• Login
Health News Nepal
Star Hospital Sanepa Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Articles

लैंगिक हिंसाले मानसिक समस्याको जोखिम #GBV

HNN Staff by HNN Staff
November 29, 2020
in Articles, Health
A A
0
लैंगिक हिंसाले मानसिक समस्याको जोखिम #GBV

Mental health illustration

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा न्युनिकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरु गर्दै प्रत्येक बर्ष बिश्व भरि नै यो अभियान संचालन हुँदै आएकोछ।

✍ गोपाल ढकाल, मनोविद्
✍ गोपाल ढकाल, मनोविद्

नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ यस बर्ष यो अभियान मनाईदैछ ।

यस बर्ष कोरोनाको कहर तथा लकडाउनका बिचमा पनि लैङ्गिक तथा घरेलु हिंसाका घटनाहरु बढेर गएको समचारहरु आईरहेका छन ।

महिलालाई महिला भएकै कारणले तथा पुरूषलाई पुरूष भएकै कारणले अथवा लिंगका आधारमा महिला वा पुरूषमाथि हुने कुनै पनि प्रकारको विभेद, दुर्ब्यबहार वा हिंसालाई लैंगिक हिंसा भनिन्छ । लैंगिक हिंसाले मानव अधिकारको उपहार गरिरहेको हुन्छ । बिशेष गरि पितृसतात्मक समाजमा पुरूषभन्दा महिलाहरूनै वढी लैंगिक हिंसाको शिकार भइरहेका हुन्छन् । धेरैजस्तो अवस्थामा महिलामाथी पुरूषले हिंसात्मक व्यवहार गरिरहेको हुन्छ भने कतिपय अबस्थामा महिलामाथी महिलाले नै हिंसा गरिरहेका उदाहरणहरू पनि भेटिन्छन् ।

विभिन्न ठाउँ तथा परिस्थितिमा महिलाहरू माथि हिंसा भइरहेको हुन्छ । आफूले काम गर्ने ठाउँ एवं कार्यालयहरूमा आफ्नै सहकर्मी एवं हाकिमबाट हुने हिंसा, बजार, सडक, यातायातका साधन, विद्यालय लगायत आफ्नै घर परिवार भित्र पनि श्रीमान, सासु, ससुरा, नन्द, भाउजु, दाजुभाईबाट महिलाहरू लैंगिक हिंसाको सिकार हुने गरेकाछन् । महिला र पुरूषबीचको लैंगिक भेदभाव र असमानता घटाउने, महिलाहरूमाथि हुने सबै प्रकारका लैंगिक हिंसाहरूले अन्त्य गर्ने जस्ता विषयमा चर्को बहस र छलफल हुने गरेता पनि व्यवहारमा यी कुरा लागू हुन सकिरहेका छैनन् ।

महिला हिंसाका कारणहरु

पितृसतात्मक सोच र मानसिकताले लैङ्गिक हिंसा बढाउन ठूलो प्रभाव पारिरहेको हुन्छ । त्यसै गरि परम्परा, धर्म, संस्कृति र रितिरिवाजका आडमा समेत महिलामाथि हिंसा भईरहेको हामी पाउछौ ।

जाँड रक्सी तथा लागु पदार्थको सेवनले समेत नेपाली समाजमा महिला माथिको हिंसा बढाएको देखिन्छ। महिला हिंसाको अन्य कारणहरुमा शिक्षा , चेतनाको कमी , महिलाहरु आफैमा सवल र सक्षम हुन नसक्नु , सधै अरुमाथी आत्म निर्भर भई रहनु पनि हुन । कतिपय अबस्थामा मानसिक रोगका कारणले पनि घरेलु तथा लैङ्गिक हिंसाका घटनाहरु हुन सक्छन् ।

घरपरिवार तथा समाजमा हुने गरेका लैङ्गिक हिंसा वा शोषणहरूका घटनाहरु बाहिर नल्याई भित्रभित्रै सुल्झाउने , ढाकछोप गर्ने वा उल्टै पिडितलाई दोषि देखाउने गरेको घटनाहरु समेत पाईन्छ । यस्तो कार्यले महिलाहरू भित्रभित्रै मानसिक रूपमा विक्षिप्त हुने , सधै अन्यायमा परेको महसुस गर्ने , आत्मबिस्बास गुम्ने , नैरस्यताको सिकार भई आत्महत्याको प्रयास वा आत्महत्या समेत गर्ने गरेका घटनाहरु छन ।

Nothing says quality like gender equality
Nothing says quality like gender equality

