आज मिति : २०८२ बैशाख २६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

नेपालमा घट्दै प्रजनन क्षमता, समस्याको रुपमा निःसन्तानपन

निःसन्तानपनको समस्या नेपालमा १५ देखि १८ प्रतिशत रहेको विभिन्न अध्ययनले देखाउँछ।

HNN Staff by HNN Staff
April 13, 2021
in Articles
A A
1
नेपालमा घट्दै प्रजनन क्षमता, समस्याको रुपमा  निःसन्तानपन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

विवाहपछि अधिकांशको सन्तान जन्माउने चाहना हुन्छ। तर सबै दम्पतीका लागि सन्तानको जन्म सामान्य हुँदैन। निकै प्रयासका बाबजुद पनि केही दम्पतीले सन्तानको सुख पाउन सकिरहेका हुँदैनन्।

अहिले नेपालमा पनि निःसन्तानपन ठूलै समस्याका रुपमा छ। यो समस्या वर्षेनी बढ्दो देखिन्छ। सामान्यताः कुनै पनि दम्पतीले प्राकृतिक रुपमा एक वर्षसम्म सन्तानको प्रयास गर्दागर्दै पनि नभए त्यसलाई निःसन्तानपन भनिन्छ।

उमेर जति बढ्दै गयो समस्या पनि बढ्दै जान्छ। कसैको ३८/४० वर्षमा विवाह भएको छ भने प्राकृतिक रुपमा होस् भनेर एक वर्षसम्म कुरेको राम्रो हुँदैन। यद्यपि अन्य उमेर समूहका लागि प्रयास गरेको एक वर्षसम्म पनि सन्तान नभए चिकित्सकसँग परामर्श लिनुपर्छ।

प्राकृतिक रुपमा गर्भवती हुन आधारभूत यी चार वटा कुरा सामान्य हुन आवश्यक छ। एक, श्रीमानको वीर्य। दोस्रो, श्रीमतीको पाठेघर स्वस्थ हुनुपर्छ। तेस्रो, महिलाको अन्डा उत्पादन गर्ने शक्ति राम्रो हुनुपर्छ र चौंथो, ट्युब खुलेको हुनुपर्छ।

हामीले चार वटा कुरालाई आधार मानेर हेरेपछि मात्र समस्या के हो भनेर पत्ता लगाउन सक्छौं। महिलामा मधुमेह, थाइरोइड, रक्तचाप, महिनावारी गडबडी छ कि भनी हेर्छौं। पहिले सन्तान खेर गएको छ या सेतो पानी बग्ने समस्या छ कि भनेर पनि हेर्नुपर्छ।

पुरुषमा पनि यौन समस्या भए नभएको, योनीमा चोटपटक लागेको, लागुपदार्थको प्रयोग गर्ने–नगर्ने दुवै हेर्न आवश्यक छ।

विश्वभर निःसन्तानपनको समस्या ८ देखि १२ प्रतिशतमा देखिएको छ भने नेपालमा १५ देखि १८ प्रतिशत रहेको विभिन्न अध्ययनले देखाउँछ। निःसन्तानपनको समस्या हुनुमा महिला र पुरुष दुवै कारण हुन्।

वैदेशिक रोजगारीमा जाने पुरुषमा झन् निःसन्तानपनको समस्या बढी भेटिन्छ। पुरुषमा हुने निःसन्तानपनको समस्याका कारण विशेषगरी विर्यको कमी, उमेर, वंशाणुगत या अन्य कुनै रोग हुनसक्छ।

महिलामा भने ट्युब ब्लक हुँदा, अन्डा बनाउने शक्ति एकदम कम या धेरै हुँदा अन्डा उत्पादनमा समस्या हुन्छ। पाठेघरमा ट्युमर भए या संक्रमण भए, वंशाणुगत कारण, हर्मोनको गडबडी, पटकपटकको गर्भपतन र पाठेघरमा घाउ हुँदा पनि निःसन्तानपनको समस्या देखिन सक्छ।

