Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

पशु चिकित्सकलाई स्वास्थ्यकर्मी मान्नुपर्ने: WVA को धारणा

HNN by HNN
May 18, 2026
in News
Reading Time: 2 mins read
A A
0
WVA Position Statement on recognizing veterinarians as healthcare professionals — Nepali translation by Dr. Manoj Kumar Shahi, Vice President, Nepal Veterinary Council.
606
SHARES
3.4k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

लेखक: डा. मनोज कुमार शाही
उपाध्यक्ष, नेपाल पशु चिकित्सा परिषद्

पशु चिकित्सकले जनावरको स्वास्थ्य र कल्याणको रक्षा गर्ने मात्र होइन, “एक स्वास्थ्य” अवधारणामार्फत मानिसको शारीरिक, मानसिक र सामाजिक कल्याणमा समेत प्रत्यक्ष योगदान पुर्‍याउँछन्। यही आधारमा विश्व भेटेरिनरी एसोसिएसन (WVA) ले पशु चिकित्सकहरूलाई स्वास्थ्यकर्मीको रूपमा मान्यता दिनुपर्ने भन्दै आफ्नो आधिकारिक धारणा (Position Statement) सार्वजनिक गरेको छ। उक्त धारणाको संक्षिप्त नेपाली अनुवाद यहाँ प्रस्तुत गरिएको छ।

स्वास्थ्य भनेको के हो?

विश्व स्वास्थ्य संगठन (WHO) को परिभाषाअनुसार स्वास्थ्य भनेको रोग वा दुर्बलताको अवस्थामात्र नभई पूर्ण शारीरिक, मानसिक र सामाजिक कल्याणको अवस्था हो। जाति, धर्म, राजनीति वा सामाजिक–आर्थिक अवस्थाका आधारमा विभेद नगरी गुणस्तरीय स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार हो।

स्वास्थ्यका मुख्य चार स्तम्भ हुन्: पोषण, जीवनशैली, वातावरण र आनुवंशिकी। यीमध्ये कुनैमा समस्या आएमा स्वास्थ्य जोखिममा पर्न सक्छ। सुरक्षित र पोषणयुक्त खानाले शिशु, बालबालिका तथा मातृ स्वास्थ्य सुधार्नुका साथै रोगको जोखिम पनि कम गर्छ।

WVA को शपथ र पशु चिकित्सकको प्रतिबद्धता

विश्व भेटेरिनरी एसोसिएसन (WVA) ले तयार गरेको शपथअनुसार पशु चिकित्सकहरूले वैज्ञानिक ज्ञान र नैतिक सिद्धान्तका आधारमा जनावरको रोग रोकथाम, निदान र उपचार गर्ने तथा जुनोटिक रोग र वातावरणीय जोखिम नियन्त्रणमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्छन्।

यसका साथै, खाद्य सुरक्षा, रोग निगरानी, वातावरणीय स्वास्थ्य, जैविक विविधताको संरक्षण र आपत्कालीन अवस्थामा पनि पशु चिकित्सकले महत्त्वपूर्ण भूमिका खेल्छन्।

एक स्वास्थ्य (One Health) दृष्टिकोण

एक स्वास्थ्य दृष्टिकोणले मानव, पशु र वातावरणीय स्वास्थ्यबीचको सम्बन्धलाई जोड दिन्छ। संयुक्त प्रयासमार्फत महामारी, प्रतिजैविक प्रतिरोध (AMR) र अन्य स्वास्थ्य जोखिमको रोकथाममा यसले महत्त्वपूर्ण सहयोग पुर्‍याउँछ। साथै, विश्व पशु स्वास्थ्य संगठन (WOAH) का अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयन गर्दै पशु चिकित्सकहरूले विश्वव्यापी स्वास्थ्य सुरक्षा र जनस्वास्थ्यमा निरन्तर योगदान दिइरहेका छन्।

पशु चिकित्सकलाई स्वास्थ्यकर्मी मान्नुपर्ने मुख्य आधार

विश्व भेटेरिनरी एसोसिएसनका अनुसार, पशु चिकित्सकहरूको प्राथमिक जिम्मेवारी पशुको स्वास्थ्य र कल्याण भए पनि उनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानवीय स्वास्थ्य र वातावरणीय स्वास्थ्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछन्। पशु चिकित्साकर्मीहरूलाई पनि स्वास्थ्यकर्मीको रूपमा मान्नुपर्ने भन्दै WVA ले निम्न आधार अघि सारेको छ:

१. शिक्षा, नियमन र व्यावसायिक मापदण्ड

  • पशु चिकित्सकहरूलाई पाल्तुदेखि वन्यजन्तुसम्मका विभिन्न प्रजातिको रोग निदान र उपचार गर्ने शिक्षा दिइन्छ। उनीहरूले रोग सर्वेक्षण, रोकथाम र व्यवस्थापन गरी पशुजन्य रोग मानिसमा नफैलियोस् तथा पशु उत्पादन सुरक्षित र स्वच्छ हुन् भन्ने सुनिश्चित गर्छन्।
  • नैतिकता, क्षमता र व्यावसायिक आचरणका स्पष्ट मापदण्ड पूरा गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य प्रणालीमा काम गर्न सुनिश्चित हुने गरी नियमनकारी निकायबाट पशु चिकित्सकको नियमन गरिन्छ। यसैले विश्वभर उनीहरूलाई विश्वसनीय स्वास्थ्यकर्मीको रूपमा मान्यता दिइएको छ।