महिलामाथि हुने हिंसाका स्वरूपहरू

महिला माथी लैङ्गिक हिंसाका विभिन्न रुपहरु रहेका छन ।
बोक्सीको आरोप, यौन दुर्व्यवहार तथा छेडछाड, दाईजो प्रथा , जबर्जस्ती गर्भ पतन, छाउ प्रथा, दाईजो प्रथा , आर्थिक अधिकारबाट बन्चित गरिनु, विभिन्न किसिमका लान्छना लगाउनु, काम तथा तलबमा विभेद गर्नु । महिलाहरु माथी हुने लैङ्गिक हिंसालाइ यसरी बर्गिकरण गर्न पनि सकिन्छ ।

शरीरिक हिंसा
कुटपिट गर्ने , एसिड छ्याप्ने , घोक्र्याउने, लछारपछार गर्ने कामको बोझ थोपरेर दुःख दिने जस्ता कार्यहरु महिलाहरूमाथि हुने शारीरिक हिंसाका रुप हुन् ।

यौन हिंसा
जबरजस्ती यौन व्यवसायमा लगाउने, यौन कार्यमा लाउन किनबेच गर्ने , बलात्कार वा अन्य यौन दुव्यवहार महिलाहरूमाथि हुने यौन हिंसाका रुप हुन् ।

मानसिक हिंसा
अपशब्दको प्रयोग गर्नु, लान्छना लगाउनु, छोरी जन्माई भनेर हेला गर्नु, अर्को विवाह गर्न धम्की दिनु, बाँझो विधवाजस्ता शब्दको प्रयोग गर्नु, अरूका अगाडि होच्याउनु, इच्छा र आकाक्षा दबाउनु, दुव्र्यवहार गर्नु, चिठ्ठी टेलिफोन, इमेल इन्टरनेटबाट धम्की दिनु, ब्लाकमेलिङ्ग गर्नु, अश्लिल तस्वीर , भिडियो सार्वजनिक गर्नु मानसिक हिंसाका उदाहरण हुन् ।

परम्परागत हिंसा
बालबिवाह, बहुविवाह, दाइजो, बोक्सीको आरोप, बादी प्रथा, छाउपडी, देउकी, झुमा आदी जस्ता सामाजिक परम्परा तथा विश्वासले समेत महिलाहरू माथि हिंसा भइरहेको छ ।

डिप्रेसन कुनै मजाक हैन र यति भन्दै गर्दा आत्महत्या यसको उपाय पनि होइन

आर्थिक हिंसा
महिलालाई आर्थिक आय आर्जनको काम गर्न रोक लगाउनु, घर धन्दामा नै सीमित गर्नु, आर्थिक रूपमा आश्रित पार्नु, सम्पत्तिको हकमा अबरोध पुर्‍याउनु , समान काममा असमान ज्याला , श्रम शोषण जस्ता कुराले महिलाहरू आर्थिक रूपमा हिंसाको शिकार भइरहेका हुन्छन् ।

सामाजिक तथा राजनीतिक हिंसा
महिलाहरूलाई राजनीति वा समाजसेवामा लाग्नबाट बञ्चित गराउनु, समाजमा कार्य गर्ने अवसरहरू नदिनु, राजनीतिमा वा सामाजिक कार्यमा लागेका महिलाहरूको चरित्रहत्या गर्नु, उच्च पदमा पुग्न नदिने गरेर छेकबार लगाउनु गरेर समेत महिलाहरू माथि हिंसा भइरहेका छन् ।

लैंगिक हिंसाको परिणामका रूपमा महिलाहरूमा विभिन्न किसिमको मनोसामाजिक समस्याहरू देखापर्ने गरेकाछन् ।

लैङ्गिक हिंसाले मनोसामाजिक समस्याको जोखिम

लैङ्गिक हिंसाले मानसिक एवं मनोसामाजिक समस्याको जोखिम बढाउने गरेको बिश्व भरि गरपएका विभिन्न अध्यानहरुले देखाएको छ । नेपालमा पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सन् २०१२ मा देशका ६ जिल्लाहरुमा गरेको अध्ययन प्रतिवेदन अनुसार नौसय नमुना उत्तरदाता महिलाहरु मध्ये ४ सय ३२ जनाले लैंगिक हिंसाको अनुभव गरेको उल्लेख गरेका छन।

