Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १२
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

अपाङ्गता र जनस्वास्थ्य

Nam Raj Bhatta by Nam Raj Bhatta
December 3, 2020
in Articles
Reading Time: 1 min read
A A
10
अपाङ्गता र जनस्वास्थ्य
592
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ सुनिल पोखरेल

स्वास्थ्य पुनर्स्थापना विशेषज्ञ

स्वास्थ्यमा सर्वव्यापी पहुँचको अवधारणा अनुरूप पबर्धनात्मक, प्रतिकारात्मक , उपचारात्मक , पुनर्स्थापनात्मक तथा प्रशासक सेवाहरु स्वास्थ्य सेवा अन्तर्गत पर्दछन। यी सबै सेवाहरु अपाङ्गता भएका व्यक्तिहरुलाई पनि उत्तिकै आवश्यक छन्। अपाङ्गताकै कारणले पनि व्यक्तिहरू अन्य स्वास्थ्य सम्बन्धी समस्याहरूको जोखिममा हुन्छन्। जस्तै कि अपाङ्गता भएको व्यक्तिलाई तीन गुणा बढी मधुमेह हुने सम्भावना हुन्छ र अपाङ्गता भएको बच्चा कुपोषित हुने सम्भावना दुई गुणा बढी हुन्छ। २०११ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १.९४ प्रतिशत व्यक्ति हरुमा अपाङ्गता भएको तथ्य छ तर यो तथ्य अन्तराष्ट्रिय मान्यता भन्दा कम छ। ‌

अन्तर्राष्ट्रिय मान्यताअनुसार सामान्यतया जनसंख्याको १५ प्रतिशत जतिलाई अल्पकालीन तथा दीर्घकालीनअपाङ्गता हुनसक्छ । नेपालमा पनि यो मान्यता अनुसार जनगणना गरियो भने अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्याको वास्तविक तथ्य उजागर हुनेछ। भखरै मात्र केन्द्रीय तथ्यांक विभागले गरेको Multiple Indicator Cluster Survey अनुसार नेपालमा २ देखि १७ बर्ष सम्मका बालबालिकाहरुलाई १०.६ प्रतिशत अल्पकालीन वा दीर्घकालीन अपाङ्गता छ भन्ने देखाएको छ। यो सर्भे अन्तर्राष्ट्रिय मान्यता अनुसारको Washington group of question प्रयोग गरी गरिएको हो। स्वास्थ्य सेवाको पहुँच अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न कारणले नहुनसक्छ, जस्तै भौतिक अवरोधहरु, त्यस्तैगरी उपचारको खर्च धान्न नसक्ने अवस्था, सहयोगीको उपलब्धता नहुनु र उपयुक्त स्वास्थ्य सेवाको उपलब्धता नहुनु। यस्ता वातावरणीय पक्षले पनि अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी जोखिम अझै बढाइरहेको हुन्छ। ‌

जनसङ्ख्याको उल्लेखनीय वर्गमा अपाङ्गता हुनु र अपांगताकै कारणले स्वास्थ्यका जोखिमहरु‌ बढ्नुले अपाङ्गतालाई जनस्वास्थ्य सँग जोड्छ। अपाङ्गता भएका व्यक्तिहरूले आफुले चाहेको स्वास्थ्य सेवा उपयुक्त स्थानमा प्राप्त गर्न नसक्नु भनेको स्वास्थ्यको सर्वव्यापी पहुँच अर्थात् Universal Health Coverage प्राप्त गर्ने उद्देश्य माथिको ठाडो चुनौति हो।‌

अपाङ्गता समावेशी स्वास्थ्य सेवा नहुनु भनेको दिगो विकासको स्वास्थ्य सम्बन्धी लक्ष्य प्राप्त गर्न नसक्नु हो र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिको स्वास्थ्य सम्बन्धी धाराको प्रतिबद्धतालाई पुरा गर्न नसक्नु हो। त्यसैले स्वास्थ्यको हरेक कार्यक्रमहरु जस्तै पोषण, खोप, जोखिम सञ्चार, आमा सुरक्षा, रोग नियन्त्रण जस्ता कार्यक्रमहरुले अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकतालाई समेट्न अत्यन्त जरुरी छ।

त्यस्तैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट जारी हुने नीति नियम, निर्देशिका, protocol र मापदण्ड हरुमा पनि अपाङ्गताको विषयवस्तुहरु समेटिनु पर्दछ। यसका लागि अपाङ्गता भएका व्यक्तिहरूको संघसंस्था र यो विषयवस्तुसँग सम्बन्धित विज्ञहरुको‌ सल्लाह सुझाव लिन जरुरी छ। त्यस्तैगरी योजना बनाउँदा उहाँहरुले के-कस्ता अबरोधहरु भोग्नुभएको छ त्यसलाई मध्यनजर गर्नुपर्छ। अपाङ्गता भएको व्यक्तिहरुलाई पहुँच युक्त स्वास्थ्य सुनिश्चितता गर्न सम्भव छ । यसका लागि अपाङ्गतालाई जनस्वास्थ्यका आयामहरु सँग जोड्न अत्यन्त जरुरी छ।

International day of Persons with Disabilities, 3rd December
International day of Persons with Disabilities, 3rd December

त्यसकारण‌ जनस्वास्थ्य कर्मीहरुको भूमिका यसमा अत्यन्तै महत्वपूर्ण छ। सन् २०१५ देखि अपांगता भएका व्यक्तिहरूको स्वास्थ्यको सवाल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखाले हेर्ने गरेको छ। यो शाखामार्फत विभिन्न कामहरु भएका छन् जस्तै अपाङ्गता सम्वन्धी दश वर्षे रणनीति, अति आवश्यक साहयक सामग्रीहरूको सूची, पुनःस्थापना सेवा सम्बन्धी सुचना संकलन सामाग्री (DHIS 2 tool) कोभिड १९ सम्बन्धी अपाङ्गता समावेशी अन्तरिम निर्देशिकाहरु तथा जोखिम संचार सामग्रीहरू यी कार्यहरू वास्तवमै सराहनीय छन्।

अपाङ्गता वास्तवमा एउटा विशाल सवाल हो। ‌ १० प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई पाँच प्रकारका स्वास्थ्य सेवाको सुनिश्चिता गर्ने जिम्मेवारी कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखाको मात्र नभई सबै महाशाखा ,शाखा, स्वास्थ्यकर्मी, राजनितिज्ञ तथा संघसंस्थाको पनि हो।

Tags: 3rd DecemberInternational day of Persons with DisabilitiesMultiple Indicator Cluster SurveyPublic HealthSunil pokharelUniversal Health CoverageWashington group of question
SummarizeShare237ScanTweet148

Related articles

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
September 24, 2026
0

✍️ भानु पौडेल जनस्वास्थ्य विद् नेपालको जनस्वास्थ्य इतिहासमा मातृ-शिशु स्वास्थ्य, खोप कार्यक्रम र संक्रामक रोग नियन्त्रणमा हासिल भएका उपलब्धिहरू अनुकरणीय छन्। तर, पछिल्ला केही दशकमा हाम्रो स्वास्थ्य चुनौतीको...

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

Please login to join discussion
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    881 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    700 shares
    Share 301 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    700 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न
  • ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम
  • नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण
  • बोटुलिनम टक्सिनको प्रयोगबाट दुखाइ तथा न्युरोलोजिकल रोगको उपचारमा नयाँ सम्भावना

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.