Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार १६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्य सेवाको न्युनतम सेवा मापदण्ड प्रभावकारी बनाइने #Healthservise

न्युनतम सेवा मापदण्डको अभिमुखीकरण कार्यक्रम सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीको अध्यक्षतामा सम्पन्न भएको छ ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 23, 2020
in News, Research & Study
Reading Time: 1 min read
A A
3
स्वास्थ्य सेवाको न्युनतम सेवा मापदण्ड प्रभावकारी बनाइने #Healthservise
593
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

नेपालगञ्ज, ०८ पौष २०७७

अस्पताल तथा स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुबाट प्रदान गरिने सेवाहरुको न्युनतम सेवा मापदण्ड देश भरि प्रभावकारी रुपमा कार्यान्वयन गरिने भएको छ ।
स्वास्थ्य सेवा बिभाग , उपचारात्मक सेवा महाशाखा टेकु काठमाडौंको आयोजनामा सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका अस्पताल , स्वास्थ्य निर्देशनालय र सामाजिक बिकास मन्त्रालयका चिकित्सक, नर्सिंग तथा अन्य पारामेडीक्सका लागि लुम्बिनी प्रदेशको प्रमुख शहर नेपालगंजमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । सोहि कार्यक्रममा अस्पताल.  प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुबाट प्रदान गरिने न्युनतम सेवा मापदण्डको बारेमा छलफल भएको र बिगत बर्षहरु देखि नै न्युनतम मापदण्ड सेवा कार्यक्रम संचालनमा रहेकोमा चालु आ. ब. मा यस लाइ प्रभावकारी रुपमा कार्यन्वयन गर्ने गरि कार्यक्रम तर्जुमा भएको कुरा स्वास्थ्य सेवा बिभाग , उपचारात्मक सेवा महाशाखा टेकु काठमाडौंका बरिष्ठ मे सु डा. पोमा थापाले जानकारी दिनु भएको छ ।

स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने न्युनतम सेवा मापदण्डका सुशाशन तथा ब्यबस्थापन , उपचारात्मक सेवा ब्यबस्थापन र अस्पताल सहयोग सेवा गरि मुख्य तिन पक्ष रहेका छन् र अस्पताल तथा न्युनतम.  मापदण्ड सेवा लागु भएका स्वास्थ्य संस्थाहरुले उपरोक्त तिन वटै पक्षमा रहेर समग्र अस्पतालको कार्यलाई केन्द्रित गर्नु पर्छ । न्युनतम सेवा मापदण्ड अनुसार कार्य गर्न सकिएमा अस्पतालको सुधार हुने , सेवा प्रभावकारी हुने र स्वास्थ्य सेवाका सूचकांक हरु माथि उकास्न सकिने कुरा कार्यक्रमका प्रमुख अतिथि तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति , योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुण राज लोहनीले बताउनु भएको छ । साथै उहाँले स्वास्थ्य सेवामा सुधार ल्याउने प्रमुख माध्यमको रुपमा न्युनतम सेवा मापदण्डलाई लिनु पर्नेमा जोड दिनु भएको छ ।

न्युनतम सेवा मापदण्डको अभिमुखीकरण कार्यक्रम सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीको अध्यक्षतामा सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा अध्यक्षको आशनबाट बोल्दै डा. अवस्थीले सुदूरपश्चिम प्रदेशका सबै अस्पतालहरुमा बिगत आ. ब. बाट नै न्युनतम मापदण्ड सेवा लागु भै सकेको र यस आ. ब. मा सुदूरपश्चिम प्रदेशका सबै स्वास्थ्य चौकी हरुमा न्युनतम मापदण्ड सेवा लागु गरिने गरि कार्यक्रम तय भएको कुरा बताउनु भएको छ । साथै उहाँले आगामी २०७७ चैत्र महिना भित्र सबै न्युनतम मापदण्ड सेवा लागु भएका स्वास्थ्य संस्थाहरुको अनुगमन गरिने र कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यानवयन गर्न कुनै कसर बाकि नराख्ने कुरा बताउनु भएको छ ।