लैंगिक हिंसा व्यहोर्ने ४ सय ३२ जना मध्ये ६९ प्रतिशतलाई मानसिक समस्या भएको र २९ प्रतिशतमा आत्महत्या गर्ने सोंच आएको साथै ७ प्रतिशले आत्महत्याको प्रयास गरेको पाइएकोछ ।

लैङ्गिक हिंसामा परेका ब्यक्तिहरुमा विभिन्न किसिमका मानसिक तथा मनोसामाजिक समस्याका लक्षणहरु देखिने गर्दछन । मन उदास हुने, अनावश्यक डर लाग्ने, चाडो रिस उठ्ने, ज्यादै चिन्ता गर्ने, द्विविधामा पर्ने, निर्णय गर्न नसक्ने, साथी भाईहरूसँग घुलमिल, कुराकानी गर्न मन नलाग्ने,कसैलाई बिस्बास गर्न नसक्ने, विभिन्न शारिरीक समस्याहरू देखापर्ने, कमजोर हुने हुन्छन ।

कस्ता लक्षणहरु देखिएमा डिप्रेसन हुन सक्ने खतरा हुन्छ?

Our Mental Health is more important than our grade.

Tags: Dr Gopal DhakalPsychologyPsychosocial
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

कोभिड १९ को सबै रिपोर्टिंग अब IMU नेपाल बाट

Next Post

वीर अस्पतालका पदाधिकारीको कार्यकक्ष र लेखा प्रशासनमा तालबन्दी

Related articles

विवाह प्रथा वा कुप्रथा ?
Articles

विवाह प्रथा वा कुप्रथा ?

6 days ago
770
नेपालमा घट्दै प्रजनन क्षमता, समस्याको रुपमा  निःसन्तानपन
Articles

नेपालमा घट्दै प्रजनन क्षमता, समस्याको रुपमा निःसन्तानपन

1 week ago
1.2k
धुम्रपान जतिक्कै हानिकारक चिनी
Articles

धुम्रपान जतिक्कै हानिकारक चिनी

2 weeks ago
540
स्वास्थ्यकर्मीको मन…
Articles

स्वास्थ्यकर्मीको मन…

4 weeks ago
608
Menstrual pain remedies
Health

महिनावारी हुँदा हुने दुखाई- कारण, लक्षण चिन्ह तथा उपचार विधि #Dysmenorrhoea #PeriodPain

2 months ago
481
स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई‌ डाक्टरको खुला‌ पत्र‌, An open letter to MoHP Spokesperson
Articles

स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई डाक्टरको खुला पत्र

2 months ago
701
Next Post
वीर अस्पतालमा पिसिआर परीक्षण गर्ने कीट सकिएर दुई दिन देखि बन्द #Covid19

वीर अस्पतालका पदाधिकारीको कार्यकक्ष र लेखा प्रशासनमा तालबन्दी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Free HIV Testing by AIDS Healthcare Foundation NepalFree HIV Testing by AIDS Healthcare Foundation Nepal
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

Hospital discount for elderly in Nepal

नेपालका २४ अस्पतालमा ६० वर्ष माथिका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट #ElderlyCare

1 month ago
489
ब्लू क्रस हस्पिटलमा डा. रंगिना लाईकगबमद्धारा नेपालमा पहिलो पटक डे. केयर हिस्टेरेक्टोमी शल्यक्रिया सफल

ब्लू क्रस हस्पिटलमा डा. रंगिना लाईकगबमद्धारा नेपालमा पहिलो पटक डे. केयर हिस्टेरेक्टोमी शल्यक्रिया सफल

9 months ago
473
NRCS commitee 2077

Press release: Nepal Red Cross Society forms a central ad-hoc executive committee for 2020

8 months ago
472

Don't Miss

Bir Hospital

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

April 20, 2021
579
लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

April 20, 2021
631
Nepal Airlines flight

विदेशबाट आउनेले अब १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

April 19, 2021
812
कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

April 19, 2021
542
चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

April 18, 2021
1.2k
युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

April 18, 2021
684
विवाह प्रथा वा कुप्रथा ?

विवाह प्रथा वा कुप्रथा ?

April 17, 2021
770
Fighting Covid19 Together with HealthNewsNepal.com

१० वर्ष उमेर सम्मका ६ हजार ४सय ९४ मा कोरोना संक्रमण #CoronaVirus

April 17, 2021
502
दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

April 16, 2021
561
नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

April 16, 2021
812
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (41)
  • Disease (84)
  • English (26)
  • Fitness (23)
  • Health (138)
  • Lifestyle (50)
  • News (1,018)
  • Nutrition (30)
  • Research & Study (39)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In