Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ३१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसंग प्रतिस्पर्धा गर्न योग्य छन् : एपोन महासचिव खेगुली

Nam Raj Bhatta by Nam Raj Bhatta
March 6, 2024
in News
Reading Time: 2 mins read
A A
0
नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसंग प्रतिस्पर्धा गर्न योग्य छन् : एपोन महासचिव खेगुली
585
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २३ फागुन २०८०

नेपाल औषधि उत्पादक संघले चितवनमा यहि फागुन २५ देखि २७ गतेसम्म नबौ नेपाल फर्मा एक्स्पो हुँदै छ । अहिले एक्स्पोको तयारी तीव्र गतिले बढिरहेको छ । एक्स्पोमा १६० भन्दा बढी स्टल राखिने छ । यहि एक्स्पोका सम्बन्धमा संघ (एपोन) का महासचिव सुर्दशन खेगुलीसंग गरिएको कुराकानी

– नेपालमा औषधि उद्योगको अवस्था कस्तो छ ?

नेपाल औषधि अवस्था अहिलेसम्म राम्रै भन्नुपर्ने अवस्था छैन । आर्थिक मन्दीको अवस्था रहेको नेपाली औषधिको बजार खस्कँदो अवस्थामा रहेको छ ।

नेपालमा ९० अर्ब रुपियाँ बराबरको औषधीको बजार रहेको छ । त्यसमध्ये नेपाली औषधिको ३४ देखि ३५ अर्ब बराबरको बजार रहेको छ । समग्र औषधिको हिसाव गर्ने हो भने ५० प्रतिशत औषधिको हिस्सा नेपालमा नै उत्पादन भएका औषधिहरुको रहेको छ । हामी अहिले सरकारको सहयोग विना नै आफ्नै मिहनेतले नेपाली औषधि उद्योगलाई अगाडि बढाइरहेका छौँ ।

नेपाली औषधि उद्योगको मुलुकका लागि आवश्यक ७० देखि ८० प्रतिशत औषधि उत्पादन गर्ने क्षमता रहेको छ । तर उद्योगहरु पूर्ण क्षमतामा संचालनमा आउन सकेका छैन । अहिले ३० देखि ३५ प्रतिशत क्षमतामा मात्र संचालन रहेका छन् ।

-सरकारले नेपाली औषधि उद्योगका लागि के-के गर्नुपर्यो ?

नेपाली औषधि उद्योगमैत्री खालका कार्यक्रम सरकारले ल्याउनु पर्दछ । नीजि उद्योगले एक हदसम्म लगानी गरिरहेका छन् ।
अर्को कुरा बाहिरी मुलुकबाट औषधि नेपाल आइरहेका छन् । त्यसैगरी सरकारले बाहिर मुलुकमा पनि हामीलाई औषधि निर्यात गर्न सक्ने वातावरण बनाइदिनु पर्दछ ।
सरकारले सरकारी तवरबाट खरिद गर्ने औषधि स्वदेश उद्योगले उत्पादन गरेका औषधि खरिद गरिदियो भने हामीलाई उद्योग संचालन गर्न सहज हुने र मुलुकलाई चाहिने औषधि पनि उत्पादन गर्न सक्छौ ।

-नेपाल फर्मा एक्स्पो किन आवश्यक पर्यो ?

एक्स्पोको मुख्य उद्देश्य नेपाली औषधिलाई चिनाउने नै हो । नेपालमा करिव ८४ वटा औषधि उद्योग रहेका छन् । नेपाली उद्योगले गुणस्तर, असरदार र सस्तोमा औषधि उत्पादन गर्दछन भनेर सर्वसाधारणलाई जानकारी दिनका हामीले हरेक दुई–दुई बर्षमा एक्स्पो गर्न थालेका हौ ।

– नेपालका औषधि भारत लगायत विदेशी औषधिको तुलनामा कतिको गुणस्तर र सस्तो छन् ?

कुनै पनि नेपाली उद्योगले उत्पादन गरेको औषधि नराम्रा छैनन् । यहाँका औषधि विश्व स्वास्थ्य संगठनको जिएमपीमा नै रहेको छ । नेपाली उद्योग कुनै पनि विदेश उद्योगसंग प्रतिस्पर्धा गर्न योग्य छन् ।
यस्तै अहिले औषधिको बजारभाउ धेरै नै माथि पुगि सकेको छ । तर हामीले अझै पनि पुरानै मूल्यमा सस्तो दरमा औषधि उपलब्ध गराएका छौ २०६४ सालदेखि हामीले औषधिको मूल्य समायोजन गर्न पाएका छैनौ । हामीले मुलुकको अवस्था हेरेर अहिले सस्तो दरमा औषधि उपलब्ध गराएका छौ । यहाँका सर्वसाधारणको पर क्यापिटा इनकम हेरेर र भारतसंग दाँजेर नै हामीले सस्तोमा औषधि उपलब्ध गराएका हौ ।
भारतमा एक अर्ब ३० करोड मानिस रहेका छन् । भारतले त्यही अनुपातमा औषधि उत्पादन गर्दछ । तर पनि महंगोमा नै वेच्ने गर्दछ । हामी तीन करोड जनसंख्यालाई लक्षित गरेर औषधि उत्पादन गर्दछौ तर पनि हामी सस्तो र गुणस्तरिय औषधि उत्पादन गरिरहेका छौ ।
औषधि व्यवस्था विभागबाट हाम्रो बारम्बार अनुगमन हुन्छ । विभागको मापदण्ड विश्वस्तरिय रहेको छ । त्यसैले हामी गुणस्तरमा ध्यान दिन्छौ । हाम्रो औषधिका क्यालिटी विश्वका अन्य औषधिको तुलनामा नै रहेको छ ।
औषधि खाएपछि त्यो औषधिले काम गनुपर्दछ । त्यसैले हामीले गुणस्तरसंगै असरदार औषधि बनाएका छौ । नेपालका औषधि गुणस्तरिय, किन्ने सक्ने र अवसदार छन् । यी तिनैवटामा हामी रहेका छौ ।

