Global IME Bank Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ कार्तिक २१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

Nam Raj Bhatta by Nam Raj Bhatta
February 28, 2026
in News
Reading Time: 1 min read
A A
0
प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
597
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १६ फागुन २०८२

निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ ।

अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न आयोगले सरोकार भएकाको ध्यानाकर्षण गराएको हो । फागुन २१ गते १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायी समेत) मा मतदान हुँदैछ ।

उक्त दिन निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपाङ्ग, अशक्त, ज्येष्ठ नागरिकलगायतका मतदातालाई आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि व्यवस्था मिलाउन आयोगले आह्वान गरेको हो ।

निर्वाचनको व्यवस्थापकीयकार्य आयोगबाट स्वीकृत कार्यतालिका बमोजिम निरन्तर जारी रहेको उल्लेख गर्दै आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सेवा सम्बन्धित मतदान स्थलमा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले आज एक विज्ञप्ति जारी गरी उल्लेख गरेको छ।

आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै स्थानीय तहमा आवश्यक सहयोगका लागि लेखी पठाइएको भट्टराईले जानकारी दिनुभयो । साथै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्नेगरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाइएको समेत आयोगले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्न गराउन आयोगले नेपाल सरकार लगायतका सरोकारवाला नियकासँग निरन्तर सहकार्य गर्दै निर्वाचनमा मतदाताको सार्थक सहभागिताका लागि मतदानको दिनभन्दा अघि र पछि गरी तीन दिन सार्वजनिक बिदाका लागि आयोगबाट सिफारिस भए बमोजिम नेपाल सरकारबाट निर्णयसमेत भइसकेको छ ।

मतदानको प्रक्रियालाई व्यवस्थित रूपमा सञ्चालन गर्न गराउनका लागि तहगत सरकार र सरोकारवालासँगको सहकार्यको अवधारण अनुरुप आयोगले मतदान केन्द्र कायम रहेका शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालय लगायतका सरकारी संरचना र ती सरकारी संरचनामा रहेका भौतिक सम्पत्ति फागुन १९ गते मङगलबारदेखि फागुन २१ गते बिहीबारसम्म तीन दिनका लागि उपयोग गर्न सक्नेगरी व्यवस्था मिलाइदिन सम्बन्धित मन्त्रालय र स्थानीय तहमा पत्राचार एवम् समन्वयका लागि सरकारलाई अनुरोध गरी गृह मन्त्रालयबाट सम्बन्धित निकायमा पत्राचारसमेत भइसकेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags: #government of NepalElection commission NepalPrimary health care.
SummarizeShare239ScanTweet149

Related articles

स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट

स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट

by Nam Raj Bhatta
November 5, 2026
0

बैतडीको पाटन नगरपालिका स्वास्थ्य क्षेत्रमा बैतडीका १० ओटा पालिकामध्ये उत्कृष्ट भएको छ । स्वास्थ्य कार्यालय बैतडीले आयोजना गरेको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा गोष्ठीमा जिल्लाका १० ओटा स्थानीय तहमध्ये...

किशोरीहरूको मानसिक स्वास्थ्य तथा सशक्तीकरण कार्यक्रम सम्पन्न

किशोरीहरूको मानसिक स्वास्थ्य तथा सशक्तीकरण कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
November 4, 2026
0

CBM Global को आर्थिक सहयोग तथा सी.एम.सी.-नेपाल र चामुण्डा विन्द्रासैनी नगरपालिकाको साझेदारीमा सञ्चालित कर्णाली मानसिक स्वास्थ्य कार्यक्रमअन्तर्गत चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. २, चल्ने चौतार टोलस्थित सगरमाथा किशोरी...

स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा दुई दिने वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा दुई दिने वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

by Nam Raj Bhatta
November 2, 2026
0

स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा भएको दुई दिने जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। डडेल्धुरामा मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरण, घरमै हुने प्रसूति रोकथाम...

ढाकामा ‘नेपाली इन्टर्न्स एण्ड डक्टर्स रिसेप्सन २०२६’ सम्पन्न: एकता, मित्रता र व्यावसायिक सहकार्यको उत्सव

ढाकामा ‘नेपाली इन्टर्न्स एण्ड डक्टर्स रिसेप्सन २०२६’ सम्पन्न: एकता, मित्रता र व्यावसायिक सहकार्यको उत्सव

by Nam Raj Bhatta
November 2, 2026
0

बंगलादेशको राजधानी ढाकास्थित द फरेस्ट लाउन्जमा ‘नेपाली इन्टर्न्स एण्ड डक्टर्स रिसेप्सन २०२६’ भव्यताका साथ सम्पन्न भएको छ। बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थी, इन्टर्न तथा स्नातकोत्तर तहका रेजिडेन्ट...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    896 shares
    Share 358 Tweet 224
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    714 shares
    Share 286 Tweet 179
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    709 shares
    Share 305 Tweet 169
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    706 shares
    Share 314 Tweet 164
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    654 shares
    Share 262 Tweet 164

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट
  • किशोरीहरूको मानसिक स्वास्थ्य तथा सशक्तीकरण कार्यक्रम सम्पन्न
  • स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा दुई दिने वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न
  • ढाकामा ‘नेपाली इन्टर्न्स एण्ड डक्टर्स रिसेप्सन २०२६’ सम्पन्न: एकता, मित्रता र व्यावसायिक सहकार्यको उत्सव
  • स्वास्थ्य सेवाको गुणस्तर सुधार र बिरामी सुरक्षा: नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ पहल

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.