10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन २३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मधुमेह किन लाग्छ ? यसबाट बच्न के गर्न सकिन्छ? #Diabetes

शरीरमा ग्लूकोज नभई बाँच्न सक्दैनन् । ग्लुकोज नहुँदा शरीरमा उर्जा हुँदैन ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 21, 2020
in Articles
Reading Time: 1 min read
A A
4
✍️ डा.दीपेन्द्र कार्की

✍️ डा.दीपेन्द्र कार्की

679
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. दीपेन्द्र कार्की

मधुमेह, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ

आम मानिसले मधुमेहलाई शरीरमा सामान्य चिनीको मात्रा बढेको मात्र सोच्छन् । तर, त्यतिमात्र होइन, मधुमेहले शरीरको कुनैपनि अंगलाई खराब पारेर ज्यानसम्म लिन सक्छ । हामीले खाएका सम्पूर्ण खाना अन्तिममा ग्लूकोज बनेर रगतसम्म पुग्छ । ग्लूकोज शरीरभित्र जान्छ र शरीरमा चिनीको मात्रा बढी भई इन्सुलिनले शरीरको ग्लूकोज प्रत्येक अंगको कोषभित्र छिराउन मद्धत गर्दछ । जसरी घरको ढोकाभित्र छिर्न चाबीको आवश्यकता भए झै इन्सुलिन शरीरको प्यानक्रियाजद्धारा बनाइने घर हो ।

शरीरमा ग्लूकोज नभई बाँच्न सक्दैनन् । ग्लुकोज नहुँदा शरीरमा उर्जा हुँदैन । मधुमेह लाग्नुका कारण प्यानक्रियाजले इन्सुलिन उत्पादन गर्न नसक्नु प्यानक्रियाजले इन्सुलिन उत्पादन गर्न नसक्दा शरीरको अंगको प्रत्येक कोषभित्र ग्लूकोज छिर्न सक्दैन । त्यसपछि खाना खाएपनि भोकै हुन्छ र ग्लूकोज रगतमा जम्मा भएर बसिदिन्छ । यस्तो अवस्थालाई ‘टाइप १ डायबिटिज’ भनिन्छ । टाइप १ डायबिटिजमा प्यानक्रियाजमा समस्या भई अब कहिल्यै पनि इन्सुलिनको उत्पादन हुँदैन र जिन्दगीभर इन्सुलिन इन्जेक्सन लगाइरहनुपर्छ । टाइप १ लाई जुभेनाएल अलओसेन्ट वा इन्सुलिनलाई निर्भर मधुमेह पनि भन्ने गरिन्थ्यो । उत्पादन भएको इन्सुलिनलाई शरीरको कोषले नचिन्नु वा प्रतिकार गरिदिनु खानाबाट बनेको ग्लूकोजलाई कोषभित्र लैजान इन्सुलिन पर्याप्त नहुनु पनि डाइबिटिज हो । यस्तो अवस्थालाई टाइप २ डायबिटिज भनिन्छ । यस प्रकारको मधुमेह बिग्रिएर पनि टाइप २ मा परिणत हुन सक्छ ।

अन्य कारणहरु

१. गर्भावस्थामा आमा र गर्भको बच्चाका आवश्यकताहरु पूरा गर्ने हिसाबले पर्याप्त इन्सुलिन बनाउन नसक्नु ।
२. प्यानक्रियाजमा हुने इन्फेक्सन
३. औषधिको प्रयोग
४. प्यानक्रियाजमा हुने अन्य रोग ।

Good diabetes food
Good diabetes food

मधुमेहको जोखिम रहने व्यक्ति

१. परिवारका सदस्यमा मधुमेह भएमा
२. तौल बढी भएका व्यक्ति
३. चालीस वर्षभन्दा बढी उमेर समूह
४. निस्क्रिय समूह
५. गर्भावस्थाको दौरान मधुमेह थियो वा जन्मेको शिशु १ पाउण्ड अथवा ४ किलोग्राम भन्दा बढी तौलको भएमा ।

मधुमेहका लक्षणहरु :

१. धेरै तिर्खा लाग्नु
२. बारम्बार पिसाब लाग्नु
३. धेरै भोक लाग्ने
४. थकान महशुस हुने
५. आँखा धमिलो देखिनु
६. टाइप १ मधुमेहमा तौल घट्नु र टाइप२ मधुमेहमा तौल बढ्नु
७. धेरै किटाणुको संक्रमण हुनु
८. घाउहरु लामो समयसम्म निको नहुनु ९. छाला चिलाउनु
१०. हातखुट्टा झमझमाउनु
११. यौन क्रियाकलापमा समस्या देखिनु

