Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

जटिल रोग , सघन उपचार कक्ष र भेन्टिलेटर !

HNN Staff by HNN Staff
June 12, 2020
in News
Reading Time: 1 min read
A A
10
जटिल रोग , सघन उपचार कक्ष र भेन्टिलेटर !
805
SHARES
3.4k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

प्रा.डा.लक्ष्मी पाठक,

शरीरका प्रत्येक अंगहरुका आ-आफ्नै महत्त्वपूर्ण कार्य र काम गर्ने प्रक्रिया हुन्छ। एउटा अंगको काम अर्को अंग संग सम्बन्धित हुन्छ।त्यसैले एउटा अंगलाई समस्या परे अन्य अंगहरुमा पनि असर पर्न जान्छ। जस्तैः किड्नीको काम शरीरमा बढी भएको पानी र अनावश्यक उत्पादित हानिकारक तत्त्व पिशाब बनाएर फाल्नु हो। किड्नीमा समस्या भइ काम गर्न नसकेमा शरीरमा पानी जम्मा हुने , शरीर सुन्निने मात्र नभई मुटु फेल पनि हुन सक्छ। हानिकारक तत्त्व बढी हुँदै गएमा ब्रेनलाई शुस्त बनाउने र बिरामीलाई अर्धचेत वा अचेत पनि बनाउन सक्छ।

त्यस्तै फोक्सोले बाहिर बाट हामीले लिएको अक्सिजन (O2)रगतलाई दिने र रगतबाट हानिकारक कार्वन डाइअक्साइड (CO2) ग्यास आफुले लिएर बाहिर फ्याक्न मद्दत गर्दछ। यसरी फोक्सोले दिएको अक्सिजन मिसिएको रगत मुटुमा जम्मा हुन्छ ! यो अक्सिजन तथा अन्य आवश्यक पौष्टिक तत्त्वहरु भएको रगतलाई मुटुले पम्प गरि शरीरको विभिन्न भागमा पुर्याउन मद्दत गर्छ। त्यसैगरी ब्रेनले शुस्म नशाहरु मार्फत शरीरका विभिन्न अंगहरुको कार्य सम्पादनलाई कन्ट्रोल गर्ने गर्दछ।हाम्रो शरीरका सम्पुर्ण अंगहरुको कार्यशैली नियमित र ठिक भएको अवस्थामा हामी स्वस्थ रहन्छौ ।

सघन उपचार कक्षमा (ICU) जटिल रोगका वा क्रिटिकल अवस्थाका बिरामीहरुलाई उपचार गरिन्छ। धेरै जसो भर्ना हुने बिरामीहरु टाउकामा चोट लागेका वा नसा फुटेका, स्ट्रोकका, गाडी दुर्घटनामा परेका, निमोनिया, दम, डाइबेटिज किटोएसिडोसिस वा कोमा का, खेतबारीमा प्रयोग हुने केमिकल सेवन गरेका (पोइजिनिङ्ग), कम्लिकेटेड प्रसुती, मेजर सर्जरी, छारे रोग, टिटनस, मल्टिअर्ग्यान डिस्फङ्क्सन आदि समस्या भएका हुन्छन् । यस्ता जटिल बिरामीहरुलाई राम्रो नर्सिङ केयर र प्रत्येक पल पलको भाइटल साइन मोनिटरिङ्गको आवश्यकता पर्दछ।

