Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

इबोला भाइरस रोग (Ebola Virus Disease): एक गम्भीर संक्रामक रोगको परिचय, जोखिम र नियन्त्रण

Nam Raj Bhatta by Nam Raj Bhatta
July 29, 2026
in News
Reading Time: 5 mins read
A A
0
इबोला भाइरस रोग (Ebola Virus Disease): एक गम्भीर संक्रामक रोगको परिचय, जोखिम र नियन्त्रण
589
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ दिपेन्द्र कुमार मण्डल

इबोला भाइरस रोग (Ebola Virus Disease-EVD) मानिसमा देखिने दुर्लभ तर अत्यन्त गम्भीर र प्रायः घातक संक्रामक रोग हो। यो रोग Filoviridae परिवार अन्तर्गत पर्ने Orthoebolavirus वंशका भाइरसहरूबाट हुन्छ। अहिलेसम्म यस वंशका ६ प्रजाति पहिचान गरिएका छन्, जसमा तीन प्रमुख प्रजातिहरूले ठूला मानव प्रकोपहरू गराएका छन्:
Ebola virus (EBOV) – Ebola virus disease (EVD)
Sudan virus (SUDV) – Sudan virus disease (SVD)
Bundibugyo virus (BDBV) – Bundibugyo virus disease (BVD)

पहिलो पटक सन् 1976 मा एकै समयमा दक्षिण सुडान (Nzara) र दोस्रो प्रकोप डेमोक्रेटिक रिपब्लिक अफ कंगो (Yambuku) मा प्रकोप देखिएको थियो। कंगोको प्रकोप इबोला नदी नजिक भएकाले रोगको नाम “Ebola” राखिएको हो।

रोगको गम्भीरता र प्रमुख तथ्यहरू

इबोला रोगको औसत मृत्युदर करिब ५०% हुन्छ (कतिपय प्रकोपमा २५% देखि ९०% सम्म पुगेको छ)।
छिटो र सघन सहायक उपचार (rehydration, लक्षणहरूको उपचार) ले बाँच्ने सम्भावना बढाउँछ।
हालसम्म स्वीकृत खोप र उपचार Ebola virus disease (EVD) का लागि मात्र उपलब्ध छन्। अन्य प्रजाति (SVD, BVD) का लागि खोप वा उपचार अझै विकासको चरणमा छन्। महामारी नियन्त्रणका लागि बहुआयामिक रणनीति आवश्यक हुन्छ।

विशिष्ट पहिचानका विशेषताहरू (Distinguishing Features)

भाइरसका प्रकार र रोगजनकता

Ebola virus (EBOV), Sudan virus (SUDV), Bundibugyo virus (BDBV): अत्यन्तै घातक मानव रोगजनक । Taï Forest virus (TAFV): मानवमा सीमित संक्रमण मात्र, मृत्यु नभएको केस ।
Reston virus (RESTV): मानवमा अदृश्य (asymptomatic) संक्रमण मात्र ।
Bombali virus (BOMV): मानवमा रोग उत्पन्न गर्ने क्षमता अझै स्पष्ट छैन ।

भौगोलिक वितरण

पूर्वी अफ्रिका: BDBV, SUDV
मध्य अफ्रिका: BDBV, EBOV
पश्चिम अफ्रिका: BOMV, EBOV, TAFV
पूर्वी तथा दक्षिण–पूर्वी एसिया: RESTV
प्राकृतिक वाहक (Hosts)
BOMV → little free-tailed bats (Chaerephon pumilus) र Angolan free-tailed bats (Mops condylurus) ।
RESTV → घरेलु सुँगुर (Sus scrofa domesticus) मा प्राकृतिक संक्रमण ।
अन्य Orthoebolaviruses का प्राकृतिक host अझै अज्ञात, तर फलफूल खाने चमेरा (fruit bats) सबैका सम्भावित host मानिन्छन् ।

संरचना र रूप (Morphology)
आकार (Morphology):

भाइरस सामान्यतया धागोजस्ता (filamentous) हुन्छन्।
कहिलेकाहीँ U-आकार, गोलाकार (circular), 6-आकार वा शाखायुक्त (branched) पनि देखिन्छन्।
गोलाकार रूपहरू भने दुर्लभ हुन्छन् वा प्रायः देखिँदैनन्।
आकारगत मापन (Dimensions):
व्यास करिब 96-98 nm हुन्छ।
लम्बाइ धेरै फरक पर्न सक्छ (२०μm भन्दा बढी पनि हुन सक्छ)।

सतही संरचना (Surface Features):

बाहिरी सतहमा glycoprotein स्पाइकहरू हुन्छन्।
आन्तरिक संरचना (Internal Structure):
भाइरियनहरूमा एउटा केन्द्रीय कोर (central core) हुन्छ।

यो कोर हेलिकल राइबोन्यूक्लियोप्रोटिन (RNP) कम्प्लेक्सले बनेको हुन्छ। Matrix protein (VP40) र NP यसमा संलग्न हुन्छन्।

