कञ्चनपुरको महेन्द्रनगरस्थित रहेको मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता भएको छ।
सम्झौता पत्रमा जन्मजात अनुहार तथा मुखसम्बन्धी विकृतिका लागि निःशुल्क सामुदायिक पहुँच कार्यक्रम सञ्चालन हुने बताइएको हो।
जन्मजात अनुहार तथा मुखसम्बन्धी विकृतिका बिरामीहरूलाई गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मन्त्र अस्पताल एण्ड रिसर्च प्रा. लि., महेन्द्रनगर र जीवा फाउन्डेशन (Smile Train Program), धनगढी बीच सम्झौता (MoU) सम्पन्न भएको छ।
सहकार्यअन्तर्गत जन्मजात अनुहार तथा मुखसम्बन्धी विकृतिका बिरामीहरूका लागि निःशुल्क सामुदायिक पहुँच (Community Outreach) कार्यक्रम सञ्चालन गरिनेछ।
सेवा उपलब्ध हुने अवस्थाहरू:
✅ ओठ फाटेको (Cleft Lip)
✅ तालु फाटेको (Cleft Palate)
✅ Craniofacial Deformities तथा अन्य जन्मजात अनुहारसम्बन्धी विकृतिहरू
कार्यक्रमअन्तर्गत उपलब्ध निःशुल्क सेवाहरू:
✔ विशेषज्ञ चिकित्सकद्वारा परामर्श (Pediatrics, ENT तथा Plastic Surgery)
✔ आवश्यक प्रयोगशाला परीक्षण (Lab Tests)
✔ नियमित Screening Program
✔ Nutrition, Speech Therapy तथा Orthodontic सेवासम्बन्धी नियमित क्याम्प
✔ बिरामी तथा अभिभावकका लागि स्वास्थ्य शिक्षा तथा परामर्श
विशेष सुविधा:
🔹 आवश्यक Facial Reconstructive Surgery मा विशेष सहुलियत
🔹 उपचारका लागि आवश्यक सम्पूर्ण खर्च जीवा फाउन्डेशन (Smile Train Program) द्वारा व्यहोर्ने व्यवस्था
मन्त्र अस्पताल एण्ड रिसर्च प्रा. लि. महेन्द्रनगर
📞 099-520548 | 9749319804
स्वस्थ मुस्कान, उज्ज्वल भविष्य।






