आज मिति : २०८० आश्विन ११
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

जटिल रोग , सघन उपचार कक्ष र भेन्टिलेटर !

HNN Staff by HNN Staff
June 12, 2020
in News
A A
10
जटिल रोग , सघन उपचार कक्ष र भेन्टिलेटर!
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

प्रा.डा.लक्ष्मी पाठक,

शरीरका प्रत्येक अंगहरुका आ-आफ्नै महत्त्वपूर्ण कार्य र काम गर्ने प्रक्रिया हुन्छ। एउटा अंगको काम अर्को अंग संग सम्बन्धित हुन्छ।त्यसैले एउटा अंगलाई समस्या परे अन्य अंगहरुमा पनि असर पर्न जान्छ। जस्तैः किड्नीको काम शरीरमा बढी भएको पानी र अनावश्यक उत्पादित हानिकारक तत्त्व पिशाब बनाएर फाल्नु हो। किड्नीमा समस्या भइ काम गर्न नसकेमा शरीरमा पानी जम्मा हुने , शरीर सुन्निने मात्र नभई मुटु फेल पनि हुन सक्छ। हानिकारक तत्त्व बढी हुँदै गएमा ब्रेनलाई शुस्त बनाउने र बिरामीलाई अर्धचेत वा अचेत पनि बनाउन सक्छ।

त्यस्तै फोक्सोले बाहिर बाट हामीले लिएको अक्सिजन (O2)रगतलाई दिने र रगतबाट हानिकारक कार्वन डाइअक्साइड (CO2) ग्यास आफुले लिएर बाहिर फ्याक्न मद्दत गर्दछ। यसरी फोक्सोले दिएको अक्सिजन मिसिएको रगत मुटुमा जम्मा हुन्छ ! यो अक्सिजन तथा अन्य आवश्यक पौष्टिक तत्त्वहरु भएको रगतलाई मुटुले पम्प गरि शरीरको विभिन्न भागमा पुर्याउन मद्दत गर्छ। त्यसैगरी ब्रेनले शुस्म नशाहरु मार्फत शरीरका विभिन्न अंगहरुको कार्य सम्पादनलाई कन्ट्रोल गर्ने गर्दछ।हाम्रो शरीरका सम्पुर्ण अंगहरुको कार्यशैली नियमित र ठिक भएको अवस्थामा हामी स्वस्थ रहन्छौ ।

सघन उपचार कक्षमा (ICU) जटिल रोगका वा क्रिटिकल अवस्थाका बिरामीहरुलाई उपचार गरिन्छ। धेरै जसो भर्ना हुने बिरामीहरु टाउकामा चोट लागेका वा नसा फुटेका, स्ट्रोकका, गाडी दुर्घटनामा परेका, निमोनिया, दम, डाइबेटिज किटोएसिडोसिस वा कोमा का, खेतबारीमा प्रयोग हुने केमिकल सेवन गरेका (पोइजिनिङ्ग), कम्लिकेटेड प्रसुती, मेजर सर्जरी, छारे रोग, टिटनस, मल्टिअर्ग्यान डिस्फङ्क्सन आदि समस्या भएका हुन्छन् । यस्ता जटिल बिरामीहरुलाई राम्रो नर्सिङ केयर र प्रत्येक पल पलको भाइटल साइन मोनिटरिङ्गको आवश्यकता पर्दछ।

बिरामी आफुले प्रयाप्त अक्सिजन लिइ फोक्सोमा पुर्याउन नसक्दा वा फोक्सो संक्रमण हुँदा शरीरमा अक्सिजनको कमि हुँदै जाने र अन्त्यमा मृत्यु पनि हुन सक्ने हुनाले यस्ता बिरामीलाई कृत्रिम श्वास प्रस्वास मेसिनको आवश्यकता पर्दछ। नाक वा फेसमा राखिने पाइप वा मास्कको मद्दतले न्यूनतम आवश्यक मात्रामा अक्सिजन लिन सक्दा वा हानिकारक कार्वन डाइअक्साइड ग्यास लाई शरीरबाट बाहिर फ्याक्न सक्दा यो मेसिनमा जोड्न आवश्यक पर्दैन ।यसरी फोक्सोको जस्तो काम गर्ने मेसिनलाई भेन्टिलेटर (Ventilator) भनिन्छ ।अर्को भाषामा भन्दा यसले बिरामिको फोक्सोमा अक्सिजन पुर्‍याइ फोक्सोमा जम्मा भएको कार्वन डाइअक्साइड लाई शरीरबाट बाहिर फ्याक्न मद्दत गर्दछ । कार्वन डाइअक्साइड ग्यास शरीरमा जम्मा भएमा बिरामि बेहोस हुने संभावना हुन्छ ! कार्वन डाइअक्साइड बाहिर फ्याक्न गाह्रो हुने फोक्सोको एक किसिमको रोगलाई COPD भनिन्छ।