बाहिरपट्टि म्याट्रिक्स तह (matrix layer) र होस्ट कोषको प्लाज्मा झिल्लीबाट बनेको लिपिड आवरण (lipid envelope) ले घेरेको हुन्छ।
पोलिप्लोइडी (polyploidy) पनि देखिएको छ।
जीनोम र आनुवंशिक संरचना

नकारात्मक ध्रुवीयता (Negative polarity) भएको, रेखीय (Linear), non-segmented RNA (~18.9 kb)
Gene order:
3′–NP–VP35–VP40–GP–VP30–VP24–L–5′
7 प्रकारका संरचनात्मक (structural) प्रोटिनहरू उत्पादन गर्छ।
GP जीनबाट तीन प्रकारका soluble protein (sGP, ssGP, Δ-peptide) उत्पादन हुन्छन्।
उच्च glycosylation (विशेषगरी GP मा)
संक्रमण (Transmission)
प्राकृतिक वाहक: फलफूल खाने चमेरा (Pteropodidae परिवार)।

संक्रमित जनावर (चमेरा, बाँदर, गोरिल्ला, हरिण आदि) को रगत वा अंगसँग सम्पर्क गर्दा मानिसमा संक्रमण।
मानिसबाट मानिसमा: संक्रमित व्यक्तिको रगत वा शरीरका तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क, दूषित सतह वा वस्तुबाट।
स्वास्थ्यकर्मीहरूमा संक्रमणको जोखिम उच्च हुन्छ यदि सावधानी नअपनाइएमा।

मृतकको शरीरसँग प्रत्यक्ष सम्पर्क हुने अन्त्येष्टि संस्कारले पनि संक्रमण फैलाउँछ।

लक्षणहरू (Symptoms)

संक्रमण भएको समयदेखि लक्षण देखिन सुरु हुने अवधि (incubation period) सामान्यतया २ देखि २१ दिनसम्म फरक हुन सक्छ। लक्षणहरू अचानक देखा पर्न सक्छन्, जसमा ज्वरो, थकान, अस्वस्थता (malaise), मांसपेशी दुखाइ, टाउको दुखाइ र घाँटी दुखाइ समावेश हुन्छन्। यी लक्षणपछि वान्ता, पखाला, पेट दुखाइ, छाला सम्बन्धी दाना (rash) तथा मिर्गौला र कलेजोको कार्यमा समस्या देखिन सक्छ।

रगत बग्नु (bleeding) सामान्य लक्षण हो भन्ने धारणा भए पनि, यो कम मात्रामा देखिन्छ र रोगको पछिल्लो चरणमा देखा पर्न सक्छ। केही बिरामीहरूमा आन्तरिक तथा बाह्य रक्तस्राव हुन सक्छ, जसमा बान्तामा र दिसामा रगत देखिनु, नाक, गिजा र योनीबाट रक्तस्राव हुनु समावेश हुन्छ। सुई लगाइएको स्थानबाट पनि रगत बग्न सक्छ।
केन्द्रीय स्नायु प्रणाली (central nervous system) मा प्रभाव पर्दा भ्रम (confusion), चिडचिडापन (irritability) र आक्रामक व्यवहार (aggression) देखिन सक्छ।

निदान (Diagnosis)

रोगीबाट संकलित नमूनाहरू अत्यन्त उच्च जैविक जोखिम (biohazard risk) हुने भएकाले, इनएक्टिभेट नगरिएका नमूनाहरूको प्रयोगशाला परीक्षण अधिकतम जैव सुरक्षा (maximum biological containment) अवस्थामै गर्नुपर्छ। सबै इनएक्टिभेट नगरिएका जैविक नमूनाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ढुवानी गर्दा ट्रिपल प्याकेजिङ प्रणाली प्रयोग गरी सुरक्षित रूपमा प्याक गर्नुपर्छ। रोगको प्रारम्भिक चरणमा देखिने लक्षणहरू मलेरिया, टाइफाइड ज्वरो, शिगेलोसिस, मेनिन्जाइटिस तथा अन्य भाइरल हेमोरेजिक ज्वरोहरूसँग मिल्दोजुल्दो हुने भएकाले इबोला रोगलाई क्लिनिकली रूपमा छुट्याउन (distinguish) कठिन हुन सक्छ। कुनै व्यक्तिमा Orthoebolavirus संक्रमण भएको पुष्टि गर्न निम्न निदान विधिहरू प्रयोग गरिन्छः

RT-PCR परीक्षण
ELISA

एन्टिजेन-क्याप्चर परीक्षण
भाइरस आइसोलेसन (cell culture) नमूनाहरू उच्च जैविक जोखिमयुक्त हुने भएकाले अधिकतम जैव सुरक्षा प्रयोगशालामा मात्र परीक्षण गर्नुपर्छ।

उपचार (Treatment)

WHO ले mAb114 (Ansuvimab™) वा REGN-EB3 (Inmazeb™) प्रयोग गर्न सिफारिस गरेको छ।
अन्य प्रजाति (SVD, BVD) का लागि स्वीकृत उपचार उपलब्ध छैन, तर सम्भावित औषधिहरू विकास भइरहेको छ।

