Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

Covid-19 को रोकथाम तथा नियन्त्रणकालागी म–मेरो–हाम्रो भूमिका #covid19

HNN Staff by HNN Staff
April 13, 2020
in Disease, News
Reading Time: 1 min read
A A
0
✍️ Damaru Paneru

✍️ Damaru Paneru

588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

हाल विश्वमा COVID-19 ले तेस्रो विश्वयुद्धको आभाष गराएको छ । यस अगाडीका विश्वयुद्धहरु भन्दा पृथक किसिमको यो युद्धमा सम्पुर्ण विश्व एकातिर छ भने Corona Virus अर्को तिर छ । यसलाई (Coronavirus) परास्त गर्न सरकार, सेवा प्रदायक, नियमनकारी निकायहरु एवं सम्पूर्ण नागरिकहरु एक भई लड्नु पर्ने आजको आवश्यकता हो । श्रोत साधनको उपलब्धताले मात्र कोरना रोकथाम सम्भव छैन तर हाम्रो सोच, विचार र व्यवहारले कोरानाको त्रासवाट वच्न र वचाउन सकिन्छ । त्यसैले यसमा म–मेरो–हाम्रो भूमिकालाई आत्मवोध गरी COVID-19 माथि जीत हासिल गर्न निम्न वमोजिम गर्न उपयुक्त हुने देखिन्छ ।

१. विभिन्न देशहरुमा गरिएका अभ्यासहरुलाइ हेर्दा सक्रमणलाई रोकथाम एवं न्यूनिकरण गर्न Lockdown प्राथमिक रणनीति हो । Lockdown को पूर्ण पालन गर्दा व्यक्ति– व्यक्ति विचको भौतिक दुरी कायम हुने र Virus एक–अर्कोमा सर्नवाट रोकिने भएकाले संक्रमण फैलिनवाट जोगिन सकिन्छ । त्यसैले Lockdown अरुकालागी नभई हामी आफ्नो लागी हो भनि वुझि सचेत नागरिकको भूमिका निर्वाह गर्नु सवैको कर्तव्य हो । सचेत एंव जिम्मेवार नागरिक भइै Lockdown को पूर्णपालना गरी संक्रमण रोकथाममा आफ्नो सर्वोच्चतता कायम गर्ने ।

Monitor symptoms
Monitor symptoms

२. सम्भावित माहामारी रोक्न नेपालको संघिय सरकारले नीतिगत निणर्यहरुमा तथा प्रदेश सरकाले समन्वय र स्थानिय सरकारले कार्यान्वय तर्फ लाग्नु पर्दछ । यसो गर्दा सरकारी संयत्रको सामूहिक स्वामित्व रहने तथा कार्य प्रभावकारीतामा थप वल पुग्दछ । कार्यान्वयनमा आइपर्ने समस्यालाई स्थानिय तहले तत्काल प्रदेश सरकारलाई अनुरोध गर्ने र प्रदेश सरकारले तत्काल उक्त समस्या समाधानका लागी पहल गर्ने तथा संघिय सरकारले विपत् व्यवस्थापन संग सन्वधित ऐन नियमलाई समय सापेक्ष परिवर्तन गरी प्रदेश तथा स्थानिय सरकारलाई सहयोग गर्ने ।

३. कोराना विरुद्ध लड्न जनशक्ति व्यवस्थापन प्राथमिक पक्ष हो । यसमा हाल उपलब्ध जनशक्ति अपुग भएको होइन जनशक्ति परिचालनको स्पस्ट रणनीति नभएको हो । विपद्को समयमा सवै राष्ट्र« सेवक, कर्मचारी, व्यापारी, समाजसेवी, प्राज्ञिक व्यक्तिहरु, नागरिकहरु लगायत सवै एक जुटभई विपद् व्यवस्थापन गर्नु सामूहिक कर्तव्य हो । यसवेला आलोचना भन्दा पनि जुटेर काम गर्ने र सहकार्य नै सफलताकौ कडी हो भन्ने वझ्नु पर्दछ ।

