Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

Nam Raj Bhatta by Nam Raj Bhatta
February 25, 2026
in News
Reading Time: 2 mins read
A A
0
प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा
621
SHARES
3.4k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ११ फागुन २०८२

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले फिस्टुला (Obstetric and Iatrogenic Fistula) को निःशुल्क शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु गरेको छ।

अस्पतालले यो सेवा कार्तिक महिनामा पहिलो प्रसूति फिस्टुला शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको थियो।

यो सेवा United Nations Population Fund (UNFPA) सँगको सहकार्यमा सञ्चालन भइरहेको र  UNFPA कै प्राविधिक तथा आर्थिक सहयोगमा अस्पतालमा विशेष फिस्टुला शल्यक्रिया वार्ड स्थापना गरिएको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताउनुभयो ।

अस्पतालका चिकित्सकहरू UNFPA को प्रायोजनमा International Fistula Center बाट विशेष तालिम प्राप्त गरी जटिल फिस्टुला केसहरूको व्यवस्थापन गर्न सक्षम भएका डा. अधिकारीले बताए ।

डा. अधिकारीका अनुसार यो कार्यक्रमको लागि यस अस्पतालका चिकित्सकहरुलाई बिदेशबाट उक्त विशेषज्ञता हासिल गरेर यो सेवा शुरु गरेको हो। यसले गर्दा अस्पतालमा थप उपचारमा मद्दत पुग्ने विश्वास राखेका छौँ ।

प्रसूति फिस्टुला के हो?

प्रसूति फिस्टुला भनेको कठिन र लामो समयसम्म अवरुद्ध प्रसव (prolonged obstructed labor) का कारण प्रसूति मार्ग र मूत्राशय (vesicovaginal fistula) वा मलाशय (rectovaginal fistula) बीच अस्वाभाविक प्वाल बन्नु हो। यसले महिलामा अनियन्त्रित रूपमा पिसाब वा दिसा बग्ने समस्या गराउँछ। पिसाबको थैलीबाट पिसाब चुहिने समस्यालाई समाधान गर्नका लागि यो सेवा निशुल्क गरिएको छ।

प्रमुख कारणहरु:

लामो समयसम्म उपचार नपाई अवरुद्ध प्रसव
सानो श्रोणी (pelvis) वा शिशुको टाउको ठूलो हुनु,
स्वास्थ्य संस्थामा समयमै नपुग्नु,
सिजेरियन सेवा उपलब्ध नहुनु,
किशोरावस्थामा गर्भधारण,

फिस्टुला केवल अवरुद्ध प्रसवका कारण मात्र होइन, शल्यक्रिया क्रममा भएको चोट (Iatrogenic injury) का कारण पनि हुन सक्छ। यस्ता फिस्टुलाहरू प्रायः शल्यक्रिया केही दिन वा हप्ताभित्र लक्षण देखापर्छन्। हिस्टेरेक्टोमी (गर्भाशय हटाउने शल्यक्रिया) क्रममा ब्लाडर इन्जुरी, पेल्भिक ट्युमर वा रेडिएसनपछि, दोहोरिएको शल्यक्रिया वा adhesion भएको केस हुन सक्छ। Prasuti1

यस कार्यक्रमको मुख्य उद्देश्य:

फिस्टुला भएका महिलाहरूलाई सुरक्षित र प्रभावकारी शल्यक्रियामार्फत उपचार प्रदान गर्नु हो। साथै, उपचारसँगै उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक पुनःस्थापना सुनिश्चित गर्नु र मातृ स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तर सुधार गर्नु कार्यक्रमको प्राथमिकता हो। समुदायस्तरमा प्रसूति फिस्टुला सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै समयमै रेफरल र संस्थागत प्रसवलाई प्रवर्द्धन गर्नु पनि यस कार्यक्रमको महत्वपूर्ण लक्ष्य हो।

सेवा विशेषताअन्तर्गत फिस्टुला शल्यक्रिया पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइएको छ। विशेष फिस्टुला शल्यक्रिया वार्ड सहित सुव्यवस्थित पूर्वाधार तयार गरिएको छ। शल्यक्रिया अघि विस्तृत मूल्याङ्कन, परामर्श तथा तयारी गरिन्छ भने शल्यक्रिया पश्चात् नियमित निगरानी, क्याथेटर व्यवस्थापन, संक्रमण नियन्त्रण तथा आवश्यक औषधि उपचार प्रदान गरिन्छ। साथै, बिरामीहरूको पोषण सुदृढीकरण, मनोसामाजिक परामर्श तथा सामाजिक पुनःएकीकरणमा समेत सहयोग प्रदान गरिन्छ। दक्ष तथा तालिमप्राप्त विशेषज्ञ टोलीद्वारा गुणस्तरीय, सम्मानजनक र सुरक्षित सेवा सुनिश्चित गरिएको छ।Prasuti2

हरेक वर्ष मे २३ लाई International Day to End Obstetric Fistula का रूपमा मनाइन्छ। यस अवसरमा अस्पतालले जनचेतना कार्यक्रम तथा स्क्रिनिङ सेवा सञ्चालन गर्ने जनाएको छ।Prasui 3

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सुरु गरिएको निःशुल्क फिस्टुला शल्यक्रिया सेवा नेपालमा मातृ स्वास्थ्य सुधारतर्फ महत्वपूर्ण कदम हो। UNFPA सँगको सहकार्य र दक्ष जनशक्तिको विकासले भविष्यमा अझ बढी महिलाहरूलाई गुणस्तरीय, सम्मानजनक तथा निःशुल्क उपचार सेवा उपलब्ध गराउने डा. अधिकारीले बताउनु भयो।

Tags: Dr Shree prasad adhikariObstetric and Iatrogenic FistulaParopakar maternity and women hospital thapathali KathmanduUnited Nations Population Fund
SummarizeShare248ScanTweet155

Related articles

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

by Nam Raj Bhatta
September 20, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन पद र निर्देशक पदमा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

by Nam Raj Bhatta
September 19, 2026
0

नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  हुन्। काउन्सिलका सदस्यहरूमा डा. गोपाल...

Dengue Fever Treatment

शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

by Nam Raj Bhatta
September 16, 2026
0

नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्...

नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

by Nam Raj Bhatta
September 15, 2026
0

नेपाल चिकित्सक संघ र डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेडबीच सम्झौता भएको छ। चिकित्सक संघका सदस्यहरुलाई सुविधा दिने गरी दुई संस्थाबीच सम्झौता भएको हो। चिकित्सक संघमा आबद्ध...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue
  • नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.