Global IME Bank Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

साबधान : निको नहुन सक्छ रुघाखोकी

HNN Staff by HNN Staff
July 16, 2020
in Disease
Reading Time: 1 min read
A A
0
साबधान : निको नहुन सक्छ रुघाखोकी
664
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा.दिपेन्द्र कार्की 

बि एण्ड बि अस्पताल 

भाइरस सजिलै चारैतिर फैलन सक्ने भएकोले रुघाखोकी, नाकबाट सिंगान बग्नु, हाछ्यू हुनु, घाँटी दुख्नु जस्ता समस्या सबै जसोले भोग्ने गरेका छौ । रुघाखोकी लागेकोलाई सामान्य विरामीको रुपमा लिइन्छ तर यो थुप्रै करिव २ सयभन्दा बढी भाइरस प्रमुखतया इन्फ्लुएन्जा भाइरसद्वारा हुने संक्रामक सरुवा रोग हो । भाइरसको एकपटकको आक्रमणले छोटो समयको लागि इम्युनिटी दिन्छ तर हरेक पटक नया“ भाईरसको संक्रमण हुन्छ।

तिब्रताका साथ संक्रमण फैलिने हुनाले विकसित मुलुकमा कतिपय अन्य सरुवा रोगभन्दा पनि यो रोगलाई खतरनाक मान्छन् तर हाम्रो मुलुकमा अशिक्षा, अज्ञानता तथा स्वास्थ्य सम्बन्धी चेतनाको कमिले गर्दा यसलाई सहज रुपले लिने गरिएकाले एक व्यक्तिबाट अर्को व्यक्ति तथा एउटै परिवारका समस्त सदस्यलाई एकै पटक आक्रान्त पारेको र जटिलता ल्याएको देखिन्छ ।

अमेरीकामा अस्पताल पुग्ने सवैभन्दा बढी अस्पताल रुघाखोकीका बिरामी  छ्न।
प्रत्यक्ष सम्पर्कबाट र हावाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले तथा भाइरस हावामा हुने भएकोले ज्यादा भिडभाड हुने स्थान, सिनेमा हल, बस, विद्यालय, जात्रा आदि धुलो तथा प्रदूषणयुक्त स्थानमा छिट्टै सर्ने संभावना हुन्छ । विरामीले खोक्दा, बोल्दा, हाछ्युँ गर्दा लाखौं विषाणु हावामा फैलिन्छन् अन्य मानिसले स्वास लिंदा उक्त विषाणु निरोगी मानिसको फोक्सोमा पुग्दछ । विषाणुले अनुकुल वातावरण पाएमा त्यस विषाणुले असर गरी रोग देखाउँछ ।

किन लाग्छ रुघाखोकी ?

— रुघाखोकी कमजोर, प्रतिरोधात्मक शक्ति भएकोमा मात्र लाग्दछ ।
— रुघाखोकी चिसोसग लड्नका लागि हुने भएकोले उपचार गर्नु हुदैन ।
— रुघाखोकीमा दूध पिउदा सिंगान बढी र बाक्लो आउछ ।
— धेरै अमिलो र भिटामिन सी रुघाखोकीका लागि राम्रो हो ।
— रुघाखोकीको लागि औषधि भन्दा जडिबुटी उत्तम हुन्छ ।
— धु्रमपान, मद्यपान, तातो सुप, ब्राण्डीले रुघाखोकी निको पार्दछ । जस्ता अनगिन्ती मान्यता तथा बिश्वास हामीकहा बिद्यमान छन ।

लक्षणहरु :

रुघाखोकी मानिसबाट मानिसमा मौसम परिवर्तन हुने समयमा तथा शरीरको प्रतिरक्षात्मक ह्रास भएको स्थितिमा अत्यन्त छिटो र सजिलो संग कुनै पनि उमेर तथा लिंगका धनी र गरिबलाई नछुटाई फैलिन्छ । यो रोगले खासगरी ५ वर्षमुनिका बच्चा र ४५–५० वर्ष माथिका उमेर समूहलाई बढी नकारात्मक असर पार्दछ ।

विषाणुको संक्रमण भएको केही घण्टादेखि १–२ दिनमै लक्षण देखिन्छ ।नाकबाट पानी जस्तो पातलो सिँगान बग्छ, हाच्छूँ लागिरहन्छ (नाक सनसनाउछ)। आँखा रसिलो भई आँशु बगिराख्छ ।वाकवाकी लाग्ने, बान्ता हुने, सुख्खा खोकी लाग्छ । छाती दुख्छ, नाकको म्युकोसा सुन्निने भएकोले श्वास फेर्न गाह्रो हुन्छ ।थुक, पानी पिउन, निल्न पनि गाह्रो हुन्छ ।शरीरमा थकानको अनुभव हुन्छ, टाउको भारी भइ दुख्छ । विशेष गरी नवजात शिशु र बालबालिकामा धेरै ज्वरो आउँछ, जिउ दुख्छ, कान बन्द हुन्छ ।घाँटीमा खसखस गरी खोकी लागिरहन्छ (घाँटी खसखसाउने, कोक्याउने गर्छ )।नाक बन्द हुन्छ, स्वाद र सुघ्ने क्षमतामा कमी आउ“छ । चुरोट खानेमा कडा लक्षण देखिन्छ भने चिसो याममा बढी र बालबालिका, वृद्ध तथा शारीरिक रुपले असक्तहरुमा लामो समय सम्म रहन सक्छ ।
जटिलता नभएमा ३–५ दिनमा लक्षणहरू कम भएर जान्छन् । बढी जोखिमपूर्ण समूहमा बेलैमा उपचार नगरे मृत्यु पनि हुन सक्छ ।

