काठमाडौंमा ३ जना लगायत ७२ जनामा कोरोनाको पुष्टि , कुल संख्या ६७५ पुग्यो #Covid19

काठमाडौं ,१२ जेठ

नेपालमा कोरोना सन्क्रमितको संख्या ६७५ पुगेको छ। सोमबार एकै चोटि ७२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले जानकारी दिएका छ्न ।

डा.अधिकारीका अनुसार कपिलवस्तुमा ३ जना पुरुष , सप्तरीमा२ जना पुरुष , धनुषामा३ जना पुरुष ,काठमाडौं बुढानिलकण्ठ टोखाका ३ जना पुरुष , बाराका२ पुरुष , रौतहटका २६ जना पुरुष , बर्दियाका १ पुरुष ,बाकेका४ जना पुरुष , बाराका२१ जना पुरुष ,दैलेखका ६ जना पुरुष र एक महिलामा कोरोनाको पुष्टि भएको डा.अधिकारीले बताए।

उनिहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू , बिपि कोइराला स्वास्थ्य बिज्ञान धरान ,राप्ती स्वास्थ्य बिज्ञान दाङ , भेरी अस्पताल नेपालगन्ज ,प्रदेश अस्पताल सुर्खेतमा परिक्षण गर्दा पोजेटिभ देखिएको डा.अधिकारीले बताएका छ्न।

अहिले उनिहरुको अबस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि डा.अधिकारीले बताउनु भयो। अहिलेसम्म कोरोनाको लडाइँ जितेर घर फर्किनेको संख्या १०६ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ रहेको छ।

Next Post

Discussion about this post

ADVERTISEMENT