– उद्योगहरु किन बन्द भएका होलान ?

हाम्रा आफ्नै पनि केही कमजोरी रहेका छन् । उद्योग बन्द हुनुमा विभिन्न अरु पनि आफ्नै कारण होलान् । तर मार्केट अहिले आर्थिक मन्दी रहेको छ । त्यसले गर्दा हामी प्रतिस्पर्धा गर्न सकेका छैनौ । कतिपय साथीहरु एकै किसिमका प्रडक्ट र नयाँ–नयाँ प्रविधि ल्याउन सकेका छैनौ । हामीले अरुले जे गर्यो त्यही गर्ने बानी रहेको छ । औषधि उद्योगमा पनि एकै खालका औषधि उत्पादनले पनि समस्या परेको छ । हामी अलि फरक ढंंगले उद्योगलाई लैजाने कोसिस गरिरहेका हुन्छौ तर केही कारण हुन सक्दैनौ । दोष हामी आफैमा छ अरुलाई दिनुहुँदैन ।
अनि अर्को कुरा सरकारले पनि हामी उद्योगीलाई संरक्षण गर्ने खालका नीति ल्याउनु पर्दछ । सरकारले खरिद गर्ने औषधि स्वदेशी उत्पादनका औषधि खरिद गरिदिने हो भने हामीलाई उद्योग बचाउन सजिलो हुन्छ ।

– सरकारको सहयोग किन भइरहेको छैन ?

सरकारले हामीलाई हेर्ने नजरमा परिवर्तन गरोस भनेर नै फर्मा एक्स्पो गर्न थालेका हौ । सरकारलाई हाम्रा कुरा सवै थाहा छैन । हामी आफैलाई पनि सवै थाहा छैन । विस्तारै बुझ्दै छौ । सरकार समक्ष हामीले हाम्रा कुरा पुर्याउन सकेनौ जस्तो लाग्छ । हामीले आफ्ना कुरा आफैले सरकार समक्ष राख्नुपर्यो । हो त्यही कुरा सरकारलाई पुर्याउनका लागि एक्स्पो गर्न थालेका हौ ।

– नयाँ औषधि ऐन आइरहेको छ । नेपाली औषधि उद्योगका लागि के कुरा नयाँ ऐनमा राख्नुपर्दछ ?

नयाँ बन्न थालेको औषधि ऐनमा धेरै राम्रा कुरा रहेका छन् । मूल्य समिति गठन गरेर औषधिको मूल्य समायोजन गरिने कुरा राखेको सुनेको छु । त्यो एकदम राम्रो हो । विगत १६ बर्षदेखि औषधिको मूल्य समायोजन हुन सकेको थिएन । पुरानो औषधि ऐनमा कुनै वाधा अडचन छ भनेर नयाँ बन्न थालेको औषधि ऐनमा फुकाउनुपर्दछ ।

Tags: #government of NepalNepal pharma Expo 2024
SummarizeShare234ScanTweet146

Related articles

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

by Nam Raj Bhatta
August 14, 2026
0

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त भएका छन् केयूका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्राडा. बराललाई उपकुलपति नियुक्त गरेका हुन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको...

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

by Nam Raj Bhatta
August 14, 2026
0

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य जाँच, उपचार गर्ने, गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बिहीबार नेपाल मेडिकल कलेजमा आयोजित एक कार्यक्रममाझ गोकर्णेश्वरका प्रमुख प्रशासकीय अधिकृत...

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

by Nam Raj Bhatta
August 13, 2026
0

वीर अस्पतालको निर्देशकमा वरिष्ठ ग्यास्ट्रोसर्जन डा. विकास नेपाल नियुक्त भएका छन्। डा. नेपाल  अस्पतालमा ११औँ तहमा कार्यरत छन्। बिहीवार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले  डा. नेपाललाई...

NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

by Nam Raj Bhatta
August 13, 2026
0

नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन (NMSRA) काठमाडौँले आफ्नो ५७औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। NMSRA काठमाडौँका अध्यक्ष कोषराज अवस्थीले स्थापना दिवसको अवसरमा “रक्तदान,...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    840 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    699 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त
  • गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता
  • वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital
  • NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने
  • स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.