Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

मधुमेह किन लाग्छ ? यसबाट बच्न के गर्न सकिन्छ? #Diabetes

शरीरमा ग्लूकोज नभई बाँच्न सक्दैनन् । ग्लुकोज नहुँदा शरीरमा उर्जा हुँदैन ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 21, 2020
in Articles
A A
4
✍️ डा.दीपेन्द्र कार्की

✍️ डा.दीपेन्द्र कार्की

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा. दीपेन्द्र कार्की

मधुमेह, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ

आम मानिसले मधुमेहलाई शरीरमा सामान्य चिनीको मात्रा बढेको मात्र सोच्छन् । तर, त्यतिमात्र होइन, मधुमेहले शरीरको कुनैपनि अंगलाई खराब पारेर ज्यानसम्म लिन सक्छ । हामीले खाएका सम्पूर्ण खाना अन्तिममा ग्लूकोज बनेर रगतसम्म पुग्छ । ग्लूकोज शरीरभित्र जान्छ र शरीरमा चिनीको मात्रा बढी भई इन्सुलिनले शरीरको ग्लूकोज प्रत्येक अंगको कोषभित्र छिराउन मद्धत गर्दछ । जसरी घरको ढोकाभित्र छिर्न चाबीको आवश्यकता भए झै इन्सुलिन शरीरको प्यानक्रियाजद्धारा बनाइने घर हो ।

शरीरमा ग्लूकोज नभई बाँच्न सक्दैनन् । ग्लुकोज नहुँदा शरीरमा उर्जा हुँदैन । मधुमेह लाग्नुका कारण प्यानक्रियाजले इन्सुलिन उत्पादन गर्न नसक्नु प्यानक्रियाजले इन्सुलिन उत्पादन गर्न नसक्दा शरीरको अंगको प्रत्येक कोषभित्र ग्लूकोज छिर्न सक्दैन । त्यसपछि खाना खाएपनि भोकै हुन्छ र ग्लूकोज रगतमा जम्मा भएर बसिदिन्छ । यस्तो अवस्थालाई ‘टाइप १ डायबिटिज’ भनिन्छ । टाइप १ डायबिटिजमा प्यानक्रियाजमा समस्या भई अब कहिल्यै पनि इन्सुलिनको उत्पादन हुँदैन र जिन्दगीभर इन्सुलिन इन्जेक्सन लगाइरहनुपर्छ । टाइप १ लाई जुभेनाएल अलओसेन्ट वा इन्सुलिनलाई निर्भर मधुमेह पनि भन्ने गरिन्थ्यो । उत्पादन भएको इन्सुलिनलाई शरीरको कोषले नचिन्नु वा प्रतिकार गरिदिनु खानाबाट बनेको ग्लूकोजलाई कोषभित्र लैजान इन्सुलिन पर्याप्त नहुनु पनि डाइबिटिज हो । यस्तो अवस्थालाई टाइप २ डायबिटिज भनिन्छ । यस प्रकारको मधुमेह बिग्रिएर पनि टाइप २ मा परिणत हुन सक्छ ।

अन्य कारणहरु

१. गर्भावस्थामा आमा र गर्भको बच्चाका आवश्यकताहरु पूरा गर्ने हिसाबले पर्याप्त इन्सुलिन बनाउन नसक्नु ।
२. प्यानक्रियाजमा हुने इन्फेक्सन
३. औषधिको प्रयोग
४. प्यानक्रियाजमा हुने अन्य रोग ।

Good diabetes food
Good diabetes food

मधुमेहको जोखिम रहने व्यक्ति

१. परिवारका सदस्यमा मधुमेह भएमा
२. तौल बढी भएका व्यक्ति
३. चालीस वर्षभन्दा बढी उमेर समूह
४. निस्क्रिय समूह
५. गर्भावस्थाको दौरान मधुमेह थियो वा जन्मेको शिशु १ पाउण्ड अथवा ४ किलोग्राम भन्दा बढी तौलको भएमा ।

मधुमेहका लक्षणहरु :

१. धेरै तिर्खा लाग्नु
२. बारम्बार पिसाब लाग्नु
३. धेरै भोक लाग्ने
४. थकान महशुस हुने
५. आँखा धमिलो देखिनु
६. टाइप १ मधुमेहमा तौल घट्नु र टाइप२ मधुमेहमा तौल बढ्नु
७. धेरै किटाणुको संक्रमण हुनु
८. घाउहरु लामो समयसम्म निको नहुनु ९. छाला चिलाउनु
१०. हातखुट्टा झमझमाउनु
११. यौन क्रियाकलापमा समस्या देखिनु

कतिपय मानिसहरुको रगतमा ग्लूकोजस्तर उच्च भएता पनि कुनै लक्षणहरु देखिँदैन । रगतको जाँच गरेर मधुमेह छ वा छैन भन्ने थाहा पाउन सकिन्छ । जसले शरीरका अन्य अंगहरु खराब हुनबाट बचाउन सकिन्छ । जटिल समस्या जस्तै रिंगटा लाग्ने, बेहोस हुने, हातखुट्टा नचल्ने(प्यारालाइसिस), किटाणुबाट संक्रमण हुने, मुटुको समस्या हुने, मिर्गाेला बिग्रने, आँखा बिग्रने समस्या हुन्छ ।

मधुमेह भए वा नभएको कसरी थाहा पाउने ?