आइसियूमा कार्यरत चिकित्सकले बिरामीको स्वास्थ्य अवस्था, फोक्सोको संक्रमण र जाँचका रिपोर्टहरु हेरी भेन्टिलेटरको सेटिङ्ग त्यसै अनुसार मिलाएका हुन्छन् । भेन्टिलेटरलाई दुई किसिमले प्रयोग गरिन्छ।

1) नन इन्भेसिभ तरिकामा यो मेसिनलाई फेस मास्क संग जोडि बिरामिलाई श्वास प्रस्वास गराउन सपोर्ट गरिन्छ ।

2) इन्भेसिभ तरिकामा बिरामीको स्वासप्रस्वासको नलिमा पाइप राखी (endotracheal intubation) वा घाँटीको अगाडिको भागमा प्वाल (tracheostomy) बनाइ मेसिन सङ्ग जोडिन्छ।

सघन उपचार कक्षमा गरिने जतिपनी इन्भेसिभ कार्यहरु हुन्छन्, ती सबै कार्य गर्नु अघि बिरामीका नजिकका आफन्तको लिखित मन्जुरीनामाको (Written Consent) आवश्यक पर्दछ। धेरै आफन्तहरुले मन्जुरीनामा दिन हिचकिचाउने वा अरु आफन्तहरु संग सर-सल्लाह गरि मात्र निर्णय लिन्छु भन्ने हुँदा धेरै समय खेर गइरहेको हुन्छ र बिरामीको अवस्था झनै नाजुक भैराखेको हुन्छ । सघन उपचार कक्ष खर्चिलो हुने हुँदा धेरै आफन्तहरु आर्थिकका साथ -साथै मानसिक र परिवारिक समस्याले घेरिएका पनि हुन्छन । धेरैले त भेन्टिलेटरमा राख्नु भनेको मृत्यु नजिकको अन्तिम अवस्था हो भन्ने सोच्नु हुन्छ र घरमा लग्ने, तुलसीको मोठ नीर सुताउने, पानी जल खुवाउने वा आ-आफ्नो धर्म संस्कार अनुसार कार्य गर्नुपर्ने कुरा बताउनु हुन्छ।स्वास्थ्य सुधारको 100% ग्यारेन्टी दिन नसकिने हुँदा आफन्तका यस्ता सबै कुराहरु सुन्दा निरीह भई मनमनै रुनु बाहेक हामीलाई अर्को विकल्प हुँदैन। हामी चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामी बचाउने कोशिश गर्ने हो र सधैं गरीरहने छौं!

यसरी सघन उपचार कक्षमा उपचार गरिरहेका जटिल बिरामीहरुका आफ्नो शरीरको रोग सङ्ग लड्न सक्ने क्षमताको (immunity) निकै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ! भेन्टिलेटर जोड्दैमा सबै बिरामी बाची हाल्ने पनि होईन ! तर यसले फोक्सोको काम गरि फोक्सोको संक्रमण वा रोगलाई औषधिले निको पार्न समय दिन्छ, संक्रमित फोक्सोको कामको बोझ कम गर्छ । प्रत्येक दिनको अवस्था हेरी बिरामीलाई कति समय आइसियूमा राख्नुपर्ने, मेसिनमा जोडेर राख्नुपर्ने वा मेसिनको सपोर्ट कम गर्ने भन्ने निर्णय गरिन्छ।

श्वास प्रस्वास संग सम्बन्धित र सघन उपचार कक्ष भित्र उपचारमा खटिएर चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु अहिले यो कोभिड१९ संक्रमणको अति नै उच्च जोखिममा पर्दछ्न !