तर, अहिले धेरैमा देखिने आम कारण भनेको महिलामा ट्युब ब्लक, अन्डा उत्पादनमा समस्या, पुरुषमा विर्यको कमी र ढिलो विवाह नै देखिन्छ। समयमै निदान भए समस्या अनुसार उपचार पनि हुन्छ।

यसको विशेषगरी दुई वटा उपचार हुन्छ। एक, आइयुआई र दोस्रो, आइभिएफ अर्थात् टेस्टयुब बेबी।

आइयुआई उपचारमा श्रीमानको विर्य या डोनर स्पर्म महिलाको पाठेघरमा प्रोसेस गरेर हाल्ने प्रक्रियालाई इन्ट्रायुटाइन इन्सेमिनेसन अर्थात् आइयुआई भनिन्छ। डोनर स्पर्म श्रीमानको विर्य नभएको अवस्थामा दम्पतीको अनुमति अनुसार मात्र राखिन्छ।

आइभिएफ प्रक्रिया कृत्रिम तरिकाबाट हुन्छ। अन्डा बनाउने, अन्डा झिक्ने, श्रीमानको विर्य या डोनरको स्पर्म मिलाएर गर्भाधान गर्नेदेखि लिएर श्रीमतीको पाठेघरमा हाल्ने सबै प्रक्रिया कृत्रिम तरिकाबाट हुन्छ। त्यसैले यसलाई टेस्ट ट्युब बेबी भनिएको हो।

प्रजनन क्षमता हुने उमेरमै सन्तानको योजना बनाउनु राम्रो हुन्छ। ३५ वर्षपछि महिलाको अन्डा बनाउने शक्ति घट्दै जान्छ। आमाको पेटबाटै महिला सीमित अन्डा लिएर जन्मेका हुन्छन्। जीवनभर महिलाले नयाँ अन्डा बनाउँदैनन्। हरेक पटक महिनावारी हुँदा ती अन्डा खेर जान्छन्।

४५ वर्षपछि कृत्रिम तरिकाबाट सन्तान जन्माउन पनि गाह्रो नै हुन्छ। हुन त आइभिएफ ४५-५० उमेरसम्म पनि गर्न मिल्छ। तर छिटो योजना बनाए राम्रो हुन्छ।

अहिले प्रजनन् क्षमता घट्दै गएको छ। अस्वस्थकर खानपान तथा जीवनशैली, विभिन्न किटनाशक औषधिको प्रयोग, वातावरण प्रदूषण लगायतले पनि महिला र पुरुष दुवैमा प्रजनन क्षमता घट्दै गएको पाइन्छ। ३० वर्षको उमेरका महिलामा अन्डा बनाउने शक्ति १० वर्षअघि ४० वर्षकी महिलामा तुलना गर्यौ भने कम पाउँछौं।

त्यसैले २५ देखि ३५ वर्षभित्र सन्तान जन्माएको राम्रो हुन्छ। निःसन्तानपनको समस्या आउन नदिन सही उमेरमा दम्पतीले सन्तानको योजना बनाउनुपर्छ। अध्ययन र करिअर भनेर यसलाई धेरै पर सार्नु हुँदैन।

स्वस्थकर खानपान र जीवनशैली अपनाउनुपर्छ। करिअर तथा अध्ययनको योजना बनाएजस्तै सन्तान जन्माउने पनि योजना बनाउनुपर्छ। प्राकृतिक रुपमा सन्तानको प्रयास गर्दा पनि नभए अनिवार्य रुपमा चिकित्सकको परामर्श लिनुपर्छ। समस्या भए पनि अस्पताल ढिलो गए उपचार गरे पनि सफल हुने सम्भावना निकै कम हुन्छ।

 

बझोपन तब हुन्छ जब एक जोडीले नियमित असुरक्षित यौन सम्पर्क गरे पछि गर्भधारणगर्न सक्दैनन् |बझोपन समस्या महिला,पुरुष वा दुवैजनामा वा अज्ञात समस्याको कारण हुन सक्छ|

