Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
September 15, 2026
in News
Reading Time: 2 mins read
A A
0
दार्चुला जीप दुर्घटनामा परेका ५ जना घाइतेको उपचार निसर्ग अस्पतालमा हुँदै
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष प्रोटिन परीक्षण सेवा सुरु भएको छ। जटिल रोगको पहिचान, उपचारको प्रभावकारिता मूल्यांकन तथा बिरामीको अवस्थाको नियमित निगरानीमा महत्वपूर्ण मानिने यस्ता परीक्षण अब सुदूरपश्चिममै उपलब्ध हुने भएको हो।

सामान्य रगत परीक्षणबाट सहजै पहिचान गर्न नसकिने कतिपय रोगको अवस्था बुझ्न शरीरमा रहेका विशेष प्रकारका प्रोटिनको मात्रा तथा अवस्थाबारे जानकारी लिनुपर्ने हुन्छ। विशेषगरी प्रतिरक्षा प्रणालीमा हुने गडबडी, रक्तसम्बन्धी क्यान्सर, मिर्गौला रोग तथा स्वप्रतिरक्षी रोगको पहिचानमा विशेष प्रोटिन परीक्षणको महत्वपूर्ण भूमिका हुन्छ। यसअघि यस्ता जटिल परीक्षणका लागि नमुना विदेश पठाउनुपर्ने वा सीमित प्रयोगशालामा मात्र भर पर्नुपर्ने अवस्था थियो। अब भने सुदूरपश्चिममै पहिलोपटक निसर्ग हस्पिटलमा यो सेवा सुरु भएपछि आवश्यक विशेष प्रोटिन परीक्षण अस्पतालमै गर्न सकिने भएको छ।

निसर्ग हस्पिटलका कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा. राजेन्द्र महरले विशेष प्रोटिन परीक्षणले रोगको प्रकृति पहिचान गर्न तथा उपचारको प्रभावकारिता मूल्यांकन गर्न महत्वपूर्ण सहयोग पुर्‍याउने बताउनुभयो । डा. महरका अनुसार यस्तो सेवा आफ्नै प्रदेशमा उपलब्ध हुँदा जटिल रोगको परीक्षण र उपचार प्रक्रियालाई थप सहज बनाउन सकिन्छ। यस सेवाअन्तर्गत लिपोप्रोटिन (ए) अर्थात् एलपी (ए) परीक्षण पनि गर्न सकिनेछ।

निसर्ग हस्पिटलका मुटुरोग विशेषज्ञ डा. सुदीप लम्सालका अनुसार रगतमा यसको मात्रा बढी भएमा मुटु तथा रक्तनलीसम्बन्धी रोग, हृदयाघात र मस्तिष्कघातको जोखिम बढ्न सक्छ। विशेषगरी परिवारमा कम उमेरमै हृदयाघात वा मस्तिष्कघातको इतिहास भएका तथा अन्य परीक्षण सामान्य हुँदाहुँदै हृदयरोगको जोखिम बढी देखिएका व्यक्तिमा यो परीक्षण उपयोगी हुने डा. लम्सालले बताए।

विशेष प्रोटिन परीक्षण किन आवश्यक ?

शरीरमा संक्रमणसँग लड्ने तथा प्रतिरक्षा प्रणालीलाई व्यवस्थित राख्ने काममा विभिन्न प्रकारका प्रोटिनको महत्वपूर्ण भूमिका हुन्छ। यी प्रोटिनको मात्रा वा संरचनामा आउने परिवर्तनले शरीरभित्र भइरहेको रोग प्रक्रियाको संकेत दिन सक्छ।

कतिपय अवस्थामा सामान्य परीक्षणबाट रोगको स्पष्ट अवस्था पत्ता लाग्न सक्दैन। त्यस्तो अवस्थामा विशेष प्रोटिन परीक्षणले रोगको प्रकृति बुझ्न, उपचारको दिशा तय गर्न तथा उपचारपछि बिरामीको अवस्थामा भइरहेको परिवर्तनको मूल्यांकन गर्न चिकित्सकलाई थप आधार प्रदान गर्छ।

यस उपकरणबाट कुन–कुन परीक्षण गर्न सकिन्छ ?

निसर्ग हस्पिटलमा सुरु गरिएको विशेष प्रोटिन परीक्षण सेवाअन्तर्गत विभिन्न महत्वपूर्ण परीक्षण गर्न सकिनेछ।

इम्युनोग्लोबुलिन अर्थात् आईजीजी, आईजीए र आईजीएम परीक्षण

यी शरीरले संक्रमणसँग लड्न निर्माण गर्ने प्रतिरक्षात्मक प्रोटिन अर्थात् प्रतिपिण्ड हुन्। बारम्बार संक्रमण हुने, प्रतिरक्षा प्रणाली कमजोर भएको शंका लाग्ने वा विभिन्न प्रतिरक्षा सम्बन्धी रोगको मूल्यांकन गर्न यी परीक्षण गरिन्छन्।

