रसायन तथा मेडिकल आपूर्ति संघको २० औं सधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ।
कुपोन्डोलस्थित हिमालया होटेलमा भएको सप्पन्न २० औं सधारणसभाबाट शैलेस कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति भएको हो।
केमसानको प्रथम उपाध्यक्षमा बिनोद मानान्धार र द्वतिय उपाध्यक्षमा समीर मरहठ्ठा सर्वसम्मत चयन भएका छन् ।
यस्तै महासचिवमा दीपक शर्मा, कोषाध्यक्षमा निर्मल रेग्मी, सचीवमा विजय खनाल सर्वसम्मत चयन भएका हुन।
नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई अधिवक्ता शिव राज धितालले प्रामाणपत्र सहित स्वागत गरेका छ्न।
यस्तै कार्यसमिति सदस्यहरु बिनय राज सिग्देल, गणेश सापकोटा, खडानन्द पाण्डे र बिजय महर्जन चयन भएका हुन।
केमसानका अध्यक्ष भक्त हमालको तीन वर्षको कार्यकाल सकिएको छ। अध्यक्ष हमालले नयाँ कार्यसमितिहरुलाई बधाई एवम् शुभकामना प्रदान गर्नु भएको छ।






