• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Articles

परिवर्तित जीवनशैली र स्वास्थ्य

नेपाली समाजमा प्रचलनमा रहेको आयुर्वेद चिकित्सा विज्ञानले सुझाएका स्वास्थ्य रक्षाका विधिहरुको पालनाले नेपाली समाज स्वास्थ्य रहनेछ।

N Bhatta by N Bhatta
October 25, 2020
in Articles
A A
3
Dr Buddhi Prasad Poudel, Consultant Ayurveda Expert

Dr Buddhi Prasad Poudel, Consultant Ayurveda Expert

Share on FacebookShare on TwitterShare on LinkedIn

डा . बुद्धि प्रसाद पौडेल 

अहिले शहरमा सुख काट्न बसेका मानिसहरु भिटामिन ‘ डी ‘ को कमीबाट हुने समस्याबाट ग्रस्त छन् । विदेशी बनाइदिएका आौषधि खाएर शरीरलाई टेको लगाएर बसेका छन् ।

यस्तो समस्या किन भइरहेको छ त?

हामी आधुनिक भयौं । हाम्रो सुखको परिभाषा परिवर्तन भयो । बसेर खानु, काम नगर्नु; माटो, पानी, हावा, घामबाट टाढा रहन थाल्यौं । गाउँका सुन फल्ने खेतबारी बाँझो पारेर शहरमा अरुले पठाइदिएका; विषादि, रासायनिक पदार्थ, प्रिजरभेटिभ, एडिटिभ, कलरिङ्ग एजेन्ट, फ्लेभरिङ्ग एजेन्ट हालेका; लामो समय भण्डार र शीत भण्डारमा राखिएका खाना खान थाल्यौ । मूलको पानी छाडेर प्लाष्टिक बोतलमा प्याक गरिएका पानी पिउन थाल्यौ । सन्फ्लावर र रिफाइन्ड तेलको निकै प्रचारका साथ भान्सामा भित्र्यायौं । नेपाली तोरीको तेल र नेपाली ध्यू माथि ठूलो डर सिर्जना गर्ने भ्रम छर्यौं । पर्फ्यूम छर्केर बसाएर हिड्न थाल्यौ । भित्र शरीर खोक्रो भए पनि ब्यूटिपार्लर गएर लिपपोत गरि नक्कली सुन्दरता देखाउन थाल्यौ । कलिलो घाम हुने देशमा मरुभूमी देशका लागि बनाइएको Sunscreen Cream लगाएर विदेशीकै व्यापार बढाइरह्यौं । मनोरन्जन र मित्रतालाई मधपान सित जोड्यौं । बहुसंख्यक नेपालीहरुको कलेजोले ती मधपानीहरुलाई सरापिरहेको छ।

युवाहरुलाई रेमिट्यान्स भित्र्याउने बहानामा विदेश तिर धपायौं । राम्रो भन्दा हाम्रो मान्छेलाई प्राथमिकता दिने संस्कृतिलाई मलजल गरि राम्रा नागरिकहरु ब्रेनड्रेन गराएर विदेशतिरै पठायौ । छिटो धनी हुने सूत्रको प्रतिपादन गरेर राम्रो खेती हुने राम्रा गराहरु प्लटिङमा सिद्धायौं ।

अरुका गोठालो बन्नु मै नयाँ बहादुरी स्थापित गर्यौ । यहि बहादुरी देखाएर धर्म, संस्कृति, परम्परा, चालचलन, खानपान विधि, आयुर्वेद जीवनशैली बिगार्न उद्धत भयौ। आफू र आफ्नाहरु मात्र सप्रिने संस्कृतिको सूत्रपात गर्यौं । जनताहरुलाई भेडाबाख्रा को नजरले हेर्न थाल्यौं । आफू, आफ्नोपन र आफ्नो धनलाई अवमूल्यन गर्दै अघि बढि रह्यौं।

यी त भए नेपाल जननीले टुलुटुलु हेरिरहेका आम विकृति ।

अब कुरा गरौं शुरुमा उठान गरिएको विषय वस्तुतिर –
हामीले खाने भिटामिन दुई थरिका हुन्छन्:

१. पानीमा घोलिने ।
२. चिल्लोमा घोलिने ।

अहिले शहरीयाहरुमा कमी देखिने गरेको भिटामिन डी चिल्लो पदार्थमा घोलिने भिटामिनको वर्गमा पर्दछ ।

दूधलाई भक्भकी उमालेर दारको ठेकीमा दही जमाएर सो दहीलाई दारको ठेकोमा मथेर बनाएको घ्यू भिटामिन डी घुल्ने सबैभन्दा राम्रो चिल्लो पदार्थ हो ।

