Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

हात्तीपाईले रोगको निवारण अवस्था थाहा पाउन कंचनपुरमा सर्भेक्षण हुँदै #AssessmentSurvey

हात्तीपाईले रोगको प्रभाव दर एक प्रतिशत भन्दा कम आएमा मात्र राष्ट्रिय लक्ष्य हाशिल हुने गर्दछ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 29, 2020
in News
Reading Time: 1 min read
A A
2
हात्तीपाईले रोगको निवारण अवस्था थाहा पाउन कंचनपुरमा सर्भेक्षण हुँदै #AssessmentSurvey
608
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

महेन्द्रनगर १४ पौष , २०७७

स्वास्थ्य कार्यालय कन्चनपुरको आयोजना र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको आर्थिक तथा प्राबिधिक सहयोगमा सरोकारवालाहरुको लागि महेन्द्रनगरमा एक दिने हात्तीपाईले रोग निवारण अभियान सम्बन्धिको अन्तरक्रिया कार्यक्रममा हात्तीपाईले रोगको अवस्था थाहा पाउन सर्भेक्षण गरिन लागेको जानकारी गरिएको छ ।

नेपाल सरकार हात्तीपाईले रोग निवारण अभियानको राष्ट्रिय रणनीति अनुसार ५ वर्ष सम्म लगातार आम औषधि सेवन अभियान सम्पन्न गरि सके पछी Pre Transmission Assessment Survey को काम गरिन्छ । कन्चनपुरमा भने ५ वर्ष पछी भएको उक्त सर्भेक्षणमा जिल्लामा आशातित रुपमा हात्तीपाईले रोगको भार नघटेको हुनाले पुनः दुइ वर्ष आम औषधि सेवन अभियान सम्पन्न गरि सके पछी फेरी Pre Transmission Assessment Survey को काम गरिन्छ । कंचनपुर जिल्लामा त्यसरी थप दुइ वर्ष आम औषधि सेवन गरि सके पछी गरिएको Pre Transmission Assessment Survey मा हात्तीपाईलेको प्रभाव आशातित रुपमा घटेको थियो । Pre Transmission Assessment Survey मा सफल हुने जिल्लाहरुमा थप एक वर्ष आम औषधि सेवन अभियान सम्पन्न गरिन्छ र सोहि रणनीति अनुसार कंचनपुर जिल्लामा पनि आठ चरण आम औषधि सेवन अभियान गत वर्ष सम्पन्न भएको थियो । आठ चरण पछी अब Transmission Assessment Survey 1 सम्पन्न हुने गरि कार्यक्रम तर्जुमा भएको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाका इन्टोमोलोजिस्ट तथा सर्भेक्षण टोलीका संयोजक शिशिर कुमार पन्तले जानकारी दिनु भएको छ ।

इन्टोमोलोजिष्ट शिशिर कुमार पन्त कार्यक्रमको बारेमा जानकारी दिन हुँदै
इन्टोमोलोजिष्ट शिशिर कुमार पन्त कार्यक्रमको बारेमा जानकारी दिन हुँदै

हात्तीपाईले रोगको प्रभाव दर एक प्रतिशत भन्दा कम आएमा मात्र राष्ट्रिय लक्ष्य हाशिल हुने गर्दछ । यस पटकको सर्भेक्षणमा कंचनपुर जिल्लामा रोगको प्रभाव दर जांच हुने छ । जिल्लाका लालझाडी गाउपालिकाका दुइ वटा वार्ड, पुनर्वास नगरपालिकाका दुइ वटा वार्ड र बेलौरी नगरपालिकाका एक वटा वार्ड गरि कुल १५५२ जना ६ देखि ७ वर्ष सम्मका बालबालिकाहरुको नमुना जाँच गरि रोगको प्रभाव घटे नघटेको कुरा पत्ता लगाइने कुरा स्वास्थ्य कार्यालय कन्चनपुरका प्रमुख शिव राज सुनारले जानकारी दिनु भएको छ । नमुनाको रुपमा जाँच गरिएका बालबालिकाहरुमा हात्तीपाईले रोगको संक्रमण देखिएन भने त्यसपछी थप आम औषधि सेवन अभियान संचालन हुने छैन तर रोगको भार नघटेको अवस्था रहिरह्यो भने पुनः एक चरण आम औषधि सेवन अभियान कंचनपुर जिल्लामा संचालन हुनेछ ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति कंचनपुरका प्रमुख फैरु तामांग , प्रमुख जिल्ला अधिकारी राम कुमार महतो , प्रहरी उपरीक्षक लगायत तिन वटै सुरक्षा निकाय , भीमदत्त नगरपालिका उप प्रमुख सुशिला चन्द सिंह , संचारकर्मी, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको कुरा स्वास्थ्य कार्यालय कंचनपुरका कार्यक्रम फोकल व्यक्ति सिद्ध राज भट्टले जानकारी दिनु भएको छ ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19EntomologyHealth office kanchanpurPre Transmission Assessment SurveyTraining center hetauda
SummarizeShare257ScanTweet146

Related articles

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त

by Nam Raj Bhatta
September 22, 2026
0

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेल निमित्त महानिर्देशकको...

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

by Nam Raj Bhatta
September 20, 2026
0

वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो। न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

by Nam Raj Bhatta
September 20, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन पद र निर्देशक पदमा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

by Nam Raj Bhatta
September 19, 2026
0

नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  हुन्। काउन्सिलका सदस्यहरूमा डा. गोपाल...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    880 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    707 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    699 shares
    Share 301 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    648 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त
  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.