त्यसैले सरकारले सरकारी/गैरसरकारी, निजी तथा सामूदायिक क्षेत्रका विज्ञ सहितको सहभागीतामा क्षेत्रगत Task force committee हरु वनाई तहगतरुपमा परिचालन गर्नुपर्दछ जस्तैः स्थानिय तहमा स्वास्थ्य सचेतना समूह, सुरक्षा समूह, आपूर्ति व्यवस्थापन समूह, स्वास्थ्य जांच तथा कन्ट्रयाक्ट लिस्टीङ्ग समूह, स्वास्थ्य व्यवस्थापन समूह, कानुन एवं मानव अघिकार समूह, सामाजीक सद्भाव समूह, सुपरिवेक्षण तथा अनुगमन समूह इत्यादि । विज्ञ समुहको सुझावको आधारमा समन्वयात्मक तरिकाले काम गर्दा प्रभावकारी हुने ।

Self distancing
Self distancing

४. विभिन्न देशवाट स्वदेश फर्केका नेपालीहरु तथा स्वदेशमा तिनिहरुका सम्पर्कमा भएका सम्पूर्ण व्यक्तिहरुको प्रयोगशाला परीक्षण समूदाय स्तरमै गर्ने । निजहरुलाई व्यवस्थित Quarantine मा तोकिएको समय सम्म अनिवार्य वस्ने प्रवन्ध मिलाउन पर्दछ । सवैको परिक्षण Lockdown अवधिभित्रै गरिसकेमा हामीले गरेका परीक्षणहरु प्रभावकारी हुने देखिन्छ । सक्रमित भइसकेको हकमा तोकिएको समय सम्म Isolation मा राखी उच्च मनोवल राख्ने गरी उपचार एंव व्यवस्थापन गर्ने ।

५. आफ्नो स्वास्थ्य आफ्नै हातमा छ भन्ने महसुस गरि व्यतिगत सरसफाई तथा स्वस्थकर खानपिनमा जोड दिदै अरुलाई पनि सोहि अनुसार गर्न गराउन सुझाउने ।


लेखक: ✍️ डा. डमरु प्रसाद पनेरु, पोखरा विश्वविद्यालय स्कूल एण्ड हेल्थ साइन्सेजका निर्देशक एवंम् जनस्वास्थ्य विषयका सह–प्राध्यपक हुन् ।

Tags: Corona Virus #Covid19Self Isolation
SummarizeShare236ScanTweet147

Related articles

स्वास्थ्य बिमाले मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न स्वास्थ्य संस्थालाई अनुरोध

सुविधा कटौतिको प्रयासपछि स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी आन्दोलित

by Nam Raj Bhatta
October 1, 2026
0

स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरुको महँगी, प्रोत्साहन भत्तासँगै सामाजिक सुरक्षा कोषमा आबद्ध नगराएसम्म करार सम्झौता नवीकरण नगर्ने अडान लिएका स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरूलाई निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सम्झौताका...

कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
September 28, 2026
0

कलेजो रोग प्रत्यारोपणका क्षेत्रमा विकसित हुँदै आएका नयाँ उपचार विधि, शल्यक्रिया प्रविधि तथा चिकित्सकीय अनुभव आदान–प्रदान गर्ने उद्देश्यले काठमाडौंमा कलेजो प्रत्यारोपणसम्बन्धी विशेष चिकित्सकीय सम्मेलन सम्पन्न भएको छ। म्याक्स...

शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न

शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
September 28, 2026
0

मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेजको Staff Development Plan अन्तर्गत शिक्षकहरूको क्षमता अभिवृद्धि तथा आपत्कालीन अवस्थामा जीवनरक्षा सम्बन्धी ज्ञान र सीप विकास गर्ने उद्देश्यले Basic Life Support (BLS)...

ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम

ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम

by Nam Raj Bhatta
September 27, 2026
0

ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना महिना सेप्टेम्बर २०२६ को अवसरमा “𝐎𝐮𝐫 𝐒𝐭𝐨𝐫𝐢𝐞𝐬. 𝐎𝐮𝐫 𝐌𝐨𝐯𝐞𝐦𝐞𝐧𝐭” विषयक 𝐏𝐀𝐍𝐄𝐋 𝐃𝐈𝐒𝐂𝐔𝐒𝐒𝐈𝐎𝐍आयोजना गरिएको छ। कार्यक्रममा अस्पतालका कन्सल्टेन्ट अन्कोलोजिस्ट प्रा. डा. राजीव कुमार...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    882 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    701 shares
    Share 301 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • सुविधा कटौतिको प्रयासपछि स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी आन्दोलित
  • कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न
  • ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम
  • नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.