काठमाडौं विश्वविद्यालयले अर्को व्यवस्था नभएसम्मका लागि स्कुल अफ मेडिकल साइन्सेजको रिक्त डीन पदमा रही काम गर्न प्राडा. मनोज हुमागाईंलाई जिम्मेवारी दिइएको छ।
काठमाडौं विश्वविद्यालयले ४ जेठमा उपकुलपतिस्तरीय निर्णय गर्दै डा. हुमागाईँलाई डीनको जिम्मेवारी दिने निर्णय गरेको हो ।
डा. हुमागाईँ यसअघिको कार्यकालमा पनि काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीन पदमै कार्यरत थिए ।
गत १९ बैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गर्दा काठमाडौं विश्वविद्यालय ऐन, २०४८ बमोजिम नियुक्त उपकुलपतिसहित २५ जना पदमुक्त भएका थिए । त्यसमा डा. हुमागाईँ पनि परेका थिए।






