन जरुरी छ। त्यस्तैगरी योजना बनाउँदा उहाँहरुले के-कस्ता अबरोधहरु भोग्नुभएको छ त्यसलाई मध्यनजर गर्नुपर्छ। अपाङ्गता भएको व्यक्तिहरुलाई पहुँच युक्त स्वास्थ्य सुनिश्चितता गर्न सम्भव छ । यसका लागि अपाङ्गतालाई जनस्वास्थ्यका आयामहरु सँग जोड्न अत्यन्त जरुरी छ।

International day of Persons with Disabilities, 3rd December
International day of Persons with Disabilities, 3rd December

त्यसकारण‌ जनस्वास्थ्य कर्मीहरुको भूमिका यसमा अत्यन्तै महत्वपूर्ण छ। सन् २०१५ देखि अपांगता भएका व्यक्तिहरूको स्वास्थ्यको सवाल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखाले हेर्ने गरेको छ। यो शाखामार्फत विभिन्न कामहरु भएका छन् जस्तै अपाङ्गता सम्वन्धी दश वर्षे रणनीति, अति आवश्यक साहयक सामग्रीहरूको सूची, पुनःस्थापना सेवा सम्बन्धी सुचना संकलन सामाग्री (DHIS 2 tool) कोभिड १९ सम्बन्धी अपाङ्गता समावेशी अन्तरिम निर्देशिकाहरु तथा जोखिम संचार सामग्रीहरू यी कार्यहरू वास्तवमै सराहनीय छन्।

अपाङ्गता वास्तवमा एउटा विशाल सवाल हो। ‌ १० प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई पाँच प्रकारका स्वास्थ्य सेवाको सुनिश्चिता गर्ने जिम्मेवारी कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखाको मात्र नभई सबै महाशाखा ,शाखा, स्वास्थ्यकर्मी, राजनितिज्ञ तथा संघसंस्थाको पनि हो।

Tags: 3rd DecemberInternational day of Persons with DisabilitiesMultiple Indicator Cluster SurveyPublic HealthSunil pokharelUniversal Health CoverageWashington group of question
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

असार मसान्तको तथ्यांक अनुसार नेपालको कुल एचआइभी संक्रमित मध्ये ६६ प्रतिशत उपचारमा

Next Post

प्रदेश २ कै पहिलो तथा सफल सेवा सुबिधा सम्पन्न सरकारी अस्पतालको सघन कक्ष

Related articles

भ्याक्सिनले निर्मूल पार्न सकिने क्यान्सर : पाठेघरको मुखको क्यान्सर #CervicalCancer
Articles

भ्याक्सिनले निर्मूल पार्न सकिने क्यान्सर : पाठेघरको मुखको क्यान्सर #CervicalCancer

3 weeks ago
554
के हो ड्राई निडलिंग पद्दतिको उपचार? #Dryneedling
Articles

के हो ड्राई निडलिंग पद्दतिको उपचार? #Dryneedling

3 weeks ago
456
जाडोमा छाला जोगाउन डा.विकास पैाडेलको सल्लाह #ColdSeason
Articles

जाडोमा छाला जोगाउन डा.विकास पैाडेलको सल्लाह #Coldseason

3 weeks ago
616
के मसला साँच्चिकै ‌स्वास्थ्यको लागि हानिकारक हो ? #masalaSideEffect
Articles

के मसला साँच्चिकै ‌स्वास्थ्यको लागि हानिकारक हो ? #masalaSideEffect

4 weeks ago
433
✍️ डा.दीपेन्द्र कार्की
Articles

मधुमेह किन लाग्छ ? यसबाट बच्न के गर्न सकिन्छ? #Diabetes

1 month ago
468
Impact of Covid 19 on Dental Health Dr Purna
Articles

कोभिड–१९ महामारीको चपेटामा दन्तचिकित्सा #COVID19 #DentalMedicine

2 months ago
451
Next Post
Provincial Hospital Janakpur

प्रदेश २ कै पहिलो तथा सफल सेवा सुबिधा सम्पन्न सरकारी अस्पतालको सघन कक्ष

Comments 6

  1. Pingback: छात्रबृत्तिमा अध्ययन गरेका चिकित्सकलाई चार दिनभित्र अस्पतालमा हाजिर हुन निर्देशन #SchoolarshipDoctor • Healt
  2. Pingback: विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह #HealthMinistry • Health News Nepal
  3. Pingback: कुष्ठरोग मुक्त नेपालका लागि स्वास्थ्यकर्मीका लागि तालिम #Tuberclosis • Health News Nepal
  4. Pingback: स्वास्थ्य सेवाको मेरुदण्ड पुनर्स्थापना सेवा: स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीमा #Rehabilitation • Health
  5. Pingback: सुदूरपश्चिम प्रदेश कुष्ठरोगीहरुको सक्रिय खोजपडतालमा #LeprosyControl • Health News Nepal
  6. Pingback: पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

आर्ट अफ लिभिंग नेपालको स्वास्थ्यकर्मी बिशेष चौथो संस्करण सम्पन्न

आर्ट अफ लिभिंग नेपालको स्वास्थ्यकर्मी बिशेष चौथो संस्करण सम्पन्न

4 months ago
401

Drinking This Kind of Tea Could Help Shed Those Last Few Pounds

1 year ago
400

मुख स्वास्थ्य अनि कोरोना संक्रमण

10 months ago
405

Don't Miss

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

January 17, 2021
809
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

January 16, 2021
775
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

January 16, 2021
506
राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

January 15, 2021
548
Covishield-vaccine

नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति #Covishieldvaccine

January 15, 2021
596
धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

January 15, 2021
463
रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

January 14, 2021
500
भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

January 13, 2021
419
स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

January 13, 2021
425
शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

January 12, 2021
415
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (868)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In