दशाले बाजा बजाइ रहेको छ, कति बज्न दिने तपाइको हातमा छ

✍️  बिजय पाण्डे
जनस्वास्थ्यकर्मी

एक देशको एक स्थानबाट सुरु भएको कम शक्तिशाली तर फैलावट ज्यादा र छिटो भएको एक भाइरस बिश्वब्यापी भइराखेको र यस्को अन्तिम यात्रा कहाँ पुगेर अन्त्य हुने हो, अझै कति क्षति हुने हो भन्न सकिने अवस्था छैन ।

हरेक मानिसले जति पटक आँखा झिमिक्क गर्छन नि त्यो भन्दा धेरै पटक त कोरोना भाइरसको नाम उच्चारण गरेर बसेका छन । हरेकले आ-आफ्नो हैसियत, स्थान, उमेर समूह, पेशाका आधारमा तयारी, पुर्बतयारी गरिरहेका पनि छन तर सबैले के कुरा बुझ्न जरुरी छ भने जति सुकै उच्च सतर्कता र तयारी गरेता पनि यी र यस्ता रोग, समस्या बाट ढुक्क भएर बस्न सक्ने अवस्था आउदै आउदैन किनकी तयारी कहिल्लै पूरा हुदैन यसको मतलब तयारी को अर्थ छैन, यि सब गर्नु बेकार हो भन्न खोजेको भने होइन , यी र यस्ता रोग र समस्याहरुको त झन उपचार भनेकै राम्रो तयारी हो तर, तयारी जति गरे पनि कम हुन्छ भने झन हामिले स्वयंम के तयारी गरेका छौ त ?

मुख्य कुरा त्यो हो, राज्यले आफ्नो हैसियत अनुसार गर्नुपर्ने धेरै काम गरेको छ केहि बाकी छन गर्नेछ तर सर्बसाधरण जनताले सरकारले भनेको मानिदिनु, घरैमा बस्नु भन्दा पनि किन अटेरी गर्छौ हामी ? के यहि हो त हाम्रो तयारी ? तयारी गर्ने दायित्व राज्यको मात्रै हो ? नगरिकको कर्तव्यको आवश्यक नपर्ने हो ?

सरकारले गर्ने धेरै काम मध्य दुई मुख्य काम एक जनतालाइ भयरहित सुरक्षित गराउने र अर्को सुरक्षाकर्मी, स्वास्थ्यकर्मी हरुलाइ सुरक्षितताको साथ साथै जनताकै सेवामा खटाउने ।

सुरक्षाकर्मी र स्वास्थ्यकर्मी हरुलाइ सुरक्षित गराउनै नसकी जनताको सेवामा खटाइएको भएतापनि बिपदको अवस्थामा बिगतमा पनि खटेकै हुन् अहिले खटिइरहेका छन् र खट्ने पनि छन् , र यस्तो महामारी र संकटको समयमा को सरकारी सेवाका स्वास्थ्यकर्मी, को गैरसरकारी, को भुतपुर्व, को बाहालवाला, को सेवा दिइरहेका, को स्वास्थ्यकर्मी दर्ता भएर सेवा बाहिर रहेका भन्ने नै हुदैन बिपत्तिको बेलामा राज्यलाइ आवश्यक परेमा सबैलाई सेवामा खटाउन सक्छ राज्यले भने नगरिकले पनि आफ्नो कर्तव्य बुझ्नु पर्छ।

तर उनिहरुलाइ नै असुरक्षित तरिकाले खटाइनुको नतिजा राम्रो आउने छैन यसका लागि राज्यले केही अवश्य सोचेकै छ र एकपल पनि ढिला नगरी यथासिघ्र आवश्यक श्रोत र साधनको ब्यबस्थापन गर्नैपर्छ र गर्ला भन्ने बिश्वास पनि छ तर जनतालाइ सुरक्षित गराउनु पर्ने बिषयमा जनताहरु पनि सबैले साथ र सहयोग गर्नुपर्ने हुन्छ ।

सरकारले लकडाउन गरिसकेको अवस्थामा सबै सचेत नागरिकहरुले आ-आफ्नो घरमै बसिदिनु पर्छ, सबैले सबैलाइ सहयोग गर्नुपर्छ, हरेक ब्यक्तिले म आफै संक्रमित भइसकेको हुन पनि सक्छु अथवा मैले भेट्ने जो कोहि ब्यक्तिपनि संक्रमित भएको हुनपनि सक्छ भन्ने सोचेर घरमै बसिदिनु नै सबैभन्दा उत्तम उपाय हो र एक ब्यक्ति, परिवार, समुदाय, क्षेत्र, राष्ट्र सबैको महत्त्व आपसमा अन्तरसम्बन्धित हुन्छ ।
एउटा नेपाली उखान छ नि “दशा बाजा बजाएरआउदैन” तर यो नोभल कोरोना भाइरस ( COVID-19 ) बाजा बजाएरै यता उति डुलिरहेको छ, कहाँ बाट आएको हो भन्ने सबैलाई थाहा भएतापनि कहाँ कहाँ पुगेर के के सम्म गर्ला सबै अनबिज्ञ छन । बाजा बजाएर बसिरहेको छ तर कता कता कति बाजा बजाउन दिने हो त्यो सम्पुर्ण बिश्वका मानिसहरुको हातमा छ ।


Next Post
ADVERTISEMENT