संघियता पश्चात स्वास्थ्यलाई तिन तहमा विभाजन गर्दा र समायोजनमा बिभिन्न तहमा कर्मचारी खटाउदा स्वास्थ्य सेवा लाइ अपांग बनाएको र समायोजन पश्चात प्रदेश र स्थानीय निकायमा खटिएका ८० प्रतिशत बढी स्वास्थ्यकर्मीको चित्त नबुझेको र स्वास्थ्य कार्यक्रमको महत्त्व नबुझ्ने व्यक्तिहरुको हातमा स्वास्थ्य सेवा को निर्णय गर्ने अधिकार पुगेकोले नेपाल सरकारले लिएको लक्ष्यहरु जस्तै रोग उन्मुलन गर्ने , रोग निवारण गर्ने , रोग नियन्त्रण गर्ने , मातृ मृत्युदर घटाउने , बाल मृत्युदर घटाउने , औशत आयु बढाउने , समग्र मृत्युदर घटाउने , बिरामी हुने दर घटाउने , तथा सकारात्मक स्वास्थ्य सूचकांक माथि बढ्नुपर्ने र नकारात्मक स्वास्थ्य सूचकांक तल झर्नु पर्ने कुरामा सहजता नहुने कुरा समेत सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले दोहर्याउनु भएको छ ।

अभिमुखीकरण कार्यक्रम निक साइमन्स इन्सीच्युटको आर्थिक तथा प्राबिधिक सहयोगमा र स्वास्थ्य सेवा बिभाग उपचारात्मक सेवा महाशाखा को आयोजनामा संचालन भएको र उक्त कार्यक्रम मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रबक्ता तथा महाशाखा प्रमुख डा. बिकास् देवकोटाको पनि उपस्थिति रहेको थियो ।

Tags: #government of Nepal#Health and population ministryCold seasonCorona Virus #Covid19Dr.bikash devkotaDr.gun Raj awsthiDr.guna Raj lohaniHem Raj joshiNick simons
SummarizeShare239ScanTweet148

Related articles

Bharatpur hospital

भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा देशकै उत्कृष्ट संघीय अस्पताल

by Nam Raj Bhatta
June 28, 2026
0

भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) मूल्याङ्कनमा देशभरका संघीय अस्पतालमध्ये उत्कृष्ट घोषित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा...

ॐ हस्पिटलद्वारा टोखामा नि:शुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम

ॐ हस्पिटलद्वारा टोखामा नि:शुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम

by Nam Raj Bhatta
June 28, 2026
0

ॐ हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि. र ह्याप्पी होम योग केन्द्र (टोखा नगरपालिका-११, काठमाडौँ) को संयुक्त आयोजनामा शनिवार एक दिवसीय नि:शुल्क स्वास्थ्य परीक्षण शिविर तथा खुल्ला रक्तदान...

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

by Nam Raj Bhatta
June 28, 2026
0

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा डा. होमप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको दोस्रो महाधिवेसनबाट डा. अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । कार्यसमितिमा...

ईन्ट​र​नेश​न​ल ईन​र ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. श्रृष्टी श्रेष्ठ प्रजापति

ईन्ट​र​नेश​न​ल ईन​र ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. श्रृष्टी श्रेष्ठ प्रजापति

by Nam Raj Bhatta
June 27, 2026
0

ईन्ट​र​नेश​न​ल ईन​र ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा सन् २०२६/२०२७ को लागि डा. श्रृष्टी श्रेष्ठ प्रजापति चयन हुनुभएको छ। सन् १९२५ मा बेलायतको म्यान्चेस्ट​र​बाट सुरु भएको यस ईन​र ह्विल...

Please login to join discussion
Dengue Awareness Public Health Office Kathmandu

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    819 shares
    Share 328 Tweet 205
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    690 shares
    Share 276 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    636 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    686 shares
    Share 306 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा देशकै उत्कृष्ट संघीय अस्पताल
  • ॐ हस्पिटलद्वारा टोखामा नि:शुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम
  • नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • ईन्ट​र​नेश​न​ल ईन​र ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. श्रृष्टी श्रेष्ठ प्रजापति
  • भक्तपुर क्यान्सर अस्पतालमा आईएचसी परीक्षण शुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.