Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

कोरोना महामारीको रोकथाममा समेत आयुर्वेदको महत्वपूर्ण भूमिका रहेको छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
January 17, 2021
in News
Reading Time: 1 min read
A A
0
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training
671
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

धनगढी , ०४ माघ २०७७

सुदूरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य तालिम केन्द्रको आयोजनामा आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यरत आयुर्वेदकर्मीहरुको लागि ५ दिने रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम शुरु भएको छ ।

नसर्ने रोगको समस्या बढ्दै गएको र महामारीजन्य रोगको बिरुद्ध समेत शरीरमा प्रतोरोधि क्षमता बढाउन आयुर्वेदको भूमिका झन् झन् बढ्दै गएको छ। बर्तमान अवस्थामा आयुर्वेद सम्बन्धिको रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धिको तालिम सम्भवतः नेपालमै र सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ४ गते देखि ८ गते माघ सम्म ५ दिनको तालिम पाठ्यक्रम निर्माण गरि स्वास्थ्य तालिम केन्द्र धनगढी कैलालीमा आयुर्वेद स्वास्थ्य केन्द्र र आयुर्वेद कार्यक्रम लागू भएको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत बैद्यहरुको लागि तालिम संचालन भएको कुरा स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक नरेन्द्र सिंह कार्कीले बताउनु भएको छ ।

मानिसहरुको शारीरिक अवस्था तन्दुरुस्त राख्नको लागि मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक हुन्छ । त्यहि क्षमता बढाउन मानिसको आहार , विहार सन्तुलित हुनुपर्छ । सन्तुलित आहार विहारको सम्बन्धमा तालिमको बिषय बस्तुले समेट्ने गरि पाठ्यक्रम निर्माण भएको छ । त्यसैगरी मानिसहरुमा देखा परिरहेको बढ्दो तनाव र अन्य कारणबाट यौनजन्य समस्याहरु पनि बढ्दै गइरहेका छन् । मानिसहरुमा देखापरिरहेका यस प्रकारका यौनजन्य समस्या समाधानका लागि समेत तालिममा बिषयबस्तु समाबेश गरिएको छ र जेष्ठ नागरिकहरुमा पनि बिभिन्न प्रकारका शारीरिक , मानसिक र सामाजिक स्वास्थ्य समस्या देखा परिरहेका छन् ।

यस्ता बिबिध प्रकारका समस्यालाई आयुर्वेद क्षेत्रबाट सम्बोधन हुने गरि र मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन , यौन जन्य समस्या समाधानका उपाय एवम् बाझोपनको समस्या समाधान र क्षय हुदै गएको शुक्र धातुको समेत समस्या समाधानका लागि सहयोग पुग्ने गरि र मानिसले अवलम्बन गर्नुपर्ने आहार विहारको बारेमा तालिममा सहजीकरण गरिने र तालिम पश्चात तालिमका सहभागीहरु आ-आफ्नो कार्यस्थलमा फर्केपछी सेवाग्राहीका उपरोक्त समस्या समाधानका लागि सहयोग पुग्ने कुरा सामाजिक बिकास मन्त्रालय , अस्पताल बिकास तथा चिकित्सा महाशाखामा कार्यरत डा. चेतराज जोशीले बताउनु भएको छ ।