बिरामी आफुले प्रयाप्त अक्सिजन लिइ फोक्सोमा पुर्याउन नसक्दा वा फोक्सो संक्रमण हुँदा शरीरमा अक्सिजनको कमि हुँदै जाने र अन्त्यमा मृत्यु पनि हुन सक्ने हुनाले यस्ता बिरामीलाई कृत्रिम श्वास प्रस्वास मेसिनको आवश्यकता पर्दछ। नाक वा फेसमा राखिने पाइप वा मास्कको मद्दतले न्यूनतम आवश्यक मात्रामा अक्सिजन लिन सक्दा वा हानिकारक कार्वन डाइअक्साइड ग्यास लाई शरीरबाट बाहिर फ्याक्न सक्दा यो मेसिनमा जोड्न आवश्यक पर्दैन ।यसरी फोक्सोको जस्तो काम गर्ने मेसिनलाई भेन्टिलेटर (Ventilator) भनिन्छ ।अर्को भाषामा भन्दा यसले बिरामिको फोक्सोमा अक्सिजन पुर्‍याइ फोक्सोमा जम्मा भएको कार्वन डाइअक्साइड लाई शरीरबाट बाहिर फ्याक्न मद्दत गर्दछ । कार्वन डाइअक्साइड ग्यास शरीरमा जम्मा भएमा बिरामि बेहोस हुने संभावना हुन्छ ! कार्वन डाइअक्साइड बाहिर फ्याक्न गाह्रो हुने फोक्सोको एक किसिमको रोगलाई COPD भनिन्छ।

आइसियूमा कार्यरत चिकित्सकले बिरामीको स्वास्थ्य अवस्था, फोक्सोको संक्रमण र जाँचका रिपोर्टहरु हेरी भेन्टिलेटरको सेटिङ्ग त्यसै अनुसार मिलाएका हुन्छन् । भेन्टिलेटरलाई दुई किसिमले प्रयोग गरिन्छ।

1) नन इन्भेसिभ तरिकामा यो मेसिनलाई फेस मास्क संग जोडि बिरामिलाई श्वास प्रस्वास गराउन सपोर्ट गरिन्छ ।

2) इन्भेसिभ तरिकामा बिरामीको स्वासप्रस्वासको नलिमा पाइप राखी (endotracheal intubation) वा घाँटीको अगाडिको भागमा प्वाल (tracheostomy) बनाइ मेसिन सङ्ग जोडिन्छ।

सघन उपचार कक्षमा गरिने जतिपनी इन्भेसिभ कार्यहरु हुन्छन्, ती सबै कार्य गर्नु अघि बिरामीका नजिकका आफन्तको लिखित मन्जुरीनामाको (Written Consent) आवश्यक पर्दछ। धेरै आफन्तहरुले मन्जुरीनामा दिन हिचकिचाउने वा अरु आफन्तहरु संग सर-सल्लाह गरि मात्र निर्णय लिन्छु भन्ने हुँदा धेरै समय खेर गइरहेको हुन्छ र बिरामीको अवस्था झनै नाजुक भैराखेको हुन्छ । सघन उपचार कक्ष खर्चिलो हुने हुँदा धेरै आफन्तहरु आर्थिकका साथ -साथै मानसिक र परिवारिक समस्याले घेरिएका पनि हुन्छन । धेरैले त भेन्टिलेटरमा राख्नु भनेको मृत्यु नजिकको अन्तिम अवस्था हो भन्ने सोच्नु हुन्छ र घरमा लग्ने, तुलसीको मोठ नीर सुताउने, पानी जल खुवाउने वा आ-आफ्नो धर्म संस्कार अनुसार कार्य गर्नुपर्ने कुरा बताउनु हुन्छ।स्वास्थ्य सुधारको 100% ग्यारेन्टी दिन नसकिने हुँदा आफन्तका यस्ता सबै कुराहरु सुन्दा निरीह भई मनमनै रुनु बाहेक हामीलाई अर्को विकल्प हुँदैन। हामी चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामी बचाउने कोशिश गर्ने हो र सधैं गरीरहने छौं!

