Global IME Bank Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

यी १५ देशका जनताले खानपानमा सबैभन्दा धेरै समय बिताउँछन्। #Eatingtime

फ्रान्सको खानपान लामो समयदेखि स्वस्थ खानपानको रुपमा रहेको छ । फ्रान्सेली जनताहरुले हरेक दिन खानपिनमा औषतमा २ घण्टा १३ मिनेट समय बिताउँदछन् ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 17, 2020
in Nutrition
Reading Time: 1 min read
A A
1
Good diabetes food

Good diabetes food

631
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ०२ पौष २०७७

डिसेम्बर महिनामा पश्चिमा मुलुकहरुमा सबैभन्दा धेरै भोज, पार्टी तथा खानपिनको माहौल हुन्छ । भलै कोरोना महामारीका कारण यो वर्ष पहिलेका वर्षहरुमा जस्तो पार्टीहरु नहोलान् तर मानिसहरु आफ्नै घरभित्र मस्त खानपान गर्न छाड्दैनन् ।

खानपिनको यो मामिलामा संसारको कुन देश सबैभन्दा अगाडि होला ? पछिल्लो एक तथ्यांकले युरोपेली मुलुक फ्रान्स खानपिनमा सबैभन्दा धेरै समय बिताउने मुलुक बनेको छ ।

हालै आर्थिक सहयोग तथा विकास संगठन ओईसीडीले संसारका विभिन्न देशका मानिसहरुको प्रवृत्ति तथा जिवनशैलीसँग सम्बन्धित आँकडाहरु पेस गरेको छ ।

ती आँकडाहरुका अनुसार फ्रान्सको खानपान लामो समयदेखि स्वस्थ खानपानको रुपमा रहेको छ । फ्रान्सेली जनताहरुले हरेक दिन खानपिनमा औषतमा २ घण्टा १३ मिनेट समय बिताउँदछन् ।

फ्रान्सेलीहरु सन्तुलित.  भोजन गर्दछन्, जसमा हरिया सागपात तथा फलफूलसँगै गोलभेँडा, ओलिभ जस्ता चिजहरु निकै खान्छन् । आमरुपमा फ्रान्समा परिवारका हरेक सदस्यहरुको अलग अलग प्रकारको खानेकुरा हुन्छ, जसले उनीहरुको शारीरिक तथा मानसिक आवश्यकतालाई ध्यानमा राखेर बनाइन्छ ।

खानपिनमा धेरै समय बिताउने मुलुकको दोश्रो नम्बरमा अर्को युरोपेली मुलुक इटाली परेको छ । फ्रान्समा वर्षभरी नै कुनै न कुनै किसिमका खाना महोत्सव चलेकै हुन्छन् । इटालियनहरु औसतमा हरेक दिन खाना खानका लागि २ घण्टा ७ मिनेट समय बिताउँछन् ।

खानपिनमा धेरै समय बिताउनेहरुमा स्पेनिसहरु तेश्रो नम्बरमा छन् । उसो त स्पेनिसहरुले खानालाई ईश्वरको बरदान नै मान्दछन् । खानेकुरा फ्याँक्ने मामिलामा स्पेनिसहरु निकै संवेदनशील छन् र सितिमिति खानेकुरा फ्याल्दैनन् पनि । स्पेनिसहरु हरेक दिन खानपिनमा २ घण्टा ६ मिनेट बिताउँछन् ।

चौथो नम्बरमा दक्षिण कोरिया रहेको छ । कोरियालीहरु दिनमा पौने २ घण्टा खानपिनमा बिताउने गरेका छन् ।

यो सूचीको पाँचौँ नम्बरमा छिमेकी मुलुक चीन रहेको छ । चिनियाँहरु खानपिनका लागि औसतमा हरेक दिन १ घण्टा ४० मिनेट बिताउँछन् ।

खानपिनमा धेरै समय बिताउनेहरुको सूचीमा जर्मनहरु छैटौँ स्थानमा पर्दछन् । जर्मनहरुले दिनहुँ खानपिनमा औसतमा १ घण्टा ३५ मिनेट खर्चिन्छन् ।

