एक महिनाको लागि चिकित्सकको टोली जुम्लामा #Covid19

जुम्ला , २३ जेठ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्थानीय तहमा दुई/दुई चिकित्सकको टोली एक महिनाका लागि खटाएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकामा एक र चन्दननाथ नगरपालिकासहित अन्य ६ गाउँपालिकामा दुई/दुई गरी १५ चिकित्सकको टोली खटाइएको प्रमुख प्रशासकीय अधिकृत द्वोन्द्व बहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार जिल्लाको गुठीचौर गाउँपालिकामा प्राध्यापक डा कमलराज शर्मा र प्रा डा रामप्रसाद उप्रेतीलाई खटाइएको छ । यसैगरी तातोपानी गाउँपालिकामा प्राध्यापक डा सुनिल बुढाथोकी र प्राध्यापक सुष्मा काफ्लेलाई खटाइएको छ ।

जिल्लाको पातारासी गाउँपालिका उपप्रध्यापक कपिल अम्गाईं, डेण्टल सर्जन भुमेष काफ्ले, तिला गाउँपालिका लेक्चर सञ्जीव पण्डित र मेडिकल अधिकृत आशा शर्मा, सिञ्जा गाउँपालिकामा उपप्रध्यापक विशाल पोखरेल र सर्जन दृष्टिराज जोशीलाई खटाइएको प्रतिष्ठानले जनाएको छ ।

कनकासुन्दरी गाउँपालिकामा डा शम्भु यादव, चन्दननाथ नगरपालिकामा उपप्रध्यापक डा प्रवीण गिरी र डा अर्जुन तिवारी खट्ने भएका छन् । यसैगरी हिमा गाउँपालिकामा मेडिकल अधिकृत अजीत मिश्र र मेडिकल अधिकृत डा महिमा थापालाई खटाइएको छ ।

Next Post

Discussion about this post

ADVERTISEMENT