आईजीजीका उपसमूह परीक्षण

आईजीजीका विभिन्न उपसमूहको परीक्षणले शरीरको प्रतिरक्षा क्षमताबारे थप जानकारी दिन्छ। सामान्य परीक्षणबाट नदेखिने केही प्रतिरक्षा कमजोरी पहिचान गर्न यो परीक्षण उपयोगी हुन्छ।

फ्रि कप्पा तथा ल्याम्ब्डा लाइट चेन परीक्षण

यो परीक्षण विशेषगरी बहुल मायलोमा तथा एकल प्रतिरक्षा प्रोटिन बढ्ने अवस्थाजस्ता रक्तसम्बन्धी रोगको पहिचान र उपचारको निगरानीका लागि महत्वपूर्ण मानिन्छ।

पूरक प्रणालीअन्तर्गत सी–३, सी–४ र सीएच–५० परीक्षण

शरीरको प्रतिरक्षा प्रणालीअन्तर्गत रहेको पूरक प्रणालीले संक्रमणसँग लड्न महत्वपूर्ण भूमिका खेल्छ। यसको अवस्था मूल्यांकन गर्न यी परीक्षण गरिन्छन्।

बिटा–२ माइक्रोग्लोबुलिन परीक्षण

यो परीक्षण मिर्गौला रोग, केही प्रकारका रक्तसम्बन्धी क्यान्सर तथा प्रतिरक्षा प्रणालीसँग सम्बन्धित अवस्थाको मूल्यांकनमा उपयोगी हुन्छ।

सी–१ इस्टरेज इन्हिबिटर परीक्षण

वंशाणुगत एन्जियोइडेमा जस्ता दुर्लभ रोग पहिचानका लागि यो परीक्षण प्रयोग गरिन्छ।

विशेष प्रोटिन परीक्षणको महत्व रोग पहिचानमा मात्र सीमित हुँदैन। चिकित्सकले उपचार सुरु गरेपछि त्यसको प्रभावकारिता तथा बिरामीको अवस्थामाथि निगरानी राख्न पनि यस्ता परीक्षण उपयोगी हुन्छन्। विशेषगरी रक्तसम्बन्धी जटिल रोग, प्रतिरक्षा प्रणालीसँग सम्बन्धित समस्या तथा रोगमा बिरामीको अवस्थाको नियमित मूल्यांकन आवश्यक हुन्छ। परीक्षणबाट प्राप्त नतिजाले चिकित्सकलाई उपचारको प्रभावकारिता बुझ्न तथा आवश्यक निर्णय लिन सहयोग पुर्‍याउँछ।

बिरामीलाई समय र खर्च दुवैमा राहत

विशेष प्रोटिन परीक्षण धनगढीमै उपलब्ध भएपछि जटिल परीक्षणका लागि प्रदेशबाहिर जानुपर्ने बिरामीको बाध्यता कम हुने अस्पतालले जनाएको छ। यसले परीक्षणका लागि लाग्ने समय र खर्च घटाउनुका साथै उपचार प्रक्रिया अघि बढाउन पनि सहज हुने अपेक्षा गरिएको छ। निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तीर्थराज पन्तले सुदूरपश्चिमका नागरिकलाई आवश्यक जटिल स्वास्थ्य परीक्षण आफ्नै प्रदेशमा उपलब्ध गराउने उद्देश्यसहित अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राखेको बताए।FB IMG 1789414276349

‘सुदूरपश्चिमका बिरामीले जटिल परीक्षणका लागि अन्य प्रदेशमा धाउनुपर्ने अवस्था अन्त्य गर्दै आवश्यक स्वास्थ्य सेवा आफ्नै प्रदेशमा उपलब्ध गराउनु हाम्रो प्रमुख उद्देश्य हो।’ अध्यक्ष पन्तले भने।

पन्तका अनुसार आधुनिक स्वास्थ्य सेवा अस्पतालको भौतिक विस्तारमा मात्र सीमित नभई आवश्यक प्रविधि, जनशक्ति, परीक्षण र उपचार सुविधा बिरामीले आफ्नै ठाउँमा पाउने वातावरण निर्माण गर्नु पनि हो।

Tags: Dr. Sudip LamsalNisarg Hospital Dhangadhi
SummarizeShare234ScanTweet146

Related articles

हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित

हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित

by Nam Raj Bhatta
September 15, 2026
0

हरितालिका तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने श्रद्धालु भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले पवित्र पाशुपत क्षेत्रमा सञ्चालन गरेको...

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

by Nam Raj Bhatta
September 11, 2026
0

हालै गएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७, रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज् र मनमोहन मेमोरियल...

नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त

by Nam Raj Bhatta
September 11, 2026
0

सरकारले नेपाल औषधी लिमिटेडमा रिक्त रहेको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ । बिहीवार  बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त अध्यक्ष पदमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।...

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

by Nam Raj Bhatta
September 10, 2026
0

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना पदाधिकारी नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले न्याम्सको डिनमा डा. विकास विक्रम अधिकारी, रेक्टरमा डा. रविराम...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    877 shares
    Share 351 Tweet 219
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    705 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    695 shares
    Share 299 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    698 shares
    Share 310 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु
  • हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित
  • नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी
  • बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.