जटिलता:

इन्फ्लुएन्जाले साधारणतया रुघाखोकी, ज्वरो तथा श्वास प्रश्वास सम्बन्धी सामान्य संक्रमण गराउने भएपनि ट्राकियाटिस, ब्रोङ्काइटिस, ब्रोङ्कोलाइटिस, ब्रोङ्कोनिमोनिया फेरेन्जाइटिस, लेरेन्जाइटिस, निमोनिया,नाकको भित्री भागको श्लेष्मीक सुन्निनु(राइनाइटिस),साइनाइटीस, कानमा पीप बग्नु (एक्युट ओटाइटिस मिडिया),ब्याक्टेरियल संक्रमण, टकसीक कार्डियोमायोप्याथी,इन्सेफलाइटिस, इन्सेफेलोप्याथी, न्यूरोप्याथी, एस्थेनिया र डिप्रेसन पनि हुन सक्छ । जाडो याममा बढी हुने इन्फ्लुएन्जाले हृदयरोग र हृदयघात समेत हुन सक्ने देखाएको छ । त्यसकारण रुघा एक सामान्य रोग भएता पनि हेलचक्र्याई गर्दा अन्य ठूलो रोगहरूको कारक बन्न सक्दछ ।

रोकथाम:

रुघाखोकीको वैकल्पिक चिकित्सा उपायहरू थुप्रै छन् । हुन त रुघाखोकी भाइरल इन्फेक्सन भएको हुँदा यसको रामवाण औषधी छैन खासै उपचार छैन त्यसैले भनिन्छ भाइरल इन्फेक्सनको उपचार गर्दा १–२ साता तथा उपचार नगर्दा ७–१४ दिनमा निको हुन्छ । तर यसका नकारात्मक असर कम गर्न थप संक्रमण र जटिलता रोक्न विदेशमा एण्टीभाइरल औषधिको प्रयोग, रोग विरुद्ध खोप वा भ्याक्सिन पनि दिइने चलन छ तर नेपालमा महंगा औषधि र खोपको आर्थिक भार बेहोर्न नसकिने भएकोले लक्षण अनुसार र संक्रमणको अवस्था सिर्जना हुन नदिन उपचार गर्ने गरिन्छ ।

रोगीको नाक मुखबाट उत्सर्जित थुक, खकार, सिंगान जथाभावी नफाल्ने, रोगीको सम्पर्कमा जादा नाक र मुख छोप्ने, संक्रमितले खोक्दा, हाछ“यू गर्दा रुमालले आफ्नो नाक र मुख छोप्ने रोगीले नाक, मुख पुछ्न प्रयोग गरेका वस्त्रहरु विसक्रमण नगरी अरुले प्रयोग नगर्ने, संक्रमित संग हात मिलाएपछि र सामान चलाएपछि तथा खाना खान¬पूर्ब साबुन पानीले हात धुने गरी रोकथाम गर्न सकिन्छ ।

Tags: common ColdCorona Virus #Covid19Dr.Deependra PandeySelf IsolationSelf Quarantine
SummarizeShare312ScanTweet147

Related articles

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

by Nam Raj Bhatta
February 12, 2026
0

धनकुटा, २९ माघ २०८२ धनकुटाको दुर्गम क्षेत्रकी करिब ४० वर्षीया गर्भवती महिलामा नियमित गर्भ जाँच (अल्ट्रासाउन्ड) का क्रममा डाउन सिन्ड्रोमको शंका गरिएको एक महत्वपूर्ण घटना उच्चस्तरीय अस्पतालमा पुष्टि...

Hypertension awareness by Dr Satish Niraula

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

by HNN Staff
May 12, 2025
0

✍️ डा. सतिश निरौला छोरोल्पा अस्पताल दोलखा , निमित्त निर्देशक जनरल प्र्याक्टिशनर र इमर्जेन्सी फिजिसियन डायबेटिज तथा इन्डोक्राइन एसोसिएसनको आजीवन सदस्य हाइपरटेन्सन वा उच्च रक्तचाप एक यस्तो अवस्था...

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

by Nam Raj Bhatta
April 26, 2024
0

काठमाडौँ, १४ बैशाख २०८१ सरकारले यही वैशाख १६ गते देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र...

World Alzheimer Day Illustration HealthNewsNepal

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

by HNN Staff
September 21, 2023
0

काठमाडौं, ४ असोज २०८० आज विश्व अल्जाइमर्स दिवस २०२३, "अल्जाइमर रोगको जोखिम कम गर्न आजैबाट पहल गरौं र रोग लागि सकेको अवस्थामा पनि लक्षणहरुलाई न्यूनीकरण गर्न सम्भव भएकोले...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    885 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    711 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    704 shares
    Share 303 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    651 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • रसुवा बाढीले ३५ हजार बालबालिका दादुरा खोप बाट प्रभावित
  • CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित
  • आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक
  • विश्व बाथरोग दिवसमा काठमाडौंमा जनचेतना र्‍याली सम्पन्न
  • पोखराका डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.