तालिमका सहभागी तथा सहजकर्ताहरु
तालिमका सहभागी तथा सहजकर्ताहरु

कार्यक्रमको उद्घाटन सत्रमा स्वास्थ्य निर्देशनालय राजापुर डोटीका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी ज्युले आयुर्वेद मानव जीवनको अभिन्न अंग भै सकेको र मानिस लाइ स्वस्थ , तन्दुरुस्त राख्न , शरीरमा रोग संग लड्ने शक्ति बिधि गर्नको लागि नियमित व्यायाम , प्राणायाम , अभ्यास , आहार , विहार , जीवन शैली परिवर्तन जस्ता बिषय बस्तुको बारेमा आयुर्वेदले पैरवी गर्ने र यस प्रकारको कुरा सबैले आ -आफ्नो जीवनमा अनिवार्य लागु गर्नुपर्ने बताए। साथै उँहाले हाल सम्म आयुर्वेदको संरचना अत्यन्त न्यून स्थानमा मात्र रहेको हुनाले आयुर्वेद सेवा केन्द्र हरुको संरचना हरेक पालिका सम्म बिस्तार गरिनु पर्ने र सेवा केन्द्र विस्तारका लागि संघ , प्रदेश र स्थानीय तह सबैको समान भूमिका रहने समेत बताउनु भएको छ । हाल बिश्वब्यापी रुपमा फैलिएको कोरोना रोगको महामारीको रोकथाममा समेत आयुर्वेदको महत्वपूर्ण भूमिका रहेको हुनाले यस बिषय लाइ स्वास्थ्य क्षेत्रको अभिन्न अंग मानि कार्यक्रमहरु तय गरिनु पर्ने र कार्यक्रमहरु संचालन गरिनुपर्नेमा जोड दिनु भएको छ ।

५ दिन सम्म चल्ने उक्त तालिम कार्यक्रममा सेती आयुर्वेद औषधालयका डा. खगेन्द्र बम , महाकाली आयुर्वेद औषधालयका डा. ओम प्रकाश कलौनी , प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीका आयुर्वेद चिकित्सक डा. राजेन्द्र भट्ट , आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुराका डा. सत्यराज जोशी र सामाजिक बिकास मन्त्रालय धनगढी कैलालीमा कार्यरत डा. चेत राज जोशीले सहजीकरण गरिरहेका छन् ।

Tags: #Health and population ministry#Vector surviceControlCorona Virus #Covid19Dr.Chet Raj JoshiDr.gun Raj awsthiDr.Khagendra BamDr.Rajendra BhattaDr.Satya Raj Joshi
SummarizeShare319ScanTweet147

Related articles

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा. मिश्र नियुक्त

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा. मिश्र नियुक्त

by Nam Raj Bhatta
July 10, 2026
0

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजय कुमार मिश्र नियुक्त भएका छ्न। छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदमा छ जना चिकित्सक नियुक्त भएका छन् । प्रधानमन्त्री...

बरिष्ठ गायक यम बराललाई ‘रक्त क्यान्सर’- डेढ महिनादेखि शिक्षण अस्पतालमा, थप उप चारका लागि दिल्ली लगिँदै

बरिष्ठ गायक यम बराललाई ‘रक्त क्यान्सर’- डेढ महिनादेखि शिक्षण अस्पतालमा, थप उप चारका लागि दिल्ली लगिँदै

by Nam Raj Bhatta
July 10, 2026
0

नेपाली सुगम सङ्गीत तथा पार्श्व गायनका लोकप्रिय एवं बरिष्ठ गायक यम बराल विगत करिब डेढ महिनादेखि काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल (टीचिङ हस्पिटल) मा उप-चाररत छन्। उनको स्वास्थ्यमा गम्भीर...

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय, प्रकोप अझै तीव्र

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय, प्रकोप अझै तीव्र

by Nam Raj Bhatta
July 10, 2026
0

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला प्रकोप अझै तीव्र गतिमा फैलिरहेको चेतावनी दिएको छ। विश्व स्वास्थ्य संगठनका  अनुसार कङ्गोमा एक हजार ७०० भन्दा बढी मानिसमा...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. देवेन्द्र खत्री नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. देवेन्द्र खत्री नियुक्त

by Nam Raj Bhatta
July 8, 2026
0

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्राडा. देवेन्द्र खत्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले प्राडा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । नवनियुक्त उपाध्यक्ष...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    828 shares
    Share 331 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    692 shares
    Share 277 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    688 shares
    Share 306 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    636 shares
    Share 254 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा. मिश्र नियुक्त
  • बरिष्ठ गायक यम बराललाई ‘रक्त क्यान्सर’- डेढ महिनादेखि शिक्षण अस्पतालमा, थप उप चारका लागि दिल्ली लगिँदै
  • कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय, प्रकोप अझै तीव्र
  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. देवेन्द्र खत्री नियुक्त
  • सरकारका १०० दिन: स्वास्थ्य क्षेत्रका २२ उपलब्धि

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.