यसरी सघन उपचार कक्षमा उपचार गरिरहेका जटिल बिरामीहरुका आफ्नो शरीरको रोग सङ्ग लड्न सक्ने क्षमताको (immunity) निकै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ! भेन्टिलेटर जोड्दैमा सबै बिरामी बाची हाल्ने पनि होईन ! तर यसले फोक्सोको काम गरि फोक्सोको संक्रमण वा रोगलाई औषधिले निको पार्न समय दिन्छ, संक्रमित फोक्सोको कामको बोझ कम गर्छ । प्रत्येक दिनको अवस्था हेरी बिरामीलाई कति समय आइसियूमा राख्नुपर्ने, मेसिनमा जोडेर राख्नुपर्ने वा मेसिनको सपोर्ट कम गर्ने भन्ने निर्णय गरिन्छ।

श्वास प्रस्वास संग सम्बन्धित र सघन उपचार कक्ष भित्र उपचारमा खटिएर चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु अहिले यो कोभिड१९ संक्रमणको अति नै उच्च जोखिममा पर्दछ्न !

चिकित्सक, नर्स र आफन्तहरुले कोशिश गर्दागर्दै पनि बिरामीको मृत्यु हुन सक्दछ । मुटुको धड्कन बन्द हुनुलाई असिष्टोल (Asystole) भनिन्छ । मुटु नधड्किएपछी शरीरका महत्त्वपूर्ण अंगमा अक्सिजन पुग्दैन र ती अंगहरु पनि मर्न सक्दछ्न। यस्तो हुँदा कार्डियो-पल्मोनरी रिससिटेशन (CPR ) गरिन्छ । यो बिरामीको छातीमा प्रेसर दिई मुटुको चाल र रक्त संचार सुचारू गराउन कोशिश गर्ने तरिका हो। CPR गर्दा कहिलेकाहीँ करङ्ग को हाड भाचिन्छ (Rib fracture)पनि हुन सक्दछ। सिपिआर गराएर सबै बिरामीलाई बचाउन सकिँदैन तर धेरै बिरामीहरु मृत्युको मुखबाट फर्की निको भै हिडिरै घर जानू भएको छ।त्यसैले सिपिआर लाई “लाइभ सेभिङ्ग” प्रबिधि मानिन्छ।

received 2723115301250710सघन उपचार कक्षमा अर्को अप्ठ्यारो अवस्था भनेको `ब्रेन डेथ (Brain death)´ हो । यो अवस्थामा बिरामी होसमा नहुने र आफैं श्वास फेर्ने बेल्कुलै नसक्ने हुन्छ तर भेन्टिलेटरबाट कृत्रिम स्वासप्रस्वास सुचारू हुँदा सम्म बिरामीको मुटु चलिरहन्छ ! यसरी मुटु कहिलेसम्म चल्छ भन्ने कुराको अनुमान गर्न निकै कठिन हुन्छ। कृत्रिम स्वासप्रस्वास बन्द गरीदिएमा मुटुको चाल पनि आफैं बन्द हुन्छ । मुटुको चाल बन्द नभए मृत्यु घोषणा गर्न सकिदैन ! त्यसैले यस्तो ब्रेन डेथको अवस्थामा बिरामीको मृत्यु भयो भन्नु पनि नमिल्ने र बिरामी ठिक पनि नहुने हुँदा चिकित्सक र आफन्तलाई बुझ्न-बुझाउन धेरै गाह्रो हुन्छ। यो अवस्था बिरामीका शरीरका अंगहरु दान (Organ Donation) गर्ने उचित समय मानिन्छ।

