आज मिति : २०८२ माघ ११
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

स्वास्थ्य सेवाको न्युनतम सेवा मापदण्ड प्रभावकारी बनाइने #Healthservise

न्युनतम सेवा मापदण्डको अभिमुखीकरण कार्यक्रम सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीको अध्यक्षतामा सम्पन्न भएको छ ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 23, 2020
in News, Research & Study
A A
3
स्वास्थ्य सेवाको न्युनतम सेवा मापदण्ड प्रभावकारी बनाइने #Healthservise
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

नेपालगञ्ज, ०८ पौष २०७७

अस्पताल तथा स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुबाट प्रदान गरिने सेवाहरुको न्युनतम सेवा मापदण्ड देश भरि प्रभावकारी रुपमा कार्यान्वयन गरिने भएको छ ।
स्वास्थ्य सेवा बिभाग , उपचारात्मक सेवा महाशाखा टेकु काठमाडौंको आयोजनामा सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका अस्पताल , स्वास्थ्य निर्देशनालय र सामाजिक बिकास मन्त्रालयका चिकित्सक, नर्सिंग तथा अन्य पारामेडीक्सका लागि लुम्बिनी प्रदेशको प्रमुख शहर नेपालगंजमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । सोहि कार्यक्रममा अस्पताल.  प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुबाट प्रदान गरिने न्युनतम सेवा मापदण्डको बारेमा छलफल भएको र बिगत बर्षहरु देखि नै न्युनतम मापदण्ड सेवा कार्यक्रम संचालनमा रहेकोमा चालु आ. ब. मा यस लाइ प्रभावकारी रुपमा कार्यन्वयन गर्ने गरि कार्यक्रम तर्जुमा भएको कुरा स्वास्थ्य सेवा बिभाग , उपचारात्मक सेवा महाशाखा टेकु काठमाडौंका बरिष्ठ मे सु डा. पोमा थापाले जानकारी दिनु भएको छ ।

स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने न्युनतम सेवा मापदण्डका सुशाशन तथा ब्यबस्थापन , उपचारात्मक सेवा ब्यबस्थापन र अस्पताल सहयोग सेवा गरि मुख्य तिन पक्ष रहेका छन् र अस्पताल तथा न्युनतम.  मापदण्ड सेवा लागु भएका स्वास्थ्य संस्थाहरुले उपरोक्त तिन वटै पक्षमा रहेर समग्र अस्पतालको कार्यलाई केन्द्रित गर्नु पर्छ । न्युनतम सेवा मापदण्ड अनुसार कार्य गर्न सकिएमा अस्पतालको सुधार हुने , सेवा प्रभावकारी हुने र स्वास्थ्य सेवाका सूचकांक हरु माथि उकास्न सकिने कुरा कार्यक्रमका प्रमुख अतिथि तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति , योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुण राज लोहनीले बताउनु भएको छ । साथै उहाँले स्वास्थ्य सेवामा सुधार ल्याउने प्रमुख माध्यमको रुपमा न्युनतम सेवा मापदण्डलाई लिनु पर्नेमा जोड दिनु भएको छ ।

न्युनतम सेवा मापदण्डको अभिमुखीकरण कार्यक्रम सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीको अध्यक्षतामा सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा अध्यक्षको आशनबाट बोल्दै डा. अवस्थीले सुदूरपश्चिम प्रदेशका सबै अस्पतालहरुमा बिगत आ. ब. बाट नै न्युनतम मापदण्ड सेवा लागु भै सकेको र यस आ. ब. मा सुदूरपश्चिम प्रदेशका सबै स्वास्थ्य चौकी हरुमा न्युनतम मापदण्ड सेवा लागु गरिने गरि कार्यक्रम तय भएको कुरा बताउनु भएको छ । साथै उहाँले आगामी २०७७ चैत्र महिना भित्र सबै न्युनतम मापदण्ड सेवा लागु भएका स्वास्थ्य संस्थाहरुको अनुगमन गरिने र कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यानवयन गर्न कुनै कसर बाकि नराख्ने कुरा बताउनु भएको छ ।

