Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ ८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले मनायो ६६ औं वार्षिकोत्सब

Nam Raj Bhatta by Nam Raj Bhatta
August 16, 2025
in News
Reading Time: 1 min read
A A
0
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले मनायो ६६ औं वार्षिकोत्सब
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ३१ साउन २०८२

थापाथलीस्थित रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६६ औं वार्षिकोत्सव मनाएको छ।

शनिबार स्वास्थ्यमन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अस्पतालले विगत एक वर्षमा हासिल गरेका उपलब्धि, सेवा विस्तारका योजना र मातृशिशु स्वास्थ्यमा पुर्‍याएको योगदानको बिस्तृत रुपमा समीक्षा प्रस्तुत गरिएको थियो।

विसं २०१६ सालमा ४० शैय्याबाट सुरु भएको यो अस्पतालले हाल ४८९ शैय्यामा सेवा दिदै आएको छ । यस अवधीमा लाखौँ महिला तथा नवजात शिशुको स्वास्थोपचार भएको छ ।

कार्यक्रममा अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले एक वर्षमा भएका उपलब्धिका विषयमा प्रस्तुत गरेका छ्न।

डा. अधिकारीले सेवाग्राहीहरुको चापलाई मध्यनजर गर्दै अनलाईन टिकटिङ्ग र थप एक विलिङ्ग काउण्टरको व्यवस्थापन तथा सर्भसुलभ औषधीको लागि २ वटा थप काउण्टर विस्तार गरी सेवाग्राहीलाइ सहज बनाइएको बताए।

यस्तै परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको कुपण्डोल स्थीत नव निर्मित सेवा विस्तार तथा अध्ययन अनुसन्धान भवन बाट गत वर्ष असर १५ गते देखि सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा,  प्याथोलोजी सेवा, रेडियोलोजी सेवा, फार्मेसी सेवा, तालिमहल संचालन एवं आंशिकरुपमा अब्स तथा गाईनेकोलोजी सेवा साथै तालिममा आउने स्वास्थ्यकर्मी र नर्सिङ्ग विद्ध्यार्थीहरुको लागि छात्राबासको पनि व्यवस्थापन गरिएको छ । यस विस्तारित सेवाबाट सेवाग्राहीहरुलाइ सेवा लिन लामो समयसम्म पालो पर्खनु पर्ने बाध्यता बाट मुक्त भएका छन भने पार्किङ् को पनि व्यवस्थापनमा सहज भएको छ ।

गुणस्तरीय प्याथोलोजी लगायतका सेवा उपलब्ध गराउँदै आएकोमा नेपालमा नै पहिलोपटक नवजात शिशुको अनुवांशिक तथा विकलाङ्गको पहिचानको तथा निदान गर्न  विगत एक बर्ष देखि नियोनेटल स्क्रिनिङ्ग सेवा माननीनय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूबाट समुद्घाटन गरी संचालनमा ल्याइ हालससम्म करिव १८ सय नवजात शिशुहरुको परीक्षण गरिसकिएको छ । यसले शिशुहरुको वंशाणुगत रोगको निदान गरि नवजात शिशुको मृत्यूदर घटाउन सहयोग गरेको छ ।

पहिलो पटक यस अस्पतालमा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्युबाट समुद्घाटन गरी मानसिक स्वास्थ्य ओ. पी. डी. सेवा पनि संचालनमा ल्याइएको छ जसले गर्दा गर्भवती तथा सुत्करी महिलाहरुको मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरुलाइ समयमा नै सम्बोधन गरी एकै ठाँउबाट स्वास्थ्य सेवा लिन सहज भएको छ |

देशकै ठूलो म्याटर्निटी अस्पताल भएकोले, यस अस्पतालमा जन्म भएका शिशुहरुलाई उपचारको आवश्यकता भएमा सकेसम्म अन्यत्र रिफर गर्नु नपरोस भन्ने हेतुका कारण साविकमा संचालित १० बेड एन आइ सीयू बाट चाप अनुसार सेवा उपलब्ध गराउँदा शैया अपुग भएको हुँदा १० शैया थप गरी २० बेडमा संचालन गरिएको छ ।

यस अस्पतालमा सेवा लिन आएका गर्भवती महिलाहरुलाइ मेटर्नल इको तथा फेटल इको को सेवा लिन अन्यत्र जानु नपरोस भनी उक्त सेवासमेत यही अस्पतालबाट संचालन ल्याइएको छ । जसले गर्दा विरामीहरुको समयको बचत तथा एकै ठाँउबाट स्वास्थ्य सेवा लिन सहज भएको छ ।

कुपण्डोलको भवनबाट आई भी एफ भवनबाट निशन्तान सेवा सम्बन्धीका, आई. यू.आई.आई. भी. एफ. तथा निशन्तान सम्बन्धि अन्य सम्पूर्ण सेवाहरु कुण्डोलबाट उपलब्ध गराईएको तथा आई.भी.एफ.युनिटमा अत्याधुनिक प्रविधिबाट सेवा संचालन एवं गुणस्तरिय सेवा संचालन गर्नका लागि ICSI मेसिन मार्फत सेवा संचालन गरिएको हुँदा सेवाग्राहीहरुको सफलता दर बढ्न सहयोग भएको छ । साथै नेपाल सरकारको आई यू आई तथा आई भी एफ सेवाको  तालिम केन्द्रको रुपमासमेत यस अस्पताललाइ स्थापित गराईएको छ।

नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यस अस्पतालमा पनि अब्सट्रेटिक्स फिस्टुलाको उपचार स्वास्थ्य जनसंख्या मन्त्रालयको सहयोग तथा दातृ निकाय यू एन एफ पी ए को सहयोगबाट निशुल्करुपमा सेवाग्राहीहरुलाई यस सम्बन्धि उपचार गराउने व्यवस्था २०८१ चैत्र महिना देखि यस अस्पतालमा प्रारम्भ गरिएको छ । जसले गर्दा सेवाग्राहीहरुलाई यस अस्पतालमा सेवा लिन सहजिकरण हुनुका साथै महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटेको छ ।

नेपालजस्तो विकासशील देशमा तालिम संचालन गर्दा स्वास्थ्य सम्बन्धि अभ्यास प्रकृयामा विरामीहरुको परिवार तथा विरामीहरुलाई पर्ने असहजता तथा जोखिम  कम गर्नका लागि दातृ निकाय वर्न हार्ट वर्ड वाइड र यस अस्पतालको आपसी समन्वयमा गत वैशाख २ गते देखि कुपण्डोल स्थीत नवनिर्मित भवनबाट अत्याधुनिक सिमुलेशन ल्याव संचालनमा ल्याइएको छ । यसले गर्दा स्वास्थ्यकर्मीहरुको तालिमको गुणस्तरियतामा सुधार हुने र सेवाग्राहीहरुलाइ पर्ने जोखिम पनि कम हुनेछ ।

सेवाग्राहीहरु को बढ्दो संख्या र दक्ष  प्रसूतिकर्मी हरुबाट परिवारका सदस्यहरु को उपस्थितिमा सेवा लिने बढ्दो चाहना अनुरुप  सेवा विस्तार गर्नको लागि Nick Simons Institute र यस अस्पतालको समन्वयमा चार वटा Birthing Suits र थप मिडवाइफहरुको व्यवस्थापन गरि सेवा व्यवस्थापन गरिएको छ ।

सेवाग्राहीहरुलाई सहजरुपमा सेवा उपलब्ध गराउन विस्तारित अस्पताल सेवा (EHS) दिउँसो ३ बजे देखि वेलुका ६ बजेसम्म उपलब्ध गराउँदै आएकोमा विहानी सत्रमा समेत विहान ७.३० बजे देखि विहान ८:३० बजेसम्म उपलब्ध गराउँदै आएको छ।

सोही अवसरमा अस्पतालले आयोजना गरेको स्वस्थ शिशु प्रतिस्पर्धामा उपाधि जित्न सफल शिशुहरुलाई पुरस्कृत गरिएको थियो ।

यस्तै अस्पतालले वार्षिकोत्सबको पूर्व सन्ध्यामा फुटसल, ब्याटमिन्टन लगायत प्रतियोगिता गरेको थियो जसमा बिजेताहरुलाई सम्मान सहित ट्रफी प्रदान गरेको थियो।

Tags: Dr Shree prasad adhikariNick simonsParopakar maternity and women hospital thapathali KathmanduPradip Paudel
SummarizeShare234ScanTweet147

Related articles

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा पुन: प्राडा. मनोज हुमागाईं

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा पुन: प्राडा. मनोज हुमागाईं

by Nam Raj Bhatta
May 19, 2026
0

काठमाडौं विश्वविद्यालयले अर्को व्यवस्था नभएसम्मका लागि स्कुल अफ मेडिकल साइन्सेजको रिक्त डीन पदमा रही काम गर्न प्राडा. मनोज हुमागाईंलाई जिम्मेवारी दिइएको छ। काठमाडौं विश्वविद्यालयले ४ जेठमा उपकुलपतिस्तरीय निर्णय...

WVA Position Statement on recognizing veterinarians as healthcare professionals — Nepali translation by Dr. Manoj Kumar Shahi, Vice President, Nepal Veterinary Council.

पशु चिकित्सकलाई स्वास्थ्यकर्मी मान्नुपर्ने: WVA को धारणा

by HNN
May 18, 2026
0

लेखक: डा. मनोज कुमार शाही उपाध्यक्ष, नेपाल पशु चिकित्सा परिषद् पशु चिकित्सकले जनावरको स्वास्थ्य र कल्याणको रक्षा गर्ने मात्र होइन, "एक स्वास्थ्य" अवधारणामार्फत मानिसको शारीरिक, मानसिक र सामाजिक...

मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द

मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द

by Nam Raj Bhatta
May 18, 2026
0

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौंले सरकारी अस्पतालहरूमा मेडिकल प्रतिनिधिमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै आन्दोलन घोषणा गरेको छ। संघले स्वास्थ्य मन्त्रालयद्वारा लागू गरिएको “अस्पताल सुधार कार्यविधि”...

नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित

नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित

by Nam Raj Bhatta
May 18, 2026
0

जेनेभामा भएको विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभा (WHA79) मा नेपाल उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएको छ। सोमबार आयोजित महासभाको उद्घाटन सत्रमा नेपाललाई उक्त गरिमामय जिम्मेवारी...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    745 shares
    Share 298 Tweet 186
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    675 shares
    Share 270 Tweet 169
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    631 shares
    Share 252 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    681 shares
    Share 304 Tweet 157

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा पुन: प्राडा. मनोज हुमागाईं
  • पशु चिकित्सकलाई स्वास्थ्यकर्मी मान्नुपर्ने: WVA को धारणा
  • मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द
  • नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित
  • टिचिङ अस्पतालमा १० शैयाको ‘फेमिली मेडिसिन वार्ड’ थपियो

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.