कतिपय मानिसहरुको रगतमा ग्लूकोजस्तर उच्च भएता पनि कुनै लक्षणहरु देखिँदैन । रगतको जाँच गरेर मधुमेह छ वा छैन भन्ने थाहा पाउन सकिन्छ । जसले शरीरका अन्य अंगहरु खराब हुनबाट बचाउन सकिन्छ । जटिल समस्या जस्तै रिंगटा लाग्ने, बेहोस हुने, हातखुट्टा नचल्ने(प्यारालाइसिस), किटाणुबाट संक्रमण हुने, मुटुको समस्या हुने, मिर्गाेला बिग्रने, आँखा बिग्रने समस्या हुन्छ ।

मधुमेह भए वा नभएको कसरी थाहा पाउने ?

१. सुगर जाँच गर्दा (फास्टिङ) कम्तिमा पनि ८ घन्टा खाली पेटमा चेक गर्ने, रगतको सुगर १२६ भन्दा धेरै भएमा
२. खाना खाएको २ घन्टामा २ सयभन्दा धेरै भएको र माथिका लक्षणहरु देखा परेमा

३. एचबिए १ सी ६.५ भन्दा बढी भएमा मधुमेह भएको   मानिन्छ ।

एचबिए १ सी ले ३ महिनामा रगतमा कति सुगर थियो भनेर पत्ता लगाउँछ । तर, मधुमेह भन्दैमा सुगरको जाँचमात्र नभई अन्य जाँचहरु पनि गर्नुपर्ने हुन्छ । किनकी यसले विभिन्न अंगमा असर गर्छ । त्यसैले शरीरका अन्य अंगको जाँच पनि गर्नुपर्ने हुन्छ । जस्तैः मुटुको इसिजि, मिर्गाैलाको जाँच–सिरम क्रिटिनाइन, कोलेस्टोरको जाँच(फास्टिङ लिपिड प्रोफाइल), पिसाबको जाँच, कुन अंगमा असर गरेको छ त्यहि अनुसार थप जाँच हुनसक्छ ।

मधुमेह रोकथाम र उपचारका उपायहरु

–खानामा नियन्त्रण गर्ने
–तौल तथा पेटको साइज घटाउने –व्यायामको सन्तुलन मिलाउने –चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने
–रक्तचापको मात्रा कम गर्ने
–धुम्रपान मद्यपान गर्ने बानी हटाउने –समय- समयमा आँखा, मिर्गाैला, मुटु, पैतालाको परीक्षण गरिरहने

[डा. कार्की हाल : बि एण्ड बि अस्पतालमा कार्यरत हुनुहुन्छ।]

Tags: #government of Nepal#Health and population ministryB @B hospitalCold seasonCorona Virus #Covid19Diabetes
SummarizeShare328ScanTweet146

Related articles

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
March 4, 2026
0

✍️ डा. सतीश कुमार साह (१) नेपालमा स्वास्थ्य क्षेत्रलाई आगामी सरकारको पहिलो प्राथमिकता किन बनाउनु पर्छ? अगामी सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्नुका धेरै ठोस कारणहरू छन्।...

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

by Nam Raj Bhatta
February 23, 2026
0

✍️ डा. सन्दिप के.सी. नेपालको समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अझै पनि "लाज", "कमजोरी" वा "पागलपन" सँग जोडेर हेर्ने गलत धारणा गहिरो रूपमा बसिरहेको छ। धेरै मानिसहरू डिप्रेसन, चिन्ता...

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

by Nam Raj Bhatta
February 22, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर १ .NCD भनेको के हो? नेपालमा कस्ता NCD धेरै छन्? NCD भनेको नसर्ने रोग हो – एक व्यक्तिबाट अर्कोमा सर्दैन, तर भएपछि...

बालबालिकालाई स्क्रिन र जङ्क फुडबाट कसरी टाढा राख्ने ?

बालबालिकालाई स्क्रिन र जङ्क फुडबाट कसरी टाढा राख्ने ?

by Nam Raj Bhatta
February 20, 2026
0

✍️ डा. दिपक पौडेल मोटोपन हुनुका मुख्य कारण प्रमुख कारण खराब जीवनशैली र अस्वस्थ खानपान हो। वंशाणुगत वा हर्मोनको गडबडीका कारण, अत्यधिक गुलियो पेय पदार्थको सेवन, फास्ट फूडको...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    627 shares
    Share 251 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    602 shares
    Share 241 Tweet 151
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    600 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता
  • स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली
  • सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण
  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.