१. सुगर जाँच गर्दा (फास्टिङ) कम्तिमा पनि ८ घन्टा खाली पेटमा चेक गर्ने, रगतको सुगर १२६ भन्दा धेरै भएमा
२. खाना खाएको २ घन्टामा २ सयभन्दा धेरै भएको र माथिका लक्षणहरु देखा परेमा

३. एचबिए १ सी ६.५ भन्दा बढी भएमा मधुमेह भएको   मानिन्छ ।

एचबिए १ सी ले ३ महिनामा रगतमा कति सुगर थियो भनेर पत्ता लगाउँछ । तर, मधुमेह भन्दैमा सुगरको जाँचमात्र नभई अन्य जाँचहरु पनि गर्नुपर्ने हुन्छ । किनकी यसले विभिन्न अंगमा असर गर्छ । त्यसैले शरीरका अन्य अंगको जाँच पनि गर्नुपर्ने हुन्छ । जस्तैः मुटुको इसिजि, मिर्गाैलाको जाँच–सिरम क्रिटिनाइन, कोलेस्टोरको जाँच(फास्टिङ लिपिड प्रोफाइल), पिसाबको जाँच, कुन अंगमा असर गरेको छ त्यहि अनुसार थप जाँच हुनसक्छ ।

मधुमेह रोकथाम र उपचारका उपायहरु

–खानामा नियन्त्रण गर्ने
–तौल तथा पेटको साइज घटाउने –व्यायामको सन्तुलन मिलाउने –चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने
–रक्तचापको मात्रा कम गर्ने
–धुम्रपान मद्यपान गर्ने बानी हटाउने –समय- समयमा आँखा, मिर्गाैला, मुटु, पैतालाको परीक्षण गरिरहने

[डा. कार्की हाल : बि एण्ड बि अस्पतालमा कार्यरत हुनुहुन्छ।]

Tags: #government of Nepal#Health and population ministryB @B hospitalCold seasonCorona Virus #Covid19Diabetes
Nisarga hospital Dhangadhi
Previous Post

सुदूरपश्चिम प्रदेशमा इन्टोमोलोजी प्रयोगशाला स्थापना हुने #Entomologylaboratory

Next Post

सुदूरपश्चिम प्रदेशका कोरोना उच्च जोखिम क्षेत्रमा एन्टीजेन जाँच हुने #Covidentizen

Related articles

Birthing centers in Nepal illustration
Articles

मातृ तथा नवजात स्वास्थ्य सेवाको सुधारमा बर्थिङ्ग सेन्टरको भूमिका र कार्यान्वयनका चुनौतीहरू

4 weeks ago
809
Illustration Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu
Articles

Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu

4 weeks ago
813
Understanding Hypertension Dr Satish Niraula
Articles

Understanding High Blood Pressure #Hypertension: A Comprehensive Guide by Dr Satish Niraula

1 month ago
816
Hypertension awareness by Dr Satish Niraula
Disease

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

1 month ago
910
Condom Nepalese Perspective
Articles

कन्डम प्रति हाम्रो ढोंगी दृष्टिकोण: सामाजिक यथार्थको ऐना

2 months ago
850
नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व
Articles

नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व

3 months ago
880
Next Post
सुदूरपश्चिम प्रदेशका कोरोना उच्च जोखिम क्षेत्रमा एन्टीजेन जाँच हुने  #Covidentizen

सुदूरपश्चिम प्रदेशका कोरोना उच्च जोखिम क्षेत्रमा एन्टीजेन जाँच हुने #Covidentizen

Comments 4

  1. Pingback: जाडोमा छाला जोगाउन डा.विकास पैाडेलको सल्लाह #ColdSeason • Health News Nepal
  2. Bhakta Raj says:
    4 years ago

    How many Nepalese know what fasting is for diabetes diagnosis? Please say some thing!

    Reply
  3. Pingback: नेपालमा घट्दै प्रजनन क्षमता, समस्याको रुपमा निःसन्तानपन • Health News Nepal
  4. Pingback: मृगौला रोगको निदान र उपचारमा न्यूक्लियर मेडिसिन सेवाको भूमिका • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,088)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...