हामी सघन उपचार कक्षका चिकित्सकलाई वा यो सेवा दिने अस्पतालहरुलाई धेरै आरोप लाग्ने पनि गर्दछ। बिरामीलाई छाती थिचेर मार्यो, पैसा कमाउन भेन्टिलेटरमा राख्यो, मरेपनी मेसिनमा राखेर पैसा कमाउन खोज्यो आदि इत्यादि । मृत्यु भएको मानिसलाई मेसिनले अक्सिजन दिएर मात्र कहाँ हुन्छ र जबकि शरीरमा रक्तसञ्चार नै रोकिएको हुन्छ ।सबै अंगहरुको काम बन्द भैसकेको हुन्छ । अनि यो भेन्टिलेटरले दिएको अक्सिजन के काम लाग्यो र ! रक्तसञ्चार नै नभएको मृत शरीर कडा क्करक्क नहोला र ! चिसो नहोला र ! दुर्गन्ध नआउला र ! हामी पनि आफ्नो बिरामीलाई निको होस भनी भगवान संग प्राथना गरिरहेका हुन्छौं । स- साना बिरामी देखे आफ्नो छोराछोरी भाइबहिनी जस्तो लाग्छ भने ठुला बुढा देख्दा आफ्नै आमाबुबा हजुरआमा, हजुरबुवा जस्तो लाग्दछ । चिकित्सककै आफन्त र चिकित्सक स्वयंम त्यहीँ सघन उपचारका बेडमा सुत्नुपर्ने अवस्था नआउने त होईन नि ! बिरामीलाई सघन उपचार कक्षबाट डिस्चार्ज गर्दा हाम्रो आँखा पनि खुशीले रसाउने गर्दछ ।

आज यो सानो जानकारी सरल भाषामा हजुरहरु सबै समक्ष पुर्याउने हेतुले लेखेको छु। आशा छ , हजुरहरुको लागि यो अत्यन्त लाभदायक रहने छ।

अन्तमा : बिरामीको अवस्था सम्बन्धि नबुझेका मनमा उब्जेका कुराहरु सम्बन्धित चिकित्सकलाई सोध्नुपर्छ।केही चित्त नबुझ्ने वा केही सल्लाह सुझाव दिन मन लागेमा अस्पताल प्रशासनमा सम्पर्क गर्नुपर्दछ । यसो गर्दा स्वास्थ्य सेवालाई अझ बढी चुस्त र गुणस्तरीय बनाउन मद्दत पुग्दछ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कुटपिट गर्ने र स्वास्थ्य संस्थामा बन्द हडताल तोडफोड गर्ने कार्यले कहिले कसैको भलो हुँदैन । उपचारमा लापरबाही भए जस्तो लागेमा कानुनीबाटो अपनाउन सकिन्छ । चिकित्सक तथा स्वास्थ्य संस्थाहरुलाई हेर्ने दृष्टिकोण बदलिनु आवस्यक छ । हामी चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई अघि बढ्न उच्च मनोबलको खाचो छ। हामी सबै मिलाएर राम्रोको लागि अघि बढ्दै जानुपर्छ र जाने नै छौँ भन्ने कुरामा म विश्वस्त छु ।

धन्यवाद !

डा. पाठक पहिले यू सि एम एस भैरहवामा मेडिकल सुपरिटेन्डेन्ट भई कार्य गर्नु भएको थियो र हाल प्रोफेसरको रुपमा कार्यरत हुनुहुन्छ ।

#Covid19 #patients #Bhairahawa Medical College #Doctor #Health Workers

 

Tags: News
SummarizeShare443ScanTweet151

Related articles

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

by Nam Raj Bhatta
August 23, 2026
0

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश दंगाललाई इन्डियन कलेज अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्ट्स (ICOG) को प्रतिष्ठित FICOG (Fellow of Indian College of Obstetricians and Gynecologists’) मानार्थ...

नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

by Nam Raj Bhatta
August 22, 2026
0

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । डा. श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्...

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ

by Nam Raj Bhatta
August 22, 2026
0

नेपाल स्वास्थ्य व्यवसायी परिषदको रजिष्टारमा रमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। श्रेष्ठले...

स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान

राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डा. मनोहर प्रधान मनोनित

by Nam Raj Bhatta
August 22, 2026
0

चिकित्सक तथा प्राध्यापक डा. मनोहर प्रधान राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा मनोनित भएका छन्। डा. प्रधान हाल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रमुख सल्लाहकारका रूपमा कार्यरत छन्। डा. प्रधान...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    845 shares
    Share 338 Tweet 211
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    701 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    687 shares
    Share 296 Tweet 163
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    696 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    643 shares
    Share 257 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी
  • स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप
  • नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ
  • राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डा. मनोहर प्रधान मनोनित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.