स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी यशोदा अर्यालले पाएकी छिन्।
मन्त्रालयले प्रशासनिकलाई हेरफेर गर्ने क्रममा अर्याललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
मन्त्रालयको प्रवक्ताका रूपमा रहेर लामो समयसम्म कार्यरत डा. प्रकाश बुढाथोकीको वीर अस्पतालमा सरुवा भएपछी मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख रहेकी अर्याललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।