चिकित्सक, नर्स र आफन्तहरुले कोशिश गर्दागर्दै पनि बिरामीको मृत्यु हुन सक्दछ । मुटुको धड्कन बन्द हुनुलाई असिष्टोल (Asystole) भनिन्छ । मुटु नधड्किएपछी शरीरका महत्त्वपूर्ण अंगमा अक्सिजन पुग्दैन र ती अंगहरु पनि मर्न सक्दछ्न। यस्तो हुँदा कार्डियो-पल्मोनरी रिससिटेशन (CPR ) गरिन्छ । यो बिरामीको छातीमा प्रेसर दिई मुटुको चाल र रक्त संचार सुचारू गराउन कोशिश गर्ने तरिका हो। CPR गर्दा कहिलेकाहीँ करङ्ग को हाड भाचिन्छ (Rib fracture)पनि हुन सक्दछ। सिपिआर गराएर सबै बिरामीलाई बचाउन सकिँदैन तर धेरै बिरामीहरु मृत्युको मुखबाट फर्की निको भै हिडिरै घर जानू भएको छ।त्यसैले सिपिआर लाई “लाइभ सेभिङ्ग” प्रबिधि मानिन्छ।

Received 2723115301250710सघन उपचार कक्षमा अर्को अप्ठ्यारो अवस्था भनेको `ब्रेन डेथ (Brain death)´ हो । यो अवस्थामा बिरामी होसमा नहुने र आफैं श्वास फेर्ने बेल्कुलै नसक्ने हुन्छ तर भेन्टिलेटरबाट कृत्रिम स्वासप्रस्वास सुचारू हुँदा सम्म बिरामीको मुटु चलिरहन्छ ! यसरी मुटु कहिलेसम्म चल्छ भन्ने कुराको अनुमान गर्न निकै कठिन हुन्छ। कृत्रिम स्वासप्रस्वास बन्द गरीदिएमा मुटुको चाल पनि आफैं बन्द हुन्छ । मुटुको चाल बन्द नभए मृत्यु घोषणा गर्न सकिदैन ! त्यसैले यस्तो ब्रेन डेथको अवस्थामा बिरामीको मृत्यु भयो भन्नु पनि नमिल्ने र बिरामी ठिक पनि नहुने हुँदा चिकित्सक र आफन्तलाई बुझ्न-बुझाउन धेरै गाह्रो हुन्छ। यो अवस्था बिरामीका शरीरका अंगहरु दान (Organ Donation) गर्ने उचित समय मानिन्छ।

हामी सघन उपचार कक्षका चिकित्सकलाई वा यो सेवा दिने अस्पतालहरुलाई धेरै आरोप लाग्ने पनि गर्दछ। बिरामीलाई छाती थिचेर मार्यो, पैसा कमाउन भेन्टिलेटरमा राख्यो, मरेपनी मेसिनमा राखेर पैसा कमाउन खोज्यो आदि इत्यादि । मृत्यु भएको मानिसलाई मेसिनले अक्सिजन दिएर मात्र कहाँ हुन्छ र जबकि शरीरमा रक्तसञ्चार नै रोकिएको हुन्छ ।सबै अंगहरुको काम बन्द भैसकेको हुन्छ । अनि यो भेन्टिलेटरले दिएको अक्सिजन के काम लाग्यो र ! रक्तसञ्चार नै नभएको मृत शरीर कडा क्करक्क नहोला र ! चिसो नहोला र ! दुर्गन्ध नआउला र ! हामी पनि आफ्नो बिरामीलाई निको होस भनी भगवान संग प्राथना गरिरहेका हुन्छौं । स- साना बिरामी देखे आफ्नो छोराछोरी भाइबहिनी जस्तो लाग्छ भने ठुला बुढा देख्दा आफ्नै आमाबुबा हजुरआमा, हजुरबुवा जस्तो लाग्दछ । चिकित्सककै आफन्त र चिकित्सक स्वयंम त्यहीँ सघन उपचारका बेडमा सुत्नुपर्ने अवस्था नआउने त होईन नि ! बिरामीलाई सघन उपचार कक्षबाट डिस्चार्ज गर्दा हाम्रो आँखा पनि खुशीले रसाउने गर्दछ ।

आज यो सानो जानकारी सरल भाषामा हजुरहरु सबै समक्ष पुर्याउने हेतुले लेखेको छु। आशा छ , हजुरहरुको लागि यो अत्यन्त लाभदायक रहने छ।

अन्तमा : बिरामीको अवस्था सम्बन्धि नबुझेका मनमा उब्जेका कुराहरु सम्बन्धित चिकित्सकलाई सोध्नुपर्छ।केही चित्त नबुझ्ने वा केही सल्लाह सुझाव दिन मन लागेमा अस्पताल प्रशासनमा सम्पर्क गर्नुपर्दछ । यसो गर्दा स्वास्थ्य सेवालाई अझ बढी चुस्त र गुणस्तरीय बनाउन मद्दत पुग्दछ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कुटपिट गर्ने र स्वास्थ्य संस्थामा बन्द हडताल तोडफोड गर्ने कार्यले कहिले कसैको भलो हुँदैन । उपचारमा लापरबाही भए जस्तो लागेमा कानुनीबाटो अपनाउन सकिन्छ । चिकित्सक तथा स्वास्थ्य संस्थाहरुलाई हेर्ने दृष्टिकोण बदलिनु आवस्यक छ । हामी चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई अघि बढ्न उच्च मनोबलको खाचो छ। हामी सबै मिलाएर राम्रोको लागि अघि बढ्दै जानुपर्छ र जाने नै छौँ भन्ने कुरामा म विश्वस्त छु ।

धन्यवाद !

