Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

न्युनतम सेवा मापदण्डमा भक्तपुर अस्पताल देशभरीकै उत्कृष्ट

Nam Raj Bhatta by Nam Raj Bhatta
May 22, 2026
in News
Reading Time: 1 min read
A A
0
न्युनतम सेवा मापदण्डमा भक्तपुर अस्पताल देशभरीकै उत्कृष्ट
589
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

भक्तपुर अस्पताल न्यूनत्तम सेवा मापदण्डमा देशभरीकै उत्कृष्ट सेवा दिन सफल भएको छ । अस्पतालले आफ्नो  सर्वोत्कृष्टताको क्रममा यस अघि ९० अंकसहित ‘सेकेण्डरी बी लेभल’ को अस्पतालमध्ये सर्वोत्कृष्ट  हुन सफल भक्तपुर अस्पतालले यस पटक अझ अंक बढाउँदै ९३ अंकसहित सर्वोत्कृष्टता कायम राखेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको टिमले ३ दिन लगाएर गरेको मूल्यांकनको नतिजा सार्वजनिक भएसँगै भक्तपुर अस्पताल सर्वोत्कृष्ट बन्न सफल भएको अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले बताउनु भयो।

मूल्यांकन समिति सदस्य रहेकी नर्सिङ्ग अधिकारी बिमला बरालले एक सयदेखि तीन सय बेडसम्मका अस्पताललाई सेकेण्डरी बी लेभलमा राखेर न्यूनत्तम सेवा मापदण्ड तोकिएको र त्यसकै आधारमा सेवा कार्यान्वयनको अवस्था मूल्यांकन गरिएको जानकारी गराइन् । यो लेभलका अस्पताल बागमती प्रदेश अन्तर्गत ६ वटा र देशैभर कूल ५२ वटा रहेको बरालले बताइन् ।

मूल्यांकन समिति संयोजक डा. त्रिभुवनचन्द्र झाका अनुसार न्यूनत्तम सेवा मापदण्ड मूल्यांकनमा मुख्यतः अस्पतालको व्यवस्थापन, मानव श्रोतको उपलब्धता, भौतिक पूर्वाधार, औषधि तथा उपकरणको अवस्था,  विरामीको उपचार व्यवस्थापन, संक्रमण रोकथाम र सरफाइ त्यसैगरी प्राविधिक सेवा, आर्थिक पारदर्शिता र समुदायको सहभागिता लगायतको मूल्यांकन गरिन्छ।

बागमती प्रदेश मातहतको भक्तपुर अस्पताल देशैभरका सेकेण्डरी बी लेभलको अस्पतालमध्ये सर्वोत्कृष्ट  हुन सफल भएको भन्दै स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक डा. नरेन्द्रकुमार झाले सन्तोष व्यक्त गरेका छन् ।

भक्तपुर अस्पतालको नेतृत्व सम्हालिसकेकी प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले भक्तपुरबाट अन्य अस्पतालले समेत सिक्नुपर्ने बताएकी छन् ।

भक्तपुर अस्पतालले देशैभरका ३ सय शैयासम्मका सबै अस्पताललाई पछि पार्दै निरन्तर सेवा प्रवाहमा अब्बल सावित हुनु सन्तोषजनक रहेको र यो सामूहिक प्रयासले सम्भव भएको अस्पाताल बिकास समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले प्रतिक्रिया दिए ।  अब अस्पतालमा मुटु र न्युरो सम्बन्धी उपचार सेवा विस्तार गर्ने लक्ष्य रहेको श्रेष्ठले  बताए ।

यो अस्पताल वीर अस्पतालपछि स्थापित देशकै दोश्रो जेठो अस्पताल हो । संघीयता अघिसम्म रिफर सेन्टरका रुपमा रहेको यो अस्पताल बागमती प्रदेश सरकार मातहत सञ्चालनमा आएपछि भने निरन्तर बिकास भइरहेको देखिन्छ । हाल अस्पतालमा दैनिक औसत १ हजार २ सय बिरामीले स्वास्थ्य सेवा लिइरहेका छन् ।

Tags: #government of Nepal#Health and population ministryBhaktapur hospitalDr. Surendra Bhatta
SummarizeShare236ScanTweet147

Related articles

प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट

प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट

by Nam Raj Bhatta
June 16, 2026
0

धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबीच प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्र...

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न

by Nam Raj Bhatta
June 13, 2026
0

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र (NHTC) को आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को प्राविधिक सहयोगमा नेपाल सशस्त्र प्रहरी बल अस्पताल, काठमाडौं मा सञ्चालित ५ दिने Ambulance Emergency Medical...

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झा

by Nam Raj Bhatta
June 13, 2026
0

कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा कन्सलटेन्ट डर्माटोलोलिष्ट डा. चन्द्रभाल झा नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका डा....

म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित

म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित

by Nam Raj Bhatta
June 12, 2026
0

नेपाली औषधि उत्पादनमा नाम कमाउन सफल भएको  म्याग्नस फार्मा प्रालिले युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चबाट ‘Quality Achievement Award 2026’ प्राप्त गरेको छ। केही दिन अघि बेल्जियमको ब्रसेल्समा प्रदान...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    814 shares
    Share 326 Tweet 204
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    688 shares
    Share 275 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    634 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    684 shares
    Share 305 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट
  • राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न
  • कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झा
  • म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
  • डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.