२. जनस्वास्थ्य, जुनोटिक रोग र महामारी नियन्त्रण

  • पाल्तु पशु अभ्यास गर्ने पशु चिकित्सकहरूले घरेलु वातावरणमा जुनोटिक रोग सर्न रोक्न र मानव–पशु सम्बन्धका स्वास्थ्य लाभलाई बढावा दिएर मानव स्वास्थ्य र कल्याणमा प्रत्यक्ष योगदान दिइरहेका छन्।
  • पशु र मानिसबीच सर्न सक्ने तथा जनस्वास्थ्यलाई असर पार्ने रोगहरूको निगरानी र नियन्त्रणमार्फत उनीहरू जनस्वास्थ्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछन्। रेबिज, साल्मोनेलोसिस र एभियन इन्फ्लुएन्जाजस्ता रोगको प्रकोप सर्वेक्षण, रोकथाम र व्यवस्थापनमा उनीहरूको विशेषज्ञता निर्णायक हुन्छ।
  • पशु चिकित्सकहरूले सीमापार पशु रोगको व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहकार्यलाई पनि सहयोग गर्छन्। न्यून तथा मध्यम आय भएका देशमा यो सेवा झनै महत्त्वपूर्ण छ — यसले पशुधनको सुरक्षा गरेर पारिवारिक आय, गरिबी न्यूनीकरण र पौष्टिक आहारको पहुँचमा टेवा पुर्‍याउँछ। यस अर्थमा पशु चिकित्सकहरूले शारीरिक स्वास्थ्यमा मात्र होइन, सामाजिक स्थिरता र सामुदायिक कल्याणमा पनि योगदान पुर्‍याउँछन्।

३. एन्टिमाइक्रोबियल स्टेवार्डशिप र प्रतिजैविक प्रतिरोध (AMR)

  • पशु चिकित्सकहरूले एन्टिमाइक्रोबियल स्टेवार्डशिप, जैविक सुरक्षा र रोग निगरानीमा प्रमुख भूमिका खेल्छन्। प्रतिजैविक प्रतिरोधको सन्दर्भमा उनीहरूले जनावरमा एन्टिमाइक्रोबियल एजेन्टको जवाफदेही र विवेकपूर्ण प्रयोग सुनिश्चित गर्छन्।
  • खोप कार्यक्रम, जैविक सुरक्षा उपाय र पशु बथान स्वास्थ्य योजनामार्फत उनीहरूले एन्टिमाइक्रोबियलको आवश्यकता न्यूनीकरण गर्दै प्रतिरोधी जिवाणु वा विषाणुको उत्पत्ति र फैलावटलाई कम गर्छन्। यस अर्थमा चिकित्सक र फार्मासिस्टसँगै पशु चिकित्सकहरू पनि जीवन बचाउने औषधिको निरन्तर प्रभावकारिता परीक्षणमा योगदान पुर्‍याउने प्रमुख स्वास्थ्य पेशाकर्मी हुन्।

४. खाद्य सुरक्षा र पोषण

  • पशु चिकित्सकहरू थलचर र जलचर पशु उत्पादन प्रणालीसहितको खाद्य सुरक्षा प्रणालीको अभिन्न अंग हुन्। उनीहरूले खाद्य पशु (Food animal) हरूको स्वास्थ्य निरीक्षण गरेर उपभोक्तासम्म पुग्ने मासु, दुग्ध, माछा र अन्य पशु उत्पादन सुरक्षित, स्वस्थ र दूषित पदार्थबाट मुक्त छन् भन्ने सुनिश्चित गर्छन्।
  • “फार्मदेखि टेबलसम्म” पशु उत्पादन सुरक्षित राख्न मद्दत गरेर उनीहरूले मानव स्वास्थ्य र पोषणको सुरक्षामा प्रत्यक्ष भूमिका खेल्छन्। यसले रोगको प्रकोप वा वातावरणीय परिवर्तनजस्ता समस्यासँग जुध्न सक्ने दिगो खाद्य प्रणाली निर्माणमा योगदान पुर्‍याउँछ। विश्वव्यापी रूपमा यस्तो बलियो खाद्य प्रणालीलाई स्वस्थ समाजको पहिचान मानिएको छ।

