कोभिड-१९ रोगमा प्लाज्मा थेरापीको सन्दर्भ: #Covid19

✍️   डा. श्रवण कुमार मिश्र

कोभिड-१९ रोगको उपचारको सबै भन्दा सस्तो उपचार प्लाज्मा थेरापी बिधि हो ।यसको लागि बेलैमा उपयुक्त कदम चाल्नु पर्दछ ।यसको लागि प्लाज्मा थेरापीमा प्रयोग हुने उपकरण र तयारी प्रयाप्त हुन आवश्यक छ ।यसको प्राबिधिक पक्षलाई विचार गर्नु पर्दछ ।कोभिड-१९ रोगको बिरुध मानब शरीर भित्र एन्टीबोडी निर्माण प्रक्रियामा बिभिन्न स्टेज र बिधि अनुसार एक देखि दुइ सातामा हुने गर्दछ ।

क) प्रारम्भिक फेजमा शरीरमा भएको रोग सँग लड्ने क्षमता (non-specific innate response) अनुसार पहिलो पंक्तिका प्रतिरक्षाका कवचहरु (macrophages, neutrophils, and dendritic cells) ले कार्य गदछ र सके सम्म स्वास प्रस्वाशको कोशहरुमा संक्रमण हुन नदिने प्रयाश गर्दछ ।यो अवस्थामा शरीरले एन्टीबडी निर्माण गरेको हुदैन ।

ख) दोस्रो फेजमा स्वास प्रस्वाशको कोषहरुमा संक्रमण भइ सकेको अवस्थामा कोषमा भएको प्रतिरक्षा प्रणालीले टि लिम्फोसाइटको सहयोग माग्छ र सोहि अनुसार टि लिम्फोसाइट उत्प्रेरित भएर भाइरस संक्रमित कोषहरुलाई मार्ने कार्य गर्दछ यसलाई सेलुलर प्रतिरक्षा भनिन्छ । बि लिम्फोसाइट उत्प्रेरित भएर प्लाज्मा कोषमा परिवर्तन भएर एन्टीबडी निर्माण हुन्छ ।यसलाई ह्युमोरल प्रतिरक्षा भनिन्छ । दोस्रो फेजको प्रतिरक्षा प्रणाली राम्रो भएको अवस्थामा रोगको स्टेज निर्धारण गर्दछ ।एन्टीबडीको (Titre) मात्राको आधारमा भाइरसको पुनः संक्रमण हुने वा नहुने समेत निर्धारण हुन्छ ।

एन्टीबडी एक किसिमको इमिनोग्लोबुलिन प्रोटिन हो ।भाइरसको सतहमा रहेको “S प्रोटिन ” लाइ ब्लोक गर्न सक्ने गुण भएको एन्टीबडी र यसको मात्रा (Titre) प्रयाप्त भएको अवस्थामा एन्टीबडीलाइ प्लाज्मा थेरापीको रुपमा प्रयोग गर्न सकिन्छ ।ब्लोक गर्न सक्ने एन्टीबडी र सहि मात्रामा भएको अवस्थामा रोग लागेर निको भैसकेको व्यक्तिको रगत प्लाज्मा थेरापीमा उपयोग गर्न सकिन्छ । तसर्थ एन्टीबडीको गुण र मात्रा नापेर मात्र उक्त एन्टीबडी प्लाज्मा थेरापीमा काम लाग्ने वा काम नलाग्ने समेत निर्धारण हुन्छ ।

Next Post

Discussion about this post

ADVERTISEMENT