तर अहिले नेपाली समाजमा “घ्यूफोबिया” को अवस्था सिर्जना गरिएको छ । एकातिर घ्यू खायो कि मुटुको रोग हुन्छ, ब्लडप्रेसर बढ्छ, हर्ट अट्याक हुन्छ भन्ने भ्रम व्यापक बनाइएको छ भने अर्कोतिर बजारमा पाइने घ्यू काँचो दुधबाट क्रिम निकालेर बनाइएको छ । त्यसमा साबुन लगायतका अन्य मिसावटयुक्त पदार्थको संमिश्रण छ।

आयुर्वेद चिकित्सा विज्ञानले नेपाली परम्परागत विधिबाट तयार पारिएको घ्यूलाई उत्तम स्मृतिवर्धक; नशा, मांशपेशी, हाडजोर्नीको स्वास्थ्यका लागि उत्तम खाना मानेको छ।

परम्परागत तरीकाबाट घ्यू बनाउने प्रकृयाबाट निर्मित तक्र (मोही) पाचन प्रणालीको स्वास्थ्य (Gastrointestinal Health) का लागि उत्तम मानेको छ । सधैं खानापछि नेपाली परम्परागत तरीकाबाट बनाइएको तक्र(मोही) पिउनाले अहिलेका मानिसहरुमा Enterogenic Antigenicity का कारण भइरहेका Autoimmune Diseases जस्तै आमवात (Rheumatoid Arthritis), दम( Bronchial Asthma), Allergies, Cancer रोगहरुको रोकथाम गर्न सकिन्छ।

हाम्रो छालामुनि एक प्रकारको रसायन हुन्छ जुन घामको किरण ले सक्रिय हुन्छ । जस्ले गर्दा शरीरमा हुने भिटामिन डी को व्यापारमा उपयोगी सिद्ध भै यसको कमी हुनबाट जोगाउछ।
आयुर्वेदको सिद्धान्तले बताए अनुसारको विधिले तयार पारेको घ्यू सानो चम्चाको १-१ चम्चा बिहानबेलुका तात्तातो भात वा रोटीमा लगाएर खाने र शरीरको‌ ९०% हिस्सामा पर्ने गरि बिहान ७ बजे देखि ९ बजेसम्मको घाम ताप्ने गरेमा भिटामिन डी को कमीबाट हुने समस्याबाट पीडित हुनु पर्दैन र विदेशीलाई पैसा पोसिरहनुपर्दैन र आफ्नो स्वास्थ्य पनि राम्रो हुन्छ।

आयुर्वेद जीवनशैली अपनाऔँ । बैद्दिक खानपिन विधिले सुझाएका कुराहरुको पालना गरौं ।
प्रकृतिप्रेमी बनौं।

स्वस्थ रहने विधिबारे सचेत बनौं । उपचारमा हुने खर्चबाट बचौं ।

Ayurveda options
Ayurveda options

नेताहरुलाई चुनौति:

१. हाम्रा होइन राम्राहरुको प्रयोग गरौं ।

२. विदेशमा जाने युवालाई स्वदेशमै कमाई छ भन्ने सिकाऔं ।

३. नेपालीलाई चाहिने भुटन शुद्ध नेपाली तोरीको तेल र घ्यूमा आत्मनिर्भर बनाउने योजना ल्याऔं । आयातित मिसावटयुक्त सनफ‌्लावर र रिफाइन‌्ड तेलको आयात प्रतिस्थापन गरौं ।

४. दारका ठेकी तारे होटलका काउन्टरमा होइन हरेक नागरिकको घर-घरमा दुध,दही मही राख्ने गरि सचेतनामुलक कार्यक्रम र दार रोप्ने कार्यक्रम चलाऔं ।

५. विदेशीले पठाएको ओमेगा चिल्लोको क्याप्सुल होइन हाम्रो परम्परागत विधिले बनाएको घ्यूको प्रर्वद्धन गरौं ।

६. जलश्रोतको धनी देशमा हरेक नागरिकलाइ प्लास्टिक प्याकिङ को होइन मूलको पानी पिउन पाउने सुनिश्चितता गरौ ।

७. नेपाली भान्सामा कोक, फेन्टा, डिउ, रेडबुल, रियो, फ्रुटी जस्ता पेयको सट्टामा दुध,दही, मही संस्कृतितिर तथा फास्ट फुड, जङ्क फूडको सट्टामा नेपाली पवित्रभूमिमा उब्जेका Wholesome Food सेवन गर्ने संस्कृतितिर फर्काउन आम नागरिकमा सचेतनामूलक कार्यक्रम संचालन गरौं ।

८. नसर्ने रोगको एक प्रमुख कारण मधपान कम गराउन दिनमा २ घण्टा मात्र मदिरा बेच्न पाउने कानूनी व्यवस्था गरौ ।

