एकैदिन २७८ जनामा कोरोनाको पुष्टि , संक्रमितको संख्या २९१२ पुग्यो #Covid19

काठमाडौँ, २३ जेठ 

आज एकै दिन अर्थात पछिल्लो चौविस घण्टामा देशभर थप २७८ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोरोना अपडेटमा प्रवक्ता डा. विकास देवकोटाले दैलेख, जुम्ला, कपिलवस्तु, पाल्पा, सिन्धुली, बारा, रुपन्देही, तनहुँ, लगायतका विभिन्न जिल्लाका रहेका छन् ।

डा देवकोटाले पछिल्लो चौविस घण्टामा कोरोना जितेर ४३ जना डिस्चार्ज भएको बताए । डिस्चार्ज हुनेमा ६१ जना महिला र २७२ जना पुरुष रहेका छन् । हाल सम्म कोरोना जितेर घर फर्किनेको संख्या ३३३ पुगेको छ।

आज थप एक जना सुर्खेतका २८ वर्षका पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। यो संगै मृत्यु हुनेको संख्या ११ जना पुगेको छ।

Next Post

Discussion about this post

ADVERTISEMENT