सातौँ स्थानमा जापानिजहरु छन् । अरु विकसित देशभन्दा फरक जापानीहरुको खानपिनको विशेषता के छ भने उनीहरुको भोजन अत्यन्तै स्वस्थकर हुन्छ र बाहिरको खानेकुरा कम खान्छन्, अर्थात् घरमै पकाएर/बनाएर खान्छन् । हरेक जापानीले खानपिनका लागि दिनहुँ औसतमा १ घण्टा ३३ मिनेटको समय खर्चिने गरेका छन् ।

खाना खानका लागि दिनहुँ १ घण्टा २९ मिनेट छुट्टाउने अस्ट्रेलियनहरु यो सूचीमा आठौँ नम्बरमा रहेका छन् ।

त्यस्तै छिमेकी मुलुक भारतका मानिसहरु खानपिनमा धेरै समय बिताउनेहरुको सूचीमा नबौँ नम्बरमा छन् । भारतीयहरु औसतमा दिनहुँ खानपिनका लागि १ घण्टा २४ मिनेट खर्च गर्दछन् ।

१०औँ नम्बरमा १ घण्टा २९ मिनेटसहित बेलायतीहरु छन् भने ११औँ नम्बरमा मेक्सिकोका मानिसहरु रहेका छन् । मेक्सिकनहरुले खानपिनका लागि दिनहुँ १ घण्टा १६ मिनेट खर्चिन्छन् ।

स्विडिसहरु १ घण्टा १४ मिनेटसहित १२औँ स्थानमा रहँदा दक्षिण अफ्रिकीहरु १ घण्टा १२ मिनेटसहित १३औँ स्थानमा रहेका छन् ।

खानपिनका लागि सबैभन्दा धेरै समय खर्चिने जनता रहेका मुलुकहरुको सूचीमा क्यानडा १४ औँ स्थानमा रहेको छ । हरेक क्यानडालीले खानपिनमा दिनहुँ १ घण्टा ५ मिनट छुट्टाउँदछन् ।

उता अमेरिका चाहिँ यो सूचीमा पन्ध्रौँ स्थानमा परेको छ । तथ्यांकअनुसार अमेरिकीहरुले खानपिनका लागि हरेक दिन औसतमा १ घण्टा २ मिनेट समय बिताउँदछन् ।

Tags: Cold seasonCorona Virus #Covid19Countrynutrition
SummarizeShare275ScanTweet149

Related articles

नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने

नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने

by Nam Raj Bhatta
November 13, 2025
0

काठमाडौं, २७ कात्तिक २०८२ विश्व मधुमेह दिवसको अवसरमा नेपाल डायटीसियन एशोसिएसनले विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने भएको छ। शुक्रबार दिवसको अवसरमा एशोसिएसनले ललितपुरको पाटन दरबार स्क्वायर महारानी पोखरीमा सचेतनामूलक...

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved

by Nam Raj Bhatta
November 15, 2024
0

✍️ डा. बिजय किशोर पंडित  जाडोयाममा आयुर्वेदले स्वास्थ्य रक्षाका लागि विभिन्न औषधि र उपचार विधिहरू बताइएको छ। यद्यपि, कुनै एक औषधिले सबै प्रकारका समस्याबाट बच्न सक्छ भन्न सकिन्न।...

तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने

तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने

by Nam Raj Bhatta
May 28, 2024
0

काठमाडौं, १५ जेठ २०८१ अर्थमन्त्री बर्षमान पुनले आलु, प्याज र स्याउ लगायतका तरकारी एवम फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज हुने भएको छ। मंगलबार अर्थमन्त्री पुनले आगामी आर्थिक...

दसैँमा सागसब्जी कम, माछा बढी खपत

दसैँमा सागसब्जी कम, माछा बढी खपत

by Nam Raj Bhatta
October 27, 2023
0

काठमाडौँ, ९ कार्तिक २०८० दसैँमा सागसब्जीको खपत ह्वात्तै घटेको छ भने माछाको खपत बढेको पाइएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो पटक तरकारी, फलफूल, मसला लगायतका वस्तुको खपत घटेको...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    885 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    711 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    703 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • विश्व बाथरोग दिवसमा काठमाडौंमा जनचेतना र्‍याली सम्पन्न
  • पोखराका डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
  • पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.