डा. पाठक पहिले यू सि एम एस भैरहवामा मेडिकल सुपरिटेन्डेन्ट भई कार्य गर्नु भएको थियो र हाल प्रोफेसरको रुपमा कार्यरत हुनुहुन्छ ।

#Covid19 #patients #Bhairahawa Medical College #Doctor #Health Workers

 

Tags: News
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

आन्दोलनरत आदरणीय मित्रहरुलाई हार्दिक अनुरोध : डा. रवीन्द्र पाण्डे

Next Post

अहिलेसम्मकै उच्च ४४८ जनामा कोरोनाको संक्रमण , सन्क्रमितको संख्या ५ हजार नाघ्यो #Covid19

Related articles

सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो
News

सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो

1 day ago
988
ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना #grandehospital
News

ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना #GrandeHospital

1 day ago
872
डेंगुको संक्रमण ७२ जिल्लामा फैलियो
News

सुदूरपश्चिममा डेङ्गुबाट आठ सय बढी सङ्क्रमित #Dengue

1 day ago
791
डाक्टर कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन
News

डाक्टर कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन

2 days ago
828
महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल असोज १२ बाट सुरु हुने
News

महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल असोज १२ बाट सुरु हुने

2 days ago
783
World pharmacists day illustration
News

नेपालमा फार्मेसी क्षेत्रका सम्भावना र चुनौतीहरु #Pharmacists

3 days ago
868
Next Post
Novel coronavirus (covid-19) media briefing #covid-19

अहिलेसम्मकै उच्च ४४८ जनामा कोरोनाको संक्रमण , सन्क्रमितको संख्या ५ हजार नाघ्यो #Covid19

Comments 10

  1. Avatar of dilip bhattarai Dilip Bhattarai says:
    3 years ago

    Liked your article very much. It’s informative and written in simple language as non medical person also can understand easily. Thans for providing so many information especially about the function of Ventilater.

    Reply
  2. Avatar of कमल खड्का कमल खड्का says:
    3 years ago

    सरल भाषामा धेरै नै महत्त्वपुर्न जानकारी
    आसा छ धेरै सर्बसाधारणहरुको लागि निकै उपयोगी हुनेछ
    जानकारीको लागि धन्यवाद डाक्टरसाब 🙏🙏🙏

    Reply
  3. Avatar of कमल खड्का कमल खड्का says:
    3 years ago

    Nice one ma´am very informative n in simple language

    Reply
  4. Avatar of shiva prasad acharya Shiva Prasad acharya says:
    3 years ago

    सर्वसाधारणलाई भेन्टीलेटरकाे बारेमा पर्याप्त जानकारी नहुनु र भेन्टीलेटरमा राखेपछि बिरामीकाे अवस्था काे सम्वन्धमा अाफन्तलाई सहि सुचना नहुनुले पनि समस्या आउने गरेकाे छ । लेख समग्रमा जानकारीमुलक छ । जानकारीमुलक रचनाकाे लागि डक्टरसाहब लाई धेरै धेरै धन्यबाद ।

    Reply
  5. Pingback: परिवर्तित जीवनशैली र स्वास्थ्य • Health News Nepal
  6. Pingback: उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने #COVID19 • Health News Nepal
  7. Pingback: लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.राजेन्द्र खनालले सिर्जना गरे कोरोना संक्रमितको गीत #Lumbenihospita
  8. Pingback: ४४ वर्ष पछि धादिङ अस्पतालमा भेन्टिलेटर सहित आइसियु सेवा सुरु #Dhadinghospital • Health News Nepal
  9. Pingback: इसेन्सियल क्रिटिकल केयर सम्बन्धि दुई दिने तालिम सम्पन्न #CriticalTraining • Health News Nepal
  10. Pingback: फोक्सोलाई स्वस्थ राख्ने १० वटा टिप्स • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Rastriya beema company insurance
Denguee awareness Shukraraj Tropical hospital
Dengue niyantran awareness message District Hospital Bajhang
Dengue niyantran awareness message Bajhang Health Office
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (41)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,137)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...