५. वातावरण, जैविक विविधता र जलवायु परिवर्तन

  • पशु चिकित्सकहरूले पशुपालन अभ्यासमा मात्र नभई मानव स्वास्थ्य अनुसन्धानमा पनि संलग्न रहेर पशु कल्याण, स्वास्थ्य र समग्र हेरचाहबारे पशुधनी तथा जनतालाई सुसूचित गर्छन्, जसले मानव स्वास्थ्य क्षमता वृद्धिमा टेवा पुर्‍याउँछ।
  • वन्यजन्तु र पारिस्थितिक प्रणालीसहित जनावरको स्वास्थ्य अध्ययन गरेर उनीहरू जैविक विविधता तथा वातावरणीय संरक्षण प्रयासमा योगदान पुर्‍याउँछन्। पशु स्वास्थ्य र कल्याणको सुरक्षामार्फत मानिसको मानसिक र सामाजिक कल्याणमा पनि उनीहरूको प्रत्यक्ष भूमिका रहन्छ।
  • स्रोतमै रोग रोकथाम (अपस्ट्रिम प्रिभेन्सन), वन्यजन्तु–पशुधन–मानिसबीच सर्ने रोगको निगरानी र पारिस्थितिक प्रणाली व्यवस्थापनमार्फत उनीहरूले वातावरणीय क्षति, जलवायु परिवर्तन र भूमि प्रयोगमा हुने परिवर्तनसँग जोडिएका स्वास्थ्य जोखिम कम गर्न मद्दत गर्छन्। एक स्वास्थ्य दृष्टिकोणअनुरूप मानिस, पशु र बोटबिरुवाको स्वास्थ्यलाई पारिस्थितिक प्रणालीबाट छुट्याएर हेर्न सकिँदैन।

६. अन्य स्वास्थ्यकर्मीसँगको सहकार्य र साझा नैतिक मापदण्ड

  • पशु चिकित्सकहरूले प्रायः चिकित्सक, जनस्वास्थ्यकर्मी, बायोमेडिकल अनुसन्धानकर्मी, भेटेरिनरी प्याराप्रोफेसनल, प्रयोगशाला प्राविधिक र वातावरणीय वैज्ञानिकजस्ता “एक स्वास्थ्य”सँग सम्बन्धित पेशाकर्मीसँग काम गर्छन्। उनीहरूको व्यावसायिक दक्षता, क्लिनिकल तालिम, नैतिक दायित्व र अभ्यासको दायरा अन्य स्वास्थ्यकर्मीसँग मिल्दोजुल्दो छ — जसले उनीहरूको पहिचान केवल भेटेरिनरी क्षेत्रमै सीमित नभई व्यापक स्वास्थ्य पेशाकर्मीको दायरामा पर्छ भन्ने देखाउँछ।
  • अन्य स्वास्थ्यकर्मीजस्तै, पशु चिकित्सकहरू पनि नैतिक मापदण्डको पालना गर्छन्, करुणा प्रदर्शन गर्छन् र आफ्ना बिरामीको मानवीय उपचारको वकालत गर्छन्।

७. नीति निर्माण, विपद् व्यवस्थापन र वातावरणीय स्वास्थ्य

  • पशु चिकित्सकहरूले पशु स्वास्थ्य, कल्याण र सार्वजनिक स्वास्थ्यसम्बन्धी नीति निर्माणमा सहयोगी भूमिका निर्वाह गर्छन् र पशु तथा मानव दुवैलाई सुरक्षित गर्ने कानुन तर्जुमामा टेवा पुर्‍याउँछन्।
  • विपद् तयारी र व्यवस्थापनमा सक्रिय सहभागितामार्फत उनीहरू पशु स्वास्थ्य र कल्याणको रक्षामा अग्रसर रहन्छन्।
  • दिगो पशु बथान व्यवस्थापन, जैविक सुरक्षा, फोहोर नियन्त्रण र वातावरणीय प्रभाव न्यूनीकरणका लागि प्राविधिक मार्गदर्शन उपलब्ध गराएर उनीहरूले पानी, माटो र हावाको गुणस्तर जोगाउन, रोगका भेक्टर घटाउन र कृषि–पारिस्थितिक प्रणालीलाई बलियो बनाउन प्रत्यक्ष योगदान गर्छन्।

(संक्षिप्त सम्पादन र अनुवाद)

Tags: #government of Nepal#World health organizationDr. Manoj kumar shahi
SummarizeShare242ScanTweet152

Related articles

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

by Nam Raj Bhatta
August 10, 2026
0

काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवतीको आयोजनामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ ठाँटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा स्थानीय बासिन्दासहित आसपासका क्षेत्रबाट आएका...

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

by Nam Raj Bhatta
August 10, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आफ्ना मेडिकल स्टाफहरूका लागि एकदिवसीय 'बेसिक लाइफ सपोर्ट' (BLS) कार्यशाला सम्पन्न गरेको छ। अस्पतालको मानव संसाधन तथा नर्सिङ विभागको संयुक्त आयोजनामा सञ्चालित...

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

by Nam Raj Bhatta
August 9, 2026
0

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त भएका छन्। शुक्रबार थापाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सरकारले फार्मेसी...

Bharatpur hospital

स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी

by Nam Raj Bhatta
August 8, 2026
0

चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा रु एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त गरेको छ । गत आर्थिक वर्षको छ महिना...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    840 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    699 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण
  • काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा
  • ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला
  • नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
  • स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.