अनुकूलित सहायक हेरचाह (optimized supportive care): दुखाइ व्यवस्थापन, रिहाइड्रेसन, पोषण, लक्षण अनुसार उपचार, सह-संक्रमणको उपचार।

खोपहरू (Vaccines)

Ervebo (Merck & Co.)- Ebola virus विरुद्ध
Zabdeno + Mvabea (Janssen Pharmaceutica) Ervebo प्रकोप नियन्त्रणका लागि प्रयोग हुन्छ, अग्रपंक्तिका स्वास्थ्यकर्मीहरूलाई रोकथामात्मक खोप उपलब्ध गराइन्छ। अन्य प्रजाति (SVD, BVD) का लागि खोप अझै विकासको चरणमा छन्।

रोकथाम

संक्रमित जनावरसँग सम्पर्क नगर्ने
काँचो जंगली मासु नखाने
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क नगर्ने।
समुदायलाई रोगबारे जानकारी दिने र छलफलमा सहभागी गराउने।

नियन्त्रण:

सुरक्षित र सम्मानजनक अन्त्येष्टि गर्ने।
बिरामीलाई अलग राख्ने (isolation) र उपचार केन्द्रमा लैजाने। सम्पर्क पहिचान (contact tracing) र २१ दिनसम्म निगरानी गर्ने।
स्वास्थ्य संस्थामा संक्रमण नियन्त्रण: हात सरसफाइ, व्यक्तिगत सुरक्षा उपकरण (PPE), सुरक्षित इन्जेक्सन अभ्यास। बाँचेकाहरूको हेरचाह (Survivor Care)
भाइरस शरीरका केही विशेष अंगहरूमा लामो समयसम्म रहन सक्ने सम्भावना हुन्छ, जस्तै आँखाको भित्री भाग, मस्तिष्क र अण्डकोष।Evola vitrus

इबोला रोगबाट निको भएका व्यक्तिहरूप्रति सम्मान, मर्यादा र सहानुभूतिपूर्ण व्यवहार आवश्यक हुन्छ।
रोगपछि देखिन सक्ने दीर्घकालीन शारीरिक तथा मानसिक असरहरू न्यूनीकरण गर्न परामर्श सेवा तथा सामाजिक पुनःएकीकरण कार्यक्रमहरू महत्वपूर्ण हुन्छन्।
पुरुष बाँचेकाहरूको वीर्यमा लामो समयसम्म भाइरस रहन सक्ने भएकाले संक्रमण फैलिन नदिन वीर्य परीक्षण कार्यक्रम, नियमित परीक्षण तथा परामर्श आवश्यक हुन्छ। साथै सुरक्षित यौन अभ्यास अपनाउन निरन्तर सहयोग र सचेतना प्रदान गर्नुपर्छ। गर्भवती तथा स्तनपान गराइरहेका महिलाहरूमा विशेष निगरानी, हेरचाह र सुरक्षित व्यवस्थापन आवश्यक हुन्छ।

निष्कर्ष:

इबोला भाइरस रोग अत्यन्त गम्भीर तर नियन्त्रण योग्य संक्रामक रोग हो। समयमै पहिचान, सहायक उपचार, प्रभावकारी संक्रमण नियन्त्रण र खोप प्रयोगले यसको प्रभाव घटाउन सकिन्छ। समुदायस्तरमा जनचेतना र स्वास्थ्य प्रणालीको तयारी नै यसको नियन्त्रणको मुख्य आधार हो।

[ मण्डल हाल मेडिकल ल्याब टेक्नोलोजिस्ट प्रशासक (नवौँ तह) प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला (PPHL), लुम्बिनी प्रदेश INSA Fellowship (South Asian University, New Delhi, India) क्लिनिकल माइक्रोबायोलोजिस्ट (IOM, TUTH) मा कार्यरत छ्न। ]

Tags: Dipendra kumar mandalebola Virussouth sudanSudan virus disease
SummarizeShare236ScanTweet147

Related articles

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

by Nam Raj Bhatta
October 3, 2026
0

नेपाल सोसाइटी अफ फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (NSPMR) को आयोजनामा ‘प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON 2026)’ बागमती प्रदेशस्थित साँगा, काभ्रेमा रहेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा सुरु भएको छ।...

काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

by Nam Raj Bhatta
October 2, 2026
0

ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालय र सामुदायिक स्वास्थ्य परिषदसँग सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर  कार्यवाहक प्रमुख सुनिता...

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

by Nam Raj Bhatta
October 2, 2026
0

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन्। यस्तै समितिको सदस्यमा नवराज तिमिल्सिना र अनिता खड्का नियुक्त भएका छन्। शुक्रबार मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई समितिमा नियुक्त गरिएको...

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे

by Nam Raj Bhatta
October 2, 2026
0

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्। शुक्रबार नवनियुक्त अध्यक्ष पाण्डेले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    882 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    701 shares
    Share 301 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न
  • काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता
  • भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त
  • डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे
  • सुविधा कटौतिको प्रयासपछि स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी आन्दोलित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.