९. बढ्दो मानसिक समस्याको हल गर्न तथा आत्महत्या जस्ता बढोत्तरी भैरहेका समस्यामा कमी ल्याउन मनप्रशमन गर्ने खालका संगीत,भजन, मन्त्रहरु बिहान बेलुका हरेक सार्वजनिक यातायात, होटल, रेष्टुरेन्टहरुमा बजाउन बाध्यकारी कानूनी व्यवस्था गरौं ।

१०. भेन्टिलेटर, आइ. सि. यु. र डायलाइसिस सेन्टरहरुको स्थापना बढाउदै गर्दा आयुर्वेद जीवनशैली, वैदिक खानपान विधिको सचेतना फैलाइ त्यस्ता सेन्टरसम्म पुग्नै नपर्ने अवस्था सिर्जना गर्न आयुर्वेद चिकित्सक र आयुर्वेद
स्वास्थ्य संस्थाको कभरेज बढाउदैं लगौं र आयुर्वेद कर्मीहरुलाई उच्चसम्मान र मनोवलका साथ काम गर्ने वातावरण सिर्जना गरौं।

Tags: Ayurvedavitamin D
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

नेपालमा असोज ९ गते थप १३१३ जनामा कोरोनाको पुष्टि हुदाँ १४५५ जना डिस्चार्ज

Next Post

फेरि थपिए असोज १० गते काठमाडौं उपत्यकामा मात्रै ७२४ जना, देशभर १२०७ #Covid19

Related articles

भ्याक्सिनले निर्मूल पार्न सकिने क्यान्सर : पाठेघरको मुखको क्यान्सर #CervicalCancer
Articles

भ्याक्सिनले निर्मूल पार्न सकिने क्यान्सर : पाठेघरको मुखको क्यान्सर #CervicalCancer

4 weeks ago
555
के हो ड्राई निडलिंग पद्दतिको उपचार? #Dryneedling
Articles

के हो ड्राई निडलिंग पद्दतिको उपचार? #Dryneedling

4 weeks ago
457
जाडोमा छाला जोगाउन डा.विकास पैाडेलको सल्लाह #ColdSeason
Articles

जाडोमा छाला जोगाउन डा.विकास पैाडेलको सल्लाह #Coldseason

4 weeks ago
617
के मसला साँच्चिकै ‌स्वास्थ्यको लागि हानिकारक हो ? #masalaSideEffect
Articles

के मसला साँच्चिकै ‌स्वास्थ्यको लागि हानिकारक हो ? #masalaSideEffect

1 month ago
420
✍️ डा.दीपेन्द्र कार्की
Articles

मधुमेह किन लाग्छ ? यसबाट बच्न के गर्न सकिन्छ? #Diabetes

1 month ago
436
Impact of Covid 19 on Dental Health Dr Purna
Articles

कोभिड–१९ महामारीको चपेटामा दन्तचिकित्सा #COVID19 #DentalMedicine

2 months ago
447
Next Post
काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै ३ सय भन्दा बढीमा कोरोना संक्रमण

फेरि थपिए असोज १० गते काठमाडौं उपत्यकामा मात्रै ७२४ जना, देशभर १२०७ #Covid19

Comments 3

  1. Pingback: 💪 प्रतिरक्षा प्रणाली बलियो बनाउने १५ प्राकृतिक विधि #BoostImmunity • Health News Nepal
  2. Pingback: कलेजोको मोटोपन कारण र समाधान #LiverHealth #FattyLiver • Health News Nepal
  3. Pingback: अमलाको पौराणिक एवं आयुर्वेदिक महत्व #Amla • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

दुबई बाट आएका २१ वर्ष युवकमा र्‍यापिड टेष्टमा पोजेटिभ  #Covid19

दुबई बाट आएका २१ वर्ष युवकमा र्‍यापिड टेष्टमा पोजेटिभ #Covid19

9 months ago
401
सातै प्रदेशमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको शाखा कार्यालय खोलिँदै #HealthResearch

सातै प्रदेशमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको शाखा कार्यालय खोलिँदै #HealthResearch

3 weeks ago
424
सुदुरपश्चिममा थप ३६ सहित कुल संक्रमितको संख्या ५ हजार ७ सय नाघ्यो

काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै ४८१ जनामा कोरोनाको पुष्टि #Covid19

5 months ago
401

Don't Miss

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

January 23, 2021
453
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि टिकट लिन सकिने #TeachingHospital

January 22, 2021
543
कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

January 22, 2021
425
Covishield-vaccine

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

January 21, 2021
1k
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

January 21, 2021
461
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

January 19, 2021
533
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

January 19, 2021
787
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

January 17, 2021
816
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

January 16, 2021
781
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

January 16, 2021
508
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (875)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In