काठमाडौं, ८ चैत्र २०८०
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौं राष्ट्रिय शिखर सम्मेलन काठमाडौंको कार्की बेनक्युटमा यही चैत २८ देखि सुरु हुने भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रत्येक वर्ष आफनो वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्ने उक्त सम्मेलन स्वास्थ्य अनुसन्धानमा रुचि राख्नेहरुका लागि निकै महत्वपूर्ण चाडपर्व जस्तै मनाउने गरिन्छ।
परिषदले तीन दिनसम्म चल्ने सम्मेलनमा प्रस्तुतीका लागि अब्स्ट्याक्टको आव्हान गरेको छ । कति कार्यपत्र आउने के कस्ता विषयवस्तु समावेश हुने भन्ने विषयमा यही साता टुंगो लाग्ने परिषदले जनाएको छ।