बझोपन२ प्रकारकोहुन्छ:

  • Primary infertility :जोडीहरु जो कम्तिमा १ वर्ष सम्म गर्बधरण गर्नु भएनभने
  • Secondary infertility: १ पटक गर्भवती हुने समता भएको, तर अब असमर्थ छ भने

 

महिलामा बाझोपनको समस्या हुने कारणहरु:

  • उमेर
  • थाइरोइड रोग
  • मधुमेह
  • डिम्बग्रंथि अल्सर र पॉलीसिस्टिक अंडाशय सिंड्रोम ( PCOS)
  • ट्यूब अवरोध
  • ओभुलेशन डिसअर्डर
  • गर्भाशय फाइब्रॉएडहरू
  • एन्डोमेट्रियोसिस
  • धुम्रपान/ मध्यपान
  • तौल
  • खानपिन
  • यौन इतिहास
  • हर्मोनल असन्तुलन

पुरुषमाबझोपनको समस्या हुने कारणहरु :

  • असमन्यताशुक्राणु उत्पादन वा कार्य
  • कमशुक्राणु गणना
  • वतावरणीय कारणहरुमा
  • नलिका / नलिका उल्टो असफलता
  • हर्मोन असन्तुलन
  • धुम्रपान/ मध्यपन
  • तौल
  • खानपिन
  • यौन इतिहास
  • यौनसंक्रमित सक्रमण , चोट, शल्यक्रिया

 

मध्य बानेश्वरमा रहेको भेनस अस्पतालमा निःसन्तानपन विशेषज्ञ डा. अनुपमा  सुवाल गुरुङ र वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. प्रदिप कोइरालाले लामो समय बाट निःसन्तान दम्पतिहरुको उपचार गरिरहनु भएको छ ।

(डा अनुपमा भेनस अस्पतालमा स्त्री रोग तथा आइभिएफ, निःसन्तानपन विशेषज्ञका रुपमा कार्यरत छिन्।)

Tags: Corona Virus #Covid19Dr. Anupama Siwal GurungFertilityVenus Hospital
Nisarga hospital Dhangadhi
Previous Post

टेकु अस्पताल‌ फेरि कोरोना विशेष अस्पताल घोषणा #TekuHospital

Next Post

आयुर्वेद चिकित्सा परिषदमा नयाँ कार्यसमिति अध्यक्षमा डा. ठाकुर र रजिष्टारमा डा. भूसाल

Related articles

Condom Nepalese Perspective
Articles

कन्डम प्रति हाम्रो ढोंगी दृष्टिकोण: सामाजिक यथार्थको ऐना

2 weeks ago
841
नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व
Articles

नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व

2 months ago
879
अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने POEM प्रक्रिया: नेपालमा यसको स्थिति
Articles

अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने POEM प्रक्रिया: नेपालमा यसको स्थिति

4 months ago
802
बायोमेडिकल इन्जिनियर र भूमिका #Biomedical
Articles

बायोमेडिकल इन्जिनियर र भूमिका #Biomedical

4 months ago
1.2k
कोलोरेक्टल क्यान्सर र नेपालमा यसको अवस्था #Colorectalcancer
Articles

कोलोरेक्टल क्यान्सर र नेपालमा यसको अवस्था #Colorectalcancer

5 months ago
926
पक्षघात: लक्षण, कारण र बच्ने उपाय
Articles

पक्षघात: लक्षण, कारण र बच्ने उपाय

5 months ago
820
Next Post
आयुर्वेद चिकित्सा परिषदमा नयाँ कार्यसमिति अध्यक्षमा डा. ठाकुर र रजिष्टारमा डा. भूसाल

आयुर्वेद चिकित्सा परिषदमा नयाँ कार्यसमिति अध्यक्षमा डा. ठाकुर र रजिष्टारमा डा. भूसाल

Comments 1

  1. Pingback: विवाह प्रथा वा कुप्रथा ? • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,006)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.