स्वास्थ्य क्षेत्रमा नमुना प्रदेश बनाउनको लागि सुदूरपश्चिम प्रदेशले १७ वटा मापदण्ड तय गरेको छ। संघियता पश्चात नेपाललाइ सात वटा प्रदेशमा विभाजन गरिएको छ । सात वटा मध्ये सुदूरपश्चिम प्रदेश सुदूरपश्चिम मै अवस्थित रहेको छ । साविकको सुदूरपश्चिम बिकास क्षेत्रका नौ वटा जिल्ला लाई नै समाबेश गरि सुदूरपश्चिम प्रदेशको भूगोल निर्धारण भएको छ । शिक्षा, स्वास्थ्य , यातायात र संचार लगायतका बिकासका अन्य पूर्वाधारमा पछाडी पारिएको प्रदेशमा २०७५ साल साउन महिनामा डा. गुणराज अवस्थीले प्रदेश स्वास्थ्य निर्देशकको जिम्मेवारी सम्हाले पछी भने स्वास्थ्यका सकारात्मक सूचकांकहरु माथि उकास्न र नकारात्मक सूचकांक घटाउन सफल भएको छ ।
माघ ३ देखि ०४ गते सम्म धनगढीमा अछाम र बाजुरा जिल्लाका बिभिन्न पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी हरुको लागि दुई दिने स्वास्थ्य कार्यक्रमहरुको योजना तर्जुमा कार्यक्रममा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डा. गुणराज अवस्थीले उक्त कुरा बताउनु भएको हो । आफुले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशकको जिम्मेवारी सम्हाले पछी प्रदेशलाई सदैब एक नम्बरमा रहने गरी आफुले काम गरि रहेको र मातहतका स्वास्थ्य निकाय र पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुले पनि सोहि अनुसार स्वास्थ्य क्षेत्रको प्रगतिको लागि काम गर्नु पर्ने कुरामा जोड दिएका छन् ।
स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डा. गुणराज अवस्थी
स्वास्थ्य क्षेत्र बिशाल कार्यक्षेत्र भएको क्षेत्र हो यसको कुनै एक पक्ष छैन, एक पक्षको मात्र बिकासले स्वास्थ्य क्षेत्रको प्रगति हुन् नसक्ने र स्वास्थ्यका सबै पहलुको बिकासले मात्र सकारात्मक स्वास्थ्य सूचकांक माथि बढ्ने र नकारात्मक स्वास्थ्य सूचकांक घटाउन सकिन्छ । सुदूरपश्चिम प्रदेशले नमुना स्वास्थ्य प्रदेश बनाउने अभियान समेत थालेको छ नमुना स्वास्थ्य प्रदेश बन्नको लागि हरेक पालिकाले निम्न उल्लेखित १७ वटा मापदण्ड पुरा गर्नु पर्ने हुन्छ ।
सुदूरपश्चिम प्रदेश अन्तर्गतका सबै ८८ वटै पालिका हरुले यी १७ वटा मापदण्ड पुरा गरेमा मात्र सुदूरपश्चिम प्रदेश नमुना प्रदेश बन्ने भएकोले सबै स्थानीय तहले उक्त मापदण्ड पुरा गर्न स्थानीय तहबाट योजना बनाउनु पर्ने र सोहि योजना बनाउन स्वास्थ्यकर्मीहरुको क्षमता अभिबिर्धिको कार्यक्रम तय गरिएको कुरा स्वास्थ्य निर्देशनालय राजापुर डोटीमा कार्यरत जन स्वास्थ्य अधिकृत ओम प्रकाश जोशीले बताउनु भएको छ ।
नमुना स्वास्थ्य प्रदेश बन्नका लागि यस्ता छन् सुदूरपश्चिम प्रदेशका १७ वटा मापदण्ड
१. स्वास्थ्य संस्था हरुमा स्वास्थ्य कर्मी हरुको उपलब्धता १०० %
२. स्वास्थ्य संस्था हरुमा औषधिको उपलब्धता १००%
३. खोप पाएका बच्चा हरु १००%
४. गर्भवती जांच भएका महिला हरु १००%
५. संस्था गत सुत्केरी १००%
६.परिवार नियोजन सेवा पाएका दम्पतीहरु ६० %
७.धूम पान मुक्त कार्यालय १००%
८.सफा पानी को उपलान्धता घरधुरी १०० %
९.सफा चर्पी को उपलब्धता घर धुरी १००%
१०.किशोर किशोरी उमेरमा बिवाह हुने दम्पति ००%
११.खेल खेल्ने ब्यबस्था भएका बिद्यालय १००%
१२.धुवा रहित चुलो प्रयोग गर्ने घर हरु १००%
१३.कुपोषित बच्चा कडा कुपोषित ००%
१४.स्वास्थ्य आमा समुहको सक्रिय सहभागिता भएको १००%
१५.आयोडिन युक्त उनको प्रयोग गर्ने घर धुरी १००%
१६. क्षयरोग , मलेरिया , कुष्ठरोग निवारण प्रदेश १००%
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन्। लामो समयदेखि चिकित्सा सेवा तथा सामाजिक कार्यमा...
सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त भएका छन्। सुदूरपश्चिम विश्वविद्यालयले खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत डा. धामीलाई डीन पदमा नियुक्त गरेको हो। बझाङको छबिसपाथिभेरा...
औषधि व्यवस्था विभागबाट प्रदान गरिने औषधि, औषधिजन्य कच्चा पदार्थ तथा औषधि उत्पादन सामग्रीहरूको निकासी तथा पैठारीसम्बन्धी सिफारिसपत्र, अनुमतिपत्र, इजाजतपत्र, प्रमाणपत्रलगायतका सेवाहरूलाई डिजिटल माध्यमबाट प्रवाह गर्ने उद्देश्यले नेपाल राष्ट्रिय...
भोटेकोशी बाढीबाट प्रभावित भएका रसुवा, नुवाकोट र धादिङमा सञ्चालन गर्ने भनिएको दादुरा खोप अभियान रोकिएको छ । बाढीका कारण विस्थापित बालबालिकाको अवस्था र बसोबासको स्थान पत्ता लगाउन नसक्दा...