Global IME Bank Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

धुलिखेल अस्पतालमा पहिलो पटक बंगाराको जोर्नी प्रत्यारोपण सफल, युवतीको मुहारै फेरियो

Nam Raj Bhatta by Nam Raj Bhatta
June 11, 2022
in News
Reading Time: 1 min read
A A
0
धुलिखेल अस्पतालमा पहिलो पटक बंगाराको जोर्नी प्रत्यारोपण सफल, युवतीको मुहारै फेरियो
649
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

धुलिखेल, २८ जेठ २०७९

नेपालमा धेरै मानिसहरू लड्दा च्यापु ठोकिएर हुने मुखको गम्भीर समस्याको पहिलो पटक धुलिखेल अस्पतालमा शल्यक्रिया सफल भएको छ ।

मुख खोल्न, चपाउन, बोल्नका लागि नभईनहुने कानको नजिकै (कन्चट) मा जोडिएको दुबैतर्फको जोर्नीमा गम्भिर क्षति पुगेकी एक २२ बर्षिय युवतीको (टेम्पोरोमन्डिबुलर जोर्नी प्रतिस्थापन) शल्यक्रियामा धुलिखेल अस्पताललाई सफलता मिलेको छ । झण्डै ८ घण्टा लगाएर गरिएको शल्यक्रियापछि युवतीको मुहारै फेरियो ।

काठमाडौ कपनकी ती युवती ज्योत्सना अर्याल साढे २ बर्षको उमेरमा बाग्लुङमा लड्दा च्यापुको हड्डीमा चोट लागेको थियो । उनको कन्चटमा रहेको दुबै भागको जोर्नीमा असर परेको र नाक र कानबाट रगत बगेको अवस्थामा बाग्लुङमा उपचार सम्भव नभएपछि पोखरा रिफर गरियो । त्यहाँ ल्याई परिक्षण गर्दा टाउँकोमा भित्र रगत नजमेको र ठूलो चोट नलागेको बताएपछि छोरीको समस्याका बारेमा ढिलो जानकारी भएको ज्योत्सनाका बुबा हेमन्द्र अर्याल बताउँनुहुन्छ ।

हेमन्द्र भन्नुहुन्छ-बाल्य अवस्थाको पिडादायि घटनाको समयमै पहिचान हुन नसक्दा विस्तारै विस्तारै छोरीको मुख खुल्नै गाह्रो हुनुका साथै च्यापुनै सानो हुँदै गयो । १२ बर्षको उमेरमा बीएण्डबी अस्पतालमा पुन परिक्षण गर्दा उनको मुख खोल्दा चल्नुपर्ने जोर्नी कन्चटमा रगत जमेर हड्डी बनेर जोर्नी नै पुरिएको पत्ता लाग्यो । चिकित्सकको सल्लाह अनुसार छोरीको मुख खोल्न सहज बनाउनका लागि बीएण्डबी अस्पतालमा शल्यक्रिया गरियो ।

शल्यक्रिया गर्नु अघि अवस्था

केही समय मुख खोल्न अलि सहज भएपनि पुनः पहिलाकै अवस्थामा कन्चटभित्रको जोर्नीमा हड्डी जोडिन पुग्यो। पहिलो शल्यक्रियामा सफलता मिलेन छोरीको उमेर जति जति बढ्दै गयो झन झन समस्या थपियो । छोरीको उपचारको खोजी गर्ने क्रममा गोरखपुर सम्म पुगियो, त्यहाँ भरपर्दो लागेन । खोजिकै क्रममा धुलिखेल अस्पतालको बारेमा पत्रपत्रिकामा पढेको थिए । त्यसैले धुलिखेल अस्पताल काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज (कुम्स ) को ओरल एण्ड म्याक्सिलोफेसियल सर्जरी विभागका प्रमुख प्रा.डा.चन्दन उपाध्यायसँगको सम्पर्कमा आए । उहाँसँगको परामर्शपछि शल्यक्रिया गर्ने निर्णयमा पुग्यौ ।

ज्योत्सना भन्नुहुन्छ; म अहिले एकदमै खुशी छु । पहिला मुख खोल्न धेरै गाह्रो थियो, अब मुख खोल्न सक्छु । मेरो घाउँ निको भएपछि म सबैभन्दा पहिला मःमः सँगै खान्छु । पहिला मैले किमा निकालेर सानो सानो बनाएर चुसेर खानुपर्थ्यो । यस्तो समस्या कसैले पनि नलुकाउँनुस् खुलेर आउँनुस् धुलिखेल अस्पतालमा निःशुल्क मेटल उपलब्ध गराईदिनुहुन्छ ।

अस्पताल बसाइँ र शल्यक्रियाको शुल्क मात्र तिरे पुग्छ । यो उपचार २० देखि २५ लाख पर्ने रहेछ । मलाई पनि अस्पतालले मेटल निःशुल्क उपलब्ध गराएकै कारण उपचार सकिँदा १ लाखको हाराहारीमा मात्र खर्च भयो ।

डा. उपाध्यायका अनुसार दुबैपट्टीको ज्वाईन्ट फेरेको धुलिखेल अस्पतालको पहिलो बिरामी ज्योत्सना नै हुन् । यो हाम्रो लागि पनि नयाँ हो । यस्तो समस्या बाल्य अवस्थामा बालबालिका लड्दा अनुहार तथा च्यापुमा चोट लागेका कारण बढी हुन्छ । बाल्यकालमा लागेको चोटको असर उमेर बढ्दै जटिल बन्दै जान्छ । उमेर बढेसँगै कतिपयलाई मुख खोल्नै नसक्ने अवस्था आउँछ । यसको प्रमुख कारण उमेरसँगै शरिर बढेपनि चोट लागेको च्यापुको हड्डी नबढ्दा अनुहार समेत एकातर्फ बांगो हुँदै जान्छ । ज्याईनटमा जमेको रगत हड्डीसँग जोडिएर कडा हड्डी नै बन्दा यस्तो समस्या आउँछ । यो कुनै जन्मजातको समस्या, पूर्वजन्मको फल भन्ने जस्ता भ्रममा नपरी समयमै समस्याको पहिचान गरे उपचार सम्भव छ । सानै उमेरमा रुखबाट लड्दा, हड्डी खिईदा वा लड्दा जमेको रगत हड्डीमा परिणत हुन्छ । त्यसपछि मुख खुल्दैन, खान सक्दैन, मुखको संक्रमण, अनुहार विग्रने, दाँतको जटिल समस्या चेतना र पैसाको कमीले गर्दा बढी हुन्छ ।

शल्यक्रिया पछि अवस्था

डा.उपाध्यायका अनुसार यो प्रविधि अत्यन्तै महंगो हुनुका साथै नेपालमा सम्भव नभएका कारण बिरामी र अस्पतालको मात्र प्रयासले उपचार सम्भव छैन । तर धुलिखेल अस्पतालले ज्योत्सनाको समस्याका बारेमा कोभिड १९ शुरु हुनु पहिले नै अष्ट्रेलियाको मेलबोर्नमा उनको फोटो खिचेर पठायौ । कोभिडले गर्दा अष्ट्रेलियाबाट उक्त प्रविधि सहितको मेटल लिएर अष्ट्रेलियाबाट धुलिखेल अस्पतालमा आउँने भन्नुभएका मेडिकल टीममा ट्रेवर मोइलको पहलमा डा. एन्ड्रयु हेगी, डा .रिकी कुमार आउँन सक्नुभएन । उहाँहरु आउन नसकेपनि अष्ट्रेलियाबाट नेपाल आउँने व्यक्तिका हातमा मेटल पठाएर थ्रीडीको फोटो प्रिन्ट गरि आदान प्रदान गरियो ।

पटक पटक भिडियो बैठकमा बस्यौ । त्यहि फोटोको आधारमा अष्ट्रेलियाको टीमले मेटल बनायो । ३ बर्ष अघि तयार पारेको मेटल यहि बैशाख २० गते धुलिखेल अस्पतालमा सफलतापूर्वक प्रत्यारोपण गर्न सफलता मिलेको‌ ज्योत्सनाको बंगाराबाट कन्चटमा जोडिएको जोर्नीले मुख खोल्ने, दाँतले चपाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्छ । उनको च्यापुको हड्डी समेतमा समस्या आएकाले च्यापुमा पनि मेटल राखेर एकैपटक तीनवटा शल्यक्रिया गरियो ।

Tags: #government of NepalCorona Virus #Covid19DentrDhulikhel hospitalDr. Chandan Upadhaya
SummarizeShare297ScanTweet147

Related articles

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण

by Nam Raj Bhatta
October 10, 2026
0

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण गरिएको छ। विश्व दृष्टि दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको आँखा रोग विभागले ६३ वर्षीया महिलामा सफलतापूर्वक कोर्निया प्रत्यारोपण गरेको हो। सुडोफ्याकिक...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

by Nam Raj Bhatta
October 9, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेका छन् । प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा मेहताले उक्त सेवाको शुभारम्भ गरेकी हुन।...

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय...

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाल चिकित्सक संघका तीन चिकित्सक पूर्वअध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. अञ्जनी कुमार झा र डा. मुक्तिराम श्रेष्ठ कांग्रेसको १५औँ...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    711 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    703 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
  • नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा
  • मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.