संघियता पश्चात स्वास्थ्यलाई तिन तहमा विभाजन गर्दा र समायोजनमा बिभिन्न तहमा कर्मचारी खटाउदा स्वास्थ्य सेवा लाइ अपांग बनाएको र समायोजन पश्चात प्रदेश र स्थानीय निकायमा खटिएका ८० प्रतिशत बढी स्वास्थ्यकर्मीको चित्त नबुझेको र स्वास्थ्य कार्यक्रमको महत्त्व नबुझ्ने व्यक्तिहरुको हातमा स्वास्थ्य सेवा को निर्णय गर्ने अधिकार पुगेकोले नेपाल सरकारले लिएको लक्ष्यहरु जस्तै रोग उन्मुलन गर्ने , रोग निवारण गर्ने , रोग नियन्त्रण गर्ने , मातृ मृत्युदर घटाउने , बाल मृत्युदर घटाउने , औशत आयु बढाउने , समग्र मृत्युदर घटाउने , बिरामी हुने दर घटाउने , तथा सकारात्मक स्वास्थ्य सूचकांक माथि बढ्नुपर्ने र नकारात्मक स्वास्थ्य सूचकांक तल झर्नु पर्ने कुरामा सहजता नहुने कुरा समेत सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले दोहर्याउनु भएको छ ।

अभिमुखीकरण कार्यक्रम निक साइमन्स इन्सीच्युटको आर्थिक तथा प्राबिधिक सहयोगमा र स्वास्थ्य सेवा बिभाग उपचारात्मक सेवा महाशाखा को आयोजनामा संचालन भएको र उक्त कार्यक्रम मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रबक्ता तथा महाशाखा प्रमुख डा. बिकास् देवकोटाको पनि उपस्थिति रहेको थियो ।

Tags: #government of Nepal#Health and population ministryCold seasonCorona Virus #Covid19Dr.bikash devkotaDr.gun Raj awsthiDr.guna Raj lohaniHem Raj joshiNick simons
Previous Post

वीर अस्पतालमा सर्जिकल भवन फागुन देखि सुचारु सँगै ८ सय नयाँ दरबन्दी थपिने #Birhospital

Next Post

स्वास्थ्य पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न #Rehabilitation

Related articles

बी एन्ड बी अस्पतालमा ‘AKB Limb Fitting Centre’ औपचारिक रूपमा उद्घाटन
News

बी एन्ड बी अस्पतालमा ‘AKB Limb Fitting Centre’ औपचारिक रूपमा उद्घाटन

1 hour ago
1.6k
बेनी अस्पतालमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न
News

बेनी अस्पतालमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न

13 hours ago
1.6k
डेन्टल एसोसिएसनद्वारा उपचारसम्बन्धी जानकारी र सहमतिबारे एकदिने कार्यशाला गोष्ठी सम्पन्न
News

डेन्टल एसोसिएसनद्वारा उपचारसम्बन्धी जानकारी र सहमतिबारे एकदिने कार्यशाला गोष्ठी सम्पन्न

1 day ago
1.6k
स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास
News

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास

2 days ago
1.6k
नेपाल फार्मेसी परिषदको लाइसेन्स परीक्षा १० माघमा हुँदै #Pharmasist
News

नेपाल फार्मेसी परिषदको लाइसेन्स परीक्षा १० माघमा हुँदै #Pharmasist

3 days ago
1.6k
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल
News

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

3 days ago
1.6k
Next Post

स्वास्थ्य पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न #Rehabilitation

Comments 3

  1. Pingback: हात्तीपाईले रोगको निवारण अवस्था थाहा पाउन कंचनपुरमा सर्भेक्षण हुँदै #AssessmentSurvey • Health News Nepal
  2. Pingback: सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern • Health News Nepal
  3. Pingback: जनस्वास्थ्य प्रमुख दुर्गा दत्त चापागाई सम्मानित #PublicHealth • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (131)
  • Disease (106)
  • English (51)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,418)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.