Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र ३१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली

Nam Raj Bhatta by Nam Raj Bhatta
March 3, 2026
in News
Reading Time: 1 min read
A A
0
स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली
596
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १९ फागुन २०८२

नेपाल औषधि उत्पादक संघको आयोजनामा आगामी फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ को दशौँ संस्करण आयोजना हुँदैछ।

यसै सन्दर्भमा नेपाली औषधि उद्योगको अवस्था, सरकारी नीति र आगामी चुनौतीका विषयमा संघका पूर्व-अध्यक्ष महेश गोर्खालीसँग गरिएको कुराकानीको अंश:

आगामी फागुनमा हुन लागेको ‘नेपाल फर्मा एक्स्पो २०२६’ को मुख्य उद्देश्य र आकर्षणहरू के-के हुन्?

यस पटकको एक्स्पो हाम्रो दशौँ संस्करण हो। यसको मुख्य लक्ष्य भनेकै नेपाली औषधि क्षेत्रमा भइरहेको आधुनिक रूपान्तरणलाई उजागर गर्नु हो। यसमा २ सयभन्दा बढी स्टलहरू रहनेछन्। प्रदर्शनीमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ उत्पादक र मेसिनरीहरू प्रदर्शन गरिनेछ। यसले नेपाली उद्योगीहरूलाई विश्वव्यापी नवीन प्रविधिसँग साक्षात्कार गराउनेछ।

भारत सरकारले त्यहाँको औषधि उद्योगलाई ठूलो सहुलियत दिँदै आएको छ, तर अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने नेपाली औषधि कम्पनीहरूले राज्यबाट सामान्य सहयोग पनि नपाउनुका कारणहरू के-के होलान्?

देशका उद्योगलाई बढावा दिन हरेक देशले कुनै न कुनै रूपमा सहुलियत दिने गर्छन्। भारतीय औषधि उद्योगको इतिहास पुरानो हुनुका साथै त्यहाँको बजार र निर्यात हिस्सा निकै ठूलो छ। भारतले औषधि उत्पादनलाई प्रोत्साहन गर्न छुट्टै संस्थाहरू नै खडा गरेको छ।

हाम्रो सन्दर्भमा, सरकारले उद्योगीहरूलाई २० प्रतिशत मात्रै कर लिएर र भन्सारमा औषधिजन्य पदार्थमा केही छुट दिएर सहयोग त गरेको छ, तर त्यो पर्याप्त छैन। उद्योगले रोजगारी बढाउने र आर्थिक विकासमा टेवा दिने कुरा सरकारलाई थाहा छ, तर सीमित आर्थिक अवस्थाका कारण विकसित मुलुकले जस्तै सहुलियत दिन नसकिएको जस्तो मलाई लाग्छ। हामी उद्योगीहरू सरकारले दिएकै सीमित सहुलियतमा चल्नुपर्ने बाध्यता छ। साथै, औषधि तथा कच्चा पदार्थ आयातका लागि सरकारको नीति अझै अस्पष्ट छ, जहाँ सहुलियत दिनुपर्ने हो त्यहाँ दिइएको छैन।

औषधि व्यवस्था विभाग तथा स्वास्थ्य मन्त्रालयका नीतिहरू स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने खालका छन् कि विदेशी उत्पादनलाई बढावा दिने खालका?

मलाई लाग्दैन कि कुनै पनि देशका नीतिहरू जानाजानी विदेशी उत्पादनलाई बढावा दिने र स्वदेशीलाई निरुत्साहन गर्ने खालका हुन्छन्। यद्यपि, सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न जति यथेष्ट मात्रामा नीतिहरू ल्याउनुपर्ने हो, त्यो भने सकेको छैन। उद्योगीहरूले अपेक्षा गरेअनुसारको सहयोग पाउन सकेका छैनन्। कतिपय अवस्थामा नियमनकारी निकायहरूले चाहेर पनि उद्योगीहरूलाई आवश्यक सहुलियत र संरक्षण दिन नसकेको अवस्था छ।

अब बन्ने वा आउने नयाँ सरकारले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्न कस्तो ठोस नीति ल्याउनुपर्छ भन्ने लाग्छ?

देशमा उद्योगको विकासका लागि सबैभन्दा प्राथमिक कुरा भनेको ‘शान्त वातावरण’ हो। उद्योग र व्यवसाय फस्टाउनुको अर्थ लगानीकर्ता बढ्नु हो। तर, नेपालमा पछिल्लो समय जेनजी आन्दोलन पश्चात् उद्योगमा लगानी गर्न डराउने र सशंकित हुने वातावरण बनेको छ।

अहिले औषधि मात्र नभई हरेक वस्तुमा हाम्रो परनिर्भरता बढ्दै गइरहेको छ। त्यसैले, सरकारले उद्योग क्षेत्रलाई वास्तविक प्रोत्साहन दिने र स्वदेशी उत्पादनलाई अनिवार्य बढावा दिने नीति ल्याउन आवश्यक छ। सबैभन्दा महत्वपूर्ण कुरा, उद्योगलाई दीर्घकालीन रूपमा अगाडि बढाउन कम्तीमा ५ वर्ष टिक्ने ‘स्थायी सरकार’ बन्नुपर्छ ताकि नीतिहरूमा अस्थिरता नआओस्।।

Tags: Mahesh gorkhaliNepal Pharma ExpoNepal pharmaceutical Association
SummarizeShare238ScanTweet149

Related articles

Dengue Fever Treatment

शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

by Nam Raj Bhatta
September 16, 2026
0

नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्...

नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

by Nam Raj Bhatta
September 15, 2026
0

नेपाल चिकित्सक संघ र डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेडबीच सम्झौता भएको छ। चिकित्सक संघका सदस्यहरुलाई सुविधा दिने गरी दुई संस्थाबीच सम्झौता भएको हो। चिकित्सक संघमा आबद्ध...

दार्चुला जीप दुर्घटनामा परेका ५ जना घाइतेको उपचार निसर्ग अस्पतालमा हुँदै

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु

by Nam Raj Bhatta
September 15, 2026
0

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष प्रोटिन परीक्षण सेवा सुरु भएको छ। जटिल रोगको पहिचान, उपचारको प्रभावकारिता मूल्यांकन तथा बिरामीको अवस्थाको नियमित निगरानीमा महत्वपूर्ण मानिने...

हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित

हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित

by Nam Raj Bhatta
September 15, 2026
0

हरितालिका तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने श्रद्धालु भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले पवित्र पाशुपत क्षेत्रमा सञ्चालन गरेको...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    878 shares
    Share 351 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    705 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    696 shares
    Share 299 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    698 shares
    Share 310 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue
  • नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